कोरोना भाइरस रोग (कोभिड-१९)
कोरोना भाइरस रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
- Available in:
- English
- नेपाली
कोभिड-१९ खोपको बारेमा जानकारी

हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।
कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।
कोरोना भाइरस रोगको मुख्य लक्षणहरू

ज्वरो आउने (१००.४°F भन्दा माथि)

खोकी लाग्ने

श्वाश फेर्न गाह्रो हुने
यस्ता लक्षणहरू देखा परेमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
नोभल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने?

ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।

खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।

भिडभाडमा नजाने र अरुलाई पनि नजाने सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।

बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
कोरोना प्रभावित देशबाट आएको व्यक्त्तिहरूमा माथिका लक्षणहरू देखिए स्वास्थ्य केन्द्रमा तुरून्त जानुपर्दछ । घरैमा बस्दा परिवारका सदस्यहरूबाट १४ दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ ।


कपडाको मास्क लगाउने तरिकाः
१) मिचिमिचि कम्तिमा २० सेकेण्ड साबुन-पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
२) मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्न
३) मास्क लगाउँदा डोरीमा समाई अनुहारमा टम्म मिल्ने गरी लगाउने
४) नाक, मुख र च्युँडो ढाकिने गरी लगाउने
५) सकभर मास्कलाई हातले नछुने
६) डोरी मात्र समाई मास्क फुकाल्ने
७) कपडाको मास्कलाई फेरी प्रयोग गर्न मिल्छ । फुकालेको मास्कलाई सफा र सुख्खा हुनेगरी राख्ने
८) मास्क फुकालेपछि साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने
९) प्रयोग गरेको मास्कलाई हरेक दिन साबुन पानीले धुने र घाममा सुकाउने
एक अर्काबाट कम्तिमा २ मिटर टाढा बसौं । बेलाबेलामा साबुन पानीले मिचिमिचि कम्तिमा २० सेकेण्ड हात धोऔं । घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाऔं ।
पोस्टर डाउन्लोड गर्नुहोस्

कोरोना भाइरस बारेमा जानकारी तथा परामर्श लिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १११५ वा ११३३ हटलाइन नम्बरमा विहान ६ बजेदेखि राति १० बजेसम्म फोन गर्न सक्नुहुन्छ ।
वा ९८५१२५५८३९ ,९८५१२५५८३७ , ९८५१२५५८३४ मा बिहान ८ बजे देखि बेलुकी ८ बजे सम्म सम्पर्क गर्न सक्नुहुन्छ।
वा Viber मा "MoHP Nepal COVID-19" खोजेर मन्त्रालयको भाइबर ग्रुपमा संलग्न हुनुहोस्
वा WHO बाट WhatsApp मा सूचना प्राप्त गर्न +४१ ७९ ८९३१८९२ मा "hi" लेखेर टेक्स्ट पठाउनुहोस्
थप जानकारी र श्रोत सामग्री:
अडियो

कोभिड-१९ सम्बन्धी रेडियो सन्देशहरुः अवधी, भोजपुरी, डोटेली, मैथिली, नेपाली र नेवारी भाषामा
लौ आयो है, रेडियो कार्यक्रम कोरोना क्याप्सुल!: युनिसेफ, सामुदायिक रेडियो प्रसारक संघ नेपाल र उज्यालो ९० नेटवर्कको संयुक्त सहकार्यमा उत्पादन गरिएको रेडियो कार्यक्रम
भिडियो
के हात धुन्छौ र?
मास्क लगाउँदा के कुरामा ध्यान दिने?
कोरोना भाइरसबाट कसरी बच्ने?
राष्ट्रिय बहिरा महासंघ नेपालको प्रस्तुति
कोरोना केयर
कोभिड-१९ बाट कसरी बच्ने र बचाउने? हेर्नुहोस् नेपाल सरकार, युनिसेफ र नेपाल टलिभिजनको संयुक्त प्रस्तुति कोरोना केयर!

कोरोना भाइरस रोगको बारेमा तपाईंलाई कति थाहा छ? तपाईंका केही प्रश्न छन् कि? वा तपाईं यस सम्बन्धी कुनै भ्रम वा गलत सूचनाको जानकारी दिन चाहनुहुन्छ?
भाइबर मार्फत कोभिड-१९ सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न युरिपोर्ट नेपाल समुदायमा तपाईंलाई स्वागत छ। यसका लागि आफ्नो फोनमा https://tinyurl.com/ydz9q6g8 खोल्नुहोला वा भाइबर एपमा गएर चित्रमा दिइएको क्यु-आर कोड स्क्यान गर्नुहोला।