संयुक्त प्रेस वक्तव्य : दोषारोपण र भेदभाव अन्त्य गरौं, माया फैलाऔं

- उपलब्ध:
- English
- नेपाली
९ असार २०७७ः कोभिड-१९को सन्दर्भमा फैलिरहेको दोषारोपण र भेदभावको अन्त्यको आव्हान गर्दै नेपाल स्थित संयुक्त राष्ट्र संघका विभिन्न निकायहरू र देशमा रहेका ३० भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरूले आज #मायाफैलाऔं #SpreadLove अभियान सुरु गरेका छन् ।
आज नेपालमा पहिलो व्यक्तिमा कोभिड-१९ देखिएको समाचार आएको पाँच महिना भयो । त्यसबेलादेखि कोभिड-१९ मुक्त व्यक्तिहरु र उनिहरुका परिवार, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू, र जोखिममा रहेका व्यक्तिहरू जस्तै फरक पृष्ठभूमि, जाति र क्षमता भएका व्यक्तिहरू विरुद्ध बढीरहेको भेदभावका कैयौं सूचनाहरू आइरहेका छन् । अहिले हामीले आफूलाई केवल भाइरस बाट मात्र होइन, यी डर, अफवाह र दोषारोपणबाट पनि एकर्कालाई जोगाउनु पर्छ। यति बेला हाम्रो सबैभन्दा ठूलो शक्ति नै सत्य तथ्य र एकता हो।
#मायाफैलाऔं #SpreadLove अभियानले सबैजनालाई कोभिड-१९ बाट प्रभावित ब्यक्तिहरूको समर्थनमा माया, सद्भाव र आशाका सन्देशहरू फैलाउन आव्हान गर्दछ ।
यस अभियानले अग्रपंक्तिमा रहेर हामीलाई नोभेल कोरोना भाइरसबाट जोगाउन काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई पनि धन्यवाद ज्ञापन गर्दछ । साथसाथै वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूलाई स्वदेशमा न्यानो स्वागत गर्दछ ।
हामी यो आपतमा सबै एक साथ छौं ।
यस अभियानमा आजै सहभागी होऔं, भेदभाव हटाऔं, #मायाफैलाऔं ।
निम्न संस्थाहरूबाट यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको होः
FAO, ILO, IOM, UMN, UNDP, UNESCO, UNFPA, UNHCR, UNIC, UNICEF, UNOPS, UNRC, UNV, UNWOMEN, USAID, WFP, WHO, Association of Community radio broadcaster (CIN), Association of International NGOs in Nepal (AIN), BBC Media Action, CARE Nepal, Catholic Relief Services, DCA, Felm-Nepa, FINRC, Handicap International, Helen Keller International, Housing Recovery and Reconstruction Platform (HRRP) – Nepal, IPAS, Lutheran, Mercy Crops, Nepal Red Cross Society, NRCS, People in Need, Plan International, Practical Action, PSI, Save the Children, TDH, Tilganga, VSO International, WinRock International, World Vision, WWF and Yuwalaya.
थप सामाग्रीः #मायाफैलाऔं
मिडिया सम्पर्कहरू
About UNICEF
UNICEF promotes the rights and wellbeing of every child, in everything we do. Together with our partners, we work in 190 countries and territories to translate that commitment into practical action, focusing special effort on reaching the most vulnerable and excluded children, to the benefit of all children, everywhere.
For more information about UNICEF and its work for children, visit www.unicef.org