नेपालमा बालबालिका

नेपालको जनसंख्याको ४० प्रतिशत १८ वर्ष मुनिका भएका कारण देशको विकासमा बालबालिका र किशोरकिशोरीमाथिको लगानी निकै महत्वपूर्ण छ।

Mother and child outside Amadabalam
UNICEF Nepal/2015/KPanday

नेपाल

हिमालयको प्रवेशद्वार भनेर चिनिने नेपालमा संसारकै अग्ला हिमशिखरहरू छन् र तिनमा आरोहण गर्ने शेर्पाहरू बस्दछन्। यो एक भुपरिवेष्ठित राष्ट्र हो । यहाँ साँस्कृतिक र भौगोलिक विविधता पाइन्छ। करीव २ करोड ९० लाख जनसंख्या भएको यस देशको लगभग आधा जनसंख्या कम उचाइँ भएको समतल तराईमा बसोबास गर्छन् भने ४३% पहाडमा र बाँकी ७% उत्तरी हिमाली भेगमा बस्दछन्।

नेपाल गरिबी घट्दो क्रममा रहेको र मानव विकासमा प्रगति हुँदै गरेको देश हो। सन् २०१७ मा नेपाल एकात्मक शासन पद्धतिबाट संघीयतामा प्रवेश गर्यो जसको फलस्वरूप देशमा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहको सरकार स्थापित भयो। यस प्रक्रिया अन्तर्गत बालबालिकासम्बन्धी धेरै सरकारी सेवाहरू स्थानीय र प्रादेशिक तहमा हस्तान्तरण भए। बालबालिकाको अवस्था सुधार्नका लागि सार्वजनिक महत्वका कामहरू गर्न नयाँ संरचनाले अवसरहरु प्रदान गरेको छ। यसका लागि, विभिन्न तहमा सम्बन्धित नीति, नियम, संयन्त्र र क्षमताको सुदृढिकरण गर्न उल्लेखनीय प्रयासको आवश्यकता छ।

Adolescents girls
UNICEF Nepal/2015/NShrestha

बालबालिका

देशको जनसांख्यिक अवस्था हेर्दा, नेपालको ४० प्रतिशत जनसंख्या १८ वर्ष मुनिका बालबालिका छन् (नेपालको जनसांख्यिक परिवर्तनहरू: प्रवृत्ति र नीतिगत प्रभावहरू, २०१७)। जनसंख्याको ठुलो हिस्सा युवाले ओगटेको अवस्थामा राष्ट्रको विकासका लागि बालबालिका र किशोरकिशोरीमा लगानी गर्नु महत्वपूर्ण हुन्छ।

नेपालले सन् २०२२ सम्ममा निम्न विकसित राष्ट्रको समूहबाट र सन् २०३० सम्ममा मध्यम आय भएको देशमा माथि उक्लिने लक्ष्य लिएको छ। समग्र गरीवी घट्दै गएको भएतापनि दुई-तिहाई बालबालिका सातमध्ये कम्तिमा एक आधारभूत आवश्यकताबाट बन्चित छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को मानव विकास प्रतिवेदनअनुसार, एसियाका ५८ राष्ट्रहरु मध्ये नेपाल तेस्रो अति गरिब राष्ट्र हो जसको मानव विकास सुचकांक छैठौं न्यून स्थानमा छ। यसका अतिरिक्त धन, भुगोल, भाषा, शिक्षा, जाति, लिंग, उमेर, अपांगता, र आयका आधारमा पनि देशमा निकै असमानता रहेको छ। अधिकांश बालबालिका र किशोरकिशोरीहरू देशले गरिरहेका विभिन्न प्रगतिबाट बाहिर रहेका छन् र कैयौं अधिकारहरूबाट बन्चित पनि भएका छन्।

यस्ता अभावहरूले पूर्ण क्षमताको वयस्क बन्न सक्ने बालबालिकाको सम्भावनालाई प्रतिकुल असर पार्दछ जसले गर्दा उक्त अभावहरू पछिल्लो पिढींसम्म सर्ने सम्भावना रहन्छ।

Mothers with their children walk along a paddy field
UNICEF Nepa/2017/SJThapa
Mothers with their children walk along a paddy field in Mohamadpur Village of Bardiya District 16 August 2017.

उपलब्धीहरू

विगतका दुई दशकमा सहश्राव्दी विकासका लक्ष्यमध्ये धेरै लक्ष्यहरू हासिल गरेसँगै बालबालिकाको विकासमा नेपालले तीव्र प्रगति गरेको छ। तीमध्ये केहि प्रमुख उपलब्धीहरू निम्न छन्:

  • प्राथमिक स्वास्थ्य सेवाको विस्तार भएका कारण शिशु तथा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदरमा कमी,
  • मातृ स्वास्थ्य सेवामा भएको सुधारका कारण मातृ मृत्युदरमा कमी,
  • पोषणका लक्ष्यहरु हासिल गर्ने योजनामा समयअनुसारको उपलब्धी पाइएका कारण ‘बालबालिकाका लागि योग्य संसार’ नामक कार्यक्रम अन्तर्गत सुक्ष्म पोषणका सबै तीन लक्ष्यहरू हासिल गर्ने उच्च सम्भावना,
  • शिक्षाको पहुँच बढाउनमा केन्द्रित कानून, नीति तथा कार्यक्रमहरूका कारण विद्यालय भर्ना हुने दरमा भएको वृद्धि,
  • बाल गरिबी तथा कुपोषणको समाधानका लागि बाल अनुदानको शुरूवात र विस्तार ।

बालअधिकारका बिभिन्न पक्षहरुमा उल्लेखनीय प्रगति हासिल गरेतापनि नेपालले श्रोत साधनमा पहुँच तथा सुधारका कार्यक्रमहरूमा भएको असमानतालाई सम्बोधन गरेर यस क्षेत्रमा अझै धेरै सुधार गर्न आवश्यक छ।

Father and children
UNICEF Nepal/2014/KPanday