समुदायमा आमुल परिवर्तन

वयस्कहरुका लागि रुपान्तरण कार्यक्रम

-
Group photo of the recipients of the Rupantaran for Adults programme
UNICEF Nepal/2017/NShrestha
16 जनवरी 2019

“मेरो घरमा किशोरी छोरी छिन्। हाम्रो समुदायमा महिनावारी भएकी छोरीहरुलाई अलग्याउने गरिंदैन, हामी उनीहरुलाई घरमै राख्छौं, भान्सामा जान पनि कुनै बन्देज गर्दैनौं। तर मेरो लागि महिनावारीको समयमा छोरीलाई स्वस्थ र बलियो राख्नु एकदमै महत्वपूर्ण छ। हरेक महिना महिलाले रगत गुमाउनु पर्दछ जुन निकै तनावकारक हुनसक्छ र यसले कमजोर पनि बनाउँछ। उनीसंग आवश्यक शक्ति रहोस भनेर मैले उनलाई तरकारी, साग, दाल, झोल पदार्थहरु जस्ता पौष्टिक खानेकुरा दिने गर्छु”।

Mother and daughter
UNICEF Nepal/2017/NShrestha
भिक्नी देवी खांग, ३५, र उनकी छोरी नीलम कुमारी खाँग, १५

“रुपान्तरण कार्यक्रमबाट मैले सरसफाईको बारेमा धेरै कुरा जान्न पाएँ। आफ्नो वरपरको वातावरणलाई सफा राख्नाले बिरामी हुनबाट जोगिने रहेछ। घर सफा राख्नाले राम्रोपनि देखिन्छ, आफ्ना परिवारसंग समय बिताउन घरमै बस्न मन लाग्छ र छिमेकीहरुलेपनि प्रशंसा गर्छन्। तालीमका सत्रहरुमा अन्य महिला सहभागीहरुले लाज मानेको र गल्ती गर्न डराएको मैले देखें। केहि सिक्नको लागि गल्ती गर्न डराउन हुन्न भन्ने मलाई लाग्छ। उदाहरणको लागि, मेरी नातिनी अञ्जली शुरुमा विद्यालय गईनन्। तर उनलाई विद्यालय नपठाउनु ठूलो गल्ती हो भन्ने मैले जानें, र अहिले उनी विद्यालय जान थालेकी छिन्।“

Grand mother and Grand Daughter
UNICEF Nepal/2017/NShrestha
बुठ्ठी देवी खांग, ६५ र अंजली खांग, १२।

“मेरो विचारमा म र मेरा लागि वचत र खर्चको बारे गरिएका तालीम सत्रहरु रुपान्तरणका सबै भन्दा उपयोगी सत्रहरु थिए। म र मेरी छोरी सञ्जना मिलेर घरमा गुन्द्री बुन्छौं अनि बजार लगेर रू १५० प्रति गोटा बेच्छौं। अन्न भित्र्याउने बेला सकिएपछि हामी पराललाई घाममा सुकाउंछौ ताकि पछि काम शुरु गर्ने बेला हामीसंग पराल उपलब्ध होस्। कहिलेकाहीं हामी एक दिनमा आधा दर्जन जति गुन्द्री बुनिसक्छौं र वर्ष भरिमा लगभग २५०० जति गुन्द्री बुन्छौं। यसको विक्रीबाट आएको पैसा हामी खुत्रुकेमा राख्छौं र त्यसपछि घरको लागि तरकारी, केटाकेटीको लागि कापी र कलम, र अन्य घरायसी सामानहरु किन्न प्रयोग गर्छौं”।

Mother and daughter
UNICEF Nepal/2017/NShrestha
बविता देवी खांग, ३५, छोरी सञ्जना कुमारी खांग, १५

“रुपान्तरणका सत्रहरुबाट मैले बाल बिवाहको जोखिमको बारेमा सिकें। यदि तपाईंले किशोर अवस्थामै आफ्नी छोरीको बिहे गरिदिनुभयो भने उनलाई सन्तान जन्माउन कर लगाईनेछ जसको कारण उनको शरीर कमजोर हुनेछ। मेरो भाउजुको बिहे १५ वर्षको उमेरमा भएको थियो। अहिले २५ वर्ष भित्रैमा तीनजना बच्चा जन्माएका कारण उनी एकदम कमजोर देखिन्छिन् र संधै बिरामी परिरहन्छिन्। गर्भधारण गर्न सक्ने शरीर नभइन्जेल म मेरो छोरी लक्ष्मीको बिहे गर्दिन किनभने म उनलाई हामीजस्तै दुख भोग्न नपरोस भन्ने चाहन्छु।”

Mother and daughter
UNICEF Nepal/2017/NShrestha
तिलेश्वरी देवी खांग, ३५, र छोरी लक्ष्मी कुमारी खांग, ११

“मलाई लिंग र सामाजिक समावेशिता सम्बन्धी सत्रहरु सबैभन्दा बढि म पर्यो। हाम्रो समाजले छोराहरुलाई विशेष प्राथमिकता दिने गर्दछ र मैले पनि त्यसै गरें। तर अहिले मा मेरी छोरी पूजाको आवश्यकताहरुमा पनि उत्तिकै ध्यान दिन्छु, बराबरी पार्नको लागि कहिलेकाहीं त म उसमाथी अझै धेरै माया दर्शाउंछु। पूजा अहिले कक्षा ८ मा पढ्छिन्। उसको बिहेको समय पछाडी सार्नको लागि उनलाई म उनले चाहे जति पढाउनमा सहयोग गर्नेछु। २० वर्षकी भएपछिपनि म उनलाई विहे गर्न कर गर्ने छैन। आफुले चाहेको समयमा बिहे गर्न उनी स्वतन्त्र छिन्।”

Mother and daughter
UNICEF Nepal/2017/NShrestha
किस्नी देवी खांग, ४५, छोरा ओम शंकर खांग, ४, र छोरी पूजा कुमारी खांग, १८