हामी के गर्छौ
पाँच दशकमा, नेपालले शुरू गरेका धेरै पहलमा युनिसेफले योगदान गरेको छ ।

- उपलब्ध:
- English
- नेपाली
पछिल्लो ५० वर्षभन्दा लामो अवधीमा हाम्रा कार्यक्रमहरूको प्राथमिकता नेपालका बालबालिका, किशोरकिशोरी र महिलाको परिवर्तित आवश्यकता अनुसार निरन्तर परिवर्तन भइरहेका छन् ।
आधारभूत मातृशिशु स्याहार र पूर्ण खोप कार्यक्रम मार्फत बाल र मातृ मृत्युदर न्युनिकरण गर्नका लागि हामी कार्यरत छौं।
नेपालका सम्पूर्ण बालबालिका स्वस्थ र पोषणयुक्त सन्तुलित खाना खाई स्वस्थ भई हुर्केको सुनिश्चित गर्न हामी काम गर्दछौं
नेपालका सम्पूर्ण बालबालिकालाई समावेशी र समानतामा आधारित गुणस्तरीय शिक्षा सुनिश्चित गर्न युनिसेफ कटिबद्ध छ।
सफा खानेपानीको सुविधा सुनिश्चित गर्न तथा खुला दिसाको उन्मुलन गर्न हामी कार्यरत छौं।
विपद् तथा जलवायु परिवर्तनको जोखिमलाई रोकथाम र न्युनीकरण गर्न हामी कार्यरत छौं।
संघीय नेपालका सबै बालबालिकाहरू गरिबीका सबै आयामहरुबाट सुरक्षित हुनुपर्दछ र उनीहरूले जीवनमा समान अवसरहरू पाउनुपर्दछ।
नेपालका सम्पूर्ण बालबालिका - विशेष गरि पिछडिएका र अत्यावश्यक सुविधाबाट बन्चित बालबालिकाको अधिकार पैरवी गर्न युनिसेफ कटिबद्ध छ
हामी सबै तहका प्रमुख सरोकारवालालाई सामेल गराएर व्यवहारजन्य र सामाजिक परिवर्तन प्रवर्धन गर्न काम गर्छौं ।