सामाजिक व्यवहार परिवर्तन

हामी सबै तहका प्रमुख सरोकारवालालाई सामेल गराएर व्यवहारजन्य र सामाजिक परिवर्तन प्रवर्धन गर्न काम गर्छौं ।

C4D
UNICEF Nepal/2015/KPanday

चोनौती

नकारात्मक सामाजिक मान्यतालाई सम्वोधन गर्न व्यवहार परिवर्तन गरी बालबालिका र महिलाका लागि नतीजा हासिल गर्नु।

नेपालमा बालबालिका र महिलालाई अधिकारबाट बञ्चित गराउने प्रमुख कारणहरूको विश्लेषण गर्दा सबल गराउने वातावरण र प्रणालीमा कमीका साथै व्यवहारजन्य अभ्यासलाई बलियोसँग प्रभाव पार्ने अनिच्छित विश्वास, धारणा र सामाजिक मान्यताका चुनौतीहरू पनि छन्। कुनै व्यक्तिको व्यवहार र त्यो व्यक्तिले अरूले गर्ने कुरामा राख्ने धारणा र उनीहरूले घर र समुदायको तहमा राख्ने अपेक्षाको बीचमा जटिल पारस्परिक सम्वन्ध छ ।

कुनै व्यक्तिको ज्ञान र धारणाले जे भनेपनि यस्ता दृष्टिकोणहरूले उनीहरूको व्यवहारलाई प्रभाव पार्छन् । नकारात्मक सामाजिक मान्यतालाई सम्वोधन गर्दै व्यवहार परिवर्तन गर्नु दीर्घकालीन प्रयास हो । सामाजिक मान्यता र व्यवहारमूलक सवालको गहन बुझाइविना, बालबालिका र महिलाका लागि नतीजा हासिल हुन सक्दैन ।

कार्यक्रमहरू बनाउँदा र कार्यान्वयन गर्दा, प्रायः समुदायका आवाजहरू सुनिदैंन । यसले विकास कार्यक्रमहरूको सान्दर्भिकता र प्रभावकारितालाई प्रभाव पार्छ । बालबालिका, किशोरकिशोरी, महिला, पुरूष र जिम्मेवारीमा रहेका सम्वन्धित व्यक्तिहरूले सामाजिक गतिविधी र परिवर्तन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुँदा व्यवहार र मान्यतामा सकारात्मक परिवर्तन हुने गर्दछ । यसले मानवीय अवस्थासहित सबै सन्दर्भमा बालबालिकाको बाँच्ने, विकास हुने, संरक्षण पाउने र सहभागी हुने अधिकार महशुस गराउन सहयोग गर्दछ ।

यो फरकपना सम्वोधन भएको र नीति निर्माता र कार्यान्वयनकर्ताले समुदायको पृष्ठपोषणमा ध्यान दिएको सुनिश्चित गर्न, समुदायको दृष्टिकोण र सामाजिक सेवा (पहुँच, गुणस्तर, समावेशिता, लैंगिक संवेदनशीलता, इत्यादि) सम्वन्धी सन्तुष्टि बुझ्ने संयन्त्रको स्थापना हुनुपर्छ । यी संयन्त्रको माध्यमबाट संकलन गरिएका जानकारीहरू आवश्वक कारवाहीका लागि नियमित रूपमा नीति निर्माता र कार्यान्वयनकर्तासम्म पुर्याउनुपर्छ ।

Ani Choying Drolma with children
UNICEF Nepal/2015/KPanday Group of Comedians,Singers,Actor and Magician performing a community level Entertainment program as a part of the UNICEF supported travelling show "Bhandai Sundai Gaun Gaun Ma"at the temporary shelter in Chuchepati ground,Kathmandu on 12 August,2015. UNICEF and the national radio station 'Radio Nepal' have been collaborating since the April 25th earthquake to air the 'Bhandai Sundai' [Saying Listening] Radio programme. 'Bhandai Sundai' has been providing psycho-social support and key life-saving information to millions of listeners.

समाधान

नेपालका महिला र बालबालिकाको अधिकारको अनुभुतिका लागि सहयोग गर्न सामाजिक मान्यता र व्यवहारमा दिगो परिवर्तनका लागि अनुकुल नीति र कार्यक्रमको सिर्जना ।

विकासका लागि सञ्चार कार्यक्रम सोसियो इकोलोजिकल मोडल (सामाजिक पारिस्थितिक नमूना) मा आधारित छ जसले “व्यक्तिगत व्यवहारले प्रभावको विभिन्न तहमा प्रभाव पार्छ र प्रभावित हुन्छ” भन्ने मान्यता राख्छ । यसको अर्थ व्यक्तिको व्यवहार शून्यमा विकास वा परिवर्तन हुँदैन । विभिन्न तहमा व्यक्तिगत व्यवहारलाई प्रभाव पार्ने धेरै कारणहरू हुन्छन् । त्यसैले, विभिन्न तहमा परिवर्तन गर्नका लागि अवरोध/सिमितता र कारणहरू बुझ्नु र सम्बोधन गर्नु महत्वपूर्ण हुन्छ ।

प्रणाली सबलीकरण तथा क्षमता अभिबृद्धि: सामाजिक तथा व्यवहार परिवर्तन पहलहरूलाई महत्व दिएको सुनिश्चित गर्नका लागि, सरकार, गैरसरकारी संस्था र सञ्चारमाध्यममा यो क्षेत्रमा चाहिने क्षमता राख्नु जरूरी हुन्छ । परिवार र समुदायको तहमा प्रमुख व्यवहारका लागि दिगो र गुणस्तरीय संलग्नता गरिएमा सरकारी प्रणालीको अंगको रूपमा रहने समुदाय तहका सञ्चारकर्मीको क्षमता अभिबृद्धि महत्वपूर्ण हुन्छ ।

साझेदारी र नवीनता:  व्यापक रूपमा परिवार र समुदायसम्म पुग्नका लागि फराकिलो, बहुक्षेत्रीय साझेदारी स्थापना गर्नु जरूरी हुन्छ। पूर्व सैनिक संगठन, धार्मिक सञ्जाल, महिला सहकारी, इत्यादिजस्ता ठूलो पहुँच भएका संस्थाहरूसँग समुदायमा रहेका उनीहरूका सञ्जालका सदस्यसँग समाज र व्यवहार परिवर्तनका संवाहकका रूपमा पुग्नका लागि साझेदारी गर्नु आवश्यक हुन्छ ।

सामुदायिक सशक्तिकरण र सामाजिक मान्यता परिवर्तन:  सूचना, सहायता र सशक्तिकरण सबैभन्दा धेरै चाहिने व्यक्तिहरूसँग केन्द्रीत र व्यापक रूपमा निश्चित र अनुकुलन गरिएका विकासका लागि सञ्चार पहलहरू विकास र कार्यान्वयन गर्नका लागि पहिचान गरिएका बञ्चितिकरण र सिमान्तिकरणको आधारमा भुगोल छान्नु जरूरी हुन्छ । यो शैलीको उद्देश्य समुदायलाई उनीहरूको विकास र परिवर्तनको प्रक्रियामा साझेदार बन्नका लागि सशक्त बनाउनु रहन्छ ।

ज्ञान व्यवस्थापन, अनुसन्धान, अनुगमन र मुल्यांकन : उपयुक्त विकासका लागि सञ्चार पहलका लागि, प्राथमिकतामा राखिएका व्यवहारको पछाडि रहेका अवरोध र कारणलाई अझ राम्रोसँग बुझ्नका लागि अनुसन्धान गर्नु जरूरी हुन्छ । व्यवसायिक/शैक्षिक संस्थासँगको साझेदारी विकास हुनुपर्छ र विकासका लागि सञ्चारमा तालिमहरू सञ्चालन गर्नुपर्छ ।

Health Volunteer testing water quality
UNICEF Nepal/2015/KPanday A female community health volunteer explains about the Cholera disease at Panchakanya Secondary school,Chauni-13,Kathmandu on 20 August,2015.

Resources

पालमुनि

यो चित्रमय प्रकाशनले पालको प्रयोग मार्फत बालमैत्री स्थल, अस्थायी कक्षाहरु, मेडिकल सेवा, प्रसव आश्रय स्थल पालमार्फत सञ्चालन गरिएको देखाइएको छ

पुरा रिपोर्ट हेर्नुहोस्

हाम्रो आवाज

सफा पानी, पानी जन्‍य रोग तथा सरसफाईसम्‍भन्‍धी भित्रे कथा संगालो

पुरा रिपोर्ट हेर्नुहोस्

मीना (चित्रकथा)

साथीहरूलाई मद्दत गरौं

पुरा रिपोर्ट हेर्नुहोस्

मीना

मीना र र मिट्ठू को कथा

समुदायमा आमुल परिवर्तन

वयस्कहरुका लागि रुपान्तरण कार्यक्रम

कथा हेर्नुहोस्

प्‍याड म्‍यान

महिनावारी स्‍वाथ्‍य सम्‍बन्‍धी एक अभियान्‍ताको कथा

कथा हेर्नुहोस्

युनिसेफ नेपालको विद्यमान राष्ट्रिय कार्यक्रम (२०१८-२०२२)

नेपाल सरकार र युनिसेफबीचको देशीय कार्यक्रम कार्ययोजना २०१८-२०२२

पुरा रिपोर्ट हेर्नुहोस्