शिक्षा

नेपालका सम्पूर्ण बालबालिकालाई समावेशी र समानतामा आधारित गुणस्तरीय शिक्षा सुनिश्चित गर्न युनिसेफ कटिबद्ध छ।

Children returning from school
UNICEF Nepa/2017/NShrestha

चुनौती

गुणस्तरीय आधारभूत शिक्षा र किशोरकिशोरीका लागि जीवनोपयोगी सीपमा सुधार ल्याउनका लागि सम्पूर्ण बालबालिकाले पुर्व-प्राथमिक तथा आधारभूत शिक्षा लिएको सुनिश्चित गर्ने।

शिक्षा एक आधारभूत मौलिक अधिकार हो। प्रारम्भिक अवस्था देखि सिकाइका अवसरहरू मार्फत विद्यालय शिक्षाका लागि सफलताको जग बसाल्ने देखि माध्यमिक शिक्षासम्म बालबालिकाका लागि शिक्षाको अधिकार सुनिश्चित गर्न युनिसेफ प्रतिबद्ध छ।

विगतका २० वर्ष देखि शिक्षाको क्षेत्रमा नेपालले उल्लेखनीय प्रगति गरेको छ। प्राथमिक विद्यालयहरूमा विद्यार्थीहरूको भर्ना दर बढेर ९७ प्रतिशत पुगेको छ। यद्यपी यस क्षेत्रमा नेपालले निकै चुनौतीहरूको सामना गर्न बाकी छ। शिक्षामा न्युन गुणस्तर र असमान पहुँच, भौगोलिक विकटता, लिंग, र आर्थिक-सामाजिक तथा जातीय भिन्नताहरु आदि समस्याहरू शिक्षामा व्याप्त छन्। गरिबी, सामाजिक बहिष्करण, अपांगता, बसाईसराई, बाल श्रम, सामाजिक मुल्य मान्यताहरू तथा लैंगिक भेदभाव आदिका कारण सबै बालबालिका विद्यालयमा भर्ना हुन र नियमित उपस्थित हुन सक्दैनन्।

  • ५ देखि १२ वर्षका ७७०,००० बालबालिका अझै विद्यालय बाहिर छन्।
  • कक्षा ३, ५, र ८ का आधा मात्रै विद्यार्थीहरू नेपाली र गणित विषयको शैक्षिक परीक्षामा सफल भएका छन्।
  • प्रारम्भिक बाल शिक्षामा उपस्थिति दर ५१ प्रतिशत मात्र छ।
  • शिक्षा क्षेत्रमा असमानता व्याप्त छ, किनभने सम्पन्न समुहको ६५% को तुलनामा विपन्न समुहका १२% बालबालिका मात्र साक्षरता र संख्याको आधारमा  शिक्षामा आबद्ध छन्।
  • निकै कम विद्यालयहरू मात्र बालमैत्री छन्।
  • ११ प्रतिशत विद्यालय भवनहरू मात्रै भुकम्प प्रतिरोधी छन्।
Grade 3 student Manjari Lama
UNICEF Nepa/2015/CSKarki

समाधान

सन् २०२२ सम्ममा समावेशी, सुरक्षित र संरक्षित वातावरणमा सबै भन्दा पिछडिएका सहित देशका सम्पूर्ण बालबालिकालाई पूर्वप्राथमिक तथा आधारभूत शिक्षा सुनिश्चित गर्ने।

शिक्षा सम्बन्धी हाम्रो कार्यक्रम शिक्षा मन्त्रालयअन्तर्गत कार्यान्वयन गरिएका विद्यालय क्षेत्र सुधार योजना (एसएसडीपी, २०१६-२०२२), र विद्यालय क्षेत्रका लागि संगठित रणनीति (२०१४) बाट मार्ग निर्देशित छ। संयुक्त वित्तिय साझेदार, स्थानीय शिक्षा विकास साझेदारको सम्पर्क विन्दु, र शिक्षाका लागि विश्वव्यापी साझेदारीको तर्फबाट सहजकर्ता निकायको रुपमा युनिसेफले विद्यालय क्षेत्र सुधार योजनालाई निरन्तर सघाइरहनेछ।

युनिसेफले निम्न क्षेत्रहरूमा कार्य गर्नेछ:

  • सामुदायिक प्रारम्भिक बाल शिक्षा र अभिभावक शिक्षामार्फत पिछडिएका क्षेत्रहरुमा प्रारम्भिक सिकाईको पहुँचलाई वृद्धि गर्ने।
  • तथ्यमा आधारित नीतिगत पैरवी मार्फत प्रारम्भिक बाल शिक्षाको गुणस्तर वृद्धि गर्ने।
  • विद्यालयमा आधारित प्रारम्भिक बाल शिक्षालाई समान रुपमा वितरण गर्न स्थानीय सरकारलाई सघाउने।
  • कक्षागत शिक्षण र सिकाईमा सुधार, प्रारम्भिक कक्षाहरुमा साक्षरता र गणितको ज्ञानलाई प्रवर्धन गर्नमा केन्द्रित भई आधारभूत शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि नीति निर्माण र योजनामा सघाउने।
  • बहुभाषिक कक्षाकोठामा पठनपाठन गर्नका लागि नवीन प्रयोग तथा अनुसन्धानलाई सघाउने।
  • अनौपचारिक शिक्षाका माध्यमबाट विद्यालयमा ढिला वा पहिलोपल्ट उपस्थित भएका किशोरकिशोरीलाई सघाउने।
  • कामकाजी बालबालिकाका लागि औपचारिक शिक्षाको मागमा वृद्धि गराउन अभिभावकतर्फ निर्देशित व्यवहार परिवर्तनका कार्यक्रमहरू सञ्चालन गर्ने।
  • औपचारिक तथा अनौपचारिक दुवै परिप्रेक्ष्यमा जीवनोपयोगी सीपहरूमा आधारित पाठ्यक्रम निर्माण गरी किशोरकिशोरीको जीवनोपयोगी सीपहरूमा सुधार ल्याउने।
  • हाल निर्माण हुँदै गरेको विद्यालयको सुरक्षा सम्बन्धी एकिकृत योजनाको कार्यान्वयनमा सहयोग गर्न विपद जोखिम न्युनीकरण र जलवायु परिवर्तनका लागि कार्य, आपतकालिन अवस्थामा विद्यालयहरू र विद्यालयलाई शान्ति क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रमहरूलाई सघाउने।
  • शिक्षा व्यवस्थापन सुचना प्रणालीमार्फत अपांगता भएका सहित विद्यालयबाहिर रहेका बालबालिकाको निगरानी गर्न सरकारी कर्मचारीलाई सघाउने र नयाँ संघीय संरचना अन्तर्गत स्थानीय सरकारलाई योजना तथा कार्यक्रमहरुको कार्यान्वयन गर्न सघाउने।
  • अनौपचारिक शिक्षाको समानक संरचना निर्माण गर्न सघाउने।
  • मातृभाषाको प्रयोग जस्ता शिक्षणका विभिन्न माध्यमहरूलाई नवीन प्रयोग द्वारा अझै राम्रो बनाउन प्रवर्धन गर्ने।
  • साना विद्यालयहरूमा गरिएका उदाहरणीय कार्यहरुबारे तथ्य संकलन गर्ने।
  • अपांगता भएका बालबालिकाका लागि समावेशी शिक्षण विधी र बालमैत्री विद्यालयको संरचना कार्यान्वयन गर्न सहयोग गर्ने।
Students in Simikot Humla
UNICEF Nepa/2017/AKarki

स्रोतहरू