बालबालिकामा लगानी किन ?

बालबालिकामा लगानी गर्नु भनेको मानव पुँजीमा लगानी गर्नु हो।

A girl smiling
UNICEF Nepal/2015

नेपालको लगभग ४० प्रतिशत जनसंख्या १८ वर्ष मुनिका बालबालिका छन्।

नेपालले सन् १९९० मा अनुमोदन गरेको बालअधिकारको महासन्धीले  बालबालिका तथा किशोरकिशोरीका आधारभूत आवश्यकताहरूलाई आर्थिक र सामाजिक मौलिक अधिकारको रुपमा अनुमोदन गरेको छ र राज्य तथा सरकारले यी अधिकारहरूलाई “श्रोत र साधन उपलब्ध भएसम्म” (धारा ४) सुनिश्चित गर्नुपर्ने भनि स्थापित गरेको छ।

बालबालिकामा लगानी गर्नु भनेको मानव पुँजीमा लगानी गर्नु हो। गर्भाधानदेखि दुई वर्षसम्मको समयावधि, अर्थात बालबालिकाको शुरुका १००० दिनहरुमा दिइने उचित हेरचाह र पोषणले उनीहरुको हुर्कने, सिक्ने र गरिबीबाट उम्किन सक्ने क्षमतामा ठुलो प्रभाव पार्दछ। परिवारहरू, समुदायहरू र देशहरूकै गरिबीको चक्र भंग गर्न यसले सहयोग गर्नुका साथै समाजको दीर्घकालीन स्वास्थ्य, स्थिरता र समृद्धिमा पनि प्रभाव पार्दछ।

बालबालिकाहरूको मस्तिष्कको विकास शुरूवाती वर्षहरुमा तीव्र गतिमा हुने तथ्य प्रमाणित छ। प्रारम्भिक बालविकासका गुणस्तरीय कार्यक्रमहरूमा लगानी गरिने हरेक १ अमेरिकी डलरले भविष्यमा ६ देखि १७ गुणासम्म प्रतिफल दिन्छ।

Mothers with their children
UNICEF Nepal/2015/NShrestha

छोटो समयमै घटेको बाल मृत्युदर र बढेको औसत आयुको फलस्वरूप विगतका केहि दशकहरुमा नेपालले तीव्र जनसांख्यिक परिवर्तनको अनुभव गरिरहेको छ। देश अबको क्रमश: ११ बर्ष र ३७ बर्षमा अर्थात सन् २०२८ मा “ढल्दो उमेरको समाज” र सन् २०५४ सम्ममा “वृद्ध” समाज बन्ने अनुमान गरिएको छ। नेपालसँग हाल एक सीमित समयावधि भएको “जनसांख्यिक अवसर” छ जब देशको कामकाजी जनसंख्या अझै युवा र उत्पादनशील छ। तसर्थ नेपालले अत्याधिक जनसांख्यिक लाभांश सुनिश्चित गर्नका लागि आजका बालबालिका वयस्क हुने समयमा उनीहरुले वृद्धहरुको सेवा गर्दै समाजको पनि विकास गर्न सक्षम बनाउन त्यस समयसम्ममा उनीहरुको उत्पादकत्व बढाउनका लागि वर्तमान समयमा नै लगानी गर्न जरुरी छ।

बालिकाको अतिरिक्त एक वर्षको शिक्षाले शिशु मृत्युदर ५ देखि १० प्रतिशतसम्म घटाउँछ।

Girls in ECD classes
UNICEF Nepal/2012/CSKarki

बालिकालाई ६ वर्ष वा त्यसभन्दा बढि शिक्षा दिनाले उनीहरुको गर्भावस्थाको स्याहार, प्रसुति अवस्थाको स्याहार र जन्म पश्चात शिशु जिवित रहने दरमा उल्लेखनीय र दिगो सुधार ल्याउँछ। आमाहरूलाई शिक्षा दिनाले पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर उल्लेखनीय रुपमा घट्न जान्छ। शिक्षित बालिकाहरुको मनोबल उच्च रहन्छ भने एचआईभीको संक्रमण, हिंसा तथा शोषणबाट जोगिने सम्भावना उच्च रहन्छ र आफ्ना परिवार र समुदायमा सुस्वास्थ्य र सरसफाईको चेतना फैलाउने सम्भावना पनि उच्च रहन्छ। यसका अतिरिक्त एक शिक्षित आमाले आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाउने सम्भावना बढि हुन्छ।