आऔं, मिलेर गलत सूचना विरुद्ध लडौं!

कोभिड-१९ र खोपबारे भ्रामक सूचनाको प्रवाहलाई रोक्न हामीलाई सहयोग गर्नुहोस्

युनिसेफ नेपाल
This image shows an illustration of a fist punching various sources of misinformation
UNICEF Nepal

स्वास्थ्य संकट र महामारीको समयमा गलत सूचनाले डर र दोषापरोण फैलाउन सक्दछ । यसले धेरै मानिसको जीवन जोखिममा पार्न सक्छ ।
 

युनिसेफले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारसँगको कोभिड-१९ र यसविरुद्धको खोपको बारेमा सही सूचना दिइ सर्वसाधारणलाई सुरक्षित राख्न सहकार्य गरिरहेको छ ।

तर हामी एक्लैबाट यो सम्भव छैन! हामीलाई तपाईंको सहयोगको आवश्यकता छः

तपाईंले कोभिड-१९ वा कोभिड-१९ विरुद्धको खोप सम्बन्धी सुन्नुभएको, देख्नुभएको शंकास्पद सूचना, हल्ला र गलत समाचार बारेमा हामीलाई जानकारी दिनुहोस् । जानकारी दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।

यदि तपाईंले तपाईंको सामाजिक सञ्जालमा वा च्याट ग्रुपहरूमा गलत सूचना फैलिरहेको देख्नुभएको छ भने कृपया कोभिड-१९ विरुद्धको खोप सम्बन्धी सही सूचना भएको यो लिंक सेयर गर्नुहोस्

यसरी हामीलाई सहयोग गर्नेलाई हामी विशेष रूपमा हाम्रो वेवसाइट वा सामाजिक सञ्जालमा प्रस्तुत गर्नेछौं ।

कोभिड-१९ वा कोभिड-१९ विरुद्धको खोप सम्बन्धी थप जानकारीका लागि हटलाइन नम्बरहरु ११३३ वा १११५ मा सम्पर्क गर्न सक्नुहुन्छ।