कोभिड -१९ महामारी नियन्त्रणमा विश्वले हासिल गरेका उपलब्धि दक्षिण एसियामा हाल अत्याधिक वृद्वि भईरहेको संक्रमणको कारणले गुम्ने खतरा हुनुका साथै बालबालिकामा बढी असर पर्ने देखिन्छ

दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लारिया-एडजेईद्वारा जारी विज्ञप्ति

06 मे 2021
This image shows healthworkers walking into the Bheri Hospital
UNICEF Nepal/2021/KAdhikari
Healthworkers in protective gear walking into the Bheri Hospital in Nepalgunj, Banke District.

काठमाडौं, २०७८ बैशाख २१ 

"दक्षिण एसियामा अहिले हामीले देखिरहेका दृश्य यस अघि कहिल्यै देखेका थिएनौं। मेडिकल अक्सिजनको चरम अभाव देखिएको यस क्षेत्रमा बिरामीका आफन्तजनले सहयोगको लागि याचना गरिरहेका छन् । थकित स्वास्थ्यकर्मीहरू आफै नै  बिरामी हुने अवस्थामा पुगिसकेका छन्। हाम्रा स्वास्थ्य प्रणालीहरू अधिकतम क्षमतामा सन्चालन हुनुपर्ने अवस्था आई अझै धेरै मानिसहरूको ज्यान जान सक्ने सम्भावना बढेको छ।  

"यस संकटलाई रोक्नको लागि सशक्त नेतृत्वका साथ  तत्काल कदम चाल्नु अत्यन्तै आवश्यक छ। थप क्षति हुनबाट जोगाउन सरकारहरूले आफ्नो सम्पूर्ण शक्ति लगाएर काम गर्नु, सहायता प्रदान गर्न सक्ने विकास साझेदारहरूले तुरून्तै सहायता पठाउनु र अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नु अत्यन्तै महत्वपूर्ण छ, जुन एउटा नैतिक वाध्यता मात्रै पक्कै पनि होइन। दक्षिण एसियामा पछिल्लो पटक देखिएको घातक वृद्विदरले हामी सबैलाई झस्काएको छ, यसलाई तत्काल रोक्न नसकिए विश्वले महामारी नियन्त्रणमा प्राप्त गरेका उपलब्धिहरू लाई पुन: गुम्ने सम्भावना रहेको छ। 

"तर, हामीले आफ्नो व्यक्तिगत जिम्मेवारीलाई पनि नभुलौं। हामीले लिने प्रत्येक निर्णयले संक्रमण वृद्विको यस क्रमलाई उल्ट्याउने वा  हाम्रो वरिपरिका मानिसहरूको जीवनलाई खतरामा पार्ने सम्भावना रहन्छ । हामी थाक्यौ होला, तर भाईरस अझै थाकेको छैन। मास्क लगाउने, सके सम्म धेरै पटक साबुन पानीले हात धुने, सामाजिक दुरी कायम राख्ने तथा आफ्नो पालो आएपछि खोप लगाईहाल्नको लागि हामी अझै बढी प्रतिबद्व हुनु जरूरी छ। 

"दक्षिण एसियामा धेरै कम मानिसहरूले मात्रै खोप लगाउने अवसर प्राप्त गरेका हुनाले भाइरस अझै अनियन्त्रित ढंगले फैलिने सम्भावना अत्यन्तै बढी छ । माल्दिभ्स र भुटानबाहेक यस क्षेत्रका अन्य देशहरूमा हालसम्म  प्रत्येक १० जनामा १ जना भन्दा कमको दरले खोप  लगाईएको छ।  उत्पादनमा वृद्वि तथा आवश्यकता अनुसार प्रविधि हस्तान्तरण गरेर भए पनि खोपको वितरण सबै देशमा खोपको समुचित रूपमा हुने कुरा सुनिश्चित गरिनुपर्दछ। सबै सुरक्षित नभएसम्म हामी कोहि पनि सुरक्षित रहंदैनौं। 

"यस जनस्वाथ्य संकटविरूद्व प्रतिकार्य गर्ने क्रममा यसले बालबालिकामा  पारिरहेको गम्भीर असरलाई बिर्सन सकिंदैन किनभने यसपटक बालबालिका समेत अभूतपूर्ण रूपमा रोगबाट प्रभावित भएका छन्।  आफ्ना आमाबाबु तथा हुर्काउने अभिभावकहरू गुमाउनुका साथै बालबालिकाले देख्न नहुने दृश्यका प्रत्यक्षदर्शी भईरहेका उनीहरू विद्यालय जाने अवसर तथा अन्य महत्वपूर्ण सहयोगबाट समेत वन्चित भईरहेका छन्। साथै, स्वास्थ्य सेवाको लागि उपलब्ध साधन श्रोतको अन्यत्र प्रयोग तथा सेवा प्रवाह नै पूर्ण क्षमतामा सन्चालित भईरहेकाले बालबालिकाको लागि अत्यन्तै महत्वपूर्ण नियमित खोप कार्यक्रमसमेत पूर्ण वा आंशिक रूपमा बन्द हुने जोखिम बढेको छ। 

"यदि त्यसो भएमा जोखिममा रहेका बालबालिका तथा उनीहरूका परिवार नै सबैभन्दा बढी प्रभावित हुनेछन् । महामारीको पहिलो लहरले दक्षिण एसियामा अत्यावश्यक सार्वजनिक स्वास्थ्य सेवा प्रवाहमा भारि कटौती निम्त्याउनुका साथै करीब २२८,००० बालबालिका तथा ११,००० आमाहरूको मृत्यु भएको थियो,  जुन हामीले फेरि हुन दिन हुँदैन। यसको लागि हामीले स्वास्थ्य, खोप तथा पोषण सम्बन्धी अत्यावश्यक सेवालाई सुचारू राख्दै  उक्त सेवाहरूको उपभोग गर्न आमाहरू तथा बालबालिकाले सुरक्षित महसुस गर्ने कुरा सुनिश्चित गर्नुपर्दछ। 

"भाइरस संक्रमणले कुनै सिमाना नचिन्ने हुनाले यसले निम्त्याउने क्षतिलाई रोक्दै हाम्रा बालबालिकालाई सुरक्षित राख्नको लागि विश्व नै एक भएर लाग्नुपर्दछ। अन्यथा, भाइरस र यसको स्वरूप परिवर्तनले हामीलाई परास्त गर्नेछ। "

मिडिया सम्पर्कहरू

एलिन लुठी
क्षेत्रीय सञ्‍चार प्रमुख
युनिसेफ दक्षिण एशिया क्षेत्रीय कार्यालय,
सम्पर्क: +977 98010 30076
इमेल: eluthi@unicef.org

युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबै भन्दा वन्चितिकरणमा परेका बालबालिकाहरूसम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरुमा काम गर्दछ । १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं । युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारीको लागि  www.unicef.org मा जानुहोस्। 

कोभिड-१९ सम्बन्धी थप जानकारीको लागि  : www.unicef.org/coronavirus

कोभिड-१९ खोप सम्बन्धी युनिसेफले गरिरहेका कामको बारेमा जानकारीको लागि यहाँ  हेर्नुहोस् ।  

नियमित खोप सेवा सम्बन्धी युनिसेफले गर्ने कामको बारेमा जानकारीको लागि यहाँ हेर्नुहोस् ।  

Twitter र  Facebook मा हामीलाई फलो गर्नुहोस् ।