कोभिड-१९ स्वास्थ्य संस्थाका लागि जोखिम संचार पुस्तिका

स्वास्थ्यकर्मीहरूलाई कार्यसंस्थामा कोभिड–१९ को संम्भाव्य संक्रमणबाट बचाउन स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले अपनाउनु पर्ने सर्तकता तथा सुरक्षाका महत्वपूर्ण सन्देशहरू

This image shows an illustration of a group of health workers
Government of Nepal

हाइलाईटहरू

कोभिड–१९ महामारीको नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले महत्वपूर्ण भूमिका खेलिरहनु भएको छ। देश भित्र यसको प्रकोप फैलिन नदिन स्वास्थ्यकर्मीहरूले मेरुदण्डको रुपमा सेवा प्रदान गरी रहनुभएको छ ।

स्वास्थ्यकर्मीहरूले कोभिड–१९को जोखिमको सामना गरी संभाव्य संक्रमणबाट समुदायलाई बचाउन महत्वपूर्ण प्रयास गरिरहनु भएको छ । यिनै कारणहरुले गर्दा स्वास्थ्यकर्मीहरूमा मानसिक तनाव, थकान, पेशागत कार्यदक्षतामा हतोत्साह र लाञ्छना जस्ता जोखिममा पर्न सक्दछन् । 

यो पुस्तिका नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा  स्वास्थ्यकर्मीहरूलाई कोभिड–१९को संक्रमणबाट जोगाउने र स्वास्थ्य संस्था भित्र कोभिड–१९को संक्रमण रोकथाम गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ तयार पारिएको हो । विश्व स्वास्थ्य संगठनको संक्रमण रोकथाम तथा नियन्त्रण प्राविधिक निर्देशिका ‘नोबल कोरोना भाइरसको संक्रमण शका गरिएको अवस्थामा’ (२५ जनवरी २०२०) मा भएका विषयबस्तुलाई यस पुस्तिकामा सरल भाषामा सबैले बुझ्ने र सम्झन सक्ने गरी प्रस्तुत गरिएको छ ।

This image shows the cover of the booklet for health workers to protect themselves from COVID19
लेखक
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
प्रकाशन मिति
भाषा
नेपाली