नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुंगाको वक्तव्य
बाल अधिकारलाई राष्ट्रिय प्राथमिकताको केन्द्रमा राख्न राष्ट्रिय बाल दिवसको अवसरमा अन्तरिम सरकारलाई युनिसेफ नेपालको आह्वान – भाद्र २८
- English
- नेपाली
"कुनै पनि बालबालिकाले आफ्नो मौलिक अधिकार प्रयोग गर्ने क्रममा ज्यान गुमाउनु वा घाइते हुनु हुँदैन। हालै नेपालमा भएको प्रदर्शनका क्रममा कम्तिमा एक जना बालबालिकाको मृत्यु र १९ जना बालबालिका घाइते भएको घटनाले बालबालिकाको अधिकारहरूको रक्षा गर्न गम्भीर चुक भएको देखिएको छ । यस दुःखद घटनाबाट पीडित परिवार र आफन्तजनप्रति युनिसेफ हार्दिक समवेदना प्रकट गर्दछ र सबै पीडित बालबालिका एवम् परिवारप्रति ऐक्यबद्धता जनाउँदै, घाइतेहरूलाई चाँडो र पूर्ण रूपमा स्वास्थ्यलाभ होस् भन्ने कामना समेत गर्दछ।
“नेपालले भदौ २९ गते (१४ सेप्टेम्बर) राष्ट्रिय बाल दिवस मनाउँदै गर्दाको सन्दर्भमा हालैको दुःखद घटनाले यस्ता घटनाहरू अब फेरी कहिल्यै दोहोरिनु हुँदैन भनेर गम्भीर ध्यानाकर्षण भएको छ । “
“यसले विशेषतः नागरिक आन्दोलनका समयमा लगायत जुनसुकै अवस्थामा पनि बालबालिकाका अधिकारको सम्मान र संरक्षण गर्नुपर्ने आवश्यकतालाई झक्झक्याएको छ । नेपाल पक्ष राष्ट्र भएको संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धी महासन्धिले प्रत्येक बालबालिकाले सुरक्षित रहन, आफ्ना विचार व्यक्त गर्न र शान्तिपूर्ण रूपमा सभा गर्न पाउने अधिकार सुनिश्चित गरेको समेत यहाँ स्मरणयीय रहेको छ ।
"पछिल्ला घटनाहरूले बालबालिका तथा किशोरकिशोरीहरूको मानसिक स्वास्थ्य सहित र समग्र स्वास्थ्य तथा जीवनमा पारिरहेको प्रभावलाई युनिसेफले नजिकबाट निगरानी गरिरहेको छ। हामी साझेदारहरूसँगको समन्वय र सहकार्यमा बालबालिका र उनीहरूका परिवारहरूको अत्यावस्यक सामाजिक र संरक्षण सेवाहरूमा (जस्तै सुरक्षित र सहयोगी वातावरणमा सिकाइ निरन्तरता समेत) सहज र निरन्तर पहुँचको सुनिस्चितताका लागि क्रियाशिल रहेका छौं । "
मिडिया सम्पर्कहरू
युनिसेफका बारेमा
युनिसेफले विश्वमा सबैभन्दा वञ्चितिमा परेका बालबालिकासम्म पुग्न विश्वका कठिन ठाउँहरूमा काम गर्दछ । विश्वका १९० देश र क्षेत्रहरूमा हामी सबैका लागि राम्रो संसार निर्माण गर्न हर स्थान र हरेक बालबालिकाका लागि काम गर्दछौँ । युनिसेफका बारेमा थप जानकारी र नेपालका बालबिलकाका लागि यसले गरेका कामहरूबारे थाह पाउन https://www.unicef.org/nepal/ मा हेर्नुहोस् ।
युनिसेफ नेपालबारे Facebook, Instagram, YouTube, X ra TikTok मा पनि हेर्न सक्नुहुनेछ ।