एलिस् अकुङ्गा युनिसेफका लागि नेपाल प्रतिनिधी नियुक्त

10 जुलाई 2023
UNICEF Representative to Nepal Ms Alice Akunga presents credentials to Hon. Foreign Minister NP Saud
UNICEF Nepal/2023/LPNgakhusi UNICEF Representative to Nepal Ms Alice Akunga presents credentials to Hon. Foreign Minister Mr NP Saud

काठमाडौं, असार २५, २०८० – नेपालका लागि युनिसेफले नयाँ प्रतिनिधीको रुपमा एलिस् अकुङ्गालाई नियुक्त गरेको छ । नवनियुक्त युनिसेफ नेपालका देशीय प्रतिनिधि अकुङ्गाले आज सोमबार परराष्ट्र मन्त्री माननीय एन पी साउद समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

अकुङ्गा केन्याली नागरिक हुन् । उहाँसँग बालबालिकाको सेवाको क्षेत्रमा केन्या, मलावी, नाइजेरिया, इस्वाटिनी, माल्दीभ्स र अफ्गानिस्तानमा गरि दुई दशक भन्दा लामो काम गरेको अनुभव छ ।

आफ्ना कामका क्रममा अकुङ्गाले विशेष गरी उच्च जोखिमको समयमा बालबालिकाको संरक्षण र अधिकारका लागि निरन्तर पैरवी गर्दै आउनुभएको छ । उहाँले दुर्गम र कठिन क्षेत्रहरूमा जीवन रक्षाका लागि आवश्यक मानवीय सहयोगहरू पुर्‍याउने युनिसेफका प्रयासहरूको संयोजन र कार्यान्वयनमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएको छ । यसभित्र विद्यमान द्वन्द्व र कोभिड–१९ महामारीका चुनौतीहरूबीच अन्य क्षेत्र सँगसँगै स्वास्थ्य सेवा, शिक्षा, पोषण, खानेपानी तथा सरसफाई एवम् संरक्षणका क्षेत्रमा बालबालिकाका जरुरी आवश्यकताहरू सम्बोधन भएको सुनिश्चित गर्ने काम समेत पर्दछ ।

उहाँसँग बालबालिकाको संरक्षण र उनीहरूको स्थितीमा सुधारका लागि बालमैत्री शासन व्यवस्थाको प्रवर्धन, प्रणालीगत सबलिकरण साथै दीगो जलवायू परिवर्तन प्रतिकार्य जस्ता काममा सरकार र अन्य साझेदारहरूसँग हातेमालो गरी काम गरेको अनुभव समेत छ ।

 

मिडिया सम्पर्कहरू

शर्मिना मानन्‍धर
सञ्‍चार विशेषज्ञ
युनिसेफ
सम्पर्क: ‌+9779801007922
इमेल: smanandhar@unicef.org

युनिसेफका बारेमा

युनिसेफले विश्वमा सबैभन्दा वञ्चितिमा परेका बालबालिकाहरूसम्म पुग्न विश्वका केहि कठिन ठाउँहरूमा काम गर्दछ । विश्वका १९० देशहरू र क्षेत्रहरूमा हामी सबैका लागि राम्रो संसार निर्माण गर्न हर स्थान र हर बालबालिकाका लागि कार्य गर्दछौं ।

युनिसेफ बारेको थप जानकारी र नेपालमा यसका कामहरूबारे थाह पाउन www.unicef.org/nepal मा हेर्नुहोस् ।

युनिसेफ नेपालबारे Twitter, Facebook, InstagramYouTube मा पनि हेर्न सक्नुहुनेछ ।