युनिसेफद्वारा बालअधिकारका लागि सात युवा अधिवक्ताहरू नियुक्त

युनिसेफले बिश्वलाई बालबालिकाको उन्नत भविष्यको कल्पना गर्न आव्हान गर्दै, नेपालका बालबालिका र युवाहरूलाई असर पार्ने मुद्दाहरू र तिनका मुख्य समाधानहरूको बारेमा चेतना जगाउनका लागि सात युवा अधिवक्ताहरूलाई नियुक्त गरेको छ

11 डिसेम्बर 2021
UNICEF Nepal/2021

काठमाडौँ, ११ डिसेम्बर २०२१- आज, युनिसेफको स्थापनाको ७५ औ वर्ष पूरा भएको अवसरमा, नेपालका सात प्रेरणादायी युवाहरू बालबालिकाको उन्नत भविष्यको कल्पना गर्ने युनिसेफको बिश्वब्यापी आव्हानमा जोडिएका छन् । उनीहरूले युनिसेफ नेपालसँग मिलेर जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषण जस्ता बालबालिका र युवाहरूसँग सम्बन्धित मुद्दाहरूमा आवाज उठाउने छन् ।

"युनिसेफले विश्वभरि नै आफ्नो समाज परिवर्तनमा सङ्लग्न भएका  युवा कार्यकर्ताहरू, अधिवक्ताहरू, र सामुदायिक आयोजकहरूसँग काम गर्दछ। युवाहरूलाई प्रभाव पार्ने मुद्दाहरूको लागि सबैभन्दा प्रभावकारी च्याम्पियन भनेका युवाहरू स्वयम् हुन्  र उनीहरूमा भावनात्मक रूपमा जोडिएका विषयहरूमा सबैलाई सम्मिलित गर्न सक्ने अद्वितीय शक्ति छ भन्ने कुरामा हामी विश्वास गर्छौं,“ नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विशले भन्नुभयो । युवा अधिवक्ता कार्यक्रम मार्फत, युनिसेफले बालबालिकाको राम्रो भविष्यको पुन:कल्पना गर्न सहयोग पुर्‍याउनका लागि यी समर्पित अधिवक्ताहरूको प्रामाणिक र समाधान-उन्मुख आवाजहरूको लागि एउटा मञ्च प्रदान गर्दछ ।“ 

यी नेपाली युवा अधिवक्ताहरू सँग सम्बन्धित मुद्दाहरूको पैरवी गर्ने पृष्ठभूमि रहेको छ ।

समावेशी विकासको क्षेत्रमा सङ्लग्न र युवा तथा अपाङ्गता अधिकारका एक उत्साही अभियन्ता २२ वर्षीय  निर श्रेष्ठलाई अपाङ्गता समावेशीकरणका लागि युवा अधिवक्ताको रूपमा नियुक्त गरिएको छ ।

२१ वर्षीया पल्लवी कर्णले आफ्ना साथीहरूसँग पोषणको महत्वका बारेमा पैरवी गर्छिन् । उनले कोभिड-१९ का बिरामीहरू र पोषण जागरूकता कार्यक्रमहरूको लागि आहार सल्लाहकारको रूपमा स्वयमंसेवक भएर काम गरेकी छिन् । पल्लवीलाई पोषणको लागि युवा अधिवक्ताको रूपमा नियुक्त गरिएको छ ।

२१ वर्षीया प्रकृति भट्टराई, २० वर्षीया प्रशंशा केसी र २३ वर्षीय श्रीकृष्ण थापा लैङ्गिक समानताका पक्षधर युवा हुन् र लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउँदै आएका छन् । उनीहरूले आफु सँगसँगै महिलाहरूका लागि राजनीतिक साक्षरता, लैङ्गिक छलफलहरूमा पुरुषहरूको सङ्लग्नता र चलचित्रहरूमा बालविवाहका मुद्दाहरूलाई प्रकाश पारेर लैङ्गिकतामा आधारित हिंसाको बारेमा सचेतना जगाउन आफ्नो अद्वितीय सीप र जोश ल्याउनेमा विश्वास गरिन्छ ।

मानसिक स्वास्थ्यका लागि युवा अधिवक्ता २० वर्षीय शितांशु ढकाल चिकित्सा क्षेत्रका विद्यार्थी हुन् र बालबालिका र युवाहरूमा मानसिक स्वास्थ्यबारे सचेतना फैलाउने र मानसिक स्वास्थ्य शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न पैरवी गर्ने कार्यमा सक्रिय छिन् ।

२३ वर्षीया सोनिका पौडेल जलवायु परिवर्तनका पक्षधर हुन् र १२ वर्षको उमेरदेखि नै सक्रिय रूपमा सामुदायिक गतिविधिमा सङ्लग्न छिन् ।

अभिमुखीकरण र थप सल्लाहका साथ यी युवा अधिवक्ताहरूले आफ्ना प्रतिभा र बालबालिकाका बिषयमा आफ्ना ज्ञान अझ सुदृढ बनाउने छन् । यी युवा अधिवक्ताहरूले युनिसेफसँग मिलेर पैरवी गर्नुपर्ने गतिविधिहरूको नेतृत्व गर्नेछन्, सञ्चार सामग्रीहरू सिर्जना गर्नेछन्, युनिसेफका कार्यक्रमहरूमा भाग लिनेछन् र यू-रिपोर्ट नेपाल जस्ता विभिन्न मञ्च तथा प्लेटफार्महरूमा युवाहरूको आवाजलाई विस्तार गर्न मदत गर्नेछन् । यु-रिपोर्ट नेपाल भाइबर र व्हाट्सएपमा रहेको च्याटबट हो जसले युवाहरूलाई कोभिड-१९, मानसिक स्वास्थ्य समस्याहरू र अन्य युवाहरूसँग सम्बन्धित जानकारीहरू प्रदान गर्दछ । च्याटबट प्रयोगकर्ताहरूले सर्वेक्षणहरू मार्फत् आफ्ना विचार र आवाजहरू पनि आदान प्रदान गर्न सक्छन् ।

यी युवा अधिवक्ताहरूसँगको साझेदारीमा, युनिसेफ नेपालले जलवायु परिवर्तन, अपाङ्गता समावेशीकरण, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य र पोषण सम्बन्धी युवाहरूको आवाजलाई व्यापक बनाउने, चेतना जगाउने र पैरवी गर्ने लक्ष्य राखेको छ ।

##

सम्पादकका लागि टिप्पणी:

युवा अधिवक्ताहरूको विवरण र फोटो यहाँ उपलब्ध छन् ।

 

मिडिया सम्पर्कहरू

तानिया धाख्वा
प्रमुख, सञ्चार शाखा
युनिसेफ नेपाल
सम्पर्क: 977-9801244524
इमेल: tdhakhwa@unicef.org

युनिसेफको बारेमा

युनिसेफले विश्वकै सबैभन्दा सीमान्तकृत बालबालिकासम्म पुग्नका लागि विश्वकै चुनौतीपूर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भु–भागहरूमा हामीले हरेक मानिसका लागि समुन्नत संसार बनाउन हरेक बालबालिकाका लागि हरेक ठाउँमा काम गर्छौं ।

युनिसेफ तथा बालबालिकाका लागि यसले गर्ने कार्यका बारेमा थप जानकारीका लागि www.unicef.org मा जानुहोस् र युनिसेफ लाई Twitter, Facebook, Instagram and YouTubeमा पनि फलो गर्नुहोस् ।