स्वस्थ र खुसि

युनिसेफको सहयोगले कुपोषणले ग्रस्त एक बालिकालाई स्वस्थ र खुसि हुन सघायो ।

तोया नाथ सुवेदी
Unisha Kumal with her mother
UNICEF Nepal/2018/AKarki
16 जनवरी 2019

धादिङ्, नेपाल – युनिशा कुमाल एक खुसि बालिका हुन्।

यी दुई वर्षे बालिकाको मीठो मुस्कानले जो कसैकोपनि मुहारमा मुस्कान ल्याईदिन सक्छ।

विगतका १७ महिनामा उनी स्वस्थ बनेको देखेर उनका आमाबाबु अत्यन्तै खुसि छन्।

भुकम्पले क्षति पुर्याएको जिल्लाहरु मध्ये एक धादिङ्गको सल्यानटारमा रबिनाको दोस्रो सन्तानको रुपमा जन्मिएकी युनिशा चरम कुपोषणले ग्रस्त थिईन्।

सल्यानटारको बहिरंग स्वास्थ्य केन्द्रमा ११ महिनाकी युनिशालाई उपचारको लागि ल्याउंदा उनी अत्यन्तै दुब्ली थिईन्, उनको वजन ६.२ किलो थियो, उचाई ६९ सेन्टिमिटर थियो र मध्य पाखुराको परिधिको नाप ११.४ सेमी थियो। उनी खाना खान निकै गनगन गर्थिन्।

२०७२को विनाशकारी भुकम्प लगत्तै युनिसेफ द्वारा सञ्चालित बालबालिकाको पोषण अवस्था जाँच सप्ताहका क्रममा युनिशालाई चरम कुपोषण (SAM) भएको स्वास्थ्य स्वयंसेविका गीता बसौलाले पत्ता लगाएकी थिईन्।

युनिसेफको सहयोगमा सञ्चालित उक्त स्वास्थ्य संस्थामा युनिशालाई खुवाउनका लागि रबिनालाई दुई हप्तालई पुग्ने गरि तैयारी अवस्थाको औषधीजन्य खाना र शक्तिदायक बदामको पेस्ट दिईएको थियो। उनलाई उक्त औषधीजन्य खानेकुरा कसरी सेवन गर्ने भन्ने बारे जानकारी दिईएक थियो र दुई हप्तापछि पुन जँचाउन ल्याउन सल्लाह दिईएको थियो।

 “औषधी जन्य खानेकुराले युनिशामा सकारात्मक परिवर्तन ल्याउन थाल्यो”, रबिनाले भनिन्।

उक्त खानेकुराका कारण युनिशाको वजन दुई हप्तामा ३०० ग्राम बढ्यो। अर्को दुई हप्तामा उनको वजन ७.५ किलोसम्म बढ्यो र उनको पाखुराको नाप बढेर १२ सेमि सम्म पुग्यो।

त्यस पश्चात उनलाई तैयारी अवस्थाको अतिरिक्त खानेकुरा (RUSF) दिईयो र उनको प्रगतिबारे निरन्तर जानकारी राखियो।

A photo of a younger and malnourished Unisha.
- कुपोषणले ग्रस्त सानो उमेरकी युनिशाको फोटो

 “आफ्नी छोरीमा आएको यस्तो चमत्कारिक परिवर्तन देखेर म अत्यन्तै खुसि छु र म स्वास्थ्य स्वयं सेविका र नर्समाथि पूर्ण भरोसा गर्दछु”

रबीना

“मेरो बच्चाको लागि पोषणयुक्त खानेकुराको महत्व उनीहरुले मलाई सिकाएका छन्”।

यो ज्ञान युनिशाको लागि मात्र नभई उनकी दिदीलाईपनि बरदान सावित भयो जसलाई मध्यम तहको चरम कुपोषण भएको थियो। त्यसैगरि यो ज्ञानले रबिनाको अर्को (तेस्रो) बच्चाको लागिपनि फाईदा पुर्याउनेछ किनभने उनी गर्भवति छिन्। रबिनाले गर्भावस्थाको उपयुक्त हेरचाह गर्ने विधि सिकिन् र हाल चिकित्सकको सल्लाह लिंदै आफ्नो नियमित स्वास्थ्य जाँचको लागि स्वास्थ्यकेन्द्र जान्छिन्।

शुरुका दुई सन्तानले जस्तै कष्ट भोग्न नपरोस र आगामी तेस्रो बच्चा स्वस्थ जन्मोस भनि यी गर्भवती आमा आशा गर्छिन्।