पूर्ण जीवनको लागि खोप
बेलैमा खोप लगाई बालघातक सरुवा रोगको रोकथाम गरौँ
बालघातक सरुवा रोग कुनै सरुवा विषाणु, जीवाणुको सङ्क्रमणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर भएको अवस्था हो । सरुवा रोग हावा, पानी, माटो, दिसा, रगत आदिबाट एक अर्कामा सर्दछ । बालघातक रोग जस्तैः लहरे खोकी, भ्यागुते रोग, धनुष्टङ्कार, क्षयरोग, निमोनिया पोलियो, दादुरा, टाइफाइड, हेपाटाइटिस आदि हुन् ।
यी रोगहरू बिरामी बालबालिकाको सास, खकार, दिसा आदिबाट सङ्क्रमण भएमा शिशु बिरामी हुन्छ । यस्ता सरुवा रोगको रोकथाम गर्न बेलैमा रोग विरुद्ध खोप लगाई शरीरमा प्रतिरक्षा शक्ति निर्माण गराएर रोकथाम गर्नुपर्दछ ।
सबै बालबािलकाले पूर्ण जीवन जिउनको लागि नेपाल सरकारले निःशुल्क खोप पाउने व्यवस्था गरेको हुनाले सबै आमाबुबाले आफ्नो बालबालिकालाई खोप लगाउन लानुपर्दछ ।
बालघातक रोग लाग्नुको कारण
- गर्भमा रहँदा र जन्मेपछि खोप नलगाउनु वा मात्रा नपु¥याउनु
- असुरक्षित वातावरणमा सुत्केरी गराउनु
- गर्भावस्थामा विषाणु सङ्क्रमण
- रोगी बालबालिकासँग निकट हुनु वा महामारीले रोग फैलिनु
- बालबालिकालाई जीवाणु, विषाणु, परजीवी आदिको सङ्क्रमण
- पोषण स्थिति
बालघातक रोगकोे लक्षण, रोकथाम र स्याहार
| बालघातक रोगहरू | केही लक्षणहरू | खोपको नाम | अभिभावकको भूमिका वा स्याहार |
|---|---|---|---|
| धनुष्टङ्कार |
शिशु एकनासले रुन्छ । दुध वा खाना निल्न सक्दैन । नाइटो वरिपरि फोहर हुन्छ । अनुहार, मुखको मांशपेशी धेरै खुम्चेर दुख्छ । ढाडको मांशपेशी बाउडिएर पूरा जिउ धनुष जस्तै बाङ्गिन्छ । | टेटानस खोप | बिरामी बालबालिकालाई तुरुन्त अस्पताल लगेर उपचार गराउनुपर्छ । बिरामी बालबालिकालाई अलग राख्नुपर्छ । |
| क्षयरोग |
राती मन्द ज्वरो आउँछ । खोकी लाग्छ । तौल घट्छ । खान रुचि हँुदैन । खकारमा रगत देखा पर्छ । | वि. सी. जी. खोप | बिरामी बालबालिकालाई तुरुन्त अस्पताल लगेर उपचार गराउनुपर्छ । स्तनपान गराउनुपर्छ । पर्याप्त आराम गराउनुपर्छ । पौष्टिक आहार खुवाउनुपर्छ । बिरामीको थुक, खकार जथाभावी विसर्जन नगर्ने, बिरामी बालबालिकालाई धुँवा नभएको, हावा आवतजावत हुने कोठामा सकेसम्म अलग राख्नुपर्छ । |
| भ्यागुतेरोग |
रुघाखोकीको लक्षणबाट सुरु हुन्छ । टाउको दुख्ने, घाँटी दुख्ने हुन्छ । घाँटीको पछाडि टन्सिलको वरिपरि, नाकमा पहेलो खैरो रङको जालोपर्दछ । सास फेर्न गाह्रो हुन्छ । | डिपिटि खोप | अस्पतालमा भर्ना गरी उपचार गराउनुुपर्दछ । मनतातो नुनपानीले कुल्ला गराउनुपर्छ । तातो पानीको वाफ दिनुपर्छ । बिरामी बालबालिकालाई अलग राख्नुपर्छ । |
| लहरेखोकी | रुघाखोकीको लक्षणबाट सुरु हुन्छ । एकै सासमा धेरैपटक छिटो छिटो खोकी लाग्छ र हुक्क आवाज निस्किन्छ । च्यापच्याप हुने खकार आउँछ । खोकिरहँदा बालबालिकाको ओठ निलो देखिन्छ । | डिपिटि खोप | रुघाखोकीको उपचार गराउनुपर्छ । चिसोबाट बचाउनुपर्छ । आराम गराउनुपर्छ । पौष्टिक आहार जस्तै, मनतातो दाल, माड खुवाउनुपर्छ । धेरै ज्वरो आएमा पानीपट्टी लाउने, र ज्वरो कम गराउने औषधी खुवाउनुपर्छ । अस्पतालमा तुरुन्त उपचार गराउनुपर्छ । |
| निमोनिया | रुघाखोकीको लक्षणबाट सुरु हुन्छ । छिटो छिटो सास फेर्ने, कोखा हान्ने, वान्ता हुने, खोकी लाग्ने हुन्छ । खकारमा रगत देखिने र छाती दुख्ने हुन्छ । | पिसिभी खोप सुई | तुरुन्त अस्पतालमा भर्ना गरी उपचार गराउनुुपर्दछ । |
| पोलियो (बाल पक्षघात) | पोलियो भाइरस जातिका विषाणुको सङ्क्रमणबाट हुने सरुवा रोग हो । दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई हुन्छ । सुरुमा रुघा लागेको जस्तो हुने, ज्वरो आउने, वान्ता हुने, शरीरका मांशपेशी दुख्ने हुन्छ । शरीरका केही भाग कमजोर हुने र एकातर्फ वा दुवै पट्टी कम्मरको मुनी लुलो वा पक्षघात हुन्छ । |
पोलियो थोपा खुवाउने | रोग लागेपछि कुनै पनि औषधीले उपचार हुन सक्तैन । दुखाइको लागि सिटामोल, तातो पट्टी लगाई दिन सकिन्छ । शरीरका मांशपेशी बलियो बनाउने व्यायाम गराउनुपर्छ । हिड्डुल गर्न विशेष जुत्ता र बैशाखी प्रयोग गराउन सकिन्छ । |
| दादुरा | भाइरस जातिका विषाणुको सङ्क्रमणबाट हुने सरुवा रोग हो । रुघा, ज्वरो, आँखा रातो हुने, खोकी ज्वरोबाट सुरु हुन्छ । छालामा विशेषगरी अनुहार, कान पछाडि गर्दै पेट, ढाड, खुट्टमा रातो मसिनो बिमिरा आउँछ । दाना करिब ५ दिनसम्म रहन्छ । |
दादुरा रुबेला विरुद्ध खोप |
आराम गराउने, पौष्टिक आहार खुवाउने, मन तातो झोलिलो दाल, माड खुवाउने, धेरै ज्वरो आएमा पानीपट्टी लाउने, स्वास्थ्यकर्मीको सल्लाहमा औषधी खुवाउने, अस्पतालमा तुरुन्त उपचार गराउने, बिरामी बालबालिकालाई अलग राख्ने । |
| रुबेला, जर्मन मिजल | यो अर्को थरीको दादुरा हो । यसमा सामान्य दाना हुन्छ । कान पछाडिको ग्रन्थी दुख्छ । तीन चार दिनसम्म रहन्छ । गर्भावस्थामा सङ्क्रमण भए शिशुमा अपाङ्गता रहन सक्छ । | ||
| जापानिज इन्सेफलाइटिस | यो लामखुट्टेले टोकेर एक अर्कामा सार्छ । सुरुमा ज्वरो आउने पेट दुख्ने, यसबाट बढ्दै गएमा मस्तिष्कमा आघात पर्छ र नशामा समस्या देखा पर्ने र मृत्यु हुने हुन सक्छ । | जापानिज इन्सेफलाइटिस खोप |
आराम गराउने, पौष्टिक आहार खुवाउने, मन तातो झोलिलो दाल, माड खुवाउने, धेरै ज्वरो आएमा पानीपट्टी लाउने, स्वास्थ्यकर्मीको सल्लाहमा औषधी खुवाउने, अस्पतालमा तुरुन्त उपचार गराउने, बिरामी बालबालिकालाई अलग राख्ने । |
| टाइफाइड | उच्च ज्वरो, जाडो हुने, पसिना आउने, पेट दुख्ने, टाउको दुख्ने, जिउ दुख्ने, जिब्रोमा सेतो लेत लाग्नु टाइफाइडको मुख्य चिह्न तथा लक्षण हुन् । | टाइफाइडकको खोप | ३ दिनसम्म सिटामोलले पनि ज्वरो निको नभएमा नजिकैको स्वास्थ्य केन्द्रमा लैजाने |