अन्तराष्ट्रिय खेल दिवस यसरी मनाऔं

घर र विद्यालयमा खेल्न सकिने तरिकाहरू

युनिसेफ नेपाल
A small girl smiling while playing in the school room filled with other childrens
UNICEF Nepal/2024/RUpadhayay
06 जुन 2024

खेल खेल्नु बालबालिकाको मुख्य काम हो । खेलबिना उनीहरूको सर्वाङ्गीण विकासको आशा गर्न सकिदैन । खेलको असीमित महत्त्वलाई थप जोड दिन तथा बालबालिकाको खेल्ने अधिकारलाई सुनिश्चित गर्न यस वर्षदेखि जुन ११ मा अन्तराष्ट्रिय खेल दिवस मनाइदैछ ।

युनिसेफ नेपाल सम्पूर्ण अभिभावक तथा विद्यालयहरूलाई अन्तराष्ट्रिय खेल दिवस मनाउन आह्वान गर्दछ । यस लेखमा घर र विद्यालयमा अन्तराष्ट्रिय खेल दिवस मनाउने केही तरिकाहरू दिइएको छ ।

अभिभावकले गर्नुपर्ने कुरा

  • खेलको प्रवर्धन
  • खेल्न मिल्ने वातावरण तयार गर्ने
  • दैनिक खेल्ने समय छुट्याउने
  • सँगै खेल्ने
घरमा अन्तराष्ट्रिय खेल दिवस मनाउने केही तरिकाहरू
  • दैनिक गतिविधिमा, खेल, गीत, नाच, कथा जस्ता क्रियाकलापलाई कसरी समेट्न सकिन्छ सोचौं । जस्तै, सुत्ने बेलामा कथा सुनाउने ।
  • आफ्नाो बालबालिकासँग उसको मनपर्ने खेल, खेलौना, खेल्ने साथीका बारेमा कुराकानी गरौं ।
  • घरमा सजिलै पाइने सामानहरूबाट खेलौना बनाऔं । जस्तै, पुराना लुगाफाटाबाट पुतली ।
  • बालबालिकालाई तपाईँले सानो बेलामा खेल्ने खेल सिकाऔं ।
  • बाहिर गएर खेलौं ।
  • जुन ११ को दिन कम्तीमा आधा घण्टा बालबालिकासँग खेलौं ।

विद्यालयले गर्नुपर्ने कुरा

  • खेलको महत्त्व र फाईदा बालबालिका तथा अभिभावकलाई बुझाउने
  • खेल्न मिल्ने वातावरण र समय बनाउने
  • शिक्षक र अभिभावक पनि बालबालिकासँगै खेल्न प्रवर्धन गर्ने 
विद्यालयमा अन्तराष्ट्रिय खेल दिवस मनाउने केही तरिकाहरू 
  • बालबालिकासँगै यो दिन कसरी मनाउन सकिन्छ भन्ने बारे छलफल गरौं ।
  • बालबालिकालाई आफ्नो मनपर्ने खेल र खेलौनाबारे समुहमा बताउन लगाऔं र कसरी खेल्ने सिकाउन लगाऔं ।
  • शिक्षक (वा कुनै अभिभावकलाई कक्षामा बोलएर) आफू सानो हुँदा खेल्ने खेलबारे बालबालिकालाई सिकाऔं र उनीहरू संग खेलौं ।
  • बालबालिकाले खेल्नको लागि विभिन्न भित्री तथा बाहिरी वातावरण बनाऔं ।
  • बालबालिकालाई विद्यालय नजिकैको प्राकृतिक वातावरणमा खेल्न दिउँ ।
  • स्वतन्त्र रुपमा खेल्न दिउँ ।
Cover of the IDOP toolkit
UNICEF Nepal