नवजात शिशु तथा सुत्केरी आमाका आवश्यकताहरू
सुत्केरी र नवजात शिशुको स्याहार कसरी गर्ने?
जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ । शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो, तर यो अवस्था आमा र शिशुको लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो ।
स्याहारकर्ता वा सहयोगीको सानो गल्तीले आमा र शिशुको मृत्यु हुने तथा जीवनभरको लागि अपाङ्ग हुने सम्भावना प्रबल रहन्छ ।
त्यसैले नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसूति केन्द्र-अस्पतालमा दक्ष प्रसूति स्वास्थ्यकर्मीद्वारा प्रसूति गराउनुपर्दछ । यसले गर्दा प्रकृतिक अवस्थामा सुत्केरी गराउन नसकेको अवस्थामा, विभिन्न वैकल्पिक तरिकाबाट आमा र शिशुलाई बचाउन सकिन्छ ।
| स्वस्थ शिशुको अवस्था | स्वस्थ आमाको अवस्था |
|
जन्मको बेलामा नवजात शिशुको सामान्य तौल २५०० ग्राम वा सोभन्दा माथि मानिन्छ । जन्मिने बितिकै रुन्छ, आफैँ सास फेर्छ । आफैँ दुध चुस्न खोज्छ र सजिलै निल्छ । नाभी र साल जोडिएको हुन्छ । बास्नाले आमालाई चिन्छ र गर्भमा सुनेको आवजलाई हातखुटट सजिलै चलाउन सक्छ । |
नियन्त्रित रूपमा रक्तश्राव भैरहेको हुन्छ । बच्चा जन्माउने क्रममा रगत खेर गएको हुनाले कमजोर हुन्छ । स्तनबाट दुध आउन थाल्छ । शक्ति खर्च भएको हुनाले भोक धेरै लाग्छ । |
सुत्केरी र नवजात शिशुको स्याहारमा स्वास्थ्यकर्मीको सहयोग
नेपाल सरकारले तोकेका प्रसूति संस्थामा निःशुल्क प्रसूति गराउने व्यवस्थासहित निम्न कार्य गर्न सुझाइएको छः
- सुरक्षित जन्म गराउने, जन्मनासाथ नवजात शिशुलाई सफा तथा नरम कपडाले पुछ्ने र न्यानो हुने गरी लुगाले बेर्नुपर्दछ ।
- तौल लिने र वजन कम (२.५ किलोभन्दा कम) भएको शिशुलाई विशेष प्रकारले न्यानो “मायाको अँगालो” (Kangaroo Care) मा आमा वा बुबाको सहयोगमा राख्नुपर्छ ।
- यो तरिका महिला स्वास्थ्य स्वयम्सेविका वा स्वास्थ्य संस्थाबाट सिक्न सकिन्छ । यो तरिका शिशुको तौल सामान्य नहुन्जेल जारी राखिन्छ ।
- जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई पहिलो बिगौती दुध खुवाउन सुझाव र तरिका सिकाउनुपर्दछ ।
- शिशुको नाइटो सफा राख्न र स्वास्थ्यकर्मी वा महिला स्वास्थ्य स्वयम्सेविकाले आवश्यक सेवा र सल्लाह दिनुपर्छ ।
- संस्थागत सुत्केरी हुने महिलालाई नेपाल सरकारबाट सुत्केरी भत्ताको पनि व्यवस्था छ । यसको विस्तृत जानकारीको लागि स्वास्थ्यकर्मी वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।
सुत्केरी र नवजात शिशुको स्याहारमा परिवारको भूमिका
💙 सुत्केरी र नवजात शिशुका लागि सुरक्षित सफा ओड्ने ओछ्यान र मलमल जस्तै नरम कपडा वा पुरानोे सफा कपडाको व्यवस्था गर्नुपर्दछ ।
💙नवजात शिशुलाई आमाको बिगौती दुध जतिसक्दो छिटो, जन्मेको १ घण्टाभित्रै खुवाउनुपर्छ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दुध आउन थाल्छ । आमा कै दुधमा पर्याप्त पानीको मात्रा र सबै पोषक तत्त्वहरू हुने भएकाले शिशुलाई आमाको दुधबाहेक केही पनि खुवाउनु पर्दैन ।
💙सङ्क्रमणबाट जोगाउन नाभीमा नाभी मलमबाहेक अरू केही पनि नलगार्ई सुख्खा र सफा राख्नुपर्दछ ।
💙सुत्केरी आमालाई पहिला तातो झोल पेय खुवाउने र अन्य खाना खुवाउनुपर्छ ।
💙 सुत्केरी आमालाई निम्न खाद्य समूहका कम्तीमा ५ समूहबाट साधारण अवस्थाभन्दा थप २ पटक खाना खुवाउनुपर्छ ।
| अन्न तथा कन्दमूल | अण्डा |
| दाल तथा गेडागुडी | हरियो सागपात |
| बदाम तथा बीज | भिटामिन ए युक्त तरकारी तथा फलफूल |
| दुध तथा दुग्धजन्य पदार्थ | अन्य तरकारी |
| माछा मासु | अन्य फलफूल |
💙 शल्यक्रिया (अप्रेशन) वा अन्य समस्यासहित जन्मेको शिशु छ भने पोषणविद् वा स्वस्थ्यकर्मीको सल्लाह अनुरुप आमालाई खाना खुवाउनुपर्छ ।
💙 यस समयमा व्यक्तिगत र वातावरणीय सरसफाइ राख्न श्रीमान र परिवारले आवश्यक सहयोग गर्नुपर्दछ ।
💙 नवजात शिशुलाई २४ घण्टासम्म नुहाइदिनु हुँदैन, किनकि यसो गरेमा शिशुलाई शिताङ्ग हुन सक्छ ।
💙 दोस्रो हप्तादेखि मौसमअनुसार स्वस्थ शिशुलाई (मन तातोपानीले) हप्तामा दुईपटक नुहाइदिन सुझाव दिइएको छ । तर अस्वस्थ, कमतौलको शिशुलाई नुहाएमा समस्या आउने हुनाले स्वास्थ्यकर्मीको सल्लाहबमोजिम मात्रै नुहाइदिनुपर्छ ।
💙सुत्केरी आमाको घाउ तथा पाठेघरलाई निको गर्न र पहिलेको अवस्थामा आउनको लागि पर्याप्त आराम आवश्यक हुन्छ ।
💙नवजात शिशुलाई बाहिरी तापक्रम , वातावरण र खाना आदि समायोजन गर्नका लागि परिवारले उचित वातावरण मिलाउनुपर्दछ ।
💙सुत्केरी आमालाई माया, आराम र शान्ति भए, दुध उत्पादनको लागि आवश्यक हर्मोनद्दज्ञ बन्नको लागि सहयोग गर्छ, त्यसैले परिवारको सहयोग र समय चाहिन्छ ।
💙 शिशुलाई आमाबुबासँग टाँसेर राख्नुपर्छ । छालाको स्पर्श तथा मुटुको धड्कनको आवाजले आमाबुबासँग शिशुको आत्मीयता बढाउन र सुरक्षित महसुस गराउँछ ।
💙आमाबुबा दुवैले शिशु स्याहार गर्दा आफूहरू र शिशुबिचको सम्बन्ध अत्यन्त महत्त्वपूर्ण भएको अभिव्यक्त गर्नुपर्दछ ।
💙 नवजात अवस्थामा शिशुको ज्ञानेन्द्रिय धेरै सक्रिय हुन्छ । यस समयमा उनीहरूलाई हेरेर, छोएर, मसिनो आवाज सुन्ने, सुघ्ने उपयुक्त अवसर दिएर उत्प्रेरणा गर्नुपर्दछ ।
💙 नवजात शिशुको अनुहारमा हेर्दै उनीहरूको भावलाई समानुभूति गरेर कुरा गर्नुपर्छ ।
💙उनीहरूले निकालेको आवाजको उत्तर दिने, मधुर सङ्गीत बजाउने, सुमसुमाउने र विभिन्न आवाज सुनाउने, रङ्गीन खेलौनाहरू झुण्ड्याउनुपर्दछ ।
💙स्वास्थ्य परीक्षणका लागि नवजात शिशु वा सुत्केरी आमा दुवैलाई सुत्केरी भएको पहिलो, तेस्रो र सातौं दिन स्वास्थ्य परीक्षणको लागि नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।
परिवार नियोजनका साधनको बारेमा श्रीमान-श्रीमतीले छलफल गरी निर्णय लिनुपर्छ । दुई बच्चाबिच ३–५ वर्षको जन्मान्तर कायम गर्नुपर्छ । यसले आमाको स्वास्थ्यमा र शिशुको स्याहारमा सहयोग पुग्दछ ।
💙नवजात शिशुको जन्मदर्ता जन्मेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गरिदिनुपर्छ ।
बाल स्वास्थ्य कार्ड
शिशु जन्मनासाथ स्वास्थ्य केन्द्र तथा अस्पतालबाट प्रदान गर्ने बाल स्वास्थ्य कार्डको प्रयोग गर्नुपर्छ । जसमा शिशुको जन्मना साथको तौल, लगाउनुपर्ने खोपको रेकर्ड, उमेरअनुसार शिशुलाई खुवाउनुपर्ने खानाको निर्देशिका राखिएको हुन्छ । यसमा मासिक तौल मापन तथा रेकर्ड गरेर मूल्याङ्कन गर्नुपर्छ । यसैगरी कुन महिनामा कुन खोप लगाउने निर्देशन पनि राखिएको हुन्छ । सोअनुसार स्वास्थ्य केन्द्रमा सम्पर्क गरी खोपहरू दिनुपर्छ । पहिलो खोप (क्षयरोग विरुद्ध बिसिजी खोप) जन्मनेबित्तिकै लगाई दिनुपर्छ ।
नवजात शिशु वा सुत्केरीमा निम्न खतराका लक्षण-जटिलता भएको खण्डमा उपचारका लागि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।
| ⬇️नवजात शिशु⬇️ | ⬇️सुत्केरी ⬇️ |
|
|