नवजात शिशु तथा सुत्केरी आमाका आवश्यकताहरू

सुत्केरी र नवजात शिशुको स्याहार कसरी गर्ने?

नेपाल, युनिसेफ नेपाल
जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ
UNICEF Nepal
30 मे 2019

जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ । शिशु जन्मनु प्राकृतिक प्रक्रिया हो, तर यो अवस्था आमा र शिशुको लागि जीवन र मृत्यु दोसाँधको अवस्था हो ।

स्याहारकर्ता वा सहयोगीको सानो गल्तीले आमा र शिशुको मृत्यु हुने तथा जीवनभरको लागि अपाङ्ग हुने सम्भावना प्रबल रहन्छ ।

त्यसैले नवजात शिशु र आमा दुवैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसूति केन्द्र-अस्पतालमा दक्ष प्रसूति स्वास्थ्यकर्मीद्वारा प्रसूति गराउनुपर्दछ । यसले गर्दा प्रकृतिक अवस्थामा सुत्केरी गराउन नसकेको अवस्थामा, विभिन्न वैकल्पिक तरिकाबाट आमा र शिशुलाई बचाउन सकिन्छ ।

स्वस्थ शिशुको अवस्था स्वस्थ आमाको अवस्था

जन्मको बेलामा नवजात शिशुको सामान्य तौल २५०० ग्राम वा सोभन्दा माथि मानिन्छ ।

जन्मिने बितिकै रुन्छ, आफैँ सास फेर्छ ।

आफैँ दुध चुस्न खोज्छ र सजिलै निल्छ । 

नाभी र साल जोडिएको हुन्छ ।

बास्नाले आमालाई चिन्छ र गर्भमा सुनेको आवजलाई 
पछ्याउछ ।

हातखुटट सजिलै चलाउन सक्छ । 
असजिलो भएमा चल्मलाउने र रुने गर्छ ।  

 नियन्त्रित रूपमा रक्तश्राव भैरहेको हुन्छ ।

बच्चा जन्माउने क्रममा रगत खेर गएको हुनाले कमजोर हुन्छ । 

स्तनबाट दुध आउन थाल्छ ।

शक्ति खर्च भएको हुनाले भोक धेरै लाग्छ ।

वजन कम (२.५ किलोभन्दा कम) वा शीताङ्ग भएको शिशुलाई विशेष प्रकारले न्यानो राख्नुपर्छ
UNICEF Nepal

सुत्केरी र नवजात शिशुको स्याहारमा स्वास्थ्यकर्मीको सहयोग 

नेपाल सरकारले तोकेका प्रसूति संस्थामा निःशुल्क प्रसूति गराउने व्यवस्थासहित निम्न कार्य गर्न सुझाइएको छः

  • सुरक्षित जन्म गराउने, जन्मनासाथ नवजात शिशुलाई सफा तथा नरम कपडाले पुछ्ने र न्यानो हुने गरी लुगाले बेर्नुपर्दछ ।
  • तौल लिने र वजन कम (२.५ किलोभन्दा कम) भएको शिशुलाई विशेष प्रकारले न्यानो “मायाको अँगालो” (Kangaroo Care) मा आमा वा बुबाको सहयोगमा राख्नुपर्छ । 
  • यो तरिका महिला स्वास्थ्य स्वयम्सेविका वा स्वास्थ्य संस्थाबाट सिक्न सकिन्छ । यो तरिका शिशुको तौल सामान्य नहुन्जेल जारी राखिन्छ ।
  • जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई पहिलो बिगौती दुध खुवाउन सुझाव र तरिका सिकाउनुपर्दछ ।
  • शिशुको नाइटो सफा राख्न र स्वास्थ्यकर्मी वा महिला स्वास्थ्य स्वयम्सेविकाले आवश्यक सेवा र सल्लाह दिनुपर्छ ।
  • संस्थागत सुत्केरी हुने महिलालाई नेपाल सरकारबाट सुत्केरी भत्ताको पनि व्यवस्था छ । यसको विस्तृत जानकारीको लागि स्वास्थ्यकर्मी वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्दछ ।

सुत्केरी र नवजात शिशुको स्याहारमा परिवारको भूमिका

💙 सुत्केरी र नवजात शिशुका लागि सुरक्षित सफा ओड्ने ओछ्यान र मलमल जस्तै नरम कपडा वा पुरानोे सफा कपडाको व्यवस्था गर्नुपर्दछ । 

💙नवजात शिशुलाई आमाको बिगौती दुध जतिसक्दो छिटो, जन्मेको १ घण्टाभित्रै खुवाउनुपर्छ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दुध आउन थाल्छ । आमा कै दुधमा पर्याप्त पानीको मात्रा र सबै पोषक तत्त्वहरू हुने भएकाले शिशुलाई आमाको दुधबाहेक केही पनि खुवाउनु पर्दैन ।

💙सङ्क्रमणबाट जोगाउन नाभीमा नाभी मलमबाहेक अरू केही पनि नलगार्ई सुख्खा र सफा राख्नुपर्दछ ।

💙सुत्केरी आमालाई पहिला तातो झोल पेय खुवाउने र अन्य खाना खुवाउनुपर्छ ।

a husband feeds his wife
UNICEF Nepal


💙 सुत्केरी आमालाई निम्न खाद्य समूहका कम्तीमा ५ समूहबाट साधारण अवस्थाभन्दा थप २ पटक खाना खुवाउनुपर्छ ।

अन्न तथा कन्दमूल  अण्डा
दाल तथा गेडागुडी  हरियो सागपात
बदाम तथा बीज भिटामिन ए युक्त तरकारी तथा फलफूल 
दुध तथा दुग्धजन्य पदार्थ अन्य तरकारी
माछा मासु   अन्य फलफूल

💙  शल्यक्रिया (अप्रेशन) वा अन्य समस्यासहित जन्मेको शिशु छ भने पोषणविद् वा स्वस्थ्यकर्मीको सल्लाह अनुरुप आमालाई खाना खुवाउनुपर्छ ।
💙 यस समयमा व्यक्तिगत र वातावरणीय सरसफाइ राख्न श्रीमान र परिवारले आवश्यक सहयोग गर्नुपर्दछ । 
💙 नवजात शिशुलाई २४ घण्टासम्म नुहाइदिनु हुँदैन, किनकि यसो गरेमा शिशुलाई शिताङ्ग हुन सक्छ ।
💙 दोस्रो हप्तादेखि मौसमअनुसार स्वस्थ शिशुलाई (मन तातोपानीले) हप्तामा दुईपटक नुहाइदिन सुझाव दिइएको छ । तर अस्वस्थ, कमतौलको शिशुलाई नुहाएमा समस्या आउने हुनाले स्वास्थ्यकर्मीको सल्लाहबमोजिम मात्रै नुहाइदिनुपर्छ ।
💙सुत्केरी आमाको घाउ तथा पाठेघरलाई निको गर्न र पहिलेको अवस्थामा आउनको लागि पर्याप्त आराम आवश्यक हुन्छ ।
💙नवजात शिशुलाई बाहिरी तापक्रम , वातावरण र खाना आदि समायोजन गर्नका लागि परिवारले उचित वातावरण मिलाउनुपर्दछ ।

a couple looking at their newborn
UNICEF Nepal

💙सुत्केरी आमालाई माया, आराम र शान्ति भए, दुध उत्पादनको लागि आवश्यक हर्मोनद्दज्ञ  बन्नको लागि सहयोग गर्छ, त्यसैले परिवारको सहयोग र समय चाहिन्छ ।
💙 शिशुलाई आमाबुबासँग टाँसेर राख्नुपर्छ । छालाको स्पर्श तथा मुटुको धड्कनको आवाजले आमाबुबासँग शिशुको आत्मीयता बढाउन र सुरक्षित महसुस गराउँछ । 
💙आमाबुबा दुवैले शिशु स्याहार गर्दा आफूहरू र शिशुबिचको सम्बन्ध अत्यन्त महत्त्वपूर्ण भएको अभिव्यक्त गर्नुपर्दछ ।
💙 नवजात अवस्थामा शिशुको ज्ञानेन्द्रिय धेरै सक्रिय हुन्छ । यस समयमा उनीहरूलाई हेरेर, छोएर, मसिनो आवाज सुन्ने, सुघ्ने उपयुक्त अवसर दिएर उत्प्रेरणा गर्नुपर्दछ ।
💙 नवजात शिशुको अनुहारमा हेर्दै उनीहरूको भावलाई समानुभूति गरेर कुरा गर्नुपर्छ ।

💙उनीहरूले निकालेको आवाजको उत्तर दिने, मधुर सङ्गीत बजाउने, सुमसुमाउने र विभिन्न आवाज सुनाउने,  रङ्गीन खेलौनाहरू झुण्ड्याउनुपर्दछ ।
💙स्वास्थ्य परीक्षणका लागि नवजात शिशु वा सुत्केरी आमा दुवैलाई सुत्केरी भएको पहिलो, तेस्रो र सातौं दिन स्वास्थ्य परीक्षणको लागि नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।
 परिवार नियोजनका साधनको बारेमा श्रीमान-श्रीमतीले छलफल गरी निर्णय लिनुपर्छ । दुई बच्चाबिच ३–५ वर्षको जन्मान्तर कायम गर्नुपर्छ । यसले आमाको स्वास्थ्यमा र शिशुको स्याहारमा सहयोग पुग्दछ । 
💙नवजात शिशुको जन्मदर्ता जन्मेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गरिदिनुपर्छ । 

बाल स्वास्थ्य कार्ड

baby wrapped in clothes
UNICEF Nepal

शिशु जन्मनासाथ स्वास्थ्य केन्द्र तथा अस्पतालबाट प्रदान गर्ने बाल स्वास्थ्य कार्डको प्रयोग गर्नुपर्छ । जसमा शिशुको जन्मना साथको तौल, लगाउनुपर्ने खोपको रेकर्ड, उमेरअनुसार शिशुलाई खुवाउनुपर्ने खानाको निर्देशिका राखिएको हुन्छ । यसमा मासिक तौल मापन तथा रेकर्ड गरेर मूल्याङ्कन गर्नुपर्छ । यसैगरी कुन महिनामा कुन खोप लगाउने निर्देशन पनि राखिएको हुन्छ । सोअनुसार स्वास्थ्य केन्द्रमा सम्पर्क गरी खोपहरू दिनुपर्छ । पहिलो खोप (क्षयरोग विरुद्ध बिसिजी खोप) जन्मनेबित्तिकै लगाई दिनुपर्छ ।


नवजात शिशु वा सुत्केरीमा निम्न खतराका लक्षण-जटिलता भएको खण्डमा उपचारका लागि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।

⬇️नवजात शिशु⬇️ ⬇️सुत्केरी ⬇️
    
  • छिटो छिटो सास फेरेमा (प्रति मिनेट ६० पटक वा सोभन्दा बढी)
  • कडा कोखा हानेमा 
  • सुस्त, बेहोस वा कम चलेमा 
  • आमाको दुध राम्ररी चुस्न नसकेमा
  • शीताङ्ग अथवा हात र खुट्टा छाम्दा चिसो भएमा
  • ज्वरो आएमा, निधार, काखी र पेट छाम्दा तातो भएमा
  • नाइटो पाकेको वा छालामा पिप भरिएका फोकाहरू भएमा 
  • ज्वरो आएमा 
  • योनीबाट गन्हाउने पानी बगेमा वा तल्लो पेट (पाठेघर) दुखेमा
  • धेरै रगत बगेमा (२ ओटा भन्दा बढी टालो पूरै भिजेमा वा चोक्टा चोक्टा रगत बगेमा ।
  • टाउको साह्रै दुखेमा
  • हातखुट्टा अररो भई मुच्र्छा परेमा