दुख गरी पाईएको शिक्षा
कष्ट पश्चात प्राप्त शिक्षा
- English
- नेपाली
बाजुरा, नेपाल: आफ्नो डेढ वर्षे छोरा सुमितको बान्ता नरोकिएपछि कमला नेपालीले उनलाई जिल्ला सदरमुकाम मार्तडीमा रहेको आफ्नो घर बाट १० मिनट को दुरीमा अवस्थित बाजुरा जिल्ला अस्पताल लैजाने निधो गरिन्। डाक्टरसंग भेटेपछि पो उनको सातो गयो किनभने उनको छोरा गम्भिर कुपोषणबाट ग्रसित भएको तथ्य पत्ता लाग्यो। त्यस अवस्थालाई उनले “रातो देखायो” भन्दै थिइन्, जुन कुपोषण जाँच्ने प्रचलित विधि अनुसार पाखुरालाई टेपले नाप्दा देखिने रातो रंगको घेरा हो।
“तपाईंलाई थाहा छ? म उसलाई स्वस्थ बच्चा भन्ठान्थेँ”, “उ तीन किलोको थियो र मलाई लाग्थ्यो त्यो सामान्य अवस्था हो” उनले भनिन्।
बालकको बिमारी बारे थाहा पाएर परिवार चिन्तित भयो। हालसम्म कमलाले छिमेकका थोरैमात्र बालबालिका दुब्लो तथा कम वजनको जन्मिएको र त्यसको उपचार गरेको थाहा पाएकी थिईन्।
त्यस लगत्तै सुमितलाई बयलपाटा अस्पताल लगियो जुन त्यस क्षेत्रका कुपोषणले ग्रसित बालबालिकाको उपचार गर्न सिफारिस गरिने केन्द्र हो। त्यहाँ उनलाई स्वास्थ्यकर्मीहरु र महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकहरुको निरिक्षणमा राखियो। उक्त अस्पतालमा खटिएका वहु-पक्षीय पोषण योजनाको टोलीपनि परिवारलाई सहयोग पुर्याउनका लागि तयार थिए। देशका विभिन्य स्थानहरुमा खटिएका टोलीहरुलाई युरोपियन संघको आर्थिक सहयोग मार्फत युनिसेफले प्राविधिक सहयोग पुर्याउंदै आएको छ।
करिब एक हप्तासम्म सुमितलाई स्थानीय तवरमा उपलब्ध खानेकुराहरु खास गरी अण्डा र मासुका साथै बिभिन्न पौष्टिक खानेकुरा खुवाईयो। उक्त पोषणयुक्त खानेकुराका कारण ती बालक विस्तारै तङ्ग्रिदै गए र अस्पताल छाडेर घर जान सफल भए।
हाल सुमित स्वस्थ छन् र न्युन पोषणको समस्या समाधान भएका कारण उनको पाखुराको जाँचमा अहिले हरियो चिन्ह देखिन्छ। यस घटनाक्रमले कमला र उनको परिवारलाई पोषणको महत्व बुझाएको छ र यसका बारेमा सतर्क राखेको छ। कमला आजकल स्थानीय आमा समुहको बैठकहरुमा जान्छिन जहाँ यस प्रकारका विषयहरुमा छलफल गरिन्छ।
“आफ्ना छोराछोरीहरुले के खाईरहेका छन् भन्ने बारे ध्यान दिन आजकल म अरुलाई सम्झाउंछु”, उनी भन्छिन्।
कमलाले जस्तै मार्तडीकी अर्की आमा बुद्धि देवी नाथले पनि निकै दुख भोगेपश्चात उचित पोषणको शिक्षा पाईन्। उनकी छोरी जन्मदा चार किलो कि थिईन् तर कुनै नजानिएको कारणले स्तनपान गराईरहेकी थिईनन। त्यसमाथि उनले बालिकालाई भुलाईराख्नका लागि बजारमा पाईने तयारी खानेकुराहरु दिन्थिन्। जब उनले आफ्नो बच्चालाई लिएर डाक्टरलाई देखाईन, तब जाँच्ने टेपले उनको कुपोषण खतरनाक तहमा पुगिसकेको पत्ता लाग्यो।
यो तथ्यले बुद्धि देवीलाई भित्रैसम्म हल्यायो। उनको छोरीलाई अत्यन्तै चरम कुपोषण Severely Acute Malnutrition (SAM) भएकोले जिल्ला अस्पतालमा भर्ना गरियो। यसको उपचारको रुपमा उनलाई लामो समयसम्म उच्च पोषणयुक्त खानेकुराहरु दिईयो। उक्त बालिकाको वजन बढेर स्वस्थ बालिकाको तहमा पुग्न धेरै समय लागेन, र यो सुधारिएको स्थितिलाई दीगो बनाउन बुद्धि देवी दृढ छिन्।