जर्मनीकी प्रथम महिला एल्के बुडेनबेन्डर युनिसेफको कार्यक्रम भ्रमणका लागि नेपालमा
युनिसेफ जर्मनीकी संरक्षक तथा संघीय गणतन्त्र जर्मनीको राष्ट्रपति फ्र्यांक-वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डरले सन् २०२० को फेब्रुअरी ३ देखि ७ तारिख सम्म नेपालमा युनिसेफका विभिन्न कार्यक्रमको भ्रमण गर्नुहुने भएको छ
- उपलब्ध:
- English
- नेपाली
युनिसेफ जर्मनीकी संरक्षक तथा संघय गणतन्त्र जर्मनीको राष्ट्रपति फ्र्यांक-वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डरले सन् २०२० को फेब्रुअरी ३ देखि ७ तारिख सम्म नेपालमा युनिसेफका विभिन्न कार्यक्रमको भ्रमण गर्नुहुने भएको छ । स्वास्थ्य सेवा र शिक्षाको पहुँच, उच्च गरिबी र प्राकृतिक प्रकोपको उच्च जोखिमजस्ता थुप्रै संरचनात्मक चुनौतीहरूको बाबजुद नेपालले बाल अधिकार तथा दिगो विकास लक्ष्य प्राप्ति तर्फ उल्लेखनीय प्रगति गरेको छ । युनिसेफका लागि जर्मन राष्ट्रिय समितिका अध्यक्ष जर्ज ग्राफ वाल्डर्सी पनि एल्के बुडेनबेन्डरसँगै भ्रमणमा सामेल हुनेहुनेछ ।
"युनिसेफसँगै नेपालका बालबालिकाको जीवनस्तर सुधार तथा उनीहरूको अधिकार सुनिश्चितता किन महत्वपूर्ण छ भनी ध्यानाकर्षण गराउनको लागि म नेपाल आएको हुँ । बाल अधिकारको सुनिश्चित नगरी जर्मनी साथसाथै अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्ध रहेको दिगो विकासको लक्ष्य हासिल गर्न सकिदैंन ।" एल्के बुडेनबेन्डरले आफ्नो भ्रमणको सुरुवातमा भन्नुभयो ।
युनिसेफ जर्मनीकी संरक्षकले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाहरुको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमको बारेमा थप जानकारी लिनुहुनेछ । एल्के बुडेनबेन्डरले विद्यालय, युवा क्लबहरू र समुदायहरूका बालबालिकालाई भेटि उनीहरूले आफ्नो दैनिक जीवनमा आउने चुनौतीहरूको सामना गर्ने तरिकाको बारेमा जानकारी लिनुहुनेछ । उहाँले प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न समुदायहरूले आफुलाई सुदृढ बनाउन गरेका प्रयासहरूको बारेमा पनि जानकारी लिनुहुनेछ ।
नेपाल दिगो विकास लक्ष्य हासिल गर्ने सम्बन्धी राष्ट्रिय प्रतिवेदन पहिले दिने राष्ट्रहरु मध्ये एक हुन सफल भएको थियो । युनिसेफका अनुसार, विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्नका लागि बाल अधिकार सम्बन्धि ठोस कदम चाल्नु अत्यन्त आवश्यक रहेको छ।
उल्लेखनीय प्रगति भए पनि धेरै बालबालिका र किशोरकिशोरी अझै पनि स्वच्छ पानी, स्वास्थ्य सेवा, पोषणयुक्त खाना तथा विद्यालयको पहुँचबाट टाढा छन् । ५ देखि १२ वर्ष उमेर समुहका करिब ७७०,००० बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रही आधारभूत शिक्षा पाउनबाट बन्चित छन् । पाँचमध्ये दुई महिलाले १८ वर्ष भन्दा पहिले नै विवाह गर्छन् र ५ वर्ष मुनिका ३६ प्रतिशत बालबालिका गरीबीको रेखा मुनि रहेका छन् ।
युनिसेफले नेपालमा सबै बालबालिका, विशेष गरी सीमान्तकृत र विपन्न वर्गको लागि विगत पाँच दशक भन्दा बढी समय देखि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । युनिसेफ जर्मनीले बालबालिकाहरूलाई सिक्ने अवसरहरू प्रदान गर्ने उद्देश्य लिएको "लेट अस लर्न" लगायत अन्य कार्यक्रमहरू सञ्चालनको लागि सहयोग गर्दै आएको छ ।
मिडिया सम्पर्कहरू
About UNICEF
UNICEF promotes the rights and wellbeing of every child, in everything we do. Together with our partners, we work in 190 countries and territories to translate that commitment into practical action, focusing special effort on reaching the most vulnerable and excluded children, to the benefit of all children, everywhere.
For more information about UNICEF and its work for children, visit www.unicef.org