कोभिड-१९का कारण बारम्बार विद्यालय बन्द हुने क्रमले दक्षिण एसियामा सिकाइमा क्षति र असमानतामा वृद्धिः युनिसेफको अनुसन्धान

उपकरणहरूमा सीमित पहुँच, गुणस्तरीय इन्टरनेट सुविधाको अभाव र शिक्षकसित सीमित सम्पर्कका कारण यस क्षेत्रको दूर शिक्षामा बाधा पुगिरहेको छ

09 सेप्टेम्बर 2021
Children sitting on a bench with a ball
UNICEF/UN0440196/Pelden

काठमाडौं, सेप्टेम्बर २०२१ - सरकारहरू र साझेदारहरूले दूर शिक्षाको विस्तार गर्न गरेका महत्वपूर्ण प्रयासहरूका बावजूद भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकामा आधारित युनिसेफको अनुसन्धानका अनुसार दक्षिण एसियाका बालबालिकाकाको सिकाइको अवसरमा अत्याधिक मात्रामा असमानता बढेको छ । त्यस्तै नेपालमा गरिएको अर्को अनुसन्धानले पनि समान निष्कर्श दिन्छ ।

कोभिड-१९ महामारीको कारणले दक्षिण एसियामा विद्यालयहरू बन्द हुँदा ४३.४ करोड बालबालिकाको सिकाइमा बाधा पुगेको छ । युनिसेफको अनुसन्धानका अनुसार, विद्यार्थीहरूले महामारीपूर्वको तुलनामा अहिले धेरै कम सिकेको कुरा विद्यार्थी र उनीहरूका अभिभावकहरू बताउँछन् । भारतमा १४-१८ वर्ष उमेर समूहका ८० प्रतिशत बालबालिकाले विद्यालयमा शारीरिक रूपमा उपस्थित भएर सिकेको भन्दा धेरै कम सिकेको रिपोर्ट गरेका छन् ।  त्यसैगरी श्रीलंकामा प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका ६९ प्रतिशत अभिभावकहरूका अनुसार उनीहरूका बालबालिकाले "कम" वा "धेरै कम" सिकिरहेका छन्। नेपालमा गरिएको अनुसन्धानमा ८८ प्रतिशत अभिभावकले बालाबालिका सिकाइमा पछाडि पर्न थालेको वा सिकेका कुराहरू बिर्सन थालेको बताएका छन् । दूर शिक्षाका कारण किशोरीहरू, सबैभन्दा पिछडिएका घरधुरी तथा अपाङ्गता भएका बालबालिकाले सबैभन्दा ठूलो चुनौतिहरूको सामना गर्नु परेको छ  ।

"दक्षिण एसियामा विद्यालयहरू बन्द हुँदा लाखौं बालबालिका र उनीहरूको शिक्षकहरू गुणस्तरीय इन्टरनेट सुविधाको अभाव र उपकरण किन्न नसक्ने स्थितिमा पनि दूर शिक्षालाई अपनाउन बाध्य भएका छन्। प्रविधिमा पहुँच भएको परिवारका बालबालिकालाई पनि सधैं उपकरणमा पहुँच हुँदैन । परिणामस्वरूप, बालबालिकालाई शिक्षा हासिल गर्ने यात्रामा ठूलो बाधा पुगेको छ," दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक जर्ज लरिया-अड्जेइले भन्नुभयो ।

सरकारहरूबाट भएका महत्वपूर्ण प्रयासहरूको बावजूद गुणस्तरीय इन्टरनेटको सुविधा नभएको र डिजिटल उपकरणहरूको पहुँचमा भएको कमीले दूर शिक्षाको विस्तार र प्रभावकारितालाई गम्भीर रूपबाट बाधा पुर्‍याएको छ । भारतमा ६-१३ वर्ष उमेर समुहका ४२ प्रतिशत बालबालिकाले विद्यालय बन्द हुँदा कुनै पनि प्रकारको दूर शिक्षा प्रयोग नगरेको पाइएको छ । पाकिस्तानमा २३ प्रतिशत बालबालिकासँग दूर शिक्षामा सहयोग पुग्ने कुनै पनि उपकरणमा पहुँच थिएन । नेपालको हकमा ६३ प्रतिशत बालबालिकाले पाठ्यपुस्तकबाट स्वअध्ययनमा निर्भर हुने र थोरै बालबालिकाले मात्रै वैकल्पिक शिक्षाका विधिहरूमा पहुँच भएको पाइएको छ । यसमध्ये अनलाईन कक्षा प्रयोग गर्ने घरधूरी जम्मा २७.५ प्रतिशत थियो । परिवारले एउटा मात्र उपकरण किन्न पनि संघर्ष गरिरहेका गरीब र पिछडिएका घरधुरी सबैभन्दा बढी प्रभावित भएका छन् । 

उपकरणहरू उपलब्ध हुँदा पनि, तिनको प्राय: कम उपयोग भएको र ती उपकरणहरूमा बालबालिकाको पहुँच सीमित रहेको युनिसेफको अनुसन्धानले देखाउँछ । उदाहरणका लागि, पाकिस्तानमा उपकरणहरूमा पहुँच भएका बालबालिका मध्ये लगभग २४ प्रतिशत बालबालिकाले मात्र उनीहरूले चाहेको समयमा तिनलाई उपयोग गर्न सक्छन् ।

विशेष गरी साना उमेरका विद्यार्थीहरूको सिकाइमा सफलता ल्याउनको लागि बलियो आधार भनेको विद्यार्थी र शिक्षक बीचको नियमित र पारस्परिक संलग्ननता हो भन्ने कुरा अनुसन्धानले पुष्टी गर्दछ । तथापी, सर्वेक्षणको परिणाम अनुसार धेरैजसो विद्यार्थीहरू विद्यालय बन्द भएपछि आफ्ना शिक्षकहरूसँग कम सम्पर्कमा वा सम्पर्क विहीन भएका छन् । श्रीलंकाको निजी प्राथमिक विद्यालयहरूमा ५२ प्रतिशत शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई हप्ताको पाँच दिन सम्पर्क गर्ने गरेको रिपोर्ट गरेका छन् भने सार्वजनिक प्राथमिक विद्यालयमा आफ्ना विद्यार्थीहरूलाई सम्पर्क गर्ने शिक्षकहरूको संख्या ८ प्रतिशत मात्र छ। नेपालमा विद्यालय बन्द रहेको अवधिमा निजी विद्यालयका ३६ प्रतिशत र सामूदायिक विद्यालयका ५९ प्रतिशत शिक्षक बालबालिकासँग सम्पर्कमा थिएनन् ।

"सुरक्षित तवरले विद्यालयहरूको पुन: सञ्चालनलाई सबै सरकारहरूले उच्च प्राथमिकताका रूपमा लिनु पर्छ । साथ साथै, शिक्षकहरूमा लगानी गर्नाले शिक्षकहरू सबै परिस्थितिमा अनुकूल हुन सक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ । जति धेरै शिक्षकहरू प्रशिक्षित, योग्य, समर्थ र दूर तथा मिश्रित शिक्षा प्रणालीमा योग्य हुन्छन्, उति नै उनीहरू आफ्ना सबै विद्यार्थीहरूसम्म पुग्न सक्षम हुनेछन्। कोभिड-१९ को भावि लहरहरूको लागि तयारी स्वरूप हामीले बालबालिकाको लागि यो क्षेत्रमा गर्नु पर्ने यो एउटा महत्वपूर्ण लगानी हो । हामीले यस्ता प्रणालीहरूको निर्माण गर्न जरुरी छ जसले जुनसुकै परिस्थितिमा जस्तोसुकै द्विविधा आईपरे पनि बालबालिकाको सिकाइ जारी राख्न सहयोग पुग्नेछ,"  जर्ज लरिया-अड्जेइले थप भन्नुभयो ।    

बालबालिकाको सिकाइमा निरन्तरता सुनिश्चित गर्नको लागि युनिसेफको आव्हान: 

·        सरकारहरूले सबै विद्यालयहरूलाई सुरक्षित रूपमा पुन: सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनका साथै आवश्यक परेको खण्डमा दूर शिक्षाबाट पनि बालबालिकाले गुणस्तरीय सिकाइ हासिल गर्न सक्षम भएको कुराको सुनिश्चित गर्ने ।

·        "सिकाइ परिपूर्ति" अवधिको माध्यमबाट शिक्षकहरूले बालबालिकाको सिकाइको स्तरको आंकलन गर्नुका साथै उनीहरूले छुटेका सिकाइलाई पछ्याउन सक्षम छन् भन्ने कुरा सुनिश्चित गर्ने ।

·        सुरक्षित तवरले विद्यालयहरू पुनः सञ्चालनमा ल्याउन सहयोग पुग्ने गरी सबै शिक्षकहरूलाई खोप उपलब्ध गराउने कुरालाई प्राथमिकता दिने ।

·        सरकारहरूले शिक्षकहरूलाई तालिम दिएर मोबाइल उपकरणहरू, टिभी, रेडियो र प्रिन्ट सामग्री सहितका विभिन्न तौरतरिकाहरूको संयोजनको माध्यमद्वारा प्रविधिबाट बञ्चित वा सीमित पहुँच भएका बालबालिका र किशोर-किशोरीहरूसम्म पुग्न समर्थ र योग्य बनाउने ।

·        सरकारहरू र दाताहरूद्वारा शिक्षाको जग अर्थात् पूर्व प्राथमिक शिक्षा र आधारभूत साक्षरता तथा गणितलाई विशेष प्राथमिकतामा राखि शिक्षामा गरिने लगानीको संरक्षण र विस्तार गर्ने।

·        निजी क्षेत्र र नागरिक समाज संगठनहरूले सरकारहरूसँग मिलेर गुणस्तरीय इन्टरनेटको सुविधामा सुधार ल्याउनुका साथै विद्यार्थीहरूको आवश्यकता अनुरूप उच्च गुणस्तरीय, बहुभाषी दूर शिक्षण सामग्री बनाउने ।

·        शिक्षकहरूलाई विद्यार्थीहरूसँग जोडिन र विभिन्न प्रकारका शिक्षा प्रविधिहरूको उपयोग गर्नको लागि विद्यालयका प्रशासकहरू र शिक्षा अधिकारीहरूले मार्गदर्शन प्रदान गर्ने ।

·        घरमा आधारित सिकाइ जारी राख्नको लागि आमाबाबु र हेरचाहकर्ताहरूलाई पर्याप्त सहयोग र मार्गदर्शन प्रदान गर्ने ।
 

विद्यमान अनिश्चितताको स्थितिमा दक्षिण एसियामा विद्यालयहरू बन्द भएको हुनाले झनै जटिल परिस्थितिको सृजना भएको छ । महामारीपूर्व नै दक्षिण एशियाका लगभग ६० प्रतिशत बालबालिका १० वर्षको उमेर पुग्दासम्म पनि एउटा साधारण पाठ पढ्न र बुझ्न असमर्थ थिए । नेपालको हकमा ६२.५ प्रतिशत बालबालिका १० वर्षको उमेर पुग्दासम्म पनि एउटा साधारण पाठ पढ्न र बुझ्न असमर्थ थिए । यसबाहेक, दक्षिण एशियामा प्राथमिक तहमा १.२५ करोड बालबालिका र तल्लो माध्यमिक तहमा १.६५ करोड बालबालिका विद्यालय जाँदैनथे ।

##### 

 

सम्पादकहरूको लागि नोट:

फोटोहरू मल्टीमीडिया सामग्री यहाँ डाउनलोड गर्नुहोस्

'अत्यावश्यक सिकाइ प्याकेज' बारे UNICEF blog हेर्नुहोस् ।

 

अनुसन्धान पद्धतिको बारे:

भारत, पाकिस्तान, र श्रीलंकामा युनिसेफद्वारा र माल्दिभ्समा शिक्षा मन्त्रालयद्वारा गठित आयोगले घरेलु सर्वेक्षणहरूको तथ्याङ्क प्रयोग गरेर युनिसेफद्वारा यो अनुसन्धान गरिएको हो । यी सर्वेक्षणहरू २०२०-२१ को दौरान युनिसेफ दक्षिण एशियाको अनुगमन मार्गदर्शनको उपयोग गरेर आयोजित गरिएको थियो। स्कुल बन्दको समयमा दूर शिक्षाको पहुँच र प्रभावकारितालाई राम्रोसँग बुझ्न र त्यसमा सुधार गर्ने उद्देश्यका साथ यो अनुसन्धान गरिएको हो ।

भारतमा, ५-१३ वर्ष उमेर समूहका बालबालिका र १४-१८ वर्ष उमेर समूहका विद्यार्थीहरूका ५,८०० अभिभावकहरूका साथै असाम,  बिहार, गुजरात, केरला, मध्य प्रदेश र उत्तर प्रदेश गरी ६ वटा राज्यहरूमा सरकारी विद्यालयका शिक्षकहरूलाई कम्प्यूटरको माध्यमबाट सहयोग गरेर टेलिफोन अन्तर्वाताद्वारा सर्वेक्षण गरिएको हो । सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि आप्रवासी परिवारहरूबाट र आदिवासी र दुर्गम स्थानहरूबाट अभिभावकहरूलाई सामेल गरिएको थियो । माल्दिभ्समा, शिक्षकहरू, विद्यार्थीहरू र आमाबाबुको अनलाइन माध्यमबाट सर्वेक्षण गरिएको थियो । पाकिस्तानमा, शिक्षकहरू, अभिभावकहरू, र १४-१७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई अन्तरक्रियात्मक आवाज प्रतिक्रिया (IVR) कलको माध्यमबाट सर्वेक्षण गरिएको थियो । श्रीलंकामा, प्राथमिक विद्यालयका कक्षा १-४ का बालबालिकाका अभिभावकहरूसँग आमने सामने अन्तर्वाता आयोजना गर्नुका साथै शिक्षकहरूसँग लक्षित समूह छलफल आयोजना गरिएको थियो ।

नेपालको अनुसन्धान युनिसेफ नेपालको नियमित सर्वे, Child and Family Tracker को जुलाई २०२१मा गरिएको सर्वेमा आधारित छ । यसमा देशभरिलाई प्रतिनिधित्व हुने गरी बालबालिका भएका ६,६४३ अभिभावकसँग टेलिफोनमा आधारित सर्वे गरिएको थियो ।

 

उपयोगी प्रकाशनहरू:

·        An analysis of the reach and effectiveness of distance learning in India during school closures due to COVID-19

·        Rapid assessment of learning during school closures in the context of COVID-19  (UNICEF India, May 2021) 

·        Brief on Learning Continuity Amidst COVID-19 School Closures in Pakistan (UNICEF Pakistan, June 2021)     

·        Monitoring Distance Learning During School Closures (UNICEF South Asia, December 2020) 

·        Guidance on Distance Learning Modalities to Reach All Children and Youth During School Closures (UNICEF South Asia, May 2020) 

·        UNICEF South Asia and ADB Webinar Series on Distance Learning Reach & Effectiveness in South Asia during School Closures ( Webinar 1 /  Webinar 2 ) 

·        Central Bureau of Statistics (CBS), 2020. Nepal Multiple Indicator Cluster Survey 2019, Survey Findings Report. Kathmandu, Nepal: Central Bureau of Statistics and UNICEF Nepal

·        Continuing children’s education in Nepal during the COVID-19 pandemic (UNICEF Nepal, September 2021)

 

मिडिया सम्पर्कहरू

एलिन लुठी
क्षेत्रीय सञ्‍चार प्रमुख
युनिसेफ दक्षिण एशिया क्षेत्रीय कार्यालय,
सम्पर्क: +977 98010 30076
इमेल: eluthi@unicef.org
सब्रिना सिधु
निसेफ न्यूयोक
सम्पर्क: +1 917 4761537
इमेल: ssidhu@unicef.org

युनिसेफको बारेमा

युनिसेफले विश्वकै सबैभन्दा सीमान्तकृत बालबालिकासम्म पुग्नका लागि विश्वकै चुनौतीपूर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भुभागहरूमा हामीले हरेक मानिसका लागि समुन्नत संसार बनाउन हरेक बालबालिकाका लागि हरेक ठाउँमा काम गर्छौं ।

युनिसेफ दक्षिण एसिया क्षेत्रीय कार्यालय(रोजा)ले अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल,  पाकिस्तान र श्रीलंकामा रहेका युनिसेफ देशीय कार्यालयहरूसँगको सहकार्यमा बालबालिकाहरूको जीवन बचाउन, उनीहरूको अधिकार रक्षा गर्न, र उनीहरूमा रहेका सम्भावनालाई मुर्त रूप दिनको लागि सहयोग गर्दछ । 

दक्षिण एसियाका बालबालिकाको लागि युनिसेफले गर्ने कार्यहरूको बारेमा जानकारीको लागि www.unicef.org/rosa मा जानुहोस्। TwitterFacebook मा युनिसेफ रोजालाई फलो गर्नुहोस् ।