इन्टरनेट सुरक्षा सामाग्री
इन्टरनेटमा बालबालिकाको सुरक्षा
- English
- नेपाली
Highlights
सूचना प्रविधिले हामीलाई धेरै अवसरहरू प्रदान गरेको छ । हामीले सूचना प्रविधि मार्फत नै नयाँ कुराहरू सिक्ने, नयाँ मानिसहरू भेट्ने, पुग्न नसकेका ठाउँहरूको बारेमा थाहा पाउने लगायतका अवसरहरू प्राप्त गर्न सक्छौं। तर, उचित सूचना वा मार्गदर्शन नभएमा इन्टरनेट जगतमा दुर्व्यवहार, शोषण तथा हिंसा जस्ता विभिन्न जोखिमहरूको सामना गर्नु पर्ने पनि हुन सक्छ। इन्टरनेटमा भेट भएको साथी उसले भनेको जस्तो नहुन सक्छ। कुनै साथीहरूसँग आदानप्रदान गरेको व्यक्तिगत विवरण तथा फोटोहरू अरूले पनि देख्न सक्छन् र त्यसलाई बिगारेर दुरुपयोग गरेर संसारभरि फैलाउन सकिन्छ ।
इन्टरनेटको सुरक्षित प्रयोग गर्नको लागि आफूले इन्टरनेटमा गर्ने गतिविधिले आफूलाई के प्रभाव पार्छ भनेर बुझ्नु आवश्यक हुन्छ। साथै अन्य व्यक्तिसँग के कुरा आदानप्रदान गर्ने तर्फ सचेत रहनु पर्छ र एकअर्कालाई सहयोग गर्नु पर्दछ। #Net4Good एउटा अभियान हो जसले तपाईं र तपाईंका अभिभावकलाई इन्टरनेट जगतमा रहेका अवसर तथा जोखिमहरूको बारेमा सचेत हुन सहयोग गर्ने उद्देश्य लिएको छ। साथै, यस अभियानले इन्टरनेटको सुरक्षित प्रयोग गर्न तथा आवश्यक निर्णय लिनको लागि सहयोग हुने स्रोत तथा सामग्रीहरूको बारेमा पनि जानकारी प्रदान गर्नेछ।