तिमी मेरो हिरो हौ

बालबालिकाले कोभिड-१९ सित कसरी लड्न सक्छन्?

Embedded video follows
IASC Group

“तिमी मेरो हिरो हौ”, संसारभरिका कोभिड-१९ महामारीबाट प्रभावित बालबालिकाका लागि लेखिएको पुस्तक हो ।

यो पुस्तक बालबालिकासँगै बसेर वा बालबालिकाको सानो समूहको साथमा बसेर उनीहरुको लागि अभिभावक, हेरचाहकर्ता वा शिक्षकले पढ्नुपर्दछ । बालबालिकालाई यो पुस्तक आमाबुबा, हेरचाहकर्ता वा शिक्षकको साथ र सहयोग बिना एक्लै पढ्न प्रोत्साहित गरिँदैन ।

This image shows the cover of the book My Hero Is You

 

यो पुस्तक Inter-Agency Standing Committee Reference Group on Mental Health and Psychosocial Support in Emergency Settings (IASC MHPSS RG) द्वारा विकसित पारिएको परियोजना अन्तर्गत पर्दछ । १०४ देशका अभिभावक, हेरचाहकर्ता, शिक्षक र बालबालिका लगायत विश्वब्यापी, क्षेत्रीय तथा देश भित्रका(IASC MHPSS RG) सदस्य एजेन्सीहरूका विज्ञ र अन्यले यस परियोजनालाई सहयोग गरेका छन् ।

नेपाली अनुवादः अनुराधा शर्मा

स्वरः अमित ह्याटलडोर, सुनयना योगी,  शुभाशिष शर्मा, सरिता अर्याल, देवाशिष शर्मा, सुप्रिया योगी, लिटी ह्याटलडोर  र अनुराधा शर्मा

सङ्गीतः Bensound.com