आज हामी कुन कथा पढ्ने?

बालबालिकासँग कथा पढ्नुका के-के फाइदा छन्?

This image shows an illustration of a book

विश्वभर फैलिएको कोरोना भाइरसको (कोभिड –१९) संक्रमणका कारण बालबालिका अहिले घरमै बस्न बाध्य छन् । त्यसैले आमाबुबाहरूले घरमै आफ्ना नानीहरूको प्रारम्भिक बालविकास तथा सिकाइ सुनिश्चित गर्नु जरुरी छ ।


यसका लागि एउटा सजिलो उपाय भनेको उनीहरूसँग कथा पढ्नु हो ।


कथा पढ्दा आवाज निकालेर पढ्नु पर्छ र उनीहरूलाई पनि त्यस्तै गर्न प्रोत्साहन दिनुपर्छ । यदि उनीहरू आफैं पढ्न सक्दैनन् भने अभिभावकले पढेर सुनाउनु पर्छ । यस्तो गर्नाले बालबालिकाको बौद्धिक विकासमा टेवा पुग्दछ ।

बालबालिकासँग कथा पढ्नुका अरु फाइदा पनि छन् ।

  •  जो बालबालिकाले राम्रोसँग कथा पढ्छन्, उनीहरूको शैक्षिक नतिजा पनि राम्रो हुन्छ ।
  • उनीहरूको मस्तिष्कको विकास द्रुत गतिमा हुन्छ ।
  •  साथसाथै ध्यानकेन्द्रित गर्ने क्षमताको विकास हुन्छ ।
  • कथाले वरपरको संसार चिनाउँछ ।
  • शब्दभण्डार वृद्धि हुनुका साथै भाषाको विकास उच्च हुन्छ ।
  • बालबालिकामा कल्पना शक्तिको विकास हुन्छ ।
  • अनुभूति सीपको विकासमा मद्दत पुग्छ ।
  • शान्ति र आनन्दको अनुभुति हुन्छ ।
  • पढाइ आफैमा मनोरञ्जनको विशाल स्रोत हो ।

सानै उमेरदेखि बारम्बार पढेर सुनाउनुहोस्

शिशु ४ महिनाको हुँदा देखि नै उसले सुन्ने गरि पढेर सुनाउने गरेमा, उ ठुलो हुँदै जाँदा पनि पढेर सुनाउन सकिने सम्भावना बढ्छ ।  बालबालिकाले बोल्न शुरु गर्नु अघि नै उनीहरूको मस्तिष्कमा भाषाको आधार बन्ने हुँदा उनीहरू सानै हुँदा देखि नै पढेर सुनाउनु महत्वपुर्ण हुन्छ । हुर्कदै गर्दा जति धेरै शब्द बालबालिकाले सुन्दछन्, त्यति नै धेरै शब्दहरू सिक्दछन् ।

शिशु जन्मेदेखि ३ वर्षको हुँदासम्म कस्ता प्रकारका पुस्तकहरू उपयुक्त हुन्छन् ? शुरुवाती वर्षहरूमा पुस्तकहरू कसरी मिलिजुली प्रयोग गर्ने भन्ने बारे केहि उपयोगी जानकारीहरू यहाँ प्रस्तुत गरिएको छ । आफ्नो शिशु ३ वर्षको हुँदा वा सो भन्दा पछि सम्म पनि उमेर अनुसार साक्षरताको कुशलता वृिद्वमा सघाउन, पुस्तक मन पर्ने गरि पढेर सुनाउनुहोस्  ।

This image shows an illustration of a family reading
जन्मेदेखि छ महिनाको हुँदा सम्म

बुझ्नको लागि आफ्नो शिशु सानै छ जस्तो लागे पनि उसले तपाईँको साथ, अनि तपाईंको आवाज र उच्चारण गरेका शब्दहरू सुनेर उ रमाउँछ । नियमित पुस्तक हेर्ने बानी बस्यो भने, यो उमेरमा बालबालिकाले पुस्तक हेर्ने समयमा शान्त रहने, आँखा ठुला बनाउने वा मुस्कुराएर लातीले हान्ने आदि कार्य गरि आफ्नो उत्साह व्यक्त गर्दछन् । पुस्तकहरू समाउने, टोक्ने आदि क्रियाकलापहरू मार्फत त्यसको बारेमा बुझ्न चाहन्छन् । पुरै कथा सुन्नको लागि उनीहरूले ध्यान नदिन पनि सक्छन् । त्यसैले उनीहरूले दिक्क मान्दै अन्यत्र हेर्ने, पछाडि पल्टिने, आखाँ बन्द गर्ने वा रूने आदि गरेमा एक छिन रोकिनुहोस् । यो उमेरका बालबालिकाकालागि रङ्गीचङ्गी तथा आकर्षक चित्र भएका पुस्तकहरू उपयुक्त हुन्छन् ।

६ देखि ९ महिनासम्म

यो उमेरमा पनि रङ्गीचङ्गी चित्रहरू भएका छोटो कथाहरू सुनाउनुहोस् । बालबालिकाले हेरेर, छोएर (खोल्ने÷बन्द गर्ने) र मुखमा राखेर ति पुस्तकहरूको बारेमा जान्न खोज्न सक्नेछन् । ९ महिना पुगेपछि उनीहरूले कुनै कुनै कथा वा चित्रहरू चिन्ने कोशिस गर्न वा चिन्न सक्छन् । तपाईंको शिशुले कुनै कुनै बेला पुस्तकलाई मुखमा लैजान सक्छ । शुरुवाती वर्षहरूमा  बालबालिकाले देखाउने यो सामान्य व्यवहार हुनुका साथै पुस्तकहरूको बारेमा थप जान्न उनीहरू इच्छुक छन् भन्ने संकेत पनि हो । 

९ महिना देखि डेढ वर्ष

दोहोरिने भाका तथा शब्दावलीहरू भएका चित्र कथाहरूले पनि तपाईंका बालबालिकालाई छिट्टै आकर्षित गर्दछन् । यो उमेरका बालबालिकाले अन्य बालबालिकाका चित्र तथा जनावर लगायतका वस्तुहरू समावेश गरिएका कथा पनि मन पराउनुको साथै आफुलाई सबै भन्दा मन परेका कथाहरू भन्न बारम्बार अनुरोध गर्न सक्छन् । बालबालिका एक वर्षको पुगेपछि तपाईंले चित्रहरू देखाएर  “चन्द्रमा खोई?“ भन्ने जस्ता प्रश्न सोधेर उनीहरूले देखाउँछन् कि देखाउँदैनन् भनि अवलोकन गर्न सक्नुहुन्छ ।

डेढ वर्ष देखि २ वर्ष 

बालबालिकालार्ई (ध्यान पुर्वक हेर्दै) केहि लामा चित्र कथा सुनाउन शुरु गर्नुहोस् । यो उमेरका बालबालिकालाई हँसाउने भाकाहरू एकदमै मन पर्छ । तपाईंले कथा पढिरहेको समयमा बच्चा यता उति दौडिन्छ भने पनि चिन्ता नगर्नुहोस् । यो उमेरका बालबालिका यता उति हिड्नु पनि पर्दछ । तपाईंले पढिरहनुभयो भने उसले सुन्दै पनि गर्छ र केहि बेरमा फेरि तपाईंको नजिक आएर अझै सुन्न सक्छ । यसरी बालबालिकाको ध्यान कायम राख्नको लागि कथामा रहेका केही कुराहरूको उपयोग गर्न सक्नुहुन्छ – जस्तै, पुस्तकमा भएको खरायो जस्तै उफ्रिऊ त भन्ने । बालबालिकाले केहि साधारण शब्द वा आवाजले वस्तुहरू चिन्न सक्छन् – जस्तै, गाईको चित्र देख्यो भने ’बाँ’ आवाज निकाल्ने । भर्खरै बोल्न सिकेका बालबालिकालाई कथा सुनाउने समयमा उनीहरूलाई सबै भन्दा मन पर्ने वाक्यमा  पुगेपछि केहि बेर रोकिनुहोस् । त्यो वाक्य पुरा गर्ने शब्द भन्छन् कि भनि विचार गर्नुहोस् । बालबालिकालाई आफैँ गर्ने हुनको लागि प्रोत्साहन गर्नुहोस् । पानाहरू पल्टाउने ’काम’ दिनुहोस् । पढिरहेको समयमा बालबालिकासँग केहि बेर कुराकानी गर्दै “रूखको पछाडि को लुकेको छ ?“ भन्ने जस्ता कथा सम्बन्धी प्रश्नहरू सोध्नुहोस् । यसले उनीहरूको सोच्ने तथा भाषा सम्बन्धी कुशलताको विकास गराउँदछ ।

२ देखि ३ वर्षसम्म

यदि सानै देखि तपाईंको शिशुलाई पढेर सुनाउने गर्नु भएको छ भने, यो उमेरमा आइपुग्दा उसले साधारण चित्र कथाहरू तथा केहि रोचक कुराहरू (हँसाउने कुरा, भाका तथा राम्रो चित्र कथा) भएका कथा सुन्ने अभिरुचि देखाउन सक्छन् । संसारको बारेमा जान्न संघर्ष गरिरहेका बालबालिकाको लागि हाम्रै वरिपरि देखिने सवारी साधनहरू, जनावर वा ऋतुहरू सम्बन्धी कथाहरू, वा  विभिन्न पेशाहरू सम्बन्धी  कथाहरू पनि रोचक हुन्छन् ।  यो उमेरका बालबालिकालाई कथा सँग सम्बन्धित प्रश्नहरू सोध्न पनि सक्नुहुन्छ । जस्तै, “त्यो बालकले कस्तो अनुभव गर्दै होला ?“ वा “तिमीलाई यस पछि के हुन्छ जस्तो लाग्छ ?“ “यो कथाको बालकले जस्तै तिमीले पनि ग¥यौ ?“ भन्ने जस्ता प्रश्नहरू सोधेर पुस्तकलाई बालबालिकाकोे जीवनसँग जोडिदिनुहोस् । ३ वर्ष पुगेपछि त उसले चित्रमा के भैरहेको छ भन्ने कुरा हेरेर तपाईंलाई कथा सुनाउन सक्छ । उसले एउटै पुस्तकको कथा पटक पटक सुन्छु भन्यो भने पनि अचम्म नमान्नुहोस्, किनभने बालबालिकाले दोहोरिएका कथाहरू पनि मन पराउँछन् । अनि उही कथा ७ पटक नै सुने पनि थाक्दैनन् ।

अन्त्यमा, एउटा के कुरा याद गर्नुहोस् भने तपाईंको बच्चालाई जुन सुकै बेला पनि कथा सुनाउनु पर्ने हुन सक्छ । खाना खुवाउने समयमा, दिसापिसाब गर्ने बेला, बाहिर घुम्न जाँदा, कथा सुनाउन पर्ने हुनसक्छ । सुत्नु अघि उसको आजको दिन कसरी बित्यो भन्ने कुरालाई पनि कथा बनाएर सुनाउन सक्नुहुन्छ । 

भिडियो

राजन र लोमश

Embedded video follows

पूजा र रशेश

Embedded video follows
UNICEF Nepal

प्रकाश र आयुषी

Embedded video follows

सुशिला र अनुस्का

Embedded video follows

यशु श्रेष्ठ: 'कसको कपाल?'

Embedded video follows

यशु श्रेष्ठ: 'हटहट घोडा'

Embedded video follows

अनुराधा: ‘सबै ठिक हुन्छ’

Embedded video follows

शाश्वत पराजुली: 'गोडामा प्लाष्टर'

Embedded video follows

लिसा राई

Embedded video follows

अविनाशी र मनास्लु

Embedded video follows

गंगा र आरना

Embedded video follows

गीतांजलि, शाम्भवी, आहाना र सान्भी

Embedded video follows
UNICEF Nepal

लक्ष्मी र रोचिस

Embedded video follows

वेदान्शी

Embedded video follows

भिम र सौभाग्य

Embedded video follows

  तिमी मेरो हिरो हौ

Embedded video follows

रेइना र रेहान

Embedded video follows

   सबिता र वेदान्श

Embedded video follows

कृपा

Embedded video follows

सुरेश, सबिना र सुयोग

Embedded video follows

शर्मिना र आरभ

Embedded video follows
UNICEF Nepal

     

तपाईंहरू पनि आफ्ना नानीहरूसंग कथा पढ्नुहोस् र त्यसको भिडियो हामीसँग ईमेल ([email protected]) वा युनिसेफ नेपालको फेसबुक मेसेन्जर मार्फत शेयर गर्नुहोस् ।