विपद्को बेला बालसुरक्षा

बालबालिकालाई विपद्को सामना गर्न तयार पार्न र विपद्को बेला उनीहरूको विशेष स्याहार-संरक्षण गर्न केहि तरीका

युनिसेफ नेपाल
बालबालिकालाई विपद्को सामना गर्न तयार पार्न र विपद्को बेला उनिहरूको विशेष स्याहार संरक्षण गर्न केहि तरीका
UNICEF Nepal

12 जुलाई 2019

विभिन्न प्रकारका प्राकृतिक विपद् कहिले आउँछन् भन्ने कुरा कसैलाई पनि थाहा हुन्न । यस्तो स्थितिमा बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । त्यसैले विपद्को अवस्थामा गर्भवती महिला र बालबालिकाको विशेष स्याहार संरक्षण गर्नुपर्दछ ।

बालबालिकालाई विपद्को सामना गर्न तयार पार्न र विपद्को बेला उनिहरूको विशेष स्याहार संरक्षण गर्न केहि तरीका
UNICEF Nepal
बालबालिकालाई विपद्को सामना गर्न तयार पार्न र विपद्को बेला उनिहरूको विशेष स्याहार संरक्षण गर्न केहि तरीका
UNICEF Nepal

थप सुझाव

  • गर्भवती महिला र प्रारम्भिक उमेरका बालबालिकालाई कहिले पनि एक्लै छाड्नु हुँदैन । उनीहरूलाई भरपर्दो वयस्क स्याहारकर्ता संग वा बालस्याहार वा बालविकास केन्द्रमा राख्नु पर्दछ । त्यस भन्दा अगाडि आफ्नो र शिशुको नाम, ठेगाना र फोन नम्बर लेखिएको परिचय कार्ड बालबालिकाका नाडी वा गोलीगाँठामा बाँधी दिनुपर्दछ ।
  • बालबालिका कुरा गर्न थालेपछि आमाबाबुको र आफ्नो नाम, घरको ठेगाना र फोन नम्बर भन्ने र भन्न लगाई याद गर्न लगाउनु पर्दछ । भुइँचालो, बाढी पहिरो, द्वन्दको अवस्थामा आमाबाबुबाट बालबालिका छुट्टिन सक्ने सम्भावना भएको हुँदा घरभित्र र बाहिर सम्भाव्य सुरक्षित ठाउँ पहिलेदेखि नै पहिचान गर्ने र बालबालिकालाई जानकारी गराउनुपर्दछ ।
  • बालबालिका छिटै डराउने, आत्तिने हुनाले उनीहरूलाई सुरक्षित ठाउँमा लाने, अङ्कमाल गर्ने, सान्त्वना दिने र स्नेहपूर्वक यी स्थितिबारे बताउनुपर्दछ । बालबालिकालाई कथा, गीतमार्फत निडर भई परिस्थिति सामना गर्न हौसला दिनु पर्दछ ।
  • विपद्को अवस्थामा बालबालिकाले असामान्य व्यवहार देखाउन सक्छन् । जस्तैः वान्ता गर्ने, पेट दुख्ने, झाडापखाला लाग्ने, खान रुचि नहुने, डराउने, बोल्न छाड्ने आदि । यस्तो अवस्थामा धैर्य गरेर उनीहरूलाई साथ दिनु पर्दछ । यस्ता समस्या क्रमशः कम हुन्छन् तर उनीहरूको उमेर अवस्था व्यक्तित्व अनुसार समय लाग्छ ।

यस बखत उनीहरूलाई अरू बेलाभन्दा बढी माया, सुरक्षा, साथदिने  गर्नुपर्छ र खानपिन, स्याहारको विशेष ध्यान दिनुपर्छ ।

  • विपद्पछि सकेसम्म चाँडो बालबालिकाको नियमित दैनिक क्रियाकलापमा फर्किन अभिभावक, समुदाय तथा विद्यालय एकजुट भएर लाग्नु पर्दछ ।
  • मनोभावनात्मक चोटमा परेका बालबालिकालाई मनोविमर्शको आवश्यकता परेको खण्डमा परामर्शको व्यवस्था गर्नु पर्दछ ।