अनुशासनको नाममा हुने दण्डसजायबाट बालबालिकाको संरक्षण

दण्डसजाय नदिई बालबालिकालाई कसरी अनुशासित हुन सिकाउन सकिन्छ ?

युनिसेफ नेपाल
दण्डसजाय नदिई बालबालिकालाई कसरी अनुशासित हुन सिकाउन सकिन्छ ?
UNICEF Nepal

31 मे 2019

बालबाlलकाको कुनै व्यवहार सुधार्ने वा सिकाउने नाममा उनीहरूलाई कुटपीट गर्ने, शारीरिक कष्ट दिने वा मानसकि आघात पर्ने गरी होच्याउने, तर्साउने, अपमान गर्ने वा गज्यिाउने जस्ता अनुशासनको नाममा हुने दण्डसजाय अन्तर्गत पर्दछन्।

अनुशासनको नाममा निम्न दण्डसजाय प्रचलनमा रहेको पाइन्छ:

  1. शारीरिक दण्डसजाय: साना बालबालिकालाई चुप लगाउन हल्लाउने, बालबालिकालाई हातमा, गालामा वा शरीरको अन्य भागमा हात वा लट्ठी, कोर्रा, पेटी, जुत्ता, डस्टर जस्ता वस्तुले पिट्ने, झटारो हान्ने, लात्तीले हिर्काउने, चिमोट्ने, उचालेर पछार्ने, समातेर झकझकाउने, तातो बस्तुले डाम्ने, आगोले पोल्ने, तातो पानी खन्याउने, कुखुरो बनाउने, कक्षा बाहिर उभ्याइदिने, साथीलाई पिट्न लगाउने, कान निमोठ्ने, कान समातेर उठबस गराउने, सिस्नो लगाउने, एक खुट्टा टेकेर उभिन लगाउने, आदि।
  2. मानसिक दण्डसजाय: आँखा तरेर हेर्ने, ठूलो स्वरले हप्काउने, अपमानित गर्ने, शौचालय वा एकान्तमा थुन्ने, गाली गर्ने, अरूसँग दाँजेर होच्याउने, गिज्याउने, कमजोर वा नजान्ने भनी हतोत्साहित गर्ने, आदि ।

बालबालिकालाई के कस्ता ठाउँमा अनुशासनको नाममा दण्डसजाय हुने गर्दछ ?

बालबालिकालाई घर, विद्यालय, दिवा स्याहार केन्द्र, बालगृहहरू, खेल्ने स्थान तथा सार्वजनिक स्थलहरूमा समेत अनुशासन कायम गर्ने नाममा शारीरिक तथा मानसिक दण्डसजाय हुने गर्दछ।

सामान्य दण्डसजायले बालबालिकालाई असर गर्छ र ?

दण्डसजायबाट बालबालिकाको शारीरिक, बौद्धिक तथा मानसिक विकासमा तत्कालीन र दीर्घकालीन रूपमा नकारात्मक असरहरू देखा पर्दछन्। आवेशमा आएको बेलामा आफू उपर उचित नियन्त्रण नहुने हुनाले थोरै बल प्रयोग गर्ने उद्देश्य भए पनि गम्भीर चोटपटक लाग्ने, बालबालिकाको अङ्गभङ्ग हुने र कतिपय अवस्थामा मृत्यु समेत हुने खतरा रहन्छ। साना बालबालिकालाई चुप लगाउन हल्लाउँदा उनीहरूको मस्तिष्कमा चोट पुगी मृत्यु समेत हुन सक्दछ। सामान्य भनिएको शारीरिक दण्डसजाय भोग्नु पर्दा समेत बालबालिकाले हीनताबोध र अपमानित महसुस गर्दछन्।

दण्डसजायको वातावरणमा हुर्किएका बालबालिकाको मस्तिष्कको विकासमा बाधा पुग्ने भएकोले उनीहरूको बौद्धिक क्षमतामा समेत असर पर्दछ। उनीहरूमा आत्मविश्वासको कमी हुने, अभभिावक वा अन्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम नरहने, नकारात्मक सोचको विकास हुने जस्ता अवस्था सृजना हुन सक्दछ। त्यसैगरी बाल्यकालमा दण्डसजायमा पारिएका व्यक्तिले जीवनमा आइपर्ने समस्याको समाधानको विकल्पका रूपमा हिंसा र बदलाको भावनालाई लिने गरेको पाइन्छ।

बाल्यकालमा हिंसाबाट पीडित पारिएका व्यक्तिहरू हिंस्रक वा आपराधिक प्रवृत्तिमा संलग्न भएका उदाहरणहरू प्रशस्त छन्।

दण्डसजायले बालबालिकालाई मात्र होइन, अभिभावकलाई पनि असर गर्दछ। आवेशमा आएर बालबालिकालाई शारीरिक वा मानसिक दण्डसजाय दिने अभिभावक पछि पछुतो मान्छन्। आफ्नो व्यवहारको कारण उनीहरू आफैँ पश्चात्ताप गर्छन् र अभिभावकको मानसिक स्वास्थ्यमा समेत असर पर्ने सम्भावना रहन्छ।

दण्डसजाय नदिई बालबालिकालाई कसरी अनुशासित हुन सिकाउन सकिन्छ ?
UNICEF Nepal

दण्डसजाय नदिएमा बालबालिका अनुशासनहीन हुँदैनन् र ?

कतिपय मानिसहरूलाई बालबालिकालाई डर नदेखाई माया मात्र दिएर हुर्काएमा उनीहरूअनुशासनहीन हुन्छन् र भनेको टेर्दैनन् भन्ने लाग्दछ। वास्तवमा भन्नु पर्दा अनुशासन र दण्डसजायको कुनै सम्बन्ध छैन। वास्तविक अनुशासन बल प्रयोग गरेर हासिल हुँदैन। दण्डसजायको माध्यमबाट क्षणिक रूपमा बालबालिकालाई कुनै व्यवहार गर्न बाध्य पार्न सकिएला तर यसबाट उनीहरूको भित्री स्वभावमा परिवर्तन आएको हुँदैन। डरको कारण अभिभावक वरिपरि भएको बेलामा एक किसिमको व्यवहार गरे पनि अरू बेलामा अर्कै व्यवहार गर्ने गर्दछन्।

जब बालबालिकालाई दण्डसजाय दिइन्छ, उनीहरूले त्यसबाट आफूलाई भएको पीडालाई मात्र मनन गर्छन्, आफूले सुधार गर्नु पर्ने कुरामा उनीहरूको ध्यान जाँदैन।

त्यसैले बालबालिकाले फेरी गल्ती दोहोर्‍याउने सम्भावना रहन्छ। दण्डसजायको अभ्यासले बालबालिकालाई आफ्नो गल्तीको महसुस गराई सही बाटोमा लाग्न प्रेरित गराउनुको सट्टा डर र त्रासमा हुर्कन सिकाउँछ। उनीहरूले दण्डसजाय दिनेलाई आदर गर्न सक्दैनन्। डर र त्रासको कारण बालबालिका सही र गलत निर्णय गर्न झन् असमर्थ हुन्छन्।

दण्डसजाय नदिनु भनेको बालबालिकाको व्यवहार सुधार्नको लागि केही पनि नगर्ने भनेको होइन। बालबालिकासँग सञ्चार तथा सकारात्मक माध्यमबाट अनुशासन कायम गर्न सकन्छि। अनुशासनको लागि विभिन्न तत्त्वहरू आवश्यक पर्दछ, जस्तै कुनै कुरा गर्नु वा नगर्नाको कारण थाहा पाउनु, त्यसको परिणाम बुझ्नु, त्यस सम्बन्धी सीप र उत्प्रेरणा हुनु आदि। दण्डसजायको माध्यमबाट अनुशासनको कुनै पनि तत्त्व प्राप्ति हुन सक्दैन। बरु, दण्डसजाय दिनाले आफूले भनेको जस्तो गराउनको लागि हिंसा प्रयोग गर्न सकिने रहेछ भनी बालबालिकालाई गलत सन्देश दिन्छ र हिंसाको चक्रलाई निरन्तरता दिन्छ।

हामी पनि दण्डसजाय भोगेर नै यहाँ सम्म पुग्न सफल भयौं त, होइन र?

कुनै पनि व्यक्तिको सफलताको सम्भाव्यता सजिलै मापन गर्न सकिँदैन। दण्डसजाय नभोगेको भए आजको सफलता हासिल गरिँदैनथ्यो भन्ने तर्क गरिन्छ भने दण्डसजाय नभोगेको भए अझ सफल भइन्थ्यो भनेर पन ितर्क गर्न सकिन्छ। विभिन्न अध्ययनले पुष्टि गरे अनुसार डर, त्रास र हिंसाको वातावरणले मानिसको आत्मविश्वास तथा मस्तिष्कको विकासमा नकारात्मक असर पार्ने हुनाले दण्डसजायको कारण सफलता प्राप्त भएको तर्कसँग सहमत हुन सकिँदैन।

हिंसाको अनुभव कसैको लागि पनि सुखद हुन सक्दैन। बाल्यकालमा हिंसा भोग्नु परेको कारण कतिपय व्यक्तिहरूलाई त्यस्तो दण्डसजाय सामान्य लाग्न सक्छ। तर मानव अधकिार, मनोविज्ञान, बालविकास सबै दृष्टिकोणबाट अनुशासनको नाममा दण्डसजाय स्वीकार्य हुन सक्दैन।

यस विषयमा के कस्तो कानुनी व्यवस्था छ ?

कुनै वयस्क व्यक्तिले अर्को वयस्क व्यक्तिलाई कुटपिट वा गाली गरेमा गैरकानुनी कार्य ठहर्छ, तर बालबालिकालाई कुटपिट वा गाली गरेमा अनुशासनमा राखेको भनी छुट दिइनु न्यायसङ्गत हुन सक्दैन। बालबालिकालाई वयस्कको तुलनामा थप संरक्षण आवश्यक पर्दछ, तसर्थ कुटपिट तथा गाली बेइज्जती सम्बन्धी कानुनको संरक्षणबाट बालबालिका वञ्चित गरिनु हुँदैन।

नेपालको संविधानको धारा ३९ ले कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने व्यवस्था गरेको छ र त्यस्तो कार्य कानून बमोजिम

दण्डनीय हुने र पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने भनी उल्लेख गरेको छ।

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६९२०९घ० ले घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने कार्यलाई बालबालिकाविरुद्धको हिंसा भनी उल्लेख गरेको छ र सोही ऐनको दफा ७२९३०९क० ले त्यस्तो कार्य गर्ने व्यक्तिलाई पचास हजार रूपैयाँसम्म जरिबाना र एक वर्षसम्म कैद हुने व्यवस्था गरेको छ। साथै, सो ऐनको दफा ७३९१० मा त्यस्तो कसूरबाट पीडित बालबालिकाको शिक्षा, शारीरिक तथा मानसिक स्वास्थ्य, विकास र परिवारमा पुगेको हानी समेतको विचार गरी मनासिब क्षतिपूर्ति कसूरदारबाट भराइदिने व्यवस्था उल्लेख गरिएको छ।

दण्डसजाय नदिई बालबालिकालाई कसरी अनुशासित हुन सिकाउन सकिन्छ ?
UNICEF Nepal

आफ्नो बालबालिकालाई जे जसरी हुन्छ अनुशासित गराउन पाउनु अभिभावकको अधिकार होइन र ?

मानवको रूपमा बालबालिकाको आफ्नै पहिचान हुने भएकोले उनीहरूलाई कसैको व्यक्तिगत सम्पत्तिको रूपमा व्यवहार गरिनु हुँदैन। बालबालिकाको सर्वोत्तम हित हुने गरी पालनपोषण गर्नु अभिभावकको दायित्व हो। सबै प्रकारका हिंसा, दुर्व्यवहार तथा उपेक्षाबाट संरक्षण पाउनु बालबालिकाको अधिकार भएकोले अभिभावकले बालबालिकाको सो अधिकार हनन हुने गरी व्यवहार गर्नु हुँदैन। दण्डसजायले बालबालिकालाई असर गर्ने हुनाले बालबालिकाको सर्वोत्तम हितको प्रतिकूल हुन्छ।

बालबालिकालाई दण्डसजाय दएिर हुर्काउने त हाम्रो परम्परा नै हो, आफ्नो परम्परा अनुसार गर्न पनि नपाउनु ?

विगतमा बालमनोविज्ञान र बालविकासको ज्ञानको कमीको कारण दण्डसजायले अनुशासन कायम हुन्छ भन्ने गलत बुझाइ स्थापित भयो। हामीले विज्ञान र प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा धेरै परिवर्तन अवलम्बन गरिसकेका छौं। सोही विज्ञानको एउटा हाँगाले दण्डसजायले अनुशासन कायम हुँदैन र बालबालिकालाई झन् हानी गर्छ भन्ने सन्देश दिन्छ भने हामीले हाम्रो बुझाई र व्यवहारलाई रूपान्तरण गर्नु अपरिहार्य छ।

कुनै व्यक्तिको मानवअधिकार हनन हुने गरी कसैको परम्परालाई निरन्तरता दिने कुरा स्वीकार्य हुन सक्दैन। संसारको सबै धर्मले बालबालिकालाई माया र स्नेह दिनु पर्ने सन्देश दिन्छ। बालबालिका उपर हिंसा गर्ने कार्यलाई कुनै पनि धर्मले समर्थन गर्दैन। बालबालिकालाई सजाय दएिर हुर्काउने समाजका बालबालिका सफल भएका छन् वा सकारात्मक माध्यमबाट हुर्काउने समाजका बालबालिका अगाडि छन् भन्ने तुलना गरयिो भने पक्कै पनि सफलताका धेरै र राम्रा उदाहरणहरू हिंसा नगर्ने समाजबाट पाउन सकिन्छ।

बालबालिकालाई दण्डसजाय नदिईकन पनि अनुशासित गराउन सकिन्छ र ?

दण्डसजाय दिइनाले बालबालिका र अभिभावकको सम्बन्धमा नकारात्मक असर पर्दछ। हामीलाई थाहा भएकै कुरा हो, जुन व्यक्तिसँग हाम्रो राम्रो सम्बन्ध छ, हामीले ती व्यक्तिबाट सहयोग प्राप्त गर्दछौं। त्यसै गरी बालबालिकासँग पनि सकारात्मक सम्बन्ध कायम गर्न सकेमा बालबालिकाले अभिभावकको सुझाव तथा आग्रहलाई पालना गर्दछन् र अनुशासन कायम गर्न झन् मद्दत पुग्दछ।

दण्दसजाय नदिई सकारात्मक तरिकाले बालबालिकालाई दीर्घकालीन रूपका स्व–अनुशासनको क्षमताको विकास गराउन सकिन्छ।

स्व–अनुशासन कायम भएमा बालबालिका अरूको निगरानी नभएको बेलामा पनि अनुशासित हुन्छन्। यसबाट बालबालिकाले जीवनोपयोगी सीप सक्निे अवसर प्राप्त गर्दछन् र बालबालिकाले पनि अरूको सम्मान गर्न सिक्दछन्। सकारात्मक अनुशासनले बालबालिकासँग सम्मान जनक सम्बन्धको निर्माण हुन्छ।

दण्डसजाय नदिई बालबालिकालाई कसरी अनुशासित हुन सिकाउन सकिन्छ त ?

वास्तविक अनुशासन ९स्व अनुशासन० हिंसा प्रयोग नगरी मात्र कायम गर्न सकिन्छ। बालबालिकाको उमेर र परिस्थिति अनुसार सकारात्मक अनुशासनका फरक फरक माध्यमहरू हुन्छन्। सामान्यतयास् सकारात्मक अनुशासन कायम राख्नको लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ:

  • तत्कालको लागि आफ्नो सजिलो नसोचेर बालबालिकाले के सिक्नु पर्दछ, उनीहरूको कस्तो व्यवहार हुन पर्दछ र के गर्दा उनीहरूलाई राम्रो हुन्छ भनी विचार गर्नु पर्दछ।
  • बालबालिकाले के गर्नु हुने वा नहुने बारेमा प्रस्ट जानकारी दिनु पर्दछ र किन त्यस्तो गर्न हुन्छ वा हुँदैन भनी बालबालिकाले बुझ्ने भाषामा बताउनु पर्दछ। बालबालिकाबाट अभिभावकले कस्तो व्यवहारको अपेक्षा गरेको हो स्पष्ट जानकारी दनिु पर्दछ। अभिभावकको व्यवहारले बालबालिकाको सिक्ने प्रक्रिया र समस्या समाधान गर्न सक्ने सीप विकासमा सहयोग पुर्‍याउनु पर्दछ। आफ्नो व्यवहारको परिणाम के हुन सक्छ भनी बालबालिकालाई आफैं सोच्न प्रेरित गर्नु पर्दछ।
  • बालबालिकाले जे जस्तो व्यवहार गरे पन िनिशर्त स्नेह व्यक्त गर्नु पर्दछ र बालबालिकाको भावनालाई सम्मान गर्नु पर्दछ। यस्तो व्यवहार गर्नाले बालबालिकाले सधैं अभिभावकलाई आफ्नो नजिक ठान्छन् र बालबालिकासँगको सम्बन्ध सुमधुर हुन्छ।
  • कुन उमेर समूहका बालबालिकाले कसरी सोच्छन्, कस्तो व्यवहार गर्छन्, उनीहरूको आवश्यकता के हो भनी जान्नु आवश्यक हुन्छ र त्यस्तो आवश्यकता प्रति संवेदनशीलता प्रकट गर्नु पर्दछ।

दण्डसजायले झन् हानी गर्छ त भनियो, तर रिस उठेको बेला, थकाई लागेको बेला, हतार भएको बेला सकारात्मक अनुशासन कहाँ सम्भव छ र ?

यदि तपाइलाई समस्या परेको छ, रिस उठेको छ वा हतार भएको छ र बालबालिकालाई गाली गर्ने वा पिट्ने सोच आएको छ भने याद गर्नुहोस् त्यो बेला बालबालिकालाई महत्त्वपूर्ण सीप सिकाउने अवसर पन िहो। बालबालिकाले कुनै दिन त्यस्तै अवस्थाको सामना गर्नु परेमा उनीहरूले पनि हिंसा गरुन् भन्ने चाहनु हुन्छ वा संयमित भएर व्यवहार गरुन् भन्ने चाहनु हुन्छरु बालबालिकाले अभिभावकको व्यवहारबाटनै सिक्ने भएको हुनाले जति सुकै प्रतिकूल अवस्थामा पनि संयमित भएर व्यवहार गरिएको खण्डमा बालबालिकाले पनि त्यस्तो अवस्थाको सामना गर्न सिक्नेछन्। अभिभावकको जे जस्तो समस्या भए पनि त्यस्ता समस्याको रिस बालबालिका उपर पोख्नु कदापि न्यायोचित हुँदैन। संसारको सबै समस्या समाधान नहुँदा सम्म बालबालिकाले हिंसा सहेर बस्नु पर्ने होइन।