शिशु विकास केन्द्रका सहजकर्ता, अभिभावक तथा स्याहारकर्ताका लागि सहयोगी पुस्तिका
३ देखि ४ वर्ष उमेरका बालबालिकाको सर्वाङ्गीण विकाससम्बन्धी सिकाइ क्रियाकलाप सञ्चालन सहयोगी पुस्तिका
हाइलाईटहरू
प्रारम्भिक बालविकास र शिक्षा पाठ्यक्रमको कार्यान्वयनमा सहयोग पुगोस् भन्ने हेतुले पाठ्यक्रम विकास केन्द्र,नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा यस ‘‘शिशु विकास केन्द्रका सहजकर्ता, अभिभावक तथा स्याहारकर्ताका लागि ३ देखि ४ वर्ष उमेर (३६ देखि ४८ महिना) का बालबालिकाको सर्वाङ्गीण विकाससम्बन्धी सिकाइ क्रियाकलाप सञ्चालन सहयोगी पुस्तिका’’ तयार पारिएको हो ।
यो सामग्रीले बालसुलभ क्रियाकलाप विकास र कार्यान्वयनका लागि र बालबालिकाको सर्वाङ्गीण विकास गरी एक वर्षको प्रारम्भिक बालविकास शिक्षामा प्रवेश गर्न सहयोग गर्न सहयोग पुर्याउने आशा गरिएको छ । यस सहयोगी पुस्तिका विकासमा युनिसेफ र सेतो गुँरास राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोग रहेको छ ।