युनिसेफ इनोचेन्टी चलचित्र महोत्सवमा प्रतियोगिताका शीर्ष चलचित्रहरू सम्मानित
नेपाली चलचित्र 'अ स्केयरक्रो' फ्लोरेन्स चलचित्र महोत्सवमा युनिसेफ आइरिस ७५ अवार्ड जित्न सफल !
(फ्लोरेन्स, २४ अक्टोबर २०२१) - नेपाली निर्देशक राजेश प्रसाद खत्रीद्वारा निर्देशित चलचित्र 'अ स्केरक्रो' ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिवल २०२१ (UIFF) मा युनिसेफ आइरिस ७५ अवार्ड (UNICEF Iris 75 award) जितेको छ । युनिसेफको अनुसन्धान कार्यालय - इनोचेन्टीले आयोजना गरेको महोत्सवले आजको समयमा बालबालिका हुनुको अर्थ के हो भन्ने कुरा कुशलतापूर्वक दर्शाएका चलचित्रहरूको उत्सव मनाउँछ । फ्लोरेन्स (इटाली) मा २१ देखि २४ अक्टुबरसम्म आयोजित महोत्सवमा २९ देशहरूबाट ३९ वटा चलचित्रहरूको विशेष प्रदर्शन हुन्छ ।
यूआईएफएफले (UIFF) ले बालबालिका बारे चलचित्र निर्माणमा उत्कृष्टताको पहिचान गर्न र संसार भरी बाल्यावस्थालाई चलचित्रको विषयवस्तुको रूपमा अन्वेषण गर्न प्रोत्साहित गर्नका लागि आइरिस अवार्ड (Iris Award) को स्थापना गरिएको हो । यसको दोस्रो संस्करणमा ११४ देशहरूबाट कुल १७०० चलचित्रहरू प्राप्त भएको थियो।
युनिसेफको ७५ औं वार्षिकोत्सवको अवसरमा 'युनिसेफ ७५ आइरिस' संसार भरी मनाइने यूआईएफएफ (UIFF) को उत्कृष्ट चलचित्र सम्मान हो । अन्तर्राष्ट्रिय निर्णायक मन्डलीले स्व-शिक्षा प्राप्त नेपाली चलचित्र निर्माता राजेश प्रसाद खत्रीद्वारा लिखित र निर्देशित 'अ स्केरक्रो' लाई शीर्ष पुरस्कारको लागि चयन गरेका छन् । राजेश खत्री एक विद्यालयका शिक्षक पनि हुन् र वहाँको यस चलचित्रले किशोरीहरूलाई शिक्षा प्राप्त गर्नबाट रोक्ने सांस्कृतिक बाधाहरूलाई सही ढंगले चित्रण गर्दछ ।
"दुर्गम गाउँको एक शिक्षक भएको हुनाले मैले निर्दोष बालबालिकाको एउटा समूहसँग कुराकानी गर्ने सौभाग्य पाएको छु जहाँ सधैँ म प्रत्येक विद्यार्थीको चिसा घरहरू, भत्किएका सपनाहरू, र उनीहरूको आँसुसँगै मेरा भावनाहरूलाई अनुभव गर्न सिक्छु । मुख्यत:, यी सत्य कथाहरूलाई प्रस्तुत गरी चलचित्रको माध्यमबाट म बालबालिकाको अधिकारको वकालत गर्न चाहन्छु र यी कथाहरू संसारका सबै भागमा पुग्ने आशा गर्दछु ," खत्रीले भन्नभयो ।
सबै विजेताहरूको सूची:
युनिसेफ ७५ आईरिस
निर्णायक मण्डलीले 'अ स्केयरक्रो' लाई भिजुअल सिम्बोलिजम र बाल अधिकार सम्बन्धी महासन्धिलाई समर्थन गर्ने महत्त्वपूर्ण सन्देशको कारण चयन गरेको हो । हिमाली समुदायको परिवेशमा आधारित यो चलचित्रले आफ्नी आमालाई स्केयरक्रो (बुख्याचा) बनाउन सहयोग गर्नका लागि विद्यालय जानबाट बन्चित भएकी किशोरीको कथा देखाउँछ ।
राजेश प्रसाद खत्री द्वारा लिखित र निर्देशित
सर्वश्रेष्ठ चलचित्र, १८ भन्दा कम आईरिस
द गेम : नैरोबीको बस्तीमा बसोबास गर्ने बालबालिकाको एक समूहद्वारा बनाइएको यो छोटो नाटकले, उनीहरूलाई मन पर्ने खेल खेल्नको लागि उनीहरूले गरेको दृढ संकल्प र रचनात्मकताको कथा बताउँछ । निर्णायक मण्डलीले किशोर चलचित्र निर्माताहरूको कलाका साथै किशोरहरूले आफ्नो लक्ष्य प्राप्तिका लागि परिस्थितिलाई बाधा बन्न दिँदैनन् भन्ने चलचित्रमा भएको सन्देशको पनि सराहना गरे ।
फेलिक्स ओमोन्डी (Felix Omondi), केल्सी ओच्येइङ (Kelsey Ochieng), डन इश्माएल (Don Ishmael), माइकल ओकोथ (Michael Okoth), मात्शेपो (Matshepo), स्लम फ्रेम्स (Slum Frames) र ओएसिस अफ होप (Oasis of Hope) को सहयोगमा सामन्था सेलिन ओकोथ (Samantha Celine Okoth) द्वारा लिखित र निर्देशित ।
सर्वश्रेष्ठ चलचित्र, महामारीमा बाल्यवस्था
अन्तरा : यो छोटो वृत्तचित्रले बन्दाबन्दीको कथालाई बंगलादेशको घना बस्तिमा बस्ने एउटा किशोरीको नजरबाट बताउँछ । किशोर नायिकाले गुम्सिएको भावनालाइ व्यक्त गर्न सक्षम भएको कारण निर्णायक मण्डलीले यो चलचित्रलाई चयन गरेका हुन् ।
फरिद अहमद (Farid Ahmad) द्वारा लिखित र निर्देशित
सर्वश्रेष्ठ चलचित्र, खुला श्रेणी– गैर आख्यान
बिइङ समओन एल्स : यो वृत्तचित्रले कमिक कनको लागि तयारी गर्दै गरेकी एउटी तेह्र बर्षीय पात्रलाई पछ्याउँछ र उनको असक्षमताको कारण उनलाई पर्ने प्रभावलाई प्रतिविम्बित गर्दछ । आत्मीय चित्रण मार्फत अटिजम भएका बालबालिकालाई बुझ्ने यो नौलो परिप्रेक्ष्य भएको कारणले निर्णायक मण्डलीले यो चलचित्रलाई चयन गरेका हुन् ।
ओएभिन्द आम्ली (Øyvind Aamli) द्वारा निर्मित र निर्देशित
सर्वश्रेष्ठ चलचित्र, खुला श्रेणी –आख्यान
द नेम अफ द सन : यो छोटो नाटक एउटा १३ वर्षीय ट्रान्सजेन्डर किशोरका बारेमा हो जो छुट्टीमा आफ्नो बुबा र कान्छी बहिनीसित एउटा यात्रामा निस्कन्छ र यो नयाँ निकटताले उनीहरूको सम्बन्धको परीक्षा लिन्छ । निर्णायक मण्डलीले यो चलचित्रमा बुबा र छोरा बीचको सम्बन्ध बारे गरिएको संवेदनशील चित्रणको प्रशंसा गरे ।
मार्टिना मात्ज्किन (Martina Matzkin) द्वारा लिखित र निर्देशित
विशेष उल्लेख, निर्देशन
आइल्याण्ड लिभिङ : आइसल्याण्डको पूर्वी फोजर्ड्सको पृष्ठभूमिमा निर्मित यस चलचित्रमा एउटा किशोरले संगीतको शक्ति मार्फत मित्रता भेट्टाउँछ । तर ग्रीष्म ऋतुको अन्त्य सँगै उसले सामाजिक अनुरूपता अनुसार आफ्नो व्यक्तित्वलाई स्थापित गर्न संघर्ष गर्दछ । दृश्यहरू बीचको सूक्ष्म भावनात्मक परिवर्तनहरूले यस प्रतिरोधलाई सुन्दरतापूर्वक कैद गर्दछ ।
भिक्टर सिगुर्योन्सन (Viktor Sigurjonsson) द्वारा निर्देशित
विशेष उल्लेख, लेखन
प्रश्न : मौसमी उखु मजदुरहरू कामको लागि एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्नाले उनीहरूको छोराको शिक्षामा बाधा पुग्छ । आर्थिक र जातीय यथार्थताको बावजुद, उनीहरूले एउटा बाटो खोज्छन् । आफ्नो सरलता र संसारभरिका लाखौं बालबालिकालाई प्रभावित गर्न सक्ने सन्देशका कारण यो छोटो नाटक निकै शक्तिशाली छ ।
सन्तोष राम (Santosh Ram) द्वारा लिखित र निर्देशित
UIFF विशेष पुरस्कार
इराकस लस्ट जेनरेशन : उत्तरपूर्वी सिरियामा, हजारौं "आईएसआईएस (ISIS) का बालबालिका" बिना कुनै विद्यालय, सेवा र अधिकार जीवन व्यतित गरिरहेका छन् । यो वृत्तचित्रले त्यस्ता बालबालिकासित भेट गराउँछ जो रेसिलियन्स र बदलाको परिस्थितिमा बाँचेर पनि आफ्नो भविष्य खोज्ने प्रयासमा छन् । साथै यो वृत्तचित्रले आधुनिक युद्धले बालबालिकामा हुने विनाशकारी प्रभाव बारे पनि चित्रण गर्दछ ।
UIFF विशेष पुरस्कार
द सिटी विदिन : अपाङ्गता बारे नयाँ दृष्टिकोण प्रदान गर्ने, यस चलचित्रले एउटा दृष्टिविहीन केटा आफ्नो इटालियन नागरिकताको पर्खाइमा रहेको र बन्दाबन्दिको समयमा घरभित्र फसेको एउटा बालक तथा उनीहरूको घर भएको बोलोग्ना शहर बारे दर्शकहरूलाई परिचय ।
आना डि मानिन्कोर (Anna Di Manincor) द्वारा लिखित र निर्देशित
UIFF का सबै चलचित्रहरू MyMovies.it को माध्यमबाट २९ अक्टोबरसम्म सित्तैमा अनलाइन स्ट्रीम गर्नको लागि उपलब्ध हुनेछन् । कृपया भू-अवरोधका कारण केही प्रतिबन्ध हुन सक्ने कुरामा ध्यान दिनुहोस् ।
***
मिडिया सम्पर्कहरू
युनिसेफको बारेमा
युनिसेफले विश्वकै सबैभन्दा सीमान्तकृत बालबालिकासम्म पुग्नका लागि विश्वकै चुनौतीपूर्ण क्षेत्रहरूमा काम गर्दछ । १९० भन्दा बढी देशहरू तथा भु–भागहरूमा हामीले हरेक मानिसका लागि समुन्नत संसार बनाउन हरेक बालबालिकाका लागि हरेक ठाउँमा काम गर्छौं ।
युनिसेफ तथा बालबालिकाका लागि यसले गर्ने कार्यका बारेमा थप जानकारीका लागि www.unicef.org मा जानुहोस् ।
युनिसेफलाई Twitter, Facebook, Instagram र YouTube मा पनि फलो गर्नुहोस् ।