अभिभावक शिक्षा सन्दर्भ सामग्री

आठ वर्षमुनिका बालबालिकाको उचित विकास र प्रारम्भिक सिकाइ सुनिश्चित गर्न अभिभावक तथा अभिभावक शिक्षामा संलग्न सहजकर्ताहरूका लागि उपयोगी सामग्री

Nitika
UNICEF & U.S. CDC/UN0666552/Ngakhusi

हाइलाईटहरू

प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि आठ वर्षसम्म) मानव जीवनको सबैभन्दा महत्त्वपूर्ण अवस्था हो । यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्दछ । यही अवस्थामा बालबालिकाले जस्तो अनुभव पाउँछन्, भावी जीवन उस्तै हुन्छ । शिशु गर्भमा रहँदा वा शिशुको जन्मपछि बालबालिकाको उचित स्याहार र विकासको अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकहरूको हुन्छ ।

बालबालिका हुर्काउने काम अत्यन्त महत्त्वपूर्ण तथा संवेदनशील विषय भएकाले अभिभावकमा विशेष ज्ञान तथा सिपको आवश्यकता पर्दछ । अभिभावक शिक्षा पाएका अभिभावकले आफ्ना बालबालिकालाई आत्मविश्वासका साथ लालनपालन गर्न सक्षम हुन्छन् । बालबालिकालाई स्नेहपूर्ण व्यवहार गर्ने, कुराकानी गर्ने, सरसफाइ गर्ने, पोषिलो खाना खुवाउने, भेदभाव/सजाय/दुर्व्यवहार नगरेको पाइएको छ । यस्ता अभिभावकले सबै बालबालिकालाई विशेष गरी छोराछोरीमा, अपाङ्गता भएकालाई विना भेदभाव माया, उत्प्रेरणा, स्वास्थ्य उपचार, पोषिलो खाना, सकारात्मक अनुशासन र सहयोग तथा प्रारम्भिक सिकाइमा उल्लेखनीय अवसर दिएको पाइएको छ । 

यसै सन्दर्भमा आठ वर्षमुनिका बालबालिकाका अभिभावक (आमाबुबा, हजुरआमा, हजुरबुबा, दाइदिदी र अन्य स्याहारकर्ताहरू), गर्भवती महिला, नवदम्पत्ती र किशोरकिशोरीहरूका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले युनिसेफ नेपालको प्राविधिक सहयोगमा यो ‘अभिभावक शिक्षा सन्दर्भ सामग्री’ तयार पारेको हो। अभिभावक शिक्षा सञ्चालनका लागि तालिम प्राप्त सहजकर्ता - महिला स्वास्थ स्वयम्सेविका, बालविकास तथा आधारभूत शिक्षक, सामाजिक परिचालक आदि - लाई थप सहयोग पुग्ने गरी यसको विकास भएको छ । 

cover of the parenting education guidelines
लेखक
शिक्षा तथा मानव स्रोत विकास केन्द्र र युनिसेफ
प्रकाशन मिति
भाषा
नेपाली