पाना
टेलि-सिकाइ
टेलिफोन मार्फत घरमा नै गराउन सकिने पाठ्यक्रममा आधारित बालकेन्द्रित क्रियाकलापहरू
यी क्रियाकलापहरू भौतिक रूपमा कक्षाकोठामा उपस्थित भएर शिक्षणसिकाइको कार्य गर्न नसकिने अवस्थामा साधारण टेलिफोन वा मोबाइल फोनको प्रयोग गरी गर्न सकिन्छ ।
यसको लागि विद्यालयको संयोजनमा, दैनिक पाठयोजना अनुसार शिक्षकले अभिभावकलाई टेलिफोन वा सन्देश (एसएमएस) मार्फत सिकाइ क्रियाकलाप प्रदान गर्नुपर्दछ । सो क्रियाकलाप अभिभावकले बालबालिकालाई गराउनु पर्ने हुन्छ भने आवश्यक रुपमा शिक्षकले थप सहयोग प्रदान गर्न सकिने वातावरण निर्माण गर्नुपर्दछ । विस्तृतमा ‘टेलिफोनमा आधारित शिक्षणसिकाइ’ कार्यढाँचा हेर्नुहोस् ।
टेलिफोनमा आधारित शिक्षणसिकाइः कार्यढाँचा