हुम्ला खुला दिसा मुक्त भएकोमा उत्सव मनाईयो

 हुम्ला खुला दिसा मुक्त क्षेत्र घोषणाहुने चौंथो हिमाली जिल्ला र समग्र नेपाल भरिमा ४३औं जिल्ला बन्यो ।

Ayush Karki
Simikot, Humla
UNICEF Nepa/2017/AKarki
16 जनवरी 2019

हुम्ला जिल्ला नेपालको उत्तर-पश्चिमी कुनाको हिमाली भेगमा अवस्थित छ। सुन्दर हिमाल र सल्लाको जंगलले सुसज्जित हुनुका साथै सांस्कृतिक विविधताले भरिपुर्ण यो जिल्ला प्राकृतिक स्वर्ग हो।

Simikot, Humla
UNICEF Nepa/2017/AKarki

देशकै दुई ठुला जिल्लाहरु मध्येको एक हुम्ला अझैपनि देशका बांकी भागसंग सडक सञ्जालमा जोडिएको छैन। यहाँदेखि सबैभन्दा नजिकको सडक चार दिनको हिडाईमा पर्दछ। यसकारण चीनसंग सिमा जोडिएको यस जिल्लासम्म पुग्न हवाई उडान, वा पैदल, वा खच्चर र घोडाको प्रयोग गर्नुपर्दछ।

Single engine plane in Simikot Airport
UNICEF Nepa/2017/AKarki

हुम्ला जाने क्रममा हामी भाग्यमानी सावित भयौं। शुरुमा हामिले काठमाण्डौ देखि भारतको सिमाना नजिक रहेको नेपालगंजसम्म उडान भर्यौं। त्यहाँबाट हामीले हुम्लाको जिल्ला सदरमुकाम सिमीकोटसम्म सानो हवाईजहाजमा बिहान सबेरै हुने १ घण्टे उडान भेट्नुपर्दथ्यो।

Map of Nepal
Google maps

हिन्दु देव शिवको वासस्थान मानिने छिमेकी राष्ट्र चीनमा पर्ने कैलाश हिमाल जाने तीर्थालुहरुको लागि बाटो पर्ने सिमीकोट ३३०० मिटरको उचाईमा अवस्थित छ।

Planes at the Simikot airport
UNICEF Nepa/2017/AKarki

प्रकृति र विविधताको धनी हुँदा हुँदै पनि नेपालको मानव विकासको श्रेणीमा हुम्ला तलबाट दोस्रो स्थानमा पर्दछ। देशको बाँकी हिस्साबाट सम्पर्क विहिन भएका कारण हुम्लाका वासिन्दा उपयुक्त स्वास्थ्य सेवा, शिक्षा, पोषण र अन्य आधारभूत सुविधाहरुबाट बन्चित छन्। शुरुमा हवाईमार्ग र त्यसपछि भरिया, खच्चर वा याकहरुबाट ढुवानी गर्नुपर्ने हुंदा यहाँ अत्यावश्यक सामाग्रीहरुपनि अत्यन्तै महंगो पर्दछन्।

Villages of Humla
UNICEF Nepa/2017/AKarki

जीवन कष्टकर भएतापनि यहाँ मुस्कानको भने कुनै कमि छैन।

Students smiling in a school of Humla
UNICEF Nepa/2017/AKarki

सन् २०१७ डिसेम्बर ४ (२०७४ मंसीर १८) का दिन हुम्लाका वासिन्दाले एक अपूर्व उपलब्धि हासिल गरे। त्यस दिन हुम्लालाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको थियो, जसको अर्थ त्यस जिल्लामा सबै परिवारमा शौचालय थियो र उनीहरु त्यसको प्रयोग गर्दथे। यस्तो उपलब्धी हासिल गर्ने हिमाली जिल्लाहरुमा हुम्ला चौंथो र समग्र नेपाल भरिमा ४३औं जिल्ला हुनपुग्यो।

Humla celebrates open defecation free status
UNICEF Nepa/2017/AKarki

यो उपलब्धी तारीफयोग्य छ किनभने मात्र ६ वर्ष अघि हुम्लाका आधा घरधुरीसंग मात्र शौचालयको सुविधा थियो। अहिले सबै सात गाउँपालिकाका सबै १०,१२५ घरधुरीसंग शौचालयमा पहुँच छ।

Toilets in Simikot, Humla
UNICEF Nepa/2017/AKarki

यस ऐतिहासिक दिनलाई हुम्लीहरुले निकै तामझामका साथ मनाएका थिए।

People in Humla celebrate ODF status
UNICEF Nepa/2017/AKarki

वृद्ध तथा युवा सबैका लागि यो विशेष दिन थियो।

Children of Humla
UNICEF Nepa/2017/AKarki

उक्त दिनलाई स्मरणीय बनाउन हुम्लाका बासिन्दाले जिल्ला सदरमुकाम सिमीकोटमा र्याली निकाले। विद्यालय वरपरको क्षेत्रलाई खुला दिसा मुक्त बनाउने प्रयासमा कार्यरत विद्यार्थीहरुपनि यस उत्सवमा सहभागी भए।

Rally in Simikot
UNICEF Nepa/2017/AKarki

त्यो रंगीबिरंगी र्याली एक सार्वजनिक चौरमा पुगेरा एउटा उल्लासमय उत्सवमा परिणत भयो जसमा सबै क्षेत्रका मानिसहरुको उपस्थिति थियो। सम्पूर्ण चौर नै उत्सवका सहभागीहरुले भरिएको थियो। यि दुई ठकुरानीहरु जस्तै बिभिन्न सांस्कृतिक पृष्ठभुमिका हुम्लीहरु आ-आफ्ना परम्परागत भेषभुषामा सजिएर आएका थिए।

Women in Humla in their traditional attire
UNICEF Nepa/2017/AKarki

परम्परागत नृत्य र संगीतका साथ-साथै त्यस उत्सवमा युवाहरुलेपनि बिभिन्न प्रस्तुतिहरु दिएका थिए।

Youngsters perform in Simikot during the ODF celebration
UNICEF Nepa/2017/AKarki

चीनको तिब्बतसंग सिमाना जोडिएका यी क्षेत्रहरुबाट आफ्ना परम्परागत भेषभुषाले सुसज्जित भएर धेरै जना आएका थिए।

Women in Humla in their traditional attire
UNICEF Nepa/2017/AKarki

उक्त कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका पूर्व मन्त्री, स्थानीय नेताहरु, सरकारी अधिकारीहरु, राजनैतिक नेताहरु, विकासका साझेदारहरु, र संचारकर्मीहरुको उपस्थिती रहेको थियो।

High-level dignitaries attend Humla's ODF declaration event
UNICEF Nepa/2017/AKarki

 “हामी सबैको हातेमालोका कारण नै हुम्लाले खुला दिसा मुक्त जिल्ला बन्न र यो उत्सव मनाउन सम्भव भएको हो”, हुम्लावासीलाई बधाई दिंदै युनिसेफ नेपालका खानेपानी तथा सरसफाई विभागका प्रमुख डा. तमीज अहमदले भन्नुभयो।

Dr Tameez Ahmed from UNICEF Nepal
UNICEF Nepa/2017/AKarki

त्यस अवसरमा हुम्लाका वासिन्दाले आगामी दिनमा खुल्ला दिसा मुक्त भएको उपलब्धीलाई कायम गरिराख्ने र पूर्ण सरसफाई तर्फ अगाडी बढ्ने भनि सार्वजनिक प्रतिवद्धता व्यक्त गरे। खुला दिसाको अन्त्य गर्नु नै पूर्ण सरसफाई तर्फको पहिलो कदम हो। नेपालका लागि राष्ट्रब्यापी सरसफाईको उद्देश्य त्यति टाढा छैन। हालसम्म सम्पूर्ण जनसंख्याको ९५ प्रतिशतसंग शौचालयको सुविधा छ।

हुम्लाका वासिन्दालाई यस उपलब्धीका लागि फेरि पनि धेरै धेरै बधाई!

ODF celebration in Humla
UNICEF Nepa/2017/AKarki