यो मेरो कृतज्ञता पत्र त्यस व्यक्तिलाई, जसलाई मैले कहिल्यै भेटिँन ।

युनिसेफसँग आवद्ध हामी सबैजना र खोप प्राप्त गर्ने तमाम बालबालिकाको तर्फबाट तपाईंलाई धेरै धेरै धन्यवाद ।

युनिसेफ
a child getting vaccinated in Nepal
UNICEF Nepal/2020/LPNgakhusi
28 अप्रिल 2022

जेम्स फिप्स, हो जेम्स फिप्स नै हो उनको नाम जो सन् १७९६ ताका मात्र ८ वर्षका थिए र जसले आधुनिक खोप विश्वमै पहिलोपटक प्राप्त गर्ने सौभाग्य पाए ।

आउँने पुस्ताको जीवन रक्षाका लागि अहोरात्र खटिने विज्ञहरू मध्येका पछिल्लो समयका एडवार्ड जेन्नरले उनलाई यो खोप लगाइदिएका थिए ।

यो खोपले फिप्सलाई बिफरबाट बचायो । यो खोप कुनै अकस्मातको उपलब्धी थिएन बरु शताब्दिऔंदेखि मानव जीवन रक्षाका लागि तयार पारिएका नविनतम् उपायहरूको खोजिको उपज थियो । उत्तर अफ्रिकी क्षेत्रका चिकित्सकहरू, कन्सटान्टिनोपलका हजुरआमाहरू र चिनको मिङ वंशीय चिकित्सकहरूको आउँदो पुस्तालाई रोगव्याधि र मृत्यबाट बचाउनका निम्ति निरन्तरको मेहनतको फलस्वरुप यो खोप हामी सामु आइपुगेको थियो ।

यो लामो संघर्षपूर्ण खोजको गाथाबारे म पूर्ण जानकार छु ।

युनिसेफले गएको ७५ वर्षदेखि संसारकै सबैभन्दा ठूलो खोपको खरिदकर्ता हौं । पृथ्वीका ४५ प्रतिशत बालबालिकाहमाझ समयमै खोप पुर्याउने अभिभारा हामीले लिएका छौं । तर कुनै समय म पनि त एउटा बालक मात्र न थिएँ ।

म र म जस्तै हामी कैयौं बालबालिका भाग्यमानी थियौं कि हामीले समयमै खोप प्राप्त गर्यौ नत्र भए हामी कहाँ आज तपाईसामु आफ्ना अनुभवहरू साटिरहन पाउथ्यौ र !

तसर्थ आज म यो चिठ्ठी मेरो र युनिसेफसँग आवद्ध ती तमाम म जस्तै हिजोका बालबालिकाका तर्फबाट लेखिरहेको छु, जो खोपको सहज उपलब्धताका कारण आजसम्म जिवित छौं ।

आज हामी खोप सेवा सहजताका साथ उपलब्ध गराइ दिनुहुने सम्पूर्णप्रति कृतज्ञता प्रकट गर्न चाहन्छौं । पोलियो विरुद्धको खोप तयार पारिदिनु हुने भाइरोलोजिस्ट जोनास साल्टलाई धन्यवाद । कति कारिको, जसले mRNAको अध्ययनमा आफ्नो पूरा जीवन समर्पित गरे जुन हाम्रा लागि कोभिड–१९ विरुद्धको खोप निर्माणमा कोशेढुङ्गा सावित भयो । धन्यवाद कारिको । जण्डिस विरुद्धको खोप निर्माणका लागि आफू र आफ्नो टिमको रगत निरन्तर लामखुट्टेलाई चुसाएर सारा संसारमा गुण लगाउनु भएका नोबेल पुरस्कार विजेता म्याक्स थिलर र उनको टिमलाई पनि मुरी मुरी धन्यवाद ।

कारखानामा खोप र यससँग सम्बन्धीत औषधीका सिसि–डब्बाहरू सुरक्षित राखिदिने सम्पूर्ण कामदारहरूलाई नमन । यी खोपहरूलाई सुरक्षितरुपमा चिसो बनाइराख्न मद्दत पुर्याउने सौर्य उर्जाबाट चल्ने फ्रिज निर्माणकर्ताहरूप्रति पनि हामी कृतज्ञ छौं । नवजात शिशुहरूलाई उनीहरूको जीवनकै पहिलो खोप उपलब्ध गराउन वर्षाको समयमा समुन्द्रको आँधी नभनी, हिउँदे बाटोमा मिलौं किलोमिटर यात्रा गर्ने पानीजहाज, हवाइजहाज र यातायातका अन्य साधनका चालक र चालकदलप्रति पनि हामी कृतज्ञ छौं ।

९ करोड बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप उपलब्ध गराउनका लागि गतवर्ष ती खोपहरू बोकेर निरन्तर दौडिएका पाकिस्तानका सबै ऊँटहरूप्रति पनि म धन्यवाद जाहेर गर्न चाहन्छु । अनी खोप लगाउँदा बालबालिका नआत्तिउन भन्नका खातिर बडो रमाइलो र बालमैत्री तवरले व्यवहार गरी खोप लगाइदिने समस्त डाक्टर र नर्सहरूप्रति पनि हामी आभारी छौं । अनी हामी सबैका प्रिय, विश्वकै चर्चित गायक एल्भिस प्रिस्ले जसले पोलियोबारे जनचेतना अभिवृद्धि गर्नका खातिर सन् १९५६ मा आफ्नो कन्सर्टमा गीत गाउनु अघि पोलियो विरुद्धको खोप लगाएका थिए । एउटा लिडरले यसैगरी सबैसामु उदाहरण प्रस्तुत गर्ने हो जसरी प्रिस्लेले विश्वसामु आफुलाई प्रस्तुत गर्नुभयो ।

यो पत्र जुन म लेखिरहेको छु यो हामी सबैका निम्ति हो किनकी हामी आजको अवस्थासम्म आइपुग्न विना प्रेम कहाँ सम्भव थियो र ?

युद्ध क्षेत्रमा अवस्थित बालबालिकालाई खोप प्रदान गर्न “शान्तिका लागि युद्ध विराम” गराउने युनिसेफका निम्ति, सन् १९८० को दशकमा विश्वको खोप पाउने बालबालिकाको दर २० प्रतिशतबाट ८० प्रतिशतमा ल्याई पुर्याउने युनिसेफका तत्कालिन कार्यकारी निर्देशक जीम ग्रान्टका निम्ति, सन् १९६६ मा खोपसम्बन्धी महत्वपूर्ण कार्यक्रम सुरु गरी ११ वर्षभित्रमा संसारबाटै विफर उन्मुलन गर्न सफल विश्व स्वास्थ्य सङ्गठन लगायत सबैप्रति हामी अनुगृहीत छौं ।

प्रत्येक वर्ष खोप अभियानका कारण ३० लाख बालबालिकाको जीवन जोगिन्छ । तर आज पनि कैयन् बालबालिका खोपको पहुँचभन्दा बाहिर छन् । कोभिडको महामारीबाट जोगिदै गर्दा आज हाम्रो सामुन्ने एक जुगमा एकपटक आउने जस्तै गरी हाम्रो स्वास्थ्य संयन्त्र र प्रणालि सुधार्ने यो महत्वपूर्ण अवसर हाम्रो सामुन्ने आइपुगेको छ । यसकारण यो प्रेमपत्र हाम्रा नीति निर्माता र सरकारको नेतृत्व गरिरहनु भएका हाम्रा लिडरहरूका निम्ति पनि हो जो स्वास्थ्य सेवालाई गम्भीरताका साथ लिइरहनु भएको छ । सबैको लागि स्वास्थ्य सेवामा गरिने लगानीको कारण मात्र आज हामी यो चरणमा आइपुगेका छौं र आगामी बाटो पनि यसै कुराले तय गर्नेछ ।

अन्त्यमा, एकजना मात्र व्यक्ति बाँकी छन् जसलाई हामीले धन्यवाद दिनुपर्नेछ, र त्यो व्यक्ति हो तपाईं ।

यदि अहिले तपाईं हामीलाई सुनिरहनु भएको छ भने तपाईंलाई पनि धेरै धेरै धन्यवाद । यदि तपाईंले खोप लगाउनु भएको थियो वा तपाईंले आफ्नो सन्तानलाई खोप लगाउनु भएको छ भने हामी सबैलाई सुरक्षित र स्वस्थ राख्ने यो अभियानमा तपाईंको पनि महत्वपूर्ण योगदान छ । समर्पण, साझेदारी र प्रेममार्फत हामी मानवजाति के सम्म गर्न सक्दछौं भन्ने कुराको तपाईं एक जीवित प्रमाण हुनुहुन्छ ।

यहाँ युनिसेफसँग आवद्ध हामी सबैजना र खोप प्राप्त गर्ने तमाम बालबालिकाको तर्फबाट तपाईंलाई धेरै धेरै धन्यवाद ।  

सबैको लामो आयु सुनिश्चित गर्न एक होऔं ।