गरिब देशहरूलाई कोभिड-१९ विरुद्वको खोप अनुदान स्वरूप प्रदान गर्न वा पुरै विश्वलाई नै कोभिड-१९ को उच्च संक्रमणको अवस्थामा फर्काउने जोखिम मोल्न जी-सेभेन मुलुकहरूलाई युनिसेफका विश्व चर्चित समर्थकहरूले गरेको आव्हानमा युनिसेफका सद्भावना दुतहरूको ऐक्यवद्वता

आफुसँग हाल उपलब्ध कोभिड-१९ खोपको कुल मात्रा मध्ये कम्तीमा २० प्रतिशत उपलब्ध गराउने प्रतिवद्वता यसै साता आयोजना हुन लागेको जी-सेभेनका नेताहरूको शिखर सम्मेलनका क्रममा व्यक्त गर्न आव्हान सहित युनिसेफका सद्भावना दुत एवं  सहयोगीहरूद्वारा सामुहिक पत्र प्रकाशित

09 जुन 2021

न्यूयोर्क, ८ जुन २०२१ (२०७८ जेष्ठ २५ गते) - जी-सेभेनका नेताहरूले अति गरिब देशहरूलाई कोभिड-१९ विरुद्वको खोप तुरून्तै उपलब्ध गराउने प्रतिबद्वता जनाउनु पर्ने माग सहित युनिसेफका २८ जना  दुत एवं सहयोगीद्वारा गरिएको एउटा असाधारण आव्हानमा  युनिसेफका सद्भावना दुतहरू प्रियंका चोपडा जोनस, डेभिड बेकहम, केटि पेरि, ओर्लान्डो ब्रुम, वुपि गोल्डबर्ग, एञ्जेलिक किजो र लियम निसनले ऐक्यवद्वता जनाउनुभएको छ।   बेलायतको कर्नवालमा यहि जेठ २८ गते शुक्रबार देखि ३० गते आईतबार (जुन ११ देखि १३ सम्म) आयोजना हुन लागेको जी-सेभेनका नेताहरूको शिखर सम्मेलन अघि आज प्रकाशित उक्त खुला पत्र मा जी-सेभेनका नेताहरूलाई भाइरसको थप संक्रमण तथा स्वरूप परिवर्तन भई बन्ने विभिन्न भेरियन्टको जोखिम कम गर्नको लागि २० प्रतिशत कोभिड-१९ खोप तुरुन्तै उपलब्ध गराउन आव्हान गरिएको छ।   

अनुदानमा खोप उपलब्ध गराउन तथा न्यून एवं मध्यम आय भएका देशहरूका लागि निष्पक्ष एवं न्यायोचित रुपमा आपूर्ति गर्नको लागि युनिसेफले जी-सेभेन नेताहरूलाई गरिरहेको आव्हानमा रम्ला अलि, फर्नान्डो अलोन्सो, डेभिड बेकहम, ओर्लान्डो ब्लुम, जोज मनुएअल कल्डेरोन, सोफिया कार्सन, जेम्मा चान, प्रियंका चोपडा जोनस,ओलिभिया कोलम्यान, बिली इलिस, प गसोल, वुपि गोल्डबर्ग, डेभिड हेवुड, सर क्रिस हय, एञ्जेलिक किडजो, टे लियोनि, लुसि लिउ, हुवान मनुएल लोपेज इटुरियागा, ईवान म्याकग्रेगर, अलिसा मिलानो, एन्डी मरे, लियम निसन, लियम पेन, केटि पेरि, सर्जियो रामोस, क्लाउडिया सिफर, टेरेसा भिएजो र पिङ्कले ऐक्यवद्वता जनाउनुभएको छ।   

"कोभिड-१९ महामारी विरुद्व विश्व डेढ वर्ष अघि देखि  लडिरहेको भएता पनि थुप्रै देशहरूमा भाइरस फैलिने क्रम जारी रहनुका साथै यसले नयाँ-नयाँ स्वरूप लिईरहेकोले हामीलाई डेढ वर्ष अघिकै अवस्थामा पु-र्याउने सम्भावना रहेको छ" पत्रमा उल्लेख गरिएको छ। "यसको अर्थ सम्भावित विद्यालय बन्द, स्वास्थ्य सेवामा अवरोध तथा अझै ठुलो आर्थिक संकटले विश्व भरि नै बसोबास गर्ने परिवार तथा बालबालिकाको भविष्य जोखिममा पार्न सक्छ।" 

गरिब देशहरूको लागि खोपको पहुँचमा सहयोग गर्नको लागि सन्चालित कोभ्याक्स कार्यक्रमसँग अहिले नै १९ करोड मात्रा अपुग रहेको उल्लेख गर्दै उक्त पत्रमा यसलाई अस्थायी रूपमा परिपूर्ति गर्नको लागि यो वर्ष जुन देखि अगस्ट महिनासम्म जी- सेभेन देशहरूले २० प्रतिशत अर्थात् १५ करोड मात्रा खोप उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरिएको छ। जीवन विज्ञान सम्बन्धी अनुसन्धान गर्ने एअरफिनिटी नामक संस्थाले हालसालै उपलब्ध गराएको एवं बेलायतको लागि युनिसेफ समिति (युनिसेफ युके) द्वारा मान्यता प्रदान गरिएको पछिल्लो तथ्यांक विश्लेषणका अनुसार जी-सेभेन देशहरूले कोभ्याक्सलाई खोप उपलब्ध गराउनाले  त्यहाँका वयस्क नागरिकलाई प्रदान गरिने खोप सेवामा कुनै असर पर्ने सम्भावना देखिंदैन।    

"युनिसेफ सद्भावना दुतको रुपमा भन्नुपर्दा खोप लगाउनु अत्यन्तै महत्वपूर्ण छ भन्ने विश्वास लाग्छ" युनिसेफ सद्भावना दुत डेभिड बेकहमले भन्नुभयो। "सबै ठाउँका मानिसहरूले खोप नलगाए सम्म यो महामारीको अन्त्य नहुने हुँदा विश्व भरिका सबै समुदायले कोभिड-१९ विरुद्वको खोप तुरून्तै निष्पक्ष रूपमा प्राप्त गर्नुपर्दछ।

तत्काल निष्पक्ष एवं न्यायोचित रूपमा खोप आपूर्ति नगरिएमा पछिल्लो समयमा भारत तथा दक्षिण एसियाका अन्य देशहरू नेपाल, पाकिस्तान र अफगानिस्तानमा देखिएको जस्तै स्वरूप परिवर्तन गरेको कोभिड -१९ को घातक दोस्रो लहरको जोखिममा पुरै विश्व नै रहन्छ। 

भारत तथा दक्षिण एसियाका अन्य क्षेत्रमा देखिएको संकट घातक रहेको छ। कोभिड-१९ संक्रमणमा भईरहेको घातक वृद्विको कारणले भारत भरि नै स्वास्थ्य केन्द्रहरूमा व्यापक दबाब पर्नुका साथै अस्पतालमा शैया तथा अत्यावश्यक सामग्रीको साथै अक्सिजनको पनि व्यापक अभाव देखिएको छ। बालबालिका पनि भाइरसको यो नयाँ स्वरूपबाट संक्रमित भएका तथा थुप्रै अन्य बालबालिकाले अभिभावक गुमाइरहेका वा गुमाउने जोखिममा रहनुका साथै अत्यावश्यक स्वास्थ्य सेवा, खोप तथा शिक्षामा पहुँच प्राप्त गर्न नसकेका खबर आएकोले युनिसेफमा आवद्व  हामी सबै  चिन्तित रहेका छौं।" युनिसेफ सद्भावना दुत प्रियंका चोपडा जोनसले भन्नुभयो। "भारतमा देखिएको संकटले विश्व भरि नै न्यून तथा मध्यम आय भएका देशहरूमा थप खतरनाक स्वरूपका भाइरसहरू फैलिन नदिनको लागि  तत्काल कदम चाल्नुपर्छ भन्ने कुरा हामी बोध गराउँछौं।  विश्व भरिनै अत्यन्त जोखिमा रहेका मानिसहरूसम्म खोप तथा उपचार सेवा पुग्ने कुरा सुनिश्चित गर्नको लागि युनिसेफ तथा कोभ्याक्सका साझेदारहरू क्रियाशील छन्, तर यसमा सबैको साथ आवश्यक छ। यसको एउटा स्पष्ट उपाय भनेको स्वास्थ्यकर्मी तथा जोखिममा रहेका मानिसहरूका लागि खोपको तत्काल आवश्यकता भएका देशहरूलाई जी-सेभेन देशहरूले आफुलाई बढी हुने खोप उपलब्ध गराउनु हो। कोभिड-१९ बाट विश्वभरिकै बालबालिका एवं उनीहरूका परिवारलाई सुरक्षित राख्ने प्रतिवद्वताको लागि यसै साता बेलायतमा आयोजना हुन लागेको जी-सेभेन शिखर सम्मेलनमा सहभागी हुने  नेताहरूलाई आव्हान गर्ने उद्देश्यले नै मैले यस पत्रमा हस्ताक्षर गर्दै मेरा सहकर्मी युनिसेफ सद्भावना दुतहरूसँग ऐक्यवद्वता व्यक्त गरेको छु।" 

अन्त्यमा, उक्त पत्रमा खोपको सबै भन्दा बढी आवश्यकता रहेका देशहरूमा उपलब्ध गराउने सहमति गर्नको लागि यसै साता आयोजना हुने जी-सेभेन शिखर सम्मेलन एउटा अत्यन्तै महत्वपूर्ण अवसर हुने उल्लेख गर्नुका साथै यो वर्षको अन्त्य सम्ममा १ अर्ब मात्रा अनुदान स्वरूप प्रदान गर्नको लागि उपलब्ध हुन सक्ने जानकारी गराउँदै आपूर्तिमा वृद्वि हुँदै जाँदा अनुदान पनि बढाउने मार्गचित्र तय गर्नको लागि नेताहरूलाई आग्रह गरिएको छ।  

"कुनै पनि देशले यो रोगसँग देशभित्रै लड्ने कि देश बाहिर नै लड्ने भन्ने सम्बन्धमा छनोट गर्नु आवश्यक छैन। हामीले यी दुवै काम सँगै र तत्काल गर्न सक्छौं र सक्नु पर्दछ।" युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भन्नुभयो। " आगामी साता तथा महिनाहरूमा यो लडाईंलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा प्राथमिकता तय गर्नको लागी नेताहरूबीचको यो बैठक आयोजना भएको हुँदा कोभिड-१९ विरुद्वको लडाईको लागि यो अत्यन्तै महत्वपूर्ण समय हो। यो लडाईंलाई विश्वव्यापी रूपमा  विस्तार गर्न कोभ्याक्सको लागि आपतकालीन सहयोग जुटाउनको लागि हामीले गरेको आव्हानमा युनिसेफका थुप्रै सहयोगीहरूले ऐक्यवद्वता जनाउनु भएकोमा म हर्षित छु। यो रोगले कुनै  सिमानाहरू चिनेको छैन। त्यसैले यो भाइरसको संक्रमण तथा यसको स्वरूप परिवर्तनको रफ्तारलाई पछि पार्नको लागि हामीले पनि  सिमानाहरू बिर्सनुपर्दछ। 

#####

सम्पादकको लागि नोट:

लियम निसनको आवाजमा वाचन गरिएको चिट्ठीमा उल्लेख गरिएको विषय-वस्तु तथा सामग्री हेर्न र सुन्नको लागि यहाँ जानुहोस्। 

थप जानकारीको लागि unicef.org/donatedosesletter मा जानुहोस्।  

 

चिट्ठीको पूर्ण पाठ:

जी-सेभेनका आदरणीय नेताज्युहरू

कोभिड-१९ महामारी विरुद्व विश्व डेढ वर्ष अघि देखि  लडिरहेको भएता पनि थुप्रै देशहरूमा भाइरस फैलिने क्रम जारी रहनुका साथै यसले नयाँ-नयाँ स्वरूप लिईरहेकोले हामीलाई डेढ वर्ष अघिकै अवस्थामा पु-र्याउने सम्भावना रहेको छयसको अर्थ सम्भावित (थप समयको लागि) विद्यालय बन्द, स्वास्थ्य सेवामा अवरोध तथा अझै ठुलो आर्थिक संकटले विश्व भरि नै बसोबास गर्ने परिवार तथा बालबालिकाको भविष्य जोखिममा पार्न सक्छ।
विश्वका सबै ठाउँमा अन्त्य नभएसम्म  यो महामारीको अन्त्य हुनेछैन र त्यसको लागि  हरेक देशमा यथासक्य  छिट्टो  एवं न्यायोचित  रूपमा खोप  उपलब्ध हुनुपर्दछ।

 खोपको सबै भन्दा बढी आवश्यकता रहेका देशहरूमा उपलब्ध गराउने सहमति गर्नको लागि यसै साता आयोजना हुने जी-सेभेन शिखर सम्मेलन एउटा अत्यन्तै महत्वपूर्ण अवसरको रूपमा रहने छ। 

हाल युनिसेफले अन्तर्राष्ट्रिय रूपमा खोपको न्यायोचित वितरणको लागि क्रियाशील कोभ्याक्स कार्यक्रमको तर्फबाट विभिन्न देशहरूलाई खोप  उपलब्ध गराईरहेको छ। तर, अहिले  कोभ्याक्स कार्यक्रमलाई १९ करोड मात्रा  रहेको छ जसले जोखिममा रहेका मानिसहरूलाई थप असुरक्षित बनाईदिएको छ। केहि देशहरूले यस वर्षको अन्त्यमा खोप उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरेका छन्, तर खोप  तत्काल आवश्यक छ । 

युनिसेफको विश्लेषण अनुसार यो वर्ष जुन देखि अगस्ट महिनासम्म जी-७ देशहरूले आफ्ना  वयस्क नागरिकलाई प्रदान गरिने खोप सेवा प्रभावित नगरिकनै आफुसंग मौज्दात रहेको मध्ये २० प्रतिशत अर्थात् १५ करोड मात्रा खोप उपलब्ध गराउन सक्ने गरि खोप उपलब्ध हुँदैछ । अगस्ट महिना भित्रै यो अत्यावश्यक खोप अनुदान प्रदान गरि आपूर्तिमा वृद्वि हुँदै जाँदा अनुदान पनि बढाउँने मार्गचित्र तय गर्नको लागि तपाईंहरूलाई  आग्रह गर्दछौं। यो वर्षको अन्त्य सम्ममा १ अर्ब मात्रा अनुदान स्वरूप प्रदान गर्नको लागि उपलब्ध हुन सक्ने भविष्यवाणी गरिएको छ। 

विश्वको आशा तपाईंहरूको काँधमा अडिएको छ।  यो  चुनौती विरुद्व सामुहिक रूपमा  कटिबद्व हुनुहोस् ।  हरेक बालबालिका तथा हरेक व्यक्तिको लागि  स्वस्थ, उज्ववल तथा  समान  भविष्यको  निर्माण  गरौं  :

अगस्ट महिना सम्ममा २० % प्रतिशत खोप उपलब्ध गराउनुहोस् ।  तत्काल खोप उपलब्ध गराउनुहोस् ।   

मिडिया सम्पर्कहरू

कर्टिस कुपर
युनिसेफ न्युयोर्क
सम्पर्क: १ ९१७ ४७६ १४३५
इमेल: kacooper@unicef.org

एअरफिनिटि विश्लेषण जी-७ सदस्य मुलुकहरूको लागि तत्काल उपलब्ध हुने गरि छुट्ट्याईएको खोप आपूर्तिको प्रक्षेपण सम्बन्धी तथ्यांकको प्रयोग गरि तयार पारिन्छ। आपूर्तिको प्रक्षेपण गर्दा मुलुकहरू तथा अनुमति प्राप्त खोप उत्पादक (हाल तेस्रो चरणको परीक्षणमा रहेका भनेर उल्लेख गरिएका बाहेक)बीचका विद्यमान सम्झौतालाई आधार मानिन्छ।  अनुमानित १५ करोड ३० लाख मात्रा खोपमा जी-७ का सबै सदस्य मुलुकहरूले आफ्ना लागि २०२१ को जुन, जुलाई र अगस्ट महिनाको लागि उपलब्ध मात्रा मध्ये २० प्रतिशत प्रदान गरेमा संकलन हुने मध्ये बिलम्ब हुने नोभोभ्याक्स खोप बाहेकका मात्रा समावेश गरिएको छ। 

 

युनिसेफको बारेमा 

युनिसेफले विश्वकै सबै भन्दा वन्चितिकरणमा परेका बालबालिकाहरूसम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरुमा काम गर्दछ । १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं ।

युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारीको लागि  www.unicef.org मा जानुहोस्। 

 TwitterFacebookInstagram र  YouTube मा हामीलाई फलो गर्नुहोस् ।