बाबुको जिम्मेवारी

बालबालिकाको हुर्काईमा बुबाको प्रत्यक्ष सहकार्यले बालबालिकाको सर्वाङ्गीण विकासमा गुणात्मक अभिवृद्धि हुँन्दछ

नेपाल सरकार, युनिसेफ नेपाल
father holding a child
UNICEF Nepal
29 मे 2019

बुबा भन्नाले साधारण बुझाईमा वंश दिने बुबा भन्ने बुझिन्छ । तर बुबाको भूमिकाको आधारमा काख लिने बुबा, आमाको अर्को बिहे भएको भए सो बुबा, आमाबुबा तिरका हजुरबुबाहरू, काका, ठुलो बुबा, तथा मामाहरू र यी कोहिपनि नभएको अवस्थामा विश्वासिलो पुरुष व्यक्तित्वहरू शिक्षक, छिमेकीले पनि बालबालिकालाई बुबाले जस्तै मार्गनिर्देशन गर्ने, उत्पे्ररणा दिने कार्यमा सहयोग गर्न गराउन सकिन्छ ।

हाम्रो संस्कृतिमा पनि पुरुषको भूमिका सबै क्षेत्रमा महत्त्वपूर्ण भएजस्तै प्रारम्भिक बालविकासको क्षेत्रमा पनि बुबाको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । बुबाको जिम्मेवारी संरक्षण प्रदान गर्ने, शैक्षणिक सहयोग गर्ने, जीवनको योजना तयार गर्ने, प्रोत्साहन गर्ने, उपयुक्त हेरचाह भए नभएको अनुगमन गर्ने, आर्थिक उपार्जन गर्ने जस्ता महत्त्वपूर्ण पक्षमा भएको हुन्छ ।

बालबालिकाले आफ्नो कोमल मन मस्तिष्कमा बुबाको लागि ठुलो स्थान बनाएका हुन्छन् । उनीहरूमा “बुबा साथमा भएपछि, म सुरक्षित छु, म जे पनि गर्न सक्छु”, भन्ने आँट हुन्छ । त्यसैले बुबा संवेगात्मक सुरक्षाको बलियो आधार हो । प्रारम्भिक बालविकासमा पनि बुबाको प्रत्यक्ष सहकार्यको अपेक्षा गरिएको छ ।

यसै सन्दर्भमा बालबालिकाको हुर्काईमा बुबाको प्रत्यक्ष सहकार्यले बालबालिकाको सर्वाङ्गीण विकासमा गुणात्मक अभिवृद्धि हुने विभिन्न अनुसन्धानले दर्शाएको छ, जसको केही बुँदाहरू यस प्रकार छन् ः

स्वास्थ्यमा प्रभावः गर्भावस्थादेखि नै बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी बुबाले निर्वाह गर्दा, परिवार, आमा र गर्भको शिशुलाई पनि शारीरिक तथा मानसिक सुरक्षा महसुस हुन्छ । जसले गर्दा, जन्मपछि पनि आमाको दुध प्रशस्त बन्ने प्रोल्याक्टोन हर्मोन निष्कासन हुन्छ । शिशुले प्रशस्त स्तनपान गर्न पाउँछ । आमा र शिशु शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन्छन् । बालबालिकासँग रमाइला क्रियाकलाप गर्दा, दौडँदा, उफ्रेर खेल्दा, घुमफिर गर्दा, बालबालिका तथा बुबाको पनि मोटोपना कम हुने, तथा शारीरिक, मानसिक स्वस्थता कायम रहन्छ । 

सामाजिक तथा संवेगात्मक उपलब्धिः दैनिक कार्यहरू जस्तैः खुवाउने, सरसफाइ गर्ने , सँगै खेल्ने , नुहाउने , घुम्न जाने आदि कार्यमा बुबाको सहभागिता भएमा बालबालिकाले गौरव गर्ने , संवेगको नियन्त्रण गर्ने , आत्मविश्वास बढ्ने , काम गर्ने जोश, जाँगर र आँट बढ्ने हुन्छ । बुबासँग स्वतन्त्र अन्तरक्रियाले सञ्चारको विकास हुने र भविष्यमा साथीहरूसँग पनि मिलेर बस्ने तथा सकारात्मक सम्बन्ध बनाउँछन् ।

पारिवारिक सम्बन्धः बुबाको सहभागिताले घरमा झैझगडा, दुर्व्यवहार नहुनाले बालबालिका पनि बाल अपराध तथा लागुपदार्थ दुर्व्यसनमा फस्दैनन् । यसरी उनीहरूले बुबालाई नमुना व्यक्तित्व माने र आफूले पनि भविष्यमा आफ्नो घर परिवारमा झैझगडा नगर्ने , सहयोगी र ममतामयी पारिवारिक सम्बन्ध बनाउन सक्षम हुन्छन् ।

बौद्धिक विकासमा उपलब्धिः बालबालिकालाई बुबाले मायालु वातावरणमा खेलाउँदा, सिकाइमा उत्प्रेरित गर्दा, विद्यालयको गृहकार्यमा सहयोग गर्दा उनीहरूको बौद्धिक स्तर उच्च हुने र जसले गर्दा शिक्षण सिकाइमा पनि उच्च उपलब्धि ल्याउछन् । विद्यालय शिक्षामा निर न्तर ता, दिनभरि सक्रिय भएर सिक्ने , कक्षा नदोहोर्‍याउने, साथै विद्यालयको शिक्षा पूरा गर्ने  गर्दछन् । छिट्टै परिवर्तनलाई स्वीकार गर्ने , वैज्ञानिक आविष्कारलाई प्रयोग गर्ने  र सूचना सङ्कलन गर्ने समेत हुन्छन् ।

खतरापूर्ण व्यवहारमा कमीः बुबाको प्रत्यक्ष सहभागिताले हुर्काएका बालबालिकामा दुव्र्र , दुव्र्यसनी, कुलत तथा बाल
अपर ाधमा फस् ने सम्भावना न्यून हुन्छ ।

लैङ्गिक समानताः बुबाले पनि आमाले जस्तै राम्रो र सचेतनापूर्वक बालबालिकाको स्याहार गर्न सक्छन् । बालबालिकाको गर्भ, जन्म र हुर्काइमा महिलाको लामो यो गदान हुनाले आधुनिक समाजले बुबाको प्रत्यक्ष यो गदान
खोजिरहेको छ । यसै सन्दर्भमा पुरुषको योगदानले माथिका सबै सकारात्मक उपलब्धिसहित लैङ्गिक समानता, महिलाको भावनाको कदर , घरायसी हिंसा न्यूनीकरण तथा महिलाको पेसागत कार्यमा पनि सहयोग हुन्छ । अर्को महत्त्वपूर्ण उपलब्धि बालबालिकाले बुबाले गर्ने  काम र आमाले गर्ने काम छुट्याउँदैनन् र लैङ्गिक समानता आफ्नो जीवनमा पनि लागु गर्छन् ।

 

बालबालिकाको विकासात्मक अवस्था अनुरुप बुबाको जिम्मेवारी  

बुबाले पनि आमाले जस्तै राम्रो र सचेतनापूर्वक बालबालिकाको स्याहार गर्न सक्छन् . बालबालिकाको गर्भ, जन्म र हुर्काइमा महिलाको लामो योगदान हुनाले आधुनिक समाजले बुबाको प्रत्यक्ष योगदान खोजिरहेको छ । यसै सन्दर्भमा पुरुषको योगदानले माथिका सबै सकारात्मक उपलब्धिसहित  लैङ्गिक समानता, महिलाको भावनाको कदर, घरायसी हिंसा न्यूनीकरण तथा महिलाको पेसागत कार्यमा पनि सहयोग हुन्छ । अर्को महत्त्वपूर्ण उपलब्धि बालबालिकाले बुबाले गर्ने काम र आमाले गर्ने काम छुट्याउँदैनन् र लैङ्गिक समानता आफ्नो जीवनमा पनि लागु गर्छन् ।
 

A father washing his daughter's face
UNICEF Nepal

गर्भावस्थामा  

  • बालबालिका जन्माउने तयारीदेखि नै बुबाले सकारात्मक सोच बनाउने, आर्थिक व्यवस्था गर्ने तथा पोषणयुक्त खाना खानुपर्छ ।
  • गर्भ रहेको शङ्का हुनासाथ गर्भ परीक्षण गरार्ई निक्र्यौल गर्ने तथा घर परिवारमा सकारात्मक वातावरण तयार गर्नुपर्छ ।
  • गर्भावस्थामा परीक्षण गर्ने, स्वास्थ्य केन्द्र अस्पताल निक्र्यौल गरी निरन्तर गर्भ परीक्षणमा जाने, स्वास्थ्यकर्मीको सल्लाह सुझाव अनुरुप वातावरण तयार गर्नुपर्छ ।
  • गर्भवती महिलालाई शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन मद्दत गर्नुपर्दछ ।
  • घरायसी दैनिक काममा सघाउने, ठुला गर्हाैं सामानहरू बोक्ने, उचाल्ने वा जोखिमपूर्ण कामहरू लगाउनु हुँदैन ।
  • धूम्रपान, मद्यपान गर्नुहँुदैन । यसैगरी खेतबारीमा हाल्ने मल, कीटनाशक औषधीहरू गर्भवतीको वरिपरि राख्नुहुँदैन ।
  • गर्भावस्थामा शरीरमा आउने परिवर्तनका बारेमा कुराकानी र मानसिक तयारी गर्नुपर्दछ ।
  • गर्भमा रहेको शिशुले पनि आवाजहरू सुन्ने भएकाले आमा र शिशुसँग कुराकानी गर्र्ने गीत सङ्गीत सुनाउने र स्पर्श गर्ने गर्नुपर्दछ ।
  • आआफ्नो संस्कृति अनुरुप सकारात्मक चालचलनहरू गर्न र गराउन सहयोग गर्नुपर्छ ।

 प्रसवको तयारी र हेरचाह 

  • बुबाले सुत्केरी गराउने स्वास्थ्य केन्द्र वा अस्पतालको निक्र्यौल गर्ने, सो केन्द्रसम्म पुग्ने स्थानअनुसारको साधनको व्यवस्था गर्नुपर्छ ।
  • आर्थिक व्यवस्थापन, पोषणयुक्त खानाको व्यवस्था, सुत्केरी तथा नवजात शिशुको हेरचाह स्याहार गर्ने सहयोगीको व्यवस्था गर्नुपर्छ ।
  • प्रसव व्यथाको समय कष्टपूर्ण हुने भएकाले श्रीमानले समानुभूति गरी आवश्यक शारीरिक एवम् भावनात्मक सामिप्य र सहयोग पुर्‍याउनुपर्छ ।
  • जन्म पश्चात् शिशुलाई बोलेर स्वागत गर्ने आफ्ना सकारात्मक संवेगहरू व्यक्त गर्ने, आमाको र आफ्नो छातीमा टाँसेर राख्र्नुपर्छ ।
  • आमालाई तातो खानाको व्यवस्था शिशुलाई लगाउने लुगाको व्यवस्था तथा एक घण्टाभित्र शिशुलाई स्तनपान गर्ने व्यवस्था पनि गर्नुपर्दछ ।
  • आआफ्नो संस्कृतिअनुसार शिशुको स्वागत, न्वारन, पास्नी गर्नुपर्छ । 
  • सम्बन्धित कार्यलयमा जन्म दर्तापनि अनिवार्य गर्नुपर्दछ ।

हुर्कने क्रममा बुबाको भूमिका

दैनिक क्रियाकलापमा बालबालिका जति साना छन्, मस्तिष्क विकास उति नै तीव्र हुन्छ । बुबाबाट पाएका विभिन्न अवसर तथा उचित स्याहारले बालबालिकाको राम्रो विकास हुन्छ । त्यसैले शिशु वा बालबालिकालाई स्नेहपूर्वक प्रतिक्रिया जनाउने, उनीहरू रोए, अवज्ञा गरे, रिसाएमा धैर्य गरी उनीहरूले के खोजिरहेका छन् बुझेर सहयोग गर्नुपर्दछ । 

  • बालबालिकाकोलगि बुबा यस्तो मनपर्ने व्यक्तित्व होकी उनीहरू रोएको बेलामा पनि आमाले भन्दा बुबाले बोलाउँदा छिट्टै चुप लाग्ने र प्रतिक्रिया दिने गर्दछन् ।
  • शिशुलाई खुवाउने, खेलाउने, गाउने, डुलाउने नुहाइदिने, लुगा लगाइदिने, सुताउने वा उनीहरूको ससाना समस्याहरू तुरुन्तै समाधान गरिदिने, उनीहरूको काममा सघाउने गर्नुपर्दछ । 
  • बालबालिकालाई सुताउने बेलामा कुरा गर्ने, सुमसुमाउने, “हो.. हो.. नानु” भन्दै थुमथुम्याउने, निदरी गीत गाउँने, कथा सुनाउने गर्नुपर्दछ ।
  • बुबाआमा दुवै घरबाहिर काममा जाने हो भने, घरायसी कामकाजमा बुबाले पनि उत्तिकै समय दिनुपर्छ । बालबालिकाको हेरचाहको लागि भरपर्दो, तालिम प्राप्त, अनुभवी स्याहारकर्ता राख्ने र समय समयमा निगरानी पनि गर्नुपर्दछ । 
  • काम गर्ने बुबाले पनि दैनिक कम्तीमा २ घण्टा बालबालिकासँग कुराकानी, स्नेह र उनीहरूको कुरा सुन्नका लागि समय दिनुपर्छ ।


बालविकास केन्द्र वा विद्यालय

  • बालविकास केन्द्र वा विद्यालय जाने बालबालिकालाई लुगा लगाइदिने, पुर्‍याउन जाने, लिन जाने लुगाहरू ठिक ठाउँमा राख्ने, जाँदा र आउँदा खेल्दा सुरक्षित अभ्यासहरू सिकाउने, बालविकास केन्द्रमा सिकेका विषयहरूलाई घरायसी क्रियाकलापमा सिक्न सहयोग गर्ने गर्नुपर्दछ । विशेषगरी बालविकास केन्द्र वा प्रारम्भिक बालविकास तथा शिक्षा सिकाइको जग भएकाले एकैचोटि कखरा सिकाउने भन्दा पूर्व पढाइ तथा पूर्व गणितीय सिपलगायत सर्वाङ्गीण विकासका अवसरहरू सुनिश्चित गर्नुपर्दछ । 
  • विद्यालय जाने बालबालिकालाई विद्यालयमा बालमैत्री वातावरण तथा बालकेन्द्रित शिक्षणसिकाइ भएको सुनिश्चित गर्ने, गृहकार्य गर्न अनुकूल वातावरण तयार गर्ने, गृहकार्य गर्न सहयोग गर्ने, आफूले सिकाउन नसके विद्यालयसँंग समन्वय गर्ने गर्नुपर्दछ । उनीहरूलाई पढ्न उत्प्रेरित गर्ने र आफूले सुन्ने कथाका पुस्तकहरू सुत्ने बेलामा सँगै पढ्ने गर्नुपर्दछ । 
  • बालविकास केन्द्र वा विद्यालयका शिक्षकसँग नियमित सम्पर्कमा रहेर बालबालिकाको सिकाइ अवस्थाबारे जानकारी लिनुपर्छ ।

 


घरबाहिर भएका बुबाहरूले गर्नुपर्ने कार्यहरू 

वैदेशिक रोजगारी तथा अन्य कारणले घरबाहिर भएका बुबाहरूले पनि सूचना प्रविधिको प्रयोग गरि निम्न तरिकाले बालबालिकासँग सुमधुर सम्बन्ध राख्न सक्छन्:

  1. बालबालिकालाई दैनिक निश्चित समय निर्धारण गरी फोन वा भिडियो कल गर्ने गर्नुपर्छ ।
  2. उनीहरूको उमेरअनुसार बुझ्ने गरी हाउभाउसहित स्वरहरू उतारचढाव गरेर सही थाप्ने “ए... हो ..र, अनि... के भयो नी ?” जस्ता खुल्ला प्रश्नहरू सोधेर उनीहरूलाई धेरै बोल्न उत्प्रेरित गर्ने गर्नुपर्दछ ।
  3. कुराकानीमा पहिले बालबालिकाको दिनभरिको क्रियाकलापहरू सुन्ने र आफूले पनि आफ्नो दिनभरिका घटनाहरू बताउने गर्नुपर्दछ । 
  4. अनावश्यक रूपमा आफू आउँछु भनेर वा अन्य झुठा बाचाहरू गर्नुहुँदैन ।
  5. घरका अन्य सदस्यहरू, श्रीमती, आमाबुबासँगपनि बालबालिकाको बारेमा सोधपुछ गर्ने, खाना कसरी खुवाएको छ ? खेल, कुराकानी गराएको छ छैन ? विद्यालयमा रमाएको छ छैन ? दैनिक गृहकार्य गरेको छ छैन ? सोधिखोजी गर्नुपर्दछ ।