जगेर्ना गर्नुपर्ने राम्रा चलनहरू

बालबालिका हुर्काउने जगेर्ना गर्नैपर्ने केही उल्लेखनीय नेपाली चलनहरू

नेपाल सरकार, युनिसेफ नेपाल
बालबालिका हुर्काउने जगेर्ना गर्नैपर्ने केही उल्लेखनीय नेपाली चलनहरू
UNICEF Nepal
29 मे 2019

हाम्रो देशमा बालबालिका हुर्काउने धेरै राम्रा चलनहरू छन् जसलाई जगेर्ना गर्नु पर्दछ । साथै समय अनुसारका नयाँ ज्ञान र सीप पनि सिकेर आफ्नो परिवेशमा ल्याउनाले बालबालिकाको विकासमा सहयोग पुग्दछ ।

जगेर्ना गर्नुपर्ने समुदायमा चलिआएका राम्रा चलनहरू

  • गर्भवती आमालाई र गर्भको शिशुलाई गरी दुई भाग खाना भाग लगाउने, गर्भावस्थाका शिशु र गर्भवतीलाई हर्ष बधाई दिन गोदभराइ, विभिन्न परिकारसहितको दहीचिउरा खुवाउने चलन राम्रो हो, यसलाई निरन्तरता दिनुपर्दछ ।
  • सुत्केरी समयमा पतिको अनिवार्य संलग्नता हुनुपर्ने, छैठी, न्वारनमा बुबाको उपस्थिति हुनुपर्ने, घाममा तेल मालिस गर्ने, तोरी भरेको तकियाको प्रयोग गर्ने र शिशुको अन्नप्राशन गर्ने आदि राम्रा चलन लाई निरन्तरता दिनुपर्दछ ।
  • बाजे बज्यै, आमाबुबाले बालकथा भन्ने चलनले बालबालिकाको सुनाइ बोलाइ सिप विकास गर्नुको साथै भाषा विकासमा सहयोग पुग्दछ । त्यसैले यसलाई पनि निरन्तरता दिनुपर्दछ ।
  • बालगीत, निदौरी, चाडपर्वका गीतहरू गाउने प्रचलनलाई निरन्तरता दिनुपर्दछ ।
  • स्थानीय खेल खेलौना बनाइदिने राम्रा चलन हुन् । यसलाई पनि निरन्तरता दिनुपर्दछ ।