खेल्दाखेल्दै सिक्ने ५ वटा रमाइला उपाय
खानुहोस्, खेल्नुहोस्, माया गर्नुहोस्ः बालबालिकाको दिमागको विकास गर्ने रमाइलो तरिकाहरू
शिशु तथा ससाना बालबालिकाको सम्पूर्ण महत्त्वपूर्ण सिकाइ खेलकै क्रममा हुने गर्दछ। नयाँ नयाँ कुरा पत्ता लगाउने, नयाँ कामहरू गर्ने, प्रयास गर्ने, कुनै पनि कुराको कारण र प्रभावहरूबारे सिक्ने, र आफ्नो वरिपरिको संसारको बारेमा बुझाइ निर्माण गर्ने माध्यम नै खेल हो । आफ्नो जिज्ञासु बालबालिकाको मस्तिष्क रचनात्मक रूपमा निर्माण गर्नका लागि सुरक्षित र मायालु वातावरण बनाउन सहयोग गर्ने यी पाँच रमाइला उपायहरू अपनाउनुहोस् ।
माकुराको जालो
चरणहरूः
१) कोठाभरि र फर्निचर वरिपरि एउटा डोरी बाँध्नुहोस् वा अल्झाउनुहोस् ।
२) डोरीलाई नछोइकन जालोको बीचबीचमा भएका ठाउँहरूमा सावधानीपूर्वक जाने प्रयास गर्नुहोस् ।
तपाईंलाई आवश्यक पर्ने सामग्रीहरूः
डोरी
फाईदाहरूः
हातखुट्टाको समन्वय सीप बढाउँछ, रचनात्मकता वृद्धि गर्छ ।
नाचौँ
चरणहरूः
१) सँगै मिलेर केही गीतहरू छान्नुहोस् ।
२) गीत बजाउनुहोस् र मज्जाले खुलेर नाच्नुहोस् ।
तपाईंलाई आवश्यक पर्ने सामग्रीहरूः
सङ्गीत, स्पिकर / फोन ।
फाईदाहरूः
समन्वय बढाउँछ, राम्रो कसरत हुन्छ।
घरभित्र बास्केटबल
चरणहरूः
१) सफा बाल्टी वा भाँडो खोजेर ल्याउनुहोस् र मोजालाई बटारेर गोल बनाउनुहोस् ।
२) आफ्नो बालबालिकालाई बल भाँडोभित्र फाल्न लगाउनुहोस् । हरेक पटक सफल भएपछि केही कदम पछि सर्न लगाउनुहोस् । जति टाढाबाट भाँडोमा बल छिराउन सक्यो, त्यति नै धेरै अंक प्राप्त हुने नियम बनाउनुहोस् ।
तपाईंलाई आवश्यक पर्ने सामग्रीहरूः
बाल्टी वा भाँडो, मोजाको गोल ।
फाईदाहरूः
हात र आँखाको समन्वय गर्न सिकाउँछ, र दुरी आँकलन गर्ने क्षमता सिकाउँछ । नियम बनाउन र पालना गर्न पनि सिकाउँछ ।
मुर्ती बन
चरणहरूः
१) गीत बजाउनुहोस् र आफ्नो बालबालिकालाई नाच्न लगाउनुहोस् ।
२) अकस्मात गीत बन्द गर्नुहोस् र आफ्नो बालबालिकालाई टक्क अडिन वा स्थिर हुन लगाउनुहोस् । चुनौती अझ बढाउनका लागि उसलाई कुनै जनावरको आकारमा वा कुनै निश्चित आकारमा अडिन लगाउनुहोस् ।
तपाईंलाई आवश्यक पर्ने सामग्रीहरूः
सङ्गीत, स्पिकर / फोन ।
फाईदाहरूः
सुन्ने कौशल, समन्वय र कल्पनाशीलता बढाउँछ र बालबालिकालाई नियम बुझ्न प्रेरित गर्दछ ।
निर्माण गरौँ
चरणहरूः
१) कागजको गत्ताको खाली बाकसहरू खोजेर ल्याउनुहोस् ।
२) के बनाउने भनेर आफ्नो बालबालिकासँग छलफल गर्नुहोस् । त्यसपछि घर, गाडी, जनावर जस्ता कुनै पनि कुराहरू बनाउनुहोस् ।
तपाईंलाई आवश्यक पर्ने सामग्रीहरूः
कागजको गत्ताको बाकस, कैँची (अभिभावकका लागि), कलम, पेन्सिल वा मार्कर, रङहरू र अरू सजावटका सामग्रीहरू (ऐच्छिक) ।
फाईदाहरूः
कल्पनाशीलता तथा योजना बनाउने कौशल बढाउँछ र अभिभावक र बालबालिकाबीचको सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्छ ।