खाँदै, सिक्दै

यी रचनात्मक ५ तरिका प्रयोग गर्नुहोस्, खानाको समयमा पनि सिक्न मद्दत गर्नुहोस्

युनिसेफ नेपाल
A mother feeding her child
UNICEF Nepal/2022/RUpadhayay
03 जुन 2024

जीवनको प्रारम्भिक वर्षहरूमा जुन गतिमा मस्तिष्कको विकास हुन्छ, त्यही गतिमा मस्तिष्कको विकास फेरी कहिल्यै पनि हुँदैन । यो अवधि बालबालिकाको दिर्घकालीन स्वास्थ्य, विकास र सिकाइको जग निर्माणको लागि अति महत्त्वपूर्ण मानिन्छ । त्यसैले, यो अवधिमै तपाईँले बालबालिकासँग उसको मस्तिष्क विकास गराउने क्रियाकलापहरू गर्नका लागि समय निकाल्नु एकदम महत्त्वपूर्ण हुन्छ - र त्यो गर्दा रमाइलो पनि हुन्छ ।

मस्तिष्क विकासका लागि खानाकै समयमा प्रयोग गर्न सकिने ५ तरिकाहरू यहाँ छन् ।

खानेकुरा चिन्ने खेल

An illustration of a carrot

चरणहरूः

१) खाद्यसामग्रीहरू देखाएर तपाईंको बालबालिकालाई त्यसको रङ, बनावट र आकार आदि विषयमा थप जानकारी दिन लगाउनुहोस् ।

२) नजिक भएको खानेकुराको साथमा भन्नुहोस्, "म मेरा साना आँखाले ........ [खानेकुराको नामको पहिलो अक्षर राख्ने] बाट नाम आउने खानेकुरा देखिरहेको छु ।"

तपाईंलाई आवश्यक पर्ने सामग्रीहरूः

खानेकुराहरू, जस्तै तरकारी, आदि । सफा, सुरक्षित स्थान ।

फाईदाहरूः

बालबालिकाले खानेकुराहरू चिन्न थाल्छन्, विभिन्न खानेकुराहरूको नाम भन्न थाल्छन्, र भाषा पनि बुझ्न थाल्छन् । 


मेरो घरमा पिकनिक


चरणहरूः

१) केही कुर्सी र कम्बलहरूको प्रयोग गरेर पाल/टेन्ट (घर) बनाउनुहोस् ।

२) थालमा फलफूल वा खाना राख्नुहोस्, आफ्नो बालबालिकासँगै खानुहोस् र सँगै बसेर एउटा कथा सृजना गर्नुहोस् ।

तपाईंलाई आवश्यक पर्ने सामग्रीहरूः

केही कुर्सी, कम्बल, खानेकुराहरू, र महलजस्तो देखाउनका लागि सजावटका सामग्रीहरू ।

फाईदाहरूः

रचनात्मक कौशलमा वृद्धि हुन्छ र पारिवारिक सम्बन्ध बलियो बनाउँछ । 


An illustration of a tent and a boy

तरकारीहरू पखाल्ने र नाम भन्ने

An illustration of washing hand

चरणहरूः

१) आफ्नो हात साबुन पानीले धोएर सुरुवात गर्नुहोस् ।

२) आफ्नो बालबालिकालाई तरकारी पखाल्न र त्यसको नाम भन्न लगाउनुहोस् ।

तपाईंलाई आवश्यक पर्ने सामग्रीहरूः

तरकारी, पानी, साबुन र भाँडो / बेसिन ।

फाईदाहरूः

भाषाको सिपको विकास हुन्छ, सरसफाइको सिप सिकाउनुका साथै त्यसको महत्त्व बुझाउँछ । 


तरकारीको छाप लगाउने


चरणहरूः

१) तरकारीहरूलाई टुक्रा टुक्रा पारेर काट्ने र त्यसमा तारा, क्रस, हँसिलो अनुहारजस्ता आकार बनाउने ।

२) पानीमा खाद्य रङ मिसाएर घोल्ने, तरकारीका टुक्राको आकार बनाएको भाग चोब्ने र कागजको पानामा छाप लगाउने ।

तपाईंलाई आवश्यक पर्ने सामाग्रीहरूः

कडा खालका तरकारीहरू, जस्तैः आलु, भिण्डी, बोक चोए साग, गाजर, आदि, खाद्य रङ, पानी र कागजको पाना ।

फाईदाहरूः

सृजनशीलता बढाउँछ ।


An illustration of a paint palette and an orange

बुम बुम बुम

An illustration of a boy holding his shoes

चरणहरूः

१) आफ्नो बालबालिकालाई गीत वा सङ्गीत सँगसँगै एउटा धुन वा लय बजाउन लगाउनुहोस् ।

२) कल्पनाशीलता, लय, समन्वय र गणनामा सुधार गर्दछ ।

तपाईंलाई आवश्यक पर्ने सामाग्रीहरूः

भाँडो वा तावा, चम्चा र तपाईंको आवाज ।

फाईदाहरूः

कल्पनाशीलता, लय, समन्वय र गणनाको क्षमता बढाउँछ ।