आफ्नो बालबालिकासँग सम्बन्ध बढाउने ५ गतिविधिहरू

बालबालिकासँग खाऔं, खेलौं, माया गरौं

युनिसेफ नेपाल
A mother carrying her baby
UNICEF Nepal/2024/LPNgakhusi
04 जुन 2024

प्रारम्भिक वर्षहरूले बालबालिका जीवनभर कति खुसी र स्वस्थ हुनेछन् भन्ने कुराको आधार बनाउँछ । सुरक्षित, मायालु वातावरणले बालबालिकालाई भावनात्मक र मानसिक रुपमा अघि बढ्न मद्दत गर्दछ । आफ्नो बालबालिकासँग गुणस्तरीय समय बिताउने अवसर खोज्ने प्रयास गर्नुहोस् र साथमा रमाइलो गर्नुहोस् ।

आफ्नो बालबालिकासँग घुलमिल हुने र त्यही क्रममा उनीहरूको दिमागको विकास पनि गर्ने ५ वटा तरिकाहरू यहाँ छन् ।

शान्त समयमा कुराकानी

An illustration of a open book which shows an apple and star

चरणहरू

१. आफ्नो बालबालिकासँग बस्ने, आराम गर्ने, र कुराकानी गर्ने समय निकाल्नुस् ।

२. आफ्नो बालबालिकाको हात समाउनुहोस्, मुस्कुराउनुहोस् र सँगै बसेर कुराकानी गर्नुहोस् । जब बालबालिकाले केही कुरा सुनाउँछ, त्यसलाई ध्यान दिएर सुन्नुहोस् र सकारात्मक प्रतिक्रिया दिनुहोस् । 

तपाईँलाई आवश्यक पर्ने सामाग्रीहरू

सिरानी र कम्बल

फाईदाहरू

बालबालिकालाई शान्त बनाउँछ, बालबालिकासँगको सम्बन्ध गहिरो हुन्छ, बालबालिकाले सुरक्षित महसुस गर्छ । 

तिमीले मैले गरेजस्तै गर्न सक्छौ ?

चरणहरू

१. आफ्नो बालबालिकासँग बस्नुहोस् वा उभिनुहोस्, र उसलाई "के तिमी मेरो नक्कल गर्न सक्छौ ?" भनेर सोध्नुहोस् ।

२. तपाईँ नाच्न सक्नुहुन्छ, हाँस उठ्दो अनुहार बनाउन सक्नुहुन्छ, जनावर भए जस्तो गर्न सक्नुहुन्छ, बालबालिकाले तपाईँको नक्कल गर्न सके कि सकेनन् भनेर हेर्नुहोस् ।

फाईदाहरू

बालबालिकाले नक्कल गर्न सिक्छन् र आफ्नो कल्पनाशीलताको प्रयोग गर्छन् । 

An illustration of a boy happily waving his hand

त्यो के को आवाज हो ?

An illustration of window outside which a bird can be seen on the branch

चरणहरू

१. घरको वरिपरि जानुहोस्, सक्नुहुन्छ भने घरबाहिर जानुहोस् अथवा झ्याल खोल्नुहोस् ।

२. आवाजहरू सुन्नुहोस् । आफ्नो बालबालिकालाई त्यो के हो ? भनेर सोध्नुहोस् । उसलाई बोलाउनुस् र त्यो आवाजको नक्कल गर्न लगाउनुहोस् ।

फाईदाहरू

कसरी सुन्ने भनेर सिक्छन्, र आवाज पहिचान गर्छन् । 

मोजाको पुतली

चरणहरू

१. पुराना लुगा वा मोजाको पुतली बनाउनुहोस्, रचनात्मक तरीकाले ऊन, टाँक र तारको प्रयोग गर्नुहोस् ।

२. पुतलीको प्रयोग गरेर आफ्नो बालबालिकासँग कुरा गर्नुहोस् । कथा सुनाउन र विभिन्न भावना व्यक्त गर्न छुट्टाछुट्टै आवाजको प्रयोग गर्नुहोस् ।

फाईदाहरू

कल्पना शक्तिलाई प्रेरित गर्छ, बालबालिकालाई कथाको संरचना बुझ्न मद्दत गर्छ, भावनाहरूको बुझाईमा मद्दत गर्छ । 

An illustration of a happy bird

परिवार र साथीहरूको चित्र बनाऔं ।

An illustration of a family member and cat
UNICEF Nepal/2024

चरणहरू

१. आफ्नो बालबालिकालाई पेन वा पेन्सिलको प्रयोग गरेर परिवारका सदस्यहरूको चित्र बनाउन लगाउनुस् ।

२. आफ्नो बालबालिकासँग मिलेर चित्र बनाउनुहोस् । घरको, घरमा पालेका जनावरको, ठाउँहरू आदिको चित्र थप्नुहोस् ।

फाइदाहरू

परिवारका सदस्यहरूप्रतिको बुझाइ, रचनात्मकता बढाउँछ र बालबालिकालाई आफ्ना भावनाको बारेमा कुरा गर्न प्रेरित गर्दछ ।