अभिभावक तथा बालबालिकाको मानसिक स्वास्थ्य
हामी सबैले हाम्रो मानसिक स्वास्थ्यको दैनिक हेरचाह कसरी गर्ने?
मानसिक स्वास्थ्य भन्नाले मनोवैज्ञानिक, संवेगात्मक तथा सामाजिक तन्दुरुस्तीलाई बुझाउँछ । विश्व स्वास्थ्य सङ्गठनले मानसिक समस्यालाई साधारण तथा दैनिक आईपर्ने तनावहरू व्यवस्थापन गर्न कठिनाइ भई, दैनिक, घरायसी तथा समाजमा योगदान गर्न बाधा भएको अवस्था भनी परिभाषित गरेको छ ।
मन, शरीर र समाज बिचको अन्तरसम्बन्धले धेरै स्वास्थ्यका कुराहरूलाई प्रभाव पार्छ जसलाई हामी मनोसामाजिक अवस्थाको रूपमा बुझ्छौं । यदि मन, शरीर र समाजको बिचमा तालमेल भएन भने मन खिन्न हुने, दुःख लाग्ने, आफूलाई माया र सम्मान नगरिएको महसुस हुने, विरक्त तथा दिक्दारी लाग्ने आदि हुन्छ जसलाई हामी मनोसामाजिक समस्या भनेर चिन्छौं ।
यदि यस्ता समस्याहरू बढ्दै गएमा गम्भीर मानसिक समस्याहरू पनि देखिन सक्छन् । मानसिक समस्याहरू कुनै वंशाणुगत रूपमा देखा पर्छन् भने कुनै सामाजिक कारणले हुन्छ । कतिपय जैविक कारण जस्तै मस्तिष्कमा हुने गडबडीले हुने गर्दछ ।
मानसिक स्वास्थ्यमा असर पार्ने केही कुराहरू
मानसिक स्वास्थ्यमा थुप्रै कुराले असर पार्ने भएतापनि केही प्रमुख कुराहरू निम्नानुसार छन्ः
प्रसव अघिपछि - गर्भवती महिलालाई चिन्ताको लक्षणहरू देखिन सक्छन् भने प्रसवपछि हर्मोन सम्बन्धी परिवर्तन तथा आमाको भूमिका थप भएर मनोसामाजिक समस्याको जोखिम बढ्छ । महिलाको वैवाहिक सम्बन्ध, माइतको सम्बन्ध र सामाजिक समर्थनले यसलाई असर गर्छ । धेरैजसो महिलालाई हल्का मनोसामाजिक समस्या (Maternity Blues) भइ छिटो रुन मन लाग्ने, सुत्न गाह्रो हुने, चिडचिडापन आउने गर्छ ।
प्रारम्भिक बाल्यावस्थाको हुर्काइ -प्रारम्भिक बाल्यावस्थामा पाएको अनुभव, हुर्काइ, पोषण उत्प्रेरणा, सिकाइ, अन्तरक्रियाको अवसर, नकारात्मक व्यवहारको कारणले आफू अभिभावक हुँदापनि मानसिक स्वास्थ्यमा प्रभाव पर्छ । मानसिक स्वास्थ्यमा समस्या भएका अभिभावकहरूले बालबालिका हुर्काउदा उनीहरूले बालबालिकालाई बेवास्ता, गाली, पिटाइ, दुर्व्यवहारयुक्त वातावरणमा हुर्काउने सम्भावना बढी हुन्छ । जसको परिणाम फेरी उनीहरूको जीवनमा पनि यही चक्र दोहोरिन्छ ।
घरायसी हिंसा - घरपरिवारमा विभिन्न कारणले गर्दा हुने लैङ्गीक तथा यौन हिंसा, लागुपदार्थ तथा मादक पदार्थ सेवन, झैझगडा तथा व्यवहारिक समस्याको कारणले बालबालिकासहित परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमा प्रभाव पर्छ ।
गरिबी - परिवारको दैनिक न्यूनतम आवश्यकताहरू पूरा गर्ने (खाना, लुगाफाटा, आवास) क्षमतामा कमी वा नभएको अवस्थामा परिवारमा तनावपूर्ण वातावरण हुन्छ र मानसिक स्वास्थ्यमा प्रभाव पर्छ ।
तनावपूर्ण कार्यक्षेत्र - अभिभावकले काम गर्ने कार्यक्षेत्रमा कामको बोझ, तनावयुक्त तथा चुनौतीपूर्ण कार्य गर्न बाध्य भएमा यसको तनावले सम्बन्धित व्यक्ति तथा परिवारमा समेत तनावयुक्त वातावरण बन्दछ ।
मोबाइल तथा स्क्रिनको प्रयोगः मोबाइल र स्क्रिन (टिभी, कम्प्युटर आदि)को दूरूपयोगले Techno Stress नामक रोग हुन्छ । जसले निन्द्रामा बाधा पर्ने र तनाव उत्पन्न भई मनोसामाजिक समस्याहरू देखापर्छ, जसको कारण मानसिक स्वास्थ्यमा प्रभाव पर्दछ ।
मानसिक स्वास्थ्यको प्रभाव
मानिस स्वस्थ हुनको लागि शारीरिक तथा मानसिक तन्दुरुस्ती हुनुपर्छ । यसमध्ये पनि सानातिना शारीरिक रोगहरू मानसिक स्वस्थताको कारणले आफैँ निको हुन सक्छ । तर मानसिक समस्या भएमा शारीरिक रोगहरू झनै जटिल हुने सम्भावना हुन्छ । मानसिक रूपमा अस्वस्थ भएमा निम्नानुसार समस्याहरू देखिन्छ:
शारीरिक स्वास्थ्यमा प्रभावः मानसिक स्वास्थ्यले शारीरिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्छ । जिउ गल्ने, आलस्य हुने, वाकवाकी आउने, पाचनमा समस्या तथा लामो समयसम्म तनावको अवस्थाले गर्दा उच्च रक्तचाप, मधुमेह तथा अन्य धेरै नसर्ने रोगहरू देखापर्छ ।घछ
बौद्धिक क्षमतामा ह्रासः मस्तिष्कले सम्झन सक्ने, सोच्ने, समस्या समाधान गर्ने जस्ता बौद्धिक सिपहरूलाई व्यवस्थापन गर्छ । विशेषतः सामाजिक परिवेशबाट पाएका नकारात्मक संवेगहरूले मनमा ठुलो स्थान बनाएको हुन्छ । नकारात्मक संवेग अभिवृद्धि भई मस्तिष्कलाई व्यवस्थापन गर्न कठिनाई हुन्छ र बौद्धिक सिपहरू सुचारु गर्न असमर्थ हुँदै जान्छ । यस्तो अवस्था बढ्दै गएमा मानसिक रोगको रूपमा विकसित हुन्छ ।
आत्महत्याः मानसिक स्वास्थ्यको कारणले गर्दा आत्महत्याको विचार आउने, आत्महत्या नै गर्ने, आफूलाई दुःख (घाउ, चोट) दिने, व्यक्तिको हत्याको योजना गर्ने जस्ता अमानवीय तथा अपराधिक कार्य गर्ने सम्भावना हुन्छ ।
अभिभावकको मानसिक स्वास्थ्य र बालबालिकामा प्रभाव
अभिभावकमा भएका मानसिक स्वास्थ्य समस्याको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्दछ । बालबालिका हिंसा र दुर्व्यवहारमा पर्नुको मुख्य कारण अभिभावक वा ठुला व्यक्तिहरूको मानसिक स्वास्थ्य समस्या हो । मानसिक रूपमा अस्वस्थ अभिभावकको व्यवहार र बालबालिकाको व्यवहार एक अर्कालाई नकारात्मक उत्प्रेरणा दिइरहेका हुन्छन् ।
| बालबालिकाको प्रकृति | अभिभावकको मानसिक समस्याको नकारात्मक असर |
|---|---|
|
|
बालबालिकाको प्रकृति र मानसिक समस्या भएका अभिभावकको प्रकृति एकअर्काप्रति नकारात्मक उत्प्रेरणा जगाउने खालको हुन्छ । यसको परिणाम अभिभावक र बालबालिका दुवैलाई नकारात्मक भावना बढेर एक अर्काबाट टाढा बस्न मन लाग्ने, बालबालिकालाई पढाइ लेखाइमा समस्या हुने, कक्षा दोह¥याउने, विद्यालय छाड्ने, बानी व्यवहारमा समस्या देखापर्ने, लागुपदार्थको सहारा लिने, घरबाट भाग्ने, आत्महत्या गर्ने, अपराधिक गतिविधिमा समावेश हुने सम्भावना बढ्छ ।
मानसिक स्वास्थ्य व्यवस्थापन
मानसिक रूपमा स्वस्थ रहन यसको पनि दैनिक हेरचाहको आवश्यकता हुन्छ । यसको लागि दैनिक शारीरिक अभ्यास (सामान्य हिँड्डुल, दौडने आदि) गर्ने, आफूलाई मनपर्ने सिर्जनात्मक क्रियाकलाप गर्ने, सकारात्मक सोच राख्ने गर्नुपर्दछ । यस्तो गर्दागर्दै पनि कहिलेकाही विभिन्न तनाव वा मानसिक अस्वस्थता हुन सक्छ । जसरी शारीरिक विसञ्चो भएमा हामी उपचार गर्छौ र निको हुन्छ । यसैगरी मानसिक अस्वस्थता पनि उपचारबाट निको हुन्छ ।
नेपालमा मानसिक स्वास्थ्य साक्षरताको अभावमा मानसिक स्वास्थ्यको बारेमा विभिन्न प्रकारका कलङ्क, भेदभाव, लाञ्छना, अन्धविश्वास र गलत धारणाहरू भएको पाइन्छ । मानसिक समस्या समाधानकोलागि धामीझाँक्रीको सहयोग लिइन्छ, जुन बहुसांस्कृतिक परिवेशमा वैकल्पिक मनोविमर्श वा मनोचिकित्साको माध्यम हुन्छ भनी अनुसन्धानहरूबाट पनि प्रमाणित भएको छ ।
| मानसिक स्वास्थ्य के हो ? | मानसिक स्वास्थ्य के होइन ? |
|---|---|
| हाम्रो समग्र स्वास्थ्यको एक महत्त्वपूर्ण पाटो | लज्जास्पद विषय |
| शारीरिक स्वास्थ्यसँग पनि सम्बन्धित | असफलता वा कमजोरीको चिह्न |
| हरेक व्यक्तिको आधारभूत अधिकार | आफूले चाहेको बेला मानसिक रूपमा स्वस्थ रहन सकिने |
| हाम्रो कोसिसबाट स्वस्थ राख्न सकिने | लुकाउनुपर्ने वा छलफल गर्न नहुने |
| दैनिक रूपमा हेरचाह गर्नुपर्ने | सधैँ खुसी हुनुपर्ने वा कुनै चुनौती सामना गर्न नपर्ने |
अभिभावकले आफैँ आफ्नो स्थिति थाहा पाई निम्नानुसार कार्य गर्दापनि तनाव व्यवस्थापन भई मानसिक रूपमा स्वस्थ हुन सकिन्छ । आफूले आफूलाई नियन्त्रण गर्न नसकेको अवस्थामा प्रत्येक गाउँ तथा नगरपालिकामा रहेका मनोसामाजिक परार्शदातासँग सम्पर्क गर्नेघट वा नजिकैको अस्पतालहरूमा सम्पर्क गरी उपचार गर्नुपर्दछ ।
तनाव महसुस भएमा गर्न सकिने क्रियाकलापहरू
- लामो लामो स्वास करिब १० पटक फेर्नुहोस् र सासलाई अनुभव पनि गर्नुहोस् ।
- आँखा बन्द गर्नुहोस् र १० सम्म विस्तारै गन्नुहोस् ।
- १०, १५ पटकसम्म उफ्र्ने, दौड्ने जस्तो खुट्टा चलाउनुहोस् ।
- १ देखि ४ गनेर स्वास तान्ने, १ देखि ८ गनेर रोक्ने र १ देखि १६ गनेर विस्तारै स्वास फाल्ने गर्नुहोस् र स्वासलाई अनुभव पनि गर्नुहोस् ।
- कुनै पनि वस्तुलाई एकटक लगाएर करिब १०, १५ मिनेट हेरिरहनुहोस् ।
- खुट्टादेखि पूरै शरीरमा आफ्नै हातका चारओटा औँलाले प्याट प्याट थपथपाउनुहोस् ।
- बालबालिकासँग खेल्ने दौडने, उफ्रिने, लडिबुडी गर्ने, हाँस्ने गर्नुहोस् ।
- दुःख, चिन्ता, अरूले दिएको पीडा सम्झेर कराउने, जोडले चिच्याउने वा दिल खोलेर रुनुहोस् ।
- टाउको सिधा गरेर आँखाको नानीले अङ्ग्रेजीको आठ बनाउनुहोस् । यो क्रिया १० पटक गर्नुहोस् ।
- आफ्नो समस्या परिवार छिमेक वा साथी कुनै एक विश्वासिलो व्यक्तिलाई बताउने तथा सल्लाह लिने गर्नुहोस् ।
बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका
अभिभावक बन्नु प्राकृतिक नियम हो, तर अभिभावकत्व निभाउनु सबैभन्दा ठुलो चूनौती हो । अभिभावकले आफ्ना अनगन्ती खुसी, इच्छा, चाहना तथा समस्याहरूलाई व्यवस्थापन गर्दै बालबालिकाको विकास र सर्वाेत्तम हितको लागि सधैँ प्रयासरत रहनुपर्छ । बालबालिकाको मानसिक रूपमा स्वस्थ राख्नको लागि निम्नानुसार व्यवहार गर्नुपर्दछः
- बालबालिका जन्माउन मानसिक तथा शारीरिक रूपमा तयार भएर मात्र जन्माउने योजना बनाउनुपर्छ । जस्तो अवस्थाको शिशु जन्मेपनि स्वीकार गर्ने योजना बनाउनुपर्छ ।
- ड्ड बालबालिकालाई सञ्चो, विसञ्चो, खाना खाएको नखाएको, समयअनुसार लुगाफाटा लाएको नलाएको रेखदेख गर्ने, उनीहरूलाई सबैभन्दा धेरै मह¬व दिने, माया देखाउने गर्नुपर्दछ ।
- बालबालिकाले उमेरअनुसार शारीरिक हाउभाउ, रुवाई र बोलेर आफ्ना आवश्यकताहरू बताईरहेका हुन्छन् । यसलाई बुझेर तुरुन्तै सम्बोधन, समाधान गरिहाल्नुपर्छ । बालबालिकालाई पनि विस्तारै आफूले सक्ने कुराको समस्या समाधान गर्न सिकाउदै जानुपर्छ ।
- बालबालिकाको कुरा सधैँ प्राथमिकता दिएर सुन्ने, विभिन्न हाउभाउ जस्तै, मुस्कुराएर, अचम्मको भाव व्यक्त गरेर, बालबालिकाको भाव अनुरुप कुराकानी गर्ने गर्नुपर्दछ ।
- बालबालिका रुनु भनेको संवेगको प्रष्फुटन हो । त्यसैले रोएको बेलामा रून दिने, विलौना गर्न दिने र बालबालिकालाई सुन्ने तथा सहानुभूति जनाउदै माया देखाउने गर्नुपर्दछ । बालबालिका नरोएर तनाव लिएर बसेमा, यसले सुत्न नसक्ने, तर्सने, एक्लैबस्ने जस्ता व्यवहारिक समस्या आउनसक्छ ।
- बालबालिकाले सामान फाल्ने रिस देखाउने गरेमा, अभिभावक शान्त हुनुपर्छ र काम नलाग्ने वस्तुहरू फाल्न र विगार्न दिनुपर्छ । यसले उनीहरू भित्र लुकेको रिस बाहिर निस्कन्छ । शान्त भएपछि, रिसको झोकमा के के बिगार्यो यसबाट हामीलाई के के बेफाइदा हुन्छ बताईदिनुपर्छ ।
- ड्ड बालबालिकालाई विभिन्न संवेगका बारेमा सिकाउनुपर्दछ र शब्दमा विभिन्न अवस्थामा कस्तो (खुसी, दुखी, रिस उठेको आदि) लागेको छ कारणसहित व्यक्त गर्न दिनुपर्छ ।
- बालबालिकाको इच्छा, रहर, आवश्यकता बुझेर आफूले पूरा गर्न सकिने र नसकिने कुरा बताईदिनुपर्छ ।
- घरमा विभिन्न नियमहरू बनाई पहिले आफूले पालन गर्ने र बालबालिकालार्ई पनि पालन गर्न उत्प्रेरित गर्नुपर्दछ । बालबालिकालाई सजायभन्दा पनि सकारात्मक अनुशासनमा राख्नुपर्छ ।
- बालबालिकाको आत्मबल बलियो हुने खालका कथाहरू भन्ने र जुनसुकै समस्या पनि समाधान गर्न सकिन्छ भन्ने विश्वास दिलाउनुपर्छ । बालबालिकालाई आवश्यक रूपमा प्रशंसा र प्रोत्साहन गरेर हुर्काउनुपर्छ ।
- बालबालिकाको मानसिक स्वास्थ्यका लागि केही विशेष क्रियाकलापहरू
- दिनभरिको घटनाहरू एक अर्कामा भन्ने निश्चित समय वा पारिवारिक समय निर्धारण गर्नुपर्दछ । सो समयमा दिनभरिको अनुभवहरूबारे कुराकानी गर्ने गर्नुपर्दछ ।
- बालबालिकाको तनाव बाहिर निकाल्न तकिया, चकटी आदिलाई हातले हिर्काउन दिनुपर्छ ।
- धेरै रिस उठेमा १ देखि १० सम्म गन्ने, एउटै वस्तुलाई ५ मिनेट जति एकटकले हेर्न लगाउने र आफू पनि सँगै गर्नुपर्छ ।
- बालबालिकालाई शान्त गर्न माटो वा पिठो मुछ्न लगार्ई बालबालिकालाई मनपर्ने आकृति बनाउन दिनुपर्छ ।
- बालबालिकासँगै खेल्ने, रमाउने, दौडने उफ्रिने कराउने, खित्का छाडेर हाँस्ने, तकिया हानेर खेल्ने, सँगै रोएर खेल्ने, लडिबुडी गर्ने गर्नुपर्दछ । यसले बालबालिकालगायत आफ्नो पनि तनाव कम हुन्छ । बालबालिकासँग भावनात्मक सम्बन्ध पनि बन्छ ।
बालबालिकाको मानसिक स्वास्थ्यका लागि केही विशेष क्रियाकलापहरू
- दिनभरिको घटनाहरू एक अर्कामा भन्ने निश्चित समय वा पारिवारिक समय निर्धारण गर्नुपर्दछ । सो समयमा दिनभरिको अनुभवहरूबारे कुराकानी गर्ने गर्नुपर्दछ ।
- बालबालिकाको तनाव बाहिर निकाल्न तकिया, चकटी आदिलाई हातले हिर्काउन दिनुपर्छ ।
- धेरै रिस उठेमा १ देखि १० सम्म गन्ने, एउटै वस्तुलाई ५ मिनेट जति एकटकले हेर्न लगाउने र आफू पनि सँगै गर्नुपर्छ ।
- बालबालिकालाई शान्त गर्न माटो वा पिठो मुछ्न लगाई बालबालिकालाई मनपर्ने आकृति बनाउन दिनुपर्छ ।
- बालबालिकासँगै खेल्ने, रमाउने, दौडने उफ्रिने कराउने, खित्का छाडेर हाँस्ने, तकिया हानेर खेल्ने, सँगै रोएर खेल्ने, लडिबुडी गर्ने गर्नुपर्दछ । यसले बालबालिकालगायत आफ्नो पनि तनाव कम हुन्छ । बालबालिकासँग भावनात्मक सम्बन्ध पनि बन्छ ।