सुरक्षित तथा सिकाइमूलक विद्यालय सञ्चालनका लागि थप तयारी
सुरक्षित तथा सिकाइमूलक तवरले विद्यालय पुनःसञ्चालनका लागि थप तयारीहरू
जनस्वास्थ्य, सुरक्षा र मनोपरामर्श
१. बालबालिकाको सुरक्षाका लागि न्यूनतम पूर्वाधारको व्यवस्था: फर्निचर; शौचालय; पर्याप्त प्रकाश र हावा आवत जावत गर्न सक्ने कक्षाकोठा; स्वास्थ्य तथा सरसफाइका लागि साबुन पानी, सेनिटाइजर; विद्यालयमा आउनेहरुका लागि तापक्रम लिने व्यवस्था गर्ने ।
२. आचारसंहिताको निर्माण र पालना गर्ने ।
३. अनुगमन तथा सहजीकरण उपसमिति गठन ।
४. विद्यालय सम्बन्धित कसैमा कोभिड१९का लक्षणहरूसँग मिल्दा जुल्दा लक्षणहरू देखा परेमा तत्काल स्थानीय तह, अभिभावक तथा घरपरिवारलाई जानकारी गराउने ।
५. स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क निर्माण/ स्वास्थ्य संस्थासँग समन्वय गर्ने ।
६. संक्रमित शिक्षक, विद्यालय कर्मचारी तथा बालबालिकालाई पूर्ण रूपमा निको नहुन्जेल विद्यालयमा नआउने वातावरण मिलाउने र सिकाइ निरन्तरताका लागि वैकल्पिक उपायहरू पहिले नै तय गर्ने ।
७. आवश्यक सेवासँगको समन्वय सञ्चार सुनिश्चित गर्ने, मनोसामाजिक परामर्शको व्यवस्था, हिंसा/ दुर्व्यवहारको सुनुवाईमा पहुँचको व्यवस्था गर्ने ।
भौतिक सुविधा तथा बसाइ व्यवस्थापनको तयारी
१. विद्यालय व्यवस्थापन समितिले भौतिक दुरी कायम राखी सिक्ने वातावरण तयार गर्न कक्षाकोठा, फर्निचर, शौचालय, छात्रावास, सभाहल आदिको आवश्यकता अनुसार पुनःव्यवस्थापन वा मर्मत गराउने ।
२. संक्रमणको जोखिम, विद्यार्थी सङ्ख्या तथा उपलब्ध भौतिक पुर्वाधारका आधारमा विद्यालय सञ्चालनका निम्न विकल्पहरू अपनाउने ।
- सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने ।
- अलग अलग समय (सिफ्ट) मा अलग अलग कक्षा वा तह सञ्चालन गर्ने ।
- विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि/ घन्टी छोट्याउने ।
- अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले (जोखिम र सहजतालाई हेरी) कक्षा सुरु गर्ने ।
- कुनै दिने केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने ।
- कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने ।
- हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन गर्ने ।
विद्यालय सञ्चालनको अवधिमा गर्नुपर्ने कार्यहरू
सुरक्षित सञ्चालन
१. आवश्यक रणनीति र कार्ययोजना तयार गर्ने
२. सबैको ज्वरो परीक्षण
३. अनिवार्य मास्कको प्रयोग, विपन्न बालबालिकालाई मास्क वितरण
४. विद्यालय परिवार बाहेक अन्य व्यक्तिलाई विद्यालय परिसरमा आउन निषेध गर्ने
५. आचारसंहिता सबैले देख्ने ठाँउमा टाँस्ने
६. फोकल शिक्षकको व्यवस्था, कक्षागत वा समूहगत विद्यार्थी मनिटरको व्यवस्था
७. विद्यार्थी संख्याको आधारमा हातधुने व्यवस्था
८. संक्रमणको लक्षण देखिएमा आइसोलेसनको व्यवस्था
९. बालबालिका बीच १ मिटरको दुरी
१०. सरसफाइ सम्बन्धी कडा नियम, छात्राहरुको लागि सेनिटरी प्याड र छुट्टै शौचालयको व्यवस्था, शौचालय दैनिक निर्मलीकरण
११. खाजा खान फरक समय, बाँडेर नखाने, कक्षाकोठाभित्र नखाने । दिवा खाजा खुवाउनुपर्ने समूहलाई पोषणयुक्त खाजा सम्भव भएसम्म विद्यालयमा नै बनाएर खुवाउने ।
सिकाइ सहजीकरण
१. सबै बालबालिकासँग आधारभूत सिकाइ सामग्रीः पाठ्यपुस्तक, कलम, कापी, स्वाध्ययन सामग्री, स्टेसनरी आदि) भएको सुनिश्चित गर्ने ।
२. पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ को कार्यान्वयन गर्न सबै शिक्षकहरूले सङ्क्रमणकालीन वार्षिक शैक्षणिक योजना तयार गर्ने । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ र पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ अनुसार सिकाइ निरन्तरता दिने ।
३. सिकाइ सामग्री र खेल सामग्री साटासाट नगराउने ।
४. प्रारम्भिक बालविकासका बालबालिकाको सामग्री प्रयोगपछि प्रतिसङ्क्रमण वा निर्मलीकरण गर्ने ।
५. बालबालिकाको पूर्वसिकाइ (घरमा रहेको बेलाको) मूल्याङ्कन गरी उनीहरूको स्तर र आवश्यकता निर्धारण गरी सिकाइ सहजीकरण गर्ने ।
६. शिक्षकद्वारा बालबालिकाको सिकाइ नियमित अनुगमन गरि पछि परेकालाई थप सहयोग गर्ने ।
७. विद्यालयमा आउन नसक्ने बालबालिकालाई वैकल्पिक प्रणाली, विधि र सामग्रीको प्रयोग गरी सिकाइ निरन्तरता दिने ।
८. विशेष आवश्यकता भएका बालबालिकालाई आवश्यकता अनुसार सिकाइ सामग्रीको व्यवस्थापन गर्ने ।
९. सामूहिक क्रियाकलाप नगराउने । अवस्था हेरी रमाइला र सिर्जनात्मक जीवनोपयोगी क्रियाकलापहरू व्यक्तिगत रुपमा गराउने ।