विद्यालय जाँदा आफू र अरूलाई कसरी सुरक्षित राख्ने?

बालबालिकाका लागि सल्लाह

UNICEF, WHO & IFRC
This image shows the three main steps to prevent COVID-19 transmission: distancing, masks and handwashing

तपाईँको विद्यालय पुनःसञ्चालनमा आएको अवस्थामा तपाईँले आफू, आफ्ना साथीहरू, आफ्नो परिवार तथा समुदायलाई सुरक्षित राख्न र कोभिड-१९को संक्रमण फैलन नदिनका लागि के-कस्ता कुराहरूलाई ध्यान दिन जरुरी छ?

 

✅ कोभिड-१९ सम्बन्धी आफ्नो उमेर अनुसारको उचित जानकारी लिनुहोस्, जस्तै, यसका लक्षणहरू के के हुन्, जटिलता कस्तो हुन्छ, कसरी यो सर्छ र यसको संक्रमणबाट कसरी सुरक्षित हुन सकिन्छ । युनिसेफ, विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकार जस्ता विश्वसनीय स्रोतबाट प्राप्त हुने जानकारी लिनुहोस् र विभिन्न अनलाइन माध्यम तथा हल्लाबाट फैलाइने कोभिड-१९ सम्बन्धी गलत सूचना र अफवाहप्रति सचेत रहनुहोस् ।

✅अहिलेको असजिलो परिस्थितिमा दुखी हुनु, दोधार हुनु, त्रसित हुनु, रिस उठ्नु स्वाभाविक हो । तर तपाईँ एक्लै हुनुहुन्न; आफूलाई विश्वास लाग्ने व्यक्तिसँग कुरा गर्नुहोस्, जस्तै अभिभावक वा शिक्षक । यसले तपाईँ  र तपाईँको  विद्यालयलाई सुरक्षित र स्वस्थ राख्न मद्दत पुग्छ ।

✅ निम्न कुराहरु गरेर आफू जोगिने र अरूलाई पनि जोगाउनुहोस्: 

  • बेलाबेलामा साबुन-पानीले कम्तिमा २० सेकेण्डसम्म मिचिमिचि हात धुने
  • हातले नाक, मुख, आँखा वा अनुहारमा नछुने
  • अरूसँग १ मिटरको दुरी कायम राख्ने
  • अनिवार्य मास्कको प्रयोग गर्ने
  • आफूले प्रयोग गरेको कप, खाना खाने भाँडाकुँसा, खाना वा पिउने कुरा अरूसँग नबाँड्ने
This image shows an illustration of two sisters washing hands

✅ आफू, आफ्नो परिवार, समुदाय र विद्यालयलाई स्वच्छ राख्न निम्न कुराहरु गरेर नेतृत्व लिनुहोस् ।

  • कोभिड-१९ बाट बच्न आफूले सिकेका कुरा आफ्नो परिवार, साथीहरू र खासगरी आफूभन्दा साना भाइबहिनीहरूलाई सिकाउने
  • हाच्छ्यूँ गर्दा वा खोक्दा कुहिनोले नाक-मुख छोप्ने तरीका र साबुन-पानीले हात धुने तरीका आफू नमुना बनेर आफूभन्दा साना परिवारका सदस्यहरूलाई सिकाउने

✅आफ्ना विरामी साथीहरूलाई लाञ्क्षित गर्ने वा गिज्याउने गर्नु हुँदैन । रोगले कुनै भौगोलिक सिमाना, जातियता, उमेर, क्षमता र लिंग छुट्याउँदैन भन्ने कुरा ख्याल गर्नुहोस् ।

✅ आफ्नो स्वास्थ्य अवस्थाको ख्याल गरिरहने, बिरामी भएमा घरमै बस्ने, र आफ्नो परिवारका सदस्यहरू, अभिभावहरू बिरामी भएमा उनीहरूलाई पनि घरमै बस्न लगाउने गर्नुहोस् ।

This image shows an illustration of two children learning