मिडिया सोधपुछ

यदि सञ्चारमाध्यमबाट कुनै सोधपुछ छ भने, कृपया हाम्रो सञ्चार टोलीलाई सम्पर्क गर्नुहोला ।

Press conference
UNICEF Nepal

मिडिया सोधपुछ

तानिया धाख्वा
मुख्‍य, सञ्चार शाखा 
युनिसेफ नेपाल
मोबाईल-  ९७७-९०१२४४५२४
ईमेल- tdhakhwa@unicef.org 

नेपालका बालबालिका र किशोर–किशोरीहरूका बारेमा समाचार संकलन

 पत्रकार तथा सञ्चार माध्यमका विद्यार्थीका लागि निर्देशिका 
 

१. परिचय 
सञ्चार माध्यमले आम जनमानसको सोचमा प्रभाव पार्ने, पारदर्शिता सिर्जना गर्ने र सचेतना बढाउने तथा सामाजिक कुरीतिसँग लड्नसक्ने क्षमता राख्ने कुरामा कुनै विवाद हुनसक्दैन ।  

यसका साथै सञ्चार माध्यमले बालबालिका तथा किशोर–किशोरीलाई उनीहरूका अधिकारबारे जानकारी दिलाउन, दूरदर्शिता बढाउन तथा उनीहरूलाई सार्वजनिक जीवनमा उतार्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।  

तर सञ्चार माध्यम भरपर्दो साझेदार नहुन सक्ने अवस्थालाई पनि नकार्न सकिन्न । सञ्चार माध्यमको कमजोरीका रूपमा बालबालिकाको दुरूपयोग गरिएका र संरक्षणको जिम्मेबारी पूरा नगरिएका सन्दर्भहरू पनि बाहिर आउने गरेका छन् । उत्तेजक विज्ञापन, कार्यक्रम र तस्बीरहरूले यस सन्दर्भलाई पुष्टि गर्दछन् । बालबालिका तथा किशोर–किशोरीहरूलाई यौन–प्रतीकहरूमा प्रयोग गर्ने र आम पाठक वा स्रोतालाई गलत सन्देश दिने काम पनि मिडियाबाट भएको यथार्थलाई बिर्सन सकिन्न ।  

जसरी सञ्चार माध्यममा बालबालिका र किशोर–किशोरीहरूको चित्रण गरिएको हुन्छ, त्यसरी नै ठूलाबडाको दृष्टिकोण बन्नेगर्दछ । प्रकाशित–प्रसारित अभिव्यक्तिले पाठकको व्यवहारमा समेत परिवर्तन ल्याउनसक्छ । हरेक दिन बालबालिकालाई हिंसा र यौनजन्य सामग्री प्रस्तुत गर्दा उनीहरूका अपेक्षामा पनि असर पर्दछ, वरिपरिको दुनियालाई उनीहरूले सोही अपेक्षाका साथ हेर्ने गर्दछन् ।  

नेपालका अधिकांश पत्रकार जिम्मेवार छन्, पेशागत पत्रकारिताको धर्म निर्वाह गर्दछन् । बालबालिका तथा किशोर–किशोरीका विषयमा समाचार संकलन गर्दा ख्याल गर्नुपर्ने आचारसंहिता, कानुन वा विधि छन् भन्ने विषयमा उनीहरू सचेत छन् । यसका बावजुद पनि सञ्चार माध्यममा बालबालिका तथा किशोर– किशोरीहरूको अधिकार हनन हुनेगरेको छ र नेपाल सरकारले सञ्चार माध्यममा बालबालिका र किशोर– किशोरीहरूको अधिकार सुरक्षित पार्ने प्रयोजनका लागि विशिष्ट निर्देशिका वा नीति ल्याएको छैन ।  

तसर्थ प्रस्तुत निर्देशिका तयार गर्नु आवश्यक भएको हो । बालबालिकाको अधिकार सुरक्षण तथा संरक्षण गर्न पत्रकारिता प्रतिष्ठानहरूमा कार्यरत व्यक्तिहरूलाई यस निर्देशिकाले सघाउ पु¥याउने विश्वास लिइएको छ ।  

बालबालिका तथा किशोर–किशोरीका लागि आदर र आत्मसम्मानको सुनिश्चितता गर्ने निश्चित निर्देशिका वा कानुन आवश्यक छ । यस निर्देशिकाले पत्रकार एवम् सञ्चारकर्मी, पत्रकारिताका विद्यार्थी तथा अध्येताहरूलाई सम्बन्धित विषयका आधारभूत पक्षहरू सम्झना गराउन मद्दत गर्दछ ।  

सञ्चारकर्मीहरूले बालबालिका र किशोर–किशोरीप्रति सम्मान गर्ने दिशामा सकारात्मक परिवर्तन ल्याउन, नीतिमा भएका कमजोरी, सरकारी तथा गैरसरकारी संयन्त्रमा भएका खाडलहरू इंगित गर्ने भूमिका निर्वाह गर्न सक्छन् ।  

प्रस्तुत निर्देशिका सञ्चारकर्मीले गर्न हुने वा गर्न नहुने कार्यको सूची भने होइन । सञ्चारकर्मीहरूलाई नैतिक मुद्दामा गम्भीर र सचेत गराउने, व्यावसायिक तथा गुणस्तरीय पत्रकारिताका लागि समर्पित बनाउने र बालबालिका तथा किशोर–किशोरीहरूको हितका लागि काम गर्ने संरचनाको विकास गर्ने प्रस्तुत निर्देशिकाको उद्देश्य हो । अर्को शब्दमा यस निर्देशिकाको उद्देश्य पत्रकारलाई उनीहरूको जिम्मेवारी पूरा गर्ने विधि र तरिकाबारे स्मरण गराउनु हो, कसरी काम गर्ने भनेर सिकाउनु होइन ।
 
२. बालबालिका तथा किशोर–किशोरीहरूको अधिकार 

संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि (युएनसीआरसी) ले बालबालिका तथा किशोर–किशोरीको अधिकारका सम्बन्धमा आधारभूत दस्तावेज दिएको छ जसले सरकार एवम् जनतालाई बालबालिकाको मानव अधिकार सुरक्षित गराउन प्रेरित गर्दछ ।  

संयुक्त राष्ट्रसंघको साधारण सभामा वि.सं. २०४६ मंसिर ५ गतेका दिन सर्वसम्मतिमा अपनाइएको दस्तावेजलाई वि.सं. २०४८ मा लागू गरिएको थियो । विश्वका प्रायः सबै मुलुकहरूले यसलाई अपनाएका छन् जसमा बालबालिकाहरूको अधिकार सुनिश्चित गर्नका निम्ति ५४ वटा धाराहरू उल्लेख गरिएका छन् । यसले उनीहरूको बाँच्न पाउने, संरक्षित हुनपाउने, विकास गर्न पाउने र सहभागी हुने अधिकारका क्षेत्रमा ध्यान पुर्‍याउको छ ।
 
धारा १ मा महासन्धिले बालबालिकाको परिभाषा यसरी गरेको छः कानुनले १८ वषको उमेर नपुगेकालाई, कानुनले यसभन्दा पूर्व उमेरलाइ नै बालबालिका भनेर तोकिएको अवस्थामा बाहेक, बालबालिका भनिन्छ ।
 
बालबालिका र किशोर–किशोरीहरूका सम्बन्धमा ध्यान दिनुपर्ने कुरा के भने, कोही व्यक्ति १८ वर्ष पुग्यो भन्दैमा वयस्कताको सीमा सकियो भन्ने चाहिं होइन । कुनै पनि व्यक्ति कुन अवस्थामा बालकपनबाट पार भएर वरिपक्व भयो ठम्याउन सजिलो छैन ।  

सबै बालबालिका एक–आपसमा भिन्न छन् फरक हिसाबमा बढ्दछन् । कुनै विशेष रूपमा सबल बालक वा सही किसिमले मानसिक विकास नभएको बालकले पनि बालापनको अधिकार प्राप्त गर्नुपर्ने हुन्छ ।  

नेपाल सरकारले वि.सं. २०४८ भाद्र २९ गते अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि अनुमोदन गरेर पक्ष राष्ट्र बनेको छ । यसअतिरिक्त नेपालले दुई वैकल्पिक अभिसन्धिमा पनि भाद्र २३, २०५९ मा हस्ताक्षर गरेको छ ।  

नेपालमा बालबालिकासम्बन्धी ऐन, २०४९ अनुसार बालबालिकाको उमेरको हद १६ वर्ष पूरा नभएसम्म भनेर तोकिएको छ । बालअधिकारका लागि कार्यरत संस्थाहरूले सरकारको उच्च तहमा यस हदलाई परिवर्तन गरी १८ वर्ष गराउन वकालत गरिरहेका छन् ।  

हाल बालबालिकासम्बन्धी ऐनको संशोधनका लागि तयार पारिएको विधेयकमा बालबालिकाको उमेरको हदलाई १८ वर्षसम्म बढाएर महासन्धिको व्याख्यासँग मेल गराउने प्रस्ताव गरिएको छ । वैवाहिक जीवनका निम्ति न्यूनतम उमेरको हद २० वर्ष भनिएतापनि अभिभावकको सहमतिमा १८ वर्षको हद मानिएको छ ।
 
बालबालिकाको अधिकारका सम्पूर्ण कार्यक्रमहरू महासन्धिमा आधारित छन् जसले बालबालिकाको विषयलाई कल्याणको विषयमा सीमित नराखी अधिकारको विषयको रूप दिएको छ । यस सिद्धान्तलाई सम्पूर्ण सञ्चारकर्मीहरूले स्वीकार गर्नुपर्दछ ।  नेपालको सन्दर्भमा यो अझै जरुरी देखिएको छ किनकि यहाँ बालबालिकाको अधिकार धार्मिक र सांस्कृतिक मान्यताका कारण उनीहरु स्वयंमा नभई अभिभावकमा निहित हुन्छ ।
 
बालअधिकार महासन्धिको अनुमोदन भनेको सरकारले बालबालिकालाई सुरक्षित तथा सहयोगी वातावरणमा हुर्किने कुराको सुनिश्चितता जनाएको भन्ने बुझिन्छ । यसका साथै उनीहरूलाई गुणस्तरीय शिक्षा, स्वास्थ सेवा र गुणस्तरीय जीवनका निम्ति वातावरण तयार पार्ने दायित्व पनि राज्यको हुन्छ ।  
यसअतिरिक्त बालबालिकालाई विभेद, यौन र व्यापारिक दुरूपयोगबाट सुरक्षित गर्न सरकारले व्यवस्था गर्ने र टुहुरा एवम् जवान शरणार्थीहरूको रेखदेख गर्ने पनि बुझिन्छ ।
 
बालअधिकार महासन्धिको पत्रकार एवम् सञ्चारकर्मीसँग सम्बन्धित बुँदाहरू संक्षिप्त रूपमा यहाँ प्रस्तुत गरिएको छ । बालअधिकार महासन्धिको पूर्ण दस्तावेज https://www.unicef.org/ मा हेर्न सकिन्छ । 

विचार बनाउने र प्रस्तुत गर्ने अधिकार धारा १२ मा समेटिएको छ जसले सरकारले युवा जमातको आवाजलाई सुन्ने र उचित सञ्चार माध्यमको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । बालबालिकाले आफ्ना विषयमा विचार बनाउने र त्यसलाई प्रस्तुत गर्न पाउनुपर्ने कुरा पनि समावेश गरिएको छ ।  

प्रस्तुतीकरणको स्वतन्त्रता र सञ्चारमा पहुँचलाई धारा १३ ले समेटेको छ । यसअनुसार अरुको अधिकार हनन नहुने गरी बालबालिकालाई उपलब्ध भएका जानकारीबाट विचार बनाउन पाउने र प्रस्तुत गर्नपाउने अधिकार छ ।  

सरकारले यस अधिकारमाथि त्यस बेला मात्र नियन्त्रण गर्नसक्छ जुन बेला अरुको अधिकार र प्रतिष्ठा हनन हुने गरी अथवा राष्ट्रिय सुरक्षा, शान्ति सुरक्षा, सार्वजनिक स्वास्थ्य र नैतिकतामा आँच आउने गरी यसको प्रयोग गरिन्छ ।  

गोपनीयताको हक धारा १६ मा समावेश गरिएको छ, जुन महत्वपूर्ण अधिकारमध्ये एक हो । यसले बालबालिकालाई एक आत्मनिर्भर व्यक्तिको रूपमा सम्मान पाउने हक सुनिश्चित गर्दछ ।  

यसमा प्रष्ट उल्लेख गरिएको छः कुनै पनि बालबालिकालाई उसको व्यक्तिगत, पारिवारिक, घरेलु वा पत्राचार, वा यस्तै अन्य विषयमा गैरकानुनी वा मनपरी तरिकाले हस्तक्षेप गर्न पाइँदैन, साथै उनीहरूको सम्मानमा चोट पु¥याउन पाइँदैन ।  

बालबालिकाका लागि उचित सूचनामा पहुँच धारा १७ मा समेटिएको छ । विशेष गरी प्रस्तुत धारा सञ्चारको सकारात्मक भूमिका दर्शाउने विषयसँग सम्बन्धित छ । यसले सरकारलाई देहायका कार्य गर्न निर्देशन दिन्छः 

  •  सञ्चार माध्यमलाई बालबालिकाको हितका निम्ति सामाजिक र सांस्कृतिक सामग्री र सूचना प्रवाह गर्न प्रेरित गर्ने 
  •  बालबालिकासम्बन्धी विभिन्न स्रोत, स्थानीय र अन्तर्राष्ट्रिय सामग्री र सूचना उत्पादन, साटासाट र प्रवाह गर्न प्रेरित गर्ने 
  • विशेष गरी नेपालसँग सम्बन्धित पिछडिएका समूहमा पर्ने बालबालिकाको भाषागत आवश्यकतामा सञ्चारलाई ध्यान दिन प्रेरित गर्ने 


३. नेपाली किशोर–किशोरी — यिनीहरू को हुन् ? 

जनगणना २०६८ अनुसार करिब १ करोड २० लाख नागरिक १८ वर्षभन्दा कम उमेरका छन् जसमा ५४ लाख नागरिक १० वर्षदेखि १९ वर्षसम्मका छन् । उनीहरूको उपस्थिति हरेक चार नागरिकमा एक रहेपनि राष्ट्रिय नीति तथा कार्यक्रममा बालबालिका तथा किशोर–किशोरीहरू उपेक्षित छन् ।  

किशोर–किशोरीको उमेरको अवस्था सबैभन्दा बढी परिवर्तन हुने किसिमको हुन्छ । जब एक बालक वा बालिका शारीरिक रूपमा परिपक्व हुन्छ। हुन्छे तब ऊ किशोर–किशोरीजस्तो देखिने व्यवहार गर्न थाल्छ। थाल्छे । उनीहरू बढी स्वशासित हुन्छन् र स्वयम् नै निर्णय लिन थाल्दछन् । त्यसैले यो समय सबैभन्दा चुनौतीपूर्ण पनि हुन्छ ।  
बालबालिका र किशोर–किशोरीहरू यही चुनौतीपूर्ण उमेरमा दिनानुदिन अराजक सूचना र सल्लाह सुन्न बाध्य हुन्छन् । कैयौं किशोर–किशोरीहरूका लागि यो समय गरिबी, श्रम वा बेचबिखन, विवाह तथा चाँडो गर्भवती, हिंसाका शिकार, लागू पदार्थ सेवन वा दुव्र्यसनीको शिकारआदि फलामे साङ्लामा जेलिन्छन् र सुन्दर सपना भताभुंग भएको अवस्था सहन बाध्य हुन्छन् ।  

किशोर–किशोरीहरूले सामना गर्नुपरेको कैयौँ चुनौती सम्बोधन हुँदैन । नेपाली किशोर–किशोरीहरू बालविवाह, चाँडो गर्भवती, यौन दुव्र्यवहार, बेचविखन र बाल श्रम, हिंसा, दुव्र्यसनलगायतका समस्यामा छन्– त्यसमाथि रोजगारीको अवसर पनि उनीहरूलाई निकै न्यून छ ।

किशोर–किशोरीको आवश्यकतामा विविधता 
नेपाली किशोर–किशोरीहरू समान विशेषता बोकेका समूह होइनन् । उनीहरूको उमेर, लिङ्ग, धर्म, जात, विकासको क्रम, जीवनको अवस्था र सामाजिक तथा आर्थिक स्थितिअनुसार आवश्यकता फरक पर्दछ । प्रौढ किशोर–किशोरीहरू (१५ देखि १९)को आवश्यकता कम उमेर समूह (१० देखि १४)का भन्दा फरक हुन्छ । यसरी नै ग्रामीण क्षेत्रको र शहरी क्षेत्रको किशोर–किशोरीहरूको आवश्यकतामा पनि फरक पर्दछ । महिला किशोर–किशोरीहरूको आवश्यकता र पुरुषको आवश्यकतामा आकाश जमीनको फरक पर्दछ ।  नेपाली किशोर–किशोरीहरू दिनानुदिन गरिबी, भौगोलिक विकटता र अवसरको कमीको सामना गर्दछन् । धेरै पुरानो लैङ्गिक विभेदपूर्ण मान्यता र सामाजिक कुरीतिका कारणले केटीहरूले अझ बढी समस्या झेल्नुपरेको छ ।
 
उनीहरू आफ्नो विचार प्रस्तुत गर्न सक्दैनन् र आफूसँग सम्बन्धित विषयबारे घर, विद्यालय, समुदाय र राष्ट्रिय स्तरमा आवाज उठाउन सक्दैनन् । उनीहरूको जीवनसँग सम्बन्धित निर्णयहरू पनि उनीहरूको अर्थपूर्ण संलग्नताबेगर नै लिइने गरिन्छ ।  

नेपालको सांस्कृतिक र सामाजिक सन्दर्भमा अभिभावकहरूले बालबच्चाका बारेमा निर्णय लिने गरेका छन् । जीवनसँग सरोकार राख्ने विषयमा पनि निर्णय लिने क्रममा अभिभावकले उनीहरूको धारणा र विचारलाई ध्यान दिँदैनन्—जस्तैः विशेष गरी केटीहरूलाई विद्यालय नपठाई घरमै काम गर्न लगाउने ।

अनेक खतराको सामना गर्दै किशोर–किशोरी 
बालबालिका तथा किशोर–किशोरीहरूको अधिकार सुरक्षित गर्ने मूल जिम्मेवारी वयस्कहरू—अभिभावक, परिवार, समुदाय र मुलुकको हो । उनीहरू खतरामा रहनुको मूल कारण वयस्क समूहको असमर्थता मानिन्छ ।  

बालबालिकाको अधिकारका बारेमा समाचार सम्प्रेषण गर्नका लागि एक पत्रकारले उनीहरूको समुदाय र परिवार, उनीहरूलाई दिइएको मान्यताका बारेमा पनि बुझ्नु आवश्यक छ । उनीहरू अधिकारबाट किन वञ्चित भइरहेका छन् भन्ने भित्री कारणहरू पत्ता लगाउन पत्रकारहरूले विस्तृत् जानकारी लिनुपर्दछ ।  

किन केटाहरूको दाँजोमा बढी परिमाणमा केटीहरूलाई विद्यालयबाट हटाइँन्छ ? किन केटीहरू १३ वर्षकै उमेरमा विवाह गरी पठाइन्छन् ? किन एक १० वर्षे बालक विद्यालय नगई काम गर्दै बस्छ ? काठमाडौंको रात्रीकालीन मनोरञ्जन व्यवसायमा किन यति धेरै केटीहरू कार्यरत रहेका छन् ? किन यति संख्यामा किशोर–किशोरीहरूले आत्महत्या गर्दछन् ? 

किन किशोर–किशोरीहरू विद्यालय नगई विदेश जान लालायित हुन्छन् ? यदि हामी आफ्ना बालबच्चालाई माया गर्छौं भने यति धेरै किन हातपात गरिरहेका छौं ? भिन्नै क्षमता भएका केटाकेटी वा टुहुरा राख्ने संस्थाहरूमा पर्दा पछाडि के हुने गरेको छ ?  

यी प्रश्नहरू केबल पत्रकारका लागि मात्र नभई बालबालिकाको अधिकारका लागि काम गर्न इच्छुक सबैका लागि हुन् । यी आकस्मिक प्रश्न मात्र होइनन्, समस्याको जड पत्ता लगाउनका लागि यी प्रश्नको जबाफ खोज्नु आवश्यक छ ।  

किशोर–किशोरी तथा बालबालिकाहरूको अधिकार हनन हुनाको कारण आफ्नो जीवन नियन्त्रण गर्न अक्षम हुनु र वयस्कहरूले उनीहरूको अधिकार रक्षा नगर्नु वा गर्न नसक्नु हो । उनीहरू शारीरिक रूपमा त्रसित हुने भएकाले र अभिभावकको अनधिकृत अख्तियारीमा प्रश्न राख्न नसक्नाले विवश हुन्छन् ।  
जोखिमपूर्ण र असुरक्षित वातावरणमा हुर्केका बालबालिका र किशोर–किशोरीहरूले कहिँलेकाहिँ सुरक्षा प्रदान गर्नेको हातबाट नै विभिन्न किसिमका खतराको सामना गर्नुपर्दछ ।  

पत्रकार तथा सञ्चारकर्मीहरूले सधैँ सकारात्मक सोच राखी प्रत्यक्ष कुराभन्दा परसम्म पुगेर शोषण वा अधिकार हननका संकेतको खोजी गर्नुपर्दछ ।  

  •  दलित समुदायका गरिब तथा सीमान्तकृत बालबालिका तथा किशोर–किशोरीहरू ज्ञानको विकास नभएका कारण पीडित हुन्छन् किनकि उनीहरूलाई सहयोग गर्ने र मार्गदर्शन गर्ने कोही हुँदैन ।
  •  हजारौँ संख्यामा नेपाली बालबालिका तथा किशोर–किशोरीहरूले लामो समयसम्म काम गरी परिवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्छन् वा व्यावसायिक रूपमा दुरूपयोगमा पर्दछन् ।  
  •  केटीहरू विभिन्न कुरामा विभेदमा परेका हुन्छन्, दाजुभाइ समान खाना, शिक्षा वा आफ्नो भविष्य छनौटमा अवसर पाउँदैनन् ।  
  •  काठमाडौजस्ता प्रमुख शहरहरूमा घरबारविहीन बालबालिका तथा किशोर–किशोरीहरू रहेका छन् । सडक बालबालिकाहरू यी सबै प्रकारका शोषण र दुव्र्यवहारको खतरामा पर्दछन् ।  
  • भिन्न क्षमताका वा अपांगता भएका बालबालिका एवम् किशोर–किशोरीहरूले समुदाय तथा समाजले उनीहरूलाई बालबालिकाको दर्जा नदिएका कारण अधिकारबाट वञ्चित हुनसक्छन् । उनीहरूलाई प्रायः परिवारको बोझको रूपमा हेरिने गरिएको छ । शारीरिक हेरचाह प्राप्त गरेका अपांग बालबालिकाले पनि खेलकुद, शिक्षा र आत्मअभिव्यक्तिको अधिकारबाट भने वञ्चित भएको हुनसक्छ ।  
  •  हरेक समाजमा बालबालिका तथा किशोर–किशोरीहरूको यौन दुव्र्यवहार हुने गरेको पाइएको छ । प्रायः यौन शोषण घरभित्रै वा परिवारका नातेदारबाटै हुनेगर्दछ । व्यावसायिक यौन शोषणमा भने प्रायः गरिब परिवारका केटीहरू पर्ने गरेकाछन् जसलाई जागिर र पैसाको लोभ देखाइने गरिन्छ जसलाई परिवारले गरिबीका कारण नकार्न सक्दैन ।  


४. नेपालमा सञ्चार
नेपालमा राजनीतिले समाजका अन्य कुराभन्दा प्राथमिकता पाउँदछ, सञ्चार पनि यसबाट भिन्न छैन । नेपाली सञ्चार माध्यमले जानाजान वा अञ्जानमा राजनीति र नेताहरूलाई प्राथमिकता दिएका छन् र दिनदिनै राजनीतिक पार्टीहरूका बीच शक्तिका निम्ति संघर्ष हुने गरेका समाचारमा अलमलिने गरेका छन् ।  बालबालिका र किशोर–किशोरीहरूले कहिलेकाहिँ मात्र मूलधारका सञ्चारमाध्यममा स्थान पाउँछन् । समाचार सम्प्रेषण भइहाले पनि त्यसलाई अतिरञ्जित गरेर प्रस्तुत गरिन्छ । पीडित र पीडक बालबालिका तथा किशोर–किशोरीहरूको प्रायः नामै किटेर परिचय दिइन्छ र समाचारमा छापिएका तस्वीरहरूमा उनीहरूलाई दया वा उपेक्षाको सामग्रीको रूपमा प्रस्तुत गरिन्छ ।  

नेपालमा पहिलो छापाखाना वि.सं. १९०७ सालमा भित्रिएको भएतापनि आजसम्म निरन्तर रहेको हिसावमा पहिलो पत्रिका गोरखापत्र वि.सं १९५८ सालमा राणा शासणमा सुरु भएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री देवशमशेर राणाको शाषणकालमा सोही वर्ष सञ्चारसम्बन्धी छाप्न योग्य र अयोग्य वस्तुको नीतिगत आदेश जारी भएको पाइन्छ ।
 
यस आदेशमा सामेल चार बुँदामा के कुरा छाप्नमा रोक लगाइएको छ भनी जानकारी दिइएको थियो । दरबार भित्रका महिला, राजा र प्रधानमन्त्री, सैनिक तथा सरकारी एवम् हतियारको खर्च, तिब्बतको बाटो र मुलुकको सिमाना, सुन तथा अन्य खनिज वा खानी फेला परेको सम्बन्धमा समाचार प्रकाशित नगर्न भनिएको थियो ।  
पहिलो आदेशले नै पत्रकार र सञ्चार माध्यममाथि निषेध र नियन्त्रणको अंकुश झुण्डाइदियो, सरकारी नीतिको विरोध वा प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सञ्चार नीतिको परम्परा सुरु गर्‍यो ।  

नेपालमा निजी पत्रिकाहरूको युग प्रजातन्त्रको बहाली र राणा शासणको अन्त भएपछि अर्थात् २००७ पछि मात्र सुरु भएको हो । सरकारले प्रेस कमिसनको स्थापना गर्यो जसले २०१५ सालमा १८ बुँदे पत्रकारिता आचार संहिता तयार पा¥यो । केही पत्रकारहरू यस आचार संहिता निर्माणमा संलग्न भएतापनि यसले स्वतन्त्र सञ्चार माध्यमको विकासमा योगदान दिन सकेन ।  

नेपालको वर्तमान राजनीतिक अस्थिरता हेर्दा सञ्चार जगत् बारम्बार नियन्त्रणमा परेको छ । हालको स्वतन्त्र प्रेस विस्तृत शान्ति सम्झौता २०६३ को उपज हो । तत्कालीन सरकारले सञ्चार नीति निर्माण गर्न ऐतिहासिक उपलब्धिपश्चात् उच्चस्तरीय सञ्चार सुझाव समितिको स्थापना गरेको थियो । समितिले तत्कालीन प्रधानमन्त्रीलाई सञ्चार नीतिसम्बन्धी एक प्रतिवेदन बुझाएको भएतापनि त्यो प्रतिवेदन अधिकांशतः कार्यान्वयन भएन ।  

नेपाली सञ्चार माध्यममा बालबालिका तथा किशोर–किशोरीहरूको अधिकार

निजी क्षेत्रले सञ्चार क्षेत्रसँग सम्बन्धित कैयौं उदाहरणमा बालबालिकाको अधिकार समावेश गरेको छ । तरपनि नेपाल सरकारले बालबालिकाको अधिकारमा निर्दिष्ट भई कार्य गर्ने सञ्चार कानुन वा परामर्श– टिपोट निर्माण गरेको छैन ।  

नेपाल सरकारले २०४७ साल भाद्र २९ मा बालअधिकार महासन्धिको अनुमोदन गरेको थियो, स्वभावतः नेपाल पक्ष राष्ट्र बनेको थियो । धारा १२, १३ र १७ ले क्रमशः विचार बनाउन पाउने, अभिव्यक्ति गर्ने, सञ्चारमा पहुँच, सूचना प्राप्तिको हकको सुनिश्चितता गर्दछ ।  

यी बुँदाले सदस्य मुलुकमा सरकारलाई सञ्चार माध्यमले बालबालिका तथा किशोर–किशोरीहरूलाई हित पुर्‍याउने सूचना र सामाजिक तथा सांस्कृतिक सामग्री सम्प्रेषण गर्न उत्प्रेरित गर्दछ । यसका साथै बालबालिका तथा किशोर–किशोरीहरूको विशेष आवश्यकताका सामग्रीको उत्पादनमा ध्यान दिन पनि प्रेरित गर्दछ ।
 
नेपाल सरकारले बालबालिका तथा किशोर–किशोरीको सुरक्षा तथा कल्याणका निम्ति ल्याएको बालबालिका ऐन २०४८ एक मात्र कानुनी दस्तावेज मुलुकको यस प्रयोजनको एक मात्र कानुनी दस्ताबेज हो । यस दस्तावेजमा श्रमका निम्ति न्यूनतम उमेरको हद र उचित सजायको व्यवस्थाबारे विस्तृत रूपमा उल्लेख गरिएएको छ । यसले शिक्षाको अधिकारका बारेमा त उल्लेख गरेको छ तर सूचना वा सञ्चारमा बालबालिकाको पहुँचको अधिकारका बारेमा सम्बोधन गर्दैन ।  

एक आदर्श विश्वमा सञ्चार र सञ्चारकर्मीहरू तालिमप्राप्त र नैतिकवान हुन्छन्, बालबालिका एवम् किशोर–किशोरीको सम्बन्धका समाचार सम्प्रेषण गर्छन् र यसलाई व्यवहारमा अभ्यास गर्नुका साथै स्वयम् बालबालिका तथा किशोर–किशोरीहरूको हितका लागि नियन्त्रणात्मक अभ्यास गर्दछन् ।  

नेपालमा बालबालिका तथा किशोर–किशोरीका बारेमा समाचार सम्प्रेषण गर्ने निश्चित निर्देशिका नभएकाले धेरै अभ्यासरत पत्रकारहरू विशेष गरी युवा पत्रकारहरूले आग्रहपूर्ण धारणाका साथ समाचार संकलन गरिरहेका छन् । २०४८ सालदेखि नेपाली सञ्चार माध्यममा समाचार सम्प्रेषणको गुणस्तरमा उल्लेख्य सुधार भएतापनि अझै सुधारको लागि ठाउँ बाँकी रहेको छ ।

 नेपाली सञ्चार माध्यममा बालबालिका तथा किशोर–किशोरीको चित्रण

तालिम प्राप्त नगरेका रिपोर्टरहरू बाल–शोषण (यौन, आर्थिक, बेचविखन वा जबरजस्ती श्रम) का विषयलाई अतिरञ्जित ढंगबाट प्रस्तुत गर्दछन्, जबकि सञ्चार माध्यमको धर्म बालबालिकासम्बन्धी सत्य– तथ्य प्रकाशमा ल्याएर उनीहरूमा आत्मसम्मानको विकास गर्नु हो ।  

अल्पसंख्यक र पिछडिएका समुदायका बालबालिकाका विषयमा भएका रिपोर्टहरूमा प्रायः उनीहरूलाई दयाको सामग्रीझैं प्रस्तुत गरिएको पाइन्छ । जिल्ला स्तरका बालबालिका तथा किशोर–किशोरीहरूका रिपोर्ट यदि राष्ट्रिय सञ्चार माध्यममा पुगेको खण्डमा ती विषय केबल बलात्कार र दुव्र्यवहारका सम्बन्धमा मात्र हुने गरेका छन्।
 
विभिन्न सञ्चार माध्यमको स्थापना र उपलब्धताले गर्दा स्रोताका लागि यिनीहरूका बीच कडा प्रतिस्पर्धा चलिरहेको हुन्छ । इन्टरनेटका माध्यमबाट अश्लील सामग्रीमा सहज पहुँच र किशोर–किशोरीका माझ सामाजिक सञ्जालको बढ्दो प्रयोगले गर्दा सम्भावित शोषणलाई अझ इन्धन मिलेको छ ।  

टेलिभजनका कार्यक्रम एवम् विज्ञापनहरूले प्रायः बालबालिका तथा किशोर–किशोरीहरूलाई यौन प्रतीकका रूपमा पस्कने गरेका छन् । नेपालमा सौन्दर्य प्रतियोगिता फस्टाएका छन् जसलाई सञ्चार माध्यमले समाचारको विषय बनाएको छ । यिनमा कलिला बालिका तथा किशोरीलाई यौन उत्तेजक कलेवरमा प्रस्तुत गरिन्छ । अहिलेको समयमा यी प्रतियोगिता ‘मिस टिन’ र ‘मिस कखग जनजाति’ मा मात्र सीमित नभएर ‘टाइनी टट प्याजेन्ट’ सम्म पुगेका छन् ।  

राष्ट्रिय दैनिक अखबारहरूमा हुने प्रतिस्पर्धामा साप्ताहिक रूपमा यौनजन्य कथा र तस्वीरहरू प्रस्तुत गरिरहेका हुन्छन् । नेपाली समाजको मूलधारमा रहेको कुण्ठित सोचलाई उजागर गर्नका निम्ति यी समाचार सम्प्रेषण गरिएको भनिन्छ ।  

पत्रकारहरूमा आम जनता र उनीहरू स्वयप्रति ठूलो जिम्मेवारी हुन्छ । उनीहरूले लेखेका वा प्रस्तुत गरेका सामग्रीले बढो महत्व पाउँदछ । पत्रकार वा सञ्चार माध्यमले जानाजान वा अनजानमा बालबालिका तथा किशोर–किशोरीहरूलाई यौनजन्य रूपमा प्रस्तुत गरे पनि यसले स्रोता वा पाठकको विचारमा प्रभाव पार्ने गर्दछ ।  

५. पत्रकारलाई किन निर्देशिका आवश्यक पर्दछ ?  

मानव अधिकार र प्रजातन्त्र प्रवद्र्धन गर्ने कार्यमा पत्रकार एवम् सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । उनीहरू जनताको आँखा, कान र आवाज भई प्रायः ठूला चुनौतीहरूको सामना गर्दै शक्तिशाली समूह र शोषकविरुद्ध कलम चलाउँछन्, मानव अधिकारको पक्षमा पहरेदारी गर्दछन् ।  

पत्रकारकारहरूले आफ्ना कामबाट सरकार तथा नागरिक समाजलाई जनताको जीवनस्तरमा सुधार ल्याउने परिवर्तनका निम्ति प्रोत्साहन गर्दछन् । यसै क्रममा पत्रकार, फोटोग्राफर र कार्यक्रम निर्माताहरू बालबालिकाले खेप्नुपरेका समस्या, वयस्कहरूले उनीहरूमाथि गरेका शोषण र असहज परिस्थितिका सम्बन्धमा प्रकाश पार्दछन् ।  

काठमाडौंका मसाज सेन्टर वा डान्स रेष्टुरेन्टमा प्रहरीले हरेक पटक छापा मार्दा त्यसका सञ्चालक र कार्यरत युवतीहरूको भण्डाफोर हुनेगरेको छ ।
 
समाचारले बालबालिकामाथि फाइदा वा हानी के पु¥याउँछ भने प्रभावका बारेमा पत्रकारले ध्यान दिनु आवश्यक छ । सञ्चार माध्यमले बालबालिकाहरूलाई प्रस्तुत गरेको तरिका ठीक नभए वा उनीहरूप्रति बेवास्ता गरिए समाजको धारणा पनि त्यसैअनुसार निर्माण हुन्छ । यस प्रकारको कार्यले सञ्चारमाध्यमलाई पनि लाभ पुर्‍याउँदैन—समाजले गैरजिम्मेवार पत्रकारको रूपमा आलोचना गर्दछ, मिडियाप्रतिको दृष्टिकोणमा असर पुग्दछ ।  

प्रस्तुत निर्देशिकाको उद्देश्य गर्न हुने वा नहुने कार्यको संकलन भन्दा पनि पत्रकारहरूलाई उनीहरूको कार्यमा सोच्ने वा रिपोर्टिङको अभिप्रायमा सोच्ने संयन्त्र प्रदान गर्नु हो ।  

प्रायः प्रत्रकारहरू उनीहरूको कार्यविधिमाथि टीका–टिप्पणी गरिएको सुन्न मनपराउँदैनन् । यसको राम्रो पक्ष चाहिँ के भने, उनीहरू आफ्ना कामप्रति अडान लिएर खडा हुने गर्दछन्, हतपत आफ्नो सामग्री परिवर्तन गर्दैनन् । अर्कोतर्फ पत्रकारहरू सञ्चार समूहभन्दा बाहिरका मानिसहरूसँग नीतिगत छलफलमा सहभागी हुन निकै गाह्रो मान्छन् भन्ने बुझिन्छ ।

धमिलो दृश्यमा सत्यताको खोजी 

पत्रकारलाई प्रायः धमिलो दृश्यबाट सत्यताको खोजी गर्ने चुनौती आइलाग्छ । पत्रकारलाई प्राप्त भएको सूचनाको उदाहरणः एक उच्च सरकारी अधिकारीले घरेलु काममा लगाइएकी एक १४ वर्षीया बालिकालाई यौन शोषण गर्दैआएको छ । हाल ती केटी प्रहरीको सुरक्षामा रहेकी छन् । उनलाई बाल पुनःस्थापना केन्द्रमा सुम्पिन्न लागिएको छ । पत्रकारले बाहिरी स्रोतबाट ती केटी गर्भवती रहेको पत्ता लगाएको छ ।

यदि पत्रकार एक मात्र व्यक्ति हो जसलाई यसबारे जानकारी छ भने उसले अब के गर्नु उचित हुन्छ ?

 पीडित केटीको अवस्थाका सम्बन्धमा समाचार सम्प्रेषण गर्नु भनेका बाजीमाथ (स्कुप) हो, यसबाट उच्च अधिकारीको भण्डाफोर हुन्छ र यस घटनाले प्रमुख समाचारको रूप लिन्छ । तर सोही समयमा ती केटी गालीगलौजको पात्रा बन्छिन्—यस प्रक्रियामा उनलाई लाञ्छना लाग्छ ।
 
सैद्धान्तिक विकल्प कहिले पनि प्रष्ट सेतो वा कालो हुँदैन, धमिलो हुन्छ । जहिले पनि द्विविधा सिर्जना हुन्छ—दुई सही विकल्पमध्ये कुनै एकको छनौट कसरी गर्ने । यसमा सही र गलत, असल र खराब हुँदैन । चुनौतीका दृष्टिले सबै विकल्प खराबै हुन्छन् तर विभिन्न खराब विकल्पमध्ये कम खराब विकल्पको छनोट गर्नु पत्रकारको बाध्यता हुन आउँछ ।  

पत्रकारले सर्वोत्तम अवस्था वा नतिजा हासिल गर्ने भनेको सिद्धान्तमा मात्र हो । विकल्पलाई तोलमोल गरेरमात्र सर्वोत्कृष्टको छनौट गर्नुपर्दछ । यस निर्देशिकाले पत्रकारलाई दैनिक रूपमा खेप्नुपर्ने समस्या समाधान गर्न, पेशागत उचित निर्णय कार्यान्वयन गर्न र अतिरिक्त विश्वास आर्जन गर्न मद्दत गर्दछ ।
 
जुन पत्रकारले आफ्नो कार्य र नीतिका आधारमा सोच बनाउँछ ऊ स्वतन्त्र हुन्छ र आलेखमा स्पष्ट भई आफ्ना विचार पस्कनसक्छ, लेख सन्तुलित र तटस्थ हुन्छ । स्रोता तथा पाठकहरू स्वभावतः सामयिक चिन्तनका साथ कार्य गर्ने पत्रकारको विचारलाई महत्व दिने गर्दछन् ।  
 
निर्देशिका बालअधिकार महासन्धिमा आधारित हुनुको कारण ? 

अन्तर्राष्ट्रिय बालअधिकार महासन्धि विश्वव्यापी मान्यताप्राप्त दस्तावेज हो । विश्वका बालबालिकाका निम्ति कानुनको दस्तावेजका रूपमा यसलाई नै लिनसकिन्छ ।  
बालअधिकार महासन्धि र पत्रकारहरूको अन्तर्राष्ट्रिय संघ (आईएफजे)ले विकल्पका रूपमा केही आचार संहिता वा निर्देशिका तयार पारेको भएतापनि त्यसलाई कानुन नै भन्न चाहिँ सकिन्न । सही विकल्पका निम्ति कुनै सूत्र उपलब्ध छैन । एक पत्रकारले आफ्नो सही र गलत विकल्पको छनौट गर्न सिक्नुपर्छ र त्यसको नतिजा पनि बहन गर्नुपर्छ ।  

बालबालिका तथा किशोर–किशोरी र उनीहरूको अधिकार सुरक्षार्थ विधि र कानुनको आवश्यकता पर्दछ । प्रस्तुत निर्देशिकाले पत्रकार र पत्रकारिताका विद्यार्थीलाई पेशागत जिम्मेवारी पूरा गर्दा बालबालिकाका विषय र धारणालाई महत्व दिन स्मरण गराउँछ ।  

निचोडमा निर्देशिकाले जनतालाई पनि पत्रकारको काम गर्ने विधिबारे सूचना दिनसक्छ र पछि जनताका अगाडि पत्रकारले आफ्नो निर्णयको बचाउ गर्नसक्छन् ।  
२०५५ सालमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले बालअधिकार महासन्धिका आधारमा पत्रकारका निम्ति पहिलो अन्तर्राष्ट्रिय निर्देशिका तयार पारेको थियो । निर्देशिकामा पत्रकार आचारसंहिताबारे देहायबमोजिम उल्लेख छः 

  •  सुस्पष्ट रूपमा आम नागरिकको अभिरुचि पूरा गर्ने असल नियतले बालबालिकाको गोपनीयताको कदर र पहिचानको सुरक्षाको सम्मान गर्दै प्रकाशन–प्रसारण गर्नुहोस्
  •  बालबालिकालाई विचार प्रस्तुत गर्नका निम्ति सञ्चारमा पहुँच बनाउनुहोस्,  
  •  बालबालिकासम्बन्धी सूचना प्रवाह गर्नुपूर्व पुष्टि गर्नुहोस्, 
  •  समाचार सम्प्रेषणको प्रभाव मूल्यांकन गर्नुहोस् र बालबालिकामा पर्ने असरलाई कम गर्ने दिशामा ध्यान दिनुहोस्,  
  •  बालबालिकालाई हानी पु¥याउने यौनजन्य, हिंसात्मक वा पीडितमा केन्द्रित कार्यक्रम र तस्वीरहरू प्रकाशन नगर्नुहोस्,  
  •  पत्रकारितामा देखिने परम्परागत तथा अतिरञ्जित अभिव्यक्तिको त्याग गर्नुहोस्,

 विश्वका साथै नेपालका प्रायः पत्रकारहरूले आफ्ना व्यावसायिक संगठन (नेपालका सन्दर्भमा नेपाल पत्रकार महासंघ) वा सञ्चार गृहले प्रकाशित गरेको आचार संहिताअनुसार काम गर्दछन् । तर व्यवहारमा प्रायः पत्रकारहरूलाई विस्तृत रूपमा आचार संहिताका बारेमा जानकारी छैन र आफ्नै सिद्धान्तको सतही बुझाइका आधारमा काम गर्ने गर्दछन् ।  

सञ्चार क्षेत्रका बीच व्यावसायिक प्रतिस्पर्धाले कहिलेकाहीं पत्रकारहरूलाई नीतिगत प्रश्नलाई छोडेर समाचार सम्प्रेषण गर्न वा चर्चाका लागि कलम चलाउन दबाब दिन्छ । नीतिसंगत रूपमा कार्य गर्दा जागिरमा बढुवा नहुने, बाजीमाथ (स्कुप)को अवसर गुमाउनु पर्ने तर अख्तियारी वा कानुनी दायरा उल्लंघन गर्ने पत्रकारलाई साहसीको मान्यता र पहिचान दिने अभ्यासले सञ्चारकर्मीलाई अलमलमा पारेको छ ।  

यस निर्देशिकाले आदर्श पत्रकार बन्ने नाममा आफ्नो कार्यक्षेत्रमा रहेका व्यक्ति, प्रहरी वा भविष्यका सम्भावनालाई त्याग गर भनेर आग्रह गर्दैन । आफ्नो जागिर र साथीसंगीलाई छोडेर एक्लै हिंड पनि भन्दैन । केवल विवेक प्रयोग गर्नका लागि अनुरोध गर्दछ ।  

तर, प्रस्तुत निर्देशिकाले पत्रकारका केही व्यवहारमा परिवर्तन ल्याउन भने अवश्य प्रेरणा दिन्छ, जस्तै केही विशेष गतिविधिलाई कसरी समेट्ने भन्ने विषयमा ध्यानाकर्षण गराउँछ । उदाहरणका लागि, जोखिममा रहेका बालबालिकाको पहिचान लुकाएर उनीहरूको सुरक्षा गर्नसकिन्छ, किशोर–किशोरीहरूको यौनजन्य तस्बीर प्रस्तुतिमा कमी ल्याउन सकिन्छ । यसले गर्दा प्रकाशन–प्रसारण गृहको किशोर–किशोरीप्रति सद्भाव रहेको र उनीहरूलाई यौन आकर्षणका रूपमा प्रयोग नगर्ने प्रवृत्ति भएको प्रमाणित हुन्छ ।  

माथिका सबै विषयका अतिरिक्त, पत्रकारले फोटोग्राफर, कार्यक्रम निर्माता, सञ्चारकर्मी र बालबालिका एवम् किशोर–किशोरीका बीचमा समानता हुँदैन भनी बुझ्नैपर्छ ।  
त्यसैले जब शक्तिको असन्तुलन हुन्छ तब शोषण वा दुरूपयोगको सम्भावना हुन्छ । यस अवस्थामा एक पत्रकारले सही निर्णय गरेर निहित शक्तिको ठीक किसिमले प्रयोग गर्नुपर्छ ।

 ६. कथा वा तस्बीरमा बालबालिका एवम् किशोर–किशोरीको पहिचान 

पत्रकारितामा पहिचान सबैभन्दा केन्द्रको विषय रहँदै आएको छ । पत्रकारिताको धर्म नै सत्य तथ्य समाचार दिनु हो त्यसैले कथासँग सम्बन्धित सबैको व्यक्तिगत पहिचान खुलाउनुपर्छ । पत्रकारले सूचना प्रवाह नगर्ने निर्णय धेरै सोचविचार गरेर मात्र गर्नुपर्ने हुन्छ, बालबालिकाको अधिकारको सम्मानका लागि उनीहरूको अधिकतम हितको सिद्धान्त अपनाउनुपर्दछ ।  

विवादास्पद विषय भनेको बालबालिका वा किशोर–किशोरीको नामबाट पहिचान दिनु, तस्वीर वा भिडियोमा अनुहार प्रस्तुत गर्नु हो । आईएफजे निर्देशिकाअनुसार सञ्चारकर्मीले देहायका कुरामा ध्यान दिनुपर्छः 

सार्वजनिक हित हुने प्रष्ट अवस्था नभएसम्म बालबालिकाको परिचयसहित उनीहरूको दृश्य वा सामग्री प्रकाशित–प्रसारित गर्नुहुन्न ।  

कामको चाप वा कुनै रोचक घटनाको समाचार संकलनमा अलमलिंदा एक पत्रकारले कसैसँग पनि सल्लाह लिन नसक्ने अवस्था हुनसक्छ र स्वयंले नै निर्णय लिनुपर्ने हुनसक्छ । सो अवस्थामा लिएको नैतिक निर्णयको परिणाम पनि वहन गर्नुपर्ने हुन्छ ।  

नेपालमा प्रहरी विभागले अभियुक्तको गिरफ्तारीपछि वा अनुसन्धानपछि वा दोषीको कायलनामापश्चात् प्रेस विज्ञप्ति निकाल्ने वा अभियुक्तलाई सार्वजनिक पैदलयात्रा गराएर सार्वजनिकीकरण गर्ने चलन रहेको छ । यस्ता घटनाहरूमा कैयौं पटक पीडकका रूपमा बालबालिका एवम् किशोर–किशोरीहरू रहेका हुन्छन् ।
 
सञ्चार क्षेत्रलाई कसैको मुखाकृति वा नामबाट पहिचान गर्ने प्रोत्साहन जीवन र मानिसबाट प्राप्त हुन्छ जसले समाचारलाई मानवताको विषय बनाउँदछ । यदि नाम बारम्बार परिवर्तन भइरहेमा सत्य वा त्यस व्यक्ति सँगको सम्बन्धमा धमिलोपन आउँछ ।  

सत्य नाम र अनुहार प्रयोग गर्नुको एक प्रमुख कारण पत्रकारले छापेको समाचारको जवाफदेहिता वहन गर्नुपर्ने अवस्थाले पनि हो । यसरी नै एक पत्रकारले बालबालिका वा किशोर–किशोरीको सही जानकारी दिनाले विषयमा महत्व थप्ने जिकिर गर्नसक्छन् ।  

नाम दिने वा दिन नहुने 

सञ्चारको पहिलो दायित्व बालबालिका तथा किशोर–किशोरीहरूमा थप हानी नोक्सानी हुन नदिनु हो । सार्वजनिक पहिचान भएका कारण थप नोक्सानी हुनसक्छ र सर्वसाधरणको ध्यानमा उनीहरू आउनसक्छन्—यस्तो अवस्था धेरै ठाउँमा देखिएको पनि छ ।  

यसैगरी सञ्चार माध्यमले पनि ध्यानपूर्वक जनहित र बालबालिकाको गोपनीयताको अधिकारलाई विचार पु¥याउनुपर्छ । एक बालकले आफ्नो नाम र पहिचानसँग गाँसेको सम्बन्धलाई पनि पत्रकारहरूले ध्यानमा राख्नुपर्दछ ।  

बालक वा किशोर–किशोरीको नाम र सन्दर्भलाई ध्यान दिनुपर्ने स्थानमा पनि ध्यान नदिई समाचार सम्प्रेषण गरियो भने, व्यक्तिको पहिचान गुम्छ । नाम र सन्दर्भ गलत गरी प्रकाशित भएमा बालकमाथि प्रेस जगत्प्रतिको छाप जीवनभर नकारात्मक बन्नसक्छ, पत्रकारले उनको नाममा गल्ती गर्नपुगे भन्ने कुराले उसलाई कहिल्यै छोड्दैन ।  
धेरैजसो घटनाका कथामा बालक वा किशोर–किशोरीको पहिचानका निम्ति एउटै नाम काफी हुन्छ र यौन आकर्षण वा यौन प्रतीकका रूपमा बालबालिकालाई प्रयोग गरिएको घटनामा सम्बन्धित बालक वा किशोर–किशोरीको कुनै पनि अवस्थामा ठेगाना प्रदान गर्नु गैरकानुनी हुन्छ ।  

तसर्थ बालक वा किशोर–किशोरीको सर्वोत्तम हितलाई ख्याल गर्ने र नोक्सान नपुग्ने अवस्थालाई ध्यानमा राखेर एक सन्तुलित प्रक्रिया अपनाई समाचार सम्प्रेषण हुनुपर्छ । एक नैतिकवान् पत्रकारलाई यसबारे भनिरहनु भने पर्दैन ।  

सञ्चारकर्मीले सधैं बालक वा किशोर–किशोरीले वर्तमान अवस्थामा के चाहना राखे भन्ने कुरामा ध्यान दिनुपर्छ । पत्रपत्रिका वा टेलिभिजनमा आफूलाई हेर्ने रहर वर्तमान अवस्थामा भएपनि एक वर्षपछि नहुनसक्छ । तर बालकको सर्वोत्तम हितलाई ख्याल गर्ने पत्रकारले आज कुनै सामग्री प्रकाशित गर्दा उसलाई एक वर्षपछि पर्ने असरलाई भने ध्यान दिनैपर्छ ।  

पत्रकारलाई व्यवहारमा परिवर्तन ल्याउन लगाउने चाहना भने यस निर्देशिकाले राखेको छैन । बरु बालबालिका तथा किशोर–किशोरीको बारेमा समाचार दिँदा उपलब्ध ज्ञान र सीपको प्रयोग गर्नु र आफ्ना व्यवहारमा सुधार ल्याउनु आवश्यक रहेको पक्षमा भने प्रकाश पारेको छ ।

विश्वभरका पत्रकारहरूलाई बालबालिकासम्बन्धी समाचार तयार पार्दा वा सम्प्रेषण गर्दा सहज होस् भन्ने उद्देश्यले युनिसेफले निर्देशिका तयार पारेको छ। बालबालिकासम्बन्धी समाचार संकलन गर्दा पत्रकारले ध्यान दिनुपर्ने विषयमा केन्द्रित त्यस निर्देशिकाका सान्दर्भिक बुँदाहरू यहाँ साभार गरिन्छ । यसको पूर्ण पाठ पढ्न चाहने पाठकले भने लगइन गर्नु धधध।गलष्अभा।यचन आवश्यक छ ।
 
युनिसेफद्वारा तयार पारिएको बालबालिकाका बारेमा समाचार संकलनबारे निर्देशिका  

  •  कुनै पनि बालकमाथि चोट नपु¥याउनेः वर्गीकरण वा विभेद गर्दै बालबालिकालाई नकारात्मक रूपमा उभ्याउने कार्य नगर्ने, शारीरिक वा मानसिक हानीका साथै, जीवनभर शोषणमा पर्ने, विभेद वा स्थानीय समुदायबाट परित्याग हुने अवस्थाको सिर्जना नगर्ने ।  
  •  बालबालिकाको कथा वा चित्रणका निम्ति सधैं उचित सन्दर्भ प्रदान गर्ने 
  •    यी घटनामा बालबालिकाको नाम र मुखाकृति हटाउने वा लुकाउनेः  
    १) यौन दुव्र्यवहार वा शोषणबाट पीडित 
    २) शारीरिक वा यौन शोषणको अपराधी 
    ३) एचआईभी सङ्क्रमित, एड्स पीडित व्यक्तिका बारेमा प्रकाशित प्रसारित गर्न परिवार वा अभिभावकको सचेत पूर्व स्वीकृति अनिवार्य 
    ४) अपराधको आरोप लागेको वा अपराधी प्रमाणित भएको  
    ५) बालसैनिक, हतियार बोकेको अवस्थामा पूर्व बाललडाकु 
  •  देहायका विषयमा पहिचान भएको बालबालिकामाथि आइपर्नसक्ने खतरा वा सम्भाव्य खतरा, नोक्सान वा बदलाको अवस्थालाई ख्याल गर्दै नाम परिवर्तन गर्ने र दृश्यमा बालकको मुखाकृति नचिनिने बनाउनु पर्छ
    १) पूर्व लडाकु जसको हातमा हतियार छैन तर जोखिममा पर्नसक्छ 
    २) आश्रय अपेक्षा गरेका, शरणार्थी वा आन्तरिक विस्थापित व्यक्ति 
  •  कतिपय अवस्थामा भने बालबालिकाको नाम वा मुखाकृति प्रयोग गर्दा फाइदा नै हुनेगर्दछ । तथापि पहिचान प्रयोग गरिएको खण्डमा पनि उनीहरूलाई कुनै किसिमको हानीबाट सुरक्षा प्रदान गर्नुपर्छ ।  
    यस प्रकारको अवस्थाका केही उदाहरणहरू तल उल्लेख गरिएका छन्ः 
    १) बालकले पत्रकारसँग विचार प्रस्तुत गर्ने अधिकार वा विचार बनाउन पाउने अधिकार उपभोग गर्ने बारेमा कुराकानीको सुरुवात गर्दछ 
    २) दिगो अभियान कार्यक्रम वा सामाजिक परिचालनमा सहभागी भएको परिचय दिने इच्छा व्यक्त गर्ने बालक 
    ३) जब बालक मनोवैज्ञानिक कार्यक्रममा सहभागी हुन्छ र नाम र पहिचान उसको स्वस्थ विकासका लागि आवश्यक हुने दावी गर्दछ 
      
  •  बालकले भन्न चाहेको कुराको तथ्य पुष्टि अन्य बालबालिका वा वयस्क वा दुवैबाट भइसकेको छ भने 
  •  बालक खतरामा परेको छ वा छैन भन्ने कुरामा शंका सिर्जना भएका बेला, एक बालकभन्दा पनि समूहको अवस्थाबारे सामान्य जानकारी प्रकाशमा ल्याउनु हितकर हुन्छ—यस्तो अवस्थामा कथा कति समाचारमूलक छ बन्ने विषय गौण मानिन्छ ।  

७. बालबालिका र किशोर–किशोरीहरूको अन्तर्वार्ता 

बालबालिका तथा किशोर–किशोरीहरूका विषयमा समाचार संकलन गर्दा विशेष चुनौतीहरूको सामना गर्नुपर्छ जसलाई हरेक पत्रकार वा सञ्चारकर्मीले ध्यानपूर्वक पन्छाउनु पर्छ । कैयौं पटक बालबालिका तथा किशोर–किशोरीका विषयमा समाचार प्रस्तुत गर्दा अतिरञ्जित र उत्तेजक बनाउने काम हुन्छ, तर यसले सम्बन्धित पत्रकारकै महत्व घटाउन पनि सक्छ ।  

धेरै घटनामा समाचार प्रवाह गर्नाले मात्र पनि उनीहरू आफै वा बालबालिका जोखिममा पर्न सक्छन् । अन्य अवस्थामा समस्यामा परेका वा कठिनाइ सहिरहेका बालबालिका तथा किशोर–किशोरी एक मार्मिक समाचार बन्नसक्छ जसलाई स्रोताले रुचिका साथ पढ्छन् । तर यस किसिमका समाचारले ती बालबालिका तथा किशोर–किशोरीलाई अझ हानी पुर्‍याउँछ ।  

यस किसिमका घटनाको बारम्बार सम्प्रेषणले साधारण मानिसमा संवेदनशीलतामा अझ ह्रास ल्याई शोषण र दुरूपयोग विरुद्ध आवाज उठाउन उत्प्रेरित नगर्न सक्छ ।  
धेरै नेपाली अभिभावक एवम् बालबालिकाहरू आफू माइक्रोफोनमा बोलिरहेको वा क्यामेरामा कैद भइरहेको पत्तो पाउँदैनन् र उनीहरूले बोलेको कुराको श्रव्यदृश्य विश्वको जुनसुकै कुनामा पनि विभिन्न सन्दर्भमा प्रयोग गर्न सकिन्छ भन्ने कुरामा पनि ध्यान दिंदैनन् । धेरै बालबालिका तथा किशोर–किशोरीलाई उनीहरू मैत्री रिपोर्टिङको अर्थ के भन्ने पनि थाहा हुँदैन ।  

पत्रकारहरू र बालबालिकाका बीच शक्तिको सन्तुलन बिग्रिएको अवस्थामा शोषणको सम्भावना हुने भन्ने कुरा पहिले नै जनाइसकिएको छ । अन्तर्वार्ता लिने क्रममा यी दुईमध्ये को शक्तिशाली पक्ष हो भन्ने कुरामा कुनै दुईमत छैन ।
 
पत्रकारहरूले अवस्था, सन्दर्भ र अपेक्षित विषयका साथमा लेनदेनको सम्भाव्य नतिजाबारे विस्तृत जानकारी लिन सक्छन् । एक बालक वा किशोरले यसो गर्न सक्दैन ।

ध्यान दिनुपर्ने केही कुराहरू 
बालअधिकार महासन्धि र आइएफजेको निर्देशिकाअनुसार बालबालिका तथा किशोर–किशोरीहरूसँग अन्तर्वार्ता लिनेक्रममा यी कुराहरूमा ध्यान पु¥याउनु आवश्यक हुन्छः  

  • निश्चित अवस्थाबाहेक बालबालिकासँगको अन्तर्वार्ता सधैं एक अभिभावक, परिवार, गुरु, समुदाय सदस्य आदिको उपस्थितिमा हुनुपर्दछ जसले बालकको हितका निम्ति कार्य गर्दछन् । वयस्क किशोर–किशोरीसँगको अन्तर्वार्ता भने दुई जनाको उपस्थितिमा मात्रै पनि हुनसक्छ जसको दौरानमा अन्तर्वार्ता लिनेले यस अधिकारको सम्मान गर्नुपर्दछ ।  
  •  पत्रकार वा अन्तर्वार्ता लिने व्यक्ति बालबालिका तथा किशोर–किशोरीहरू ठिक अगाडि आँखामा आँखा मिलाउने स्तरमा बस्नुपर्दछ । यसले गर्दा उसलाई होच्चाएर कुरा गर्नमा रोक लाग्छ र दुईबीच सांकेतिक सन्तुलन कायम हुन्छ ।  
  •  रेडियो वा भिडियो अन्तर्वार्ता सञ्चालन गर्दा बालबालिका तथा किशोर–किशोरीहरू क्यामरा, लाइट वा अन्य उपकरणले प्रभावित हुनुहुँदैन । अन्तर्वार्ता लिनेले केही समय ऊसँग कुराकानी गरेर सहज वातावरणको सृजना गर्नुपर्दछ ।  
  • अन्तर्वार्तामा प्रश्न गर्दा वयस्कलाई नगरी बालबालिका तथा किशोर–किशोरीहरूलाई गर्नुपर्दछ । वयस्कले चुप लागेर अन्तर्वार्ता सुनिरहनुपर्दछ र उसको हितमा नहुने अवस्थामा मात्र अन्तर्वार्ता रोक्नुपर्दछ ।  
  •  पत्रकारले मिलनसार व्यवहार गरेर मलिलो स्वरमा कुरा गर्नुपर्दछ । यदि कुराकानीका क्रममा नाटकीय वा विवादास्पद कुरा भएमा अन्तर्वार्ता लिने व्यक्ति झस्किनु हुँदैन ।  
  •  प्रश्नहरू स्पष्ट र सीधा हुनुपर्दछ, घुमाउरा र झुक्काउने किसिमका प्रश्न राख्नु हुँदैन । पहिले विषयगत प्रश्न सोधेर बालबालिका तथा किशोर–किशोरीहरूलाई सहज वातावरण बनाउनु पर्दछ । अन्तर्वार्ताको दौरानमा वस्तुगत प्रश्न सोधेर सत्य तथ्यको पुष्टि गर्न सकिन्छ ।  
  • सत्य तथ्यको पुष्टि गर्न एकै प्रश्न भिन्न रूपमा सोधिनुपर्दछ । यसले अन्तर्वार्ता दिनेले पनि प्रश्न राम्ररी बुझेर आफ्नो विचार प्रष्ट रूपमा व्यक्त गरेको भन्ने देखाउँछ ।  
  •  पुष्टि गर्ने क्रममा कहिले पनि यसले कस्तो भावना उत्पन्न गराउँछ भन्ने प्रश्न नराख्ने बरु अरुले के भने वा गरे भन्नेमा केन्द्रित रहनुपर्छ । अन्तर्वार्ताका दौरान यदि सहज वातावरणको सृजना गरेको खण्डमा उनीहरू स्वयम्ले नै आफूले कस्तो महसुस गरे, व्यक्त गर्नेछन् ।  
  •  सम्भव भएसम्म पुष्टि गर्नुपर्छ । (यसो गर्नु सबै अन्तर्वार्तामा राम्रो अभ्यास मानिन्छ ।) 
  •  दोभाषे व्यक्तिको सहयोगमा अन्तर्वार्ता भइरहेको भए रूपान्तरण गर्नेले प्रश्न सोध्ने र जवाफ दिनेले जे भनेको हो त्यही मात्र रूपान्तरण गर्ने अन्य केही थपघट नगर्ने हुनुपर्छ ।  
  •   बारम्बारको अन्तर्वार्ताले बालकलाई हानी पु¥याउन सक्छ । हिंसाका पीडित वा शोषितहरूको अन्तर्वार्ता अभिभावक र बालकको मञ्जुरीपश्चात् मात्र सञ्चालन गर्नुपर्दछ । अन्तर्वार्ता लिनुअघि सामाजिक कार्यकर्ता र मनोसामाजिक विमर्शकर्तासँग सल्लाह लिनु हितकर हुनेछ ।  


युनिसेफले बालबालिकाको अन्तर्वार्ता लिने विषयमा केन्द्रित रहेर नै निर्देशिका तयार पारेको छ । यसको पूर्ण जानकारी https://www.unicef.org  लिन सकिन्छ ।  
 
बालबालिकासँगको अन्तर्वार्ताका लागि युनिसेफको निर्देशिका 

१. कुनै बालबालिकालाई हानी नपु¥याउनु होस्ः निर्णायक, सांस्कृतिक मान्यताप्रति असंवेदनशील, बालकलाई जोखिममा पार्ने वा लज्जास्पद अवस्थामा पार्ने, घाउ बल्झाउने वा पीडा सम्झाउने किसिमका प्रश्नहरू राख्नु हुँदैन ।  

२. लिङ्ग, वर्ण, उमेर, धर्म, अवस्था, शिक्षा वा शारीरिक अवस्थाका आधारमा अन्तर्वार्ताका निम्ति बालबालिकामा विभेद गर्नुहुँदैन । 

३. नाटकीय प्रश्न नगर्नुहोस्—उनीहरूको आफ्नै विगत वा इतिहासबाहेक अरुका इतिहाससँग सरोकार राख्ने प्रश्न नगर्नुहोस् ।  

४. बालबालिका वा अभिभावकलाई एक पत्रकारसँग कुराकानी गरिरहेको भनेर थाहा भएको सुनिश्चित गर्ने । अन्तर्वाताको उद्देश्य र यसको अपेक्षित प्रयोगबारे जानकारी दिनुपर्छ ।  

५. अन्तर्वाताका सम्पूर्ण क्रियाकलाप जस्तै भिडियो, डकुमेन्ट्री, फोटो इत्यादिका बारेमा बालबालिका एवम् अभिभावकसँग स्वीकृति लिनुपर्दछ । सम्भव भएसम्म यसलाई लिखित सहमति बनाउनुपर्छ । सहमति लिनका निम्ति बालबालिका र अभिभावकलाई कुनै किसिमको दबाव दिएको हुनुहँुदैन र स्थानीय वा विश्वव्यापी रूपमा फैलिने कथाको अंश भएको पनि जानकारी दिनुपर्दछ । यसका लागि बालकले प्रयोग गर्ने भाषामा सहमति हुन जरुरी हुन्छ र निर्णय बालकोषका वयस्कको सुझावमा हुनुपर्दछ ।

 ६. बालकको अन्तर्वार्ता लिइएको स्थान र तरिकामा ध्यान दिनुपर्छ । प्रश्न र फोटोको संख्या न्यूनतम मात्र गरिनुपर्छ । बालबालिकाहरू सहज भएको र अन्तर्वार्ता लिनेका साथै बाहिरी दबाब वेगरनै कथा सुनाउन सक्ने अवस्था भएको सुनिश्चित गर्नुपर्छ । फिल्म, भिडियो वा रेडियो अन्तर्वार्ताहरूमा पृष्ठभूमिमा रहने तस्वीर वा आवाज बालकको जीवन र कथासँग मेल खाने किसिमको हुनुपर्दछ । बालबालिकाको घर, समुदाय वा ठेगाना देखाइनाले कुनै किसिमको खतरा नहुने कुरा सुनिश्चित गर्नुपर्दछ ।  
८. तस्वीर (फिल्म) को प्रयोग 

तस्वीर एवम् भिडियो निकै प्रभावकारी हुन्छन् । चलनचल्तीको उखान नै रहेको छ—एक तस्वीरले हजार शब्द बोल्नसक्छ । कैयौं मानिसहरूले केबल सम्बन्धित तस्बीर हेरेकै भरमा ज्ञान प्राप्त गर्छन् । तसर्थ जिम्मेवार तरिकाले तस्बीर र फिल्मको प्रयोग गर्नु महत्वपूर्ण हुन्छ ।  आईएफजे निर्देशिकाले सबै सञ्चारकर्मीलाई यसो गर्न निर्देशन दिन्छः जनहितको उद्देश्यबाहेक अन्य अवस्थामा बालबालिकाको दृश्यात्मक वा अन्य किसिमको पहिचान नगर्ने ।  

वर्तमान युगमा आधुनिक प्रविधि र तीव्रगतिको सूचना र जानकारी प्रवाह हुनसक्छ जहाँ गोपयनीता भंग हुन गाह्रो छैन, विवादमा मुछिने खतरा पनि उत्तिकै छ, यही नै सरकार र विश्वका वासिन्दाको चिन्ताको विषय हो ।  

यस किसिमको वातावरणमा विशेष गरेर बालबालिका तथा किशोर–किशोरीहरूको गोपनीयताको सुरक्षा गर्नु पत्रकार एवम् सञ्चारकर्मीहरूको प्रथम दायित्व हो । हाल विद्यालयको कार्यक्रम, पौडीवाज आदिको विषयमा खिचिएको तस्बीरलाई पछि दोस्रो व्यक्तिले विल्कुलै फरक सन्दर्भमा प्रयोग गरिदिनसक्छ ।  

प्रायः पत्रपत्रिकाहरू र सूचना इन्टरनेटमा प्राप्त गर्नसकिन्छ । यस किसिमको तस्बीरले आज त खेलकुद प्रतियोगिताको विषय जनाएको हुन्छ तर कसैले उत्तेजक यौनजन्य विषयमा प्रयोग गरिदिनसक्छ । कतिपय अवस्थामा फोटोग्राफरलाई पनि पत्तो हुँदैन कि उसले सामान्य विषयमा खिचेको तस्बीर वा भिडियो अरु कसैले अर्कै प्रायोजनका निम्ति प्रयोग गरिरहेको छ ।  

बालबालिका तथा किशोर–किशोरीहरूले खुसीसाथ स्थानीय पत्रपत्रिका वा टेलिभिजनका लागि खिचाएका तस्बीर वा भिडियो अन्य प्रायोजनका निम्ति इन्टरनेटमा प्रयोग भएको देखिनु निकै पीडाको विषय हो ।  

वर्तमान समयमा आम मानिसले सामाजिक सञ्जाल जस्तै फेसबुक, ट्वीटर, इमेलमा आदान–प्रदान गर्ने तथ्यांक र तस्बीरहरू तेस्रो व्यक्तिले सजिलै हासिल गर्नसक्छ । यसरी प्राप्त गरिएका सामग्रीहरू अन्यले प्रयोग गर्नका निम्ति सहज स्थानमा उपलब्ध पनि गराइन सकिन्छ ।  

हरेक तस्बीर वा भिडियोका दुई पक्ष हुन्छन्—क्यामराअगाडि उभिएको वस्तु र तस्बीर वा भिडियो खिच्ने फोटोग्राफर ।  

एक तस्बीरको नैतिक गुण तस्बीरमा भएको विषय, खिचिएको तरिका, खिच्ने व्यक्ति र उद्देश्य, प्रयोग गर्नेको परिचय, उद्देश्य र तरिकामा भर पर्छ ।  

साधारण फिचरका निम्ति तयार पारेका तस्बीर वा भिडियोमाथि फोटोग्राफरको कुनै नियन्त्रण हुँदैन तर त्यसलाई अर्को दुई वर्षपश्चात् झिकेर तेस्रो व्यक्तिले विल्कुलै फरक विषय जस्तै बालबालिकाहरू कसरी शोषणमा परेका छन् भनी प्रयोग गर्नसक्छ ।  

तल बालबालिका तथा किशोर–किशोरीहरूको तस्बीर तयार पार्दा याद राख्नुपर्ने ६ प्राथमिक सिद्धान्त दिइएको छ । यी अन्तर्राष्ट्रिय पत्रकार संघ र युनिसेफका उत्पादनमा आधारित सामग्रीहरू हुन्ः 
 
१. आवश्यक परेमा बालकको पहिचान 

यी अवस्थामा सञ्चारकर्मी वा पत्रकारले एक बालकको नाम, ठेगाना वा अन्य विवरण प्रकाशन गर्नुहुँदैनः 

  •  यौन दुव्र्यवहार वा शोषणबाट पीडित 
  •  शारीरिक वा यौन शोषणको अपराधी 
  •  एचआईभी संक्रमित, एड्स पीडित व्यक्तिको समाचार परिवार वा अभिभावकको पूर्व स्वीकृति वेगर प्रकाशित–प्रसारित नगर्ने 
  •  अपराधको दोषी वा अपराधी यी विषयमा पहिचान भएको बालबालिका जोखिममा पर्ने सम्भावना रहन्छ, नोक्सानमा पर्ने वा बदलाको अवस्था सामना गर्नुपर्ने स्थितिमा नाम परिवर्तन गर्नुका साथै दृश्यमा बालकको मुखाकृति नचिनिने बनाउनुपर्छ 
  •  लडाकु वा पूर्व लडाकु  
  •  आश्रयको अपेक्षा गरेका, शरणार्थी वा आन्तरिक विस्थापित व्यक्ति कहिलेकाहीँ बालबालिकाको हित वा अवस्था हेरेर तस्बीर दिनु नै पर्ने हुन्छ र यस्तो अवस्थामा बालबालिका वा किशोर–किशोरीहरूको पहिचान लुकाउनका निम्ति तस्बीरमा आँखा धमिलाउन सकिन्छ । अर्को तरिका भनेको तस्बीर लिंदा उनीहरूको मुखाकृति नआउने गरी पछाडिबाट फोटो लिनसकिन्छ ।  

२. बालकको आत्मसम्मानको कदर 

आत्मसम्मान बढो रोचक विषय हो । आत्मसम्मानका साथ आफूलाई विश्वसामु उभ्याउनु भनेको आदरको पात्र बन्नु हो । यो सार्वजनिक रूप हो जसलाई हामी विश्वसामु राख्ने चाहना गर्दछौं ।  

एक पत्रकार वा सञ्चारकर्मीले ज्यादै व्यक्तिगत मानिएका गतिविधि देखाएर एक बालक वा किशोर– किशोरीको आत्मसम्मान सजिलै खोसिदिन सक्छ । यसमा शारीरिक अवस्था, पीडा वा दुखजस्ता भावना पनि हुनसक्छन् ।
 
कथाको महत्व बढाउनका लागि सञ्चार माध्यमले विषय, अवस्था वा घटनालाई बढावा दिने किसिमका तस्बीर प्रयोग गर्न रुचि राख्छन् । यी तस्बीरले घात, आश्चर्य, दया पैदा गर्नुका साथै यस विषयमा अग्रसर भई कार्य गर्न प्रेरित गर्नसक्छ ।  

सबैभन्दा उत्तम उपाय भनेको एक व्यक्तिले अर्कोको अवस्थामा ध्यान पुर्‍याउनु हो । पत्रकारले अरुको अवस्थामा ध्यान दिनका लागि एउटा प्रश्न आफैलाई गर्नु आवश्यक छ—‘के मेरा यस किसिमका तस्बीर सार्वजनिक भएमा मैले लज्जित हुनुपथ्र्यो ?’ यदि उत्तर ‘हो’ भने क्यामेराको अगाडि उभिएका व्यक्तिले पनि त्यस्तै महसुस गर्नेछन् ।  

३. बालकलाई सन्दर्भमा प्रस्तुत गर्ने 

सन्दर्भ ज्यादै महत्वपूर्ण हुन्छ, बालबालिका तथा किशोर–किशोरीहरूका तस्बीर वा फिल्म प्रस्तुत गरिंदा कुन सन्दर्भमा लिइएको हो भनेर उल्लेख गर्न छुटाउनु हुन्न । यदि फोटोग्राफरले शैक्षिक हडतालले शिक्षामा पार्ने असरको विषयमा एक विद्यालय पोषाकको विद्यार्थीको तस्बीर प्रयोग गर्छ भने त्यो सान्दर्भिक हुन्छ ।  
यदि सोही तस्बीर बालबालिका तथा किशोर–किशोरीहरू लागू पदार्थ सेवन वा दुव्र्यसनीमा प्रयोग गरिएको सन्दर्भमा प्रयोग गरिएकोछ भने त्यो उनीहरूमाथिको अन्याय हो, फोटोग्राफरले तस्बीरको सन्दर्भ ख्याल गर्नैपर्छ ।  

सोही क्रममा हामीले सधैं बालबालिका तथा किशोर–किशोरीहरूलाई पीडित, दुखी वा दयनीय अवस्थामा मात्र प्रस्तुत गर्ने चाह राख्दैनौं । तस्बीरमा देखाइएका बालबालिका तथा किशोर–किशोरीहरूलाई किन मद्दतको खाँचो परेको हो भनी सामाजिक वा भौगोलिक अवस्था चित्रण गर्नु आवश्यक पर्दछ ।
 
४. बालबालिकालाई यौन आकर्षणका लागि प्रस्तुत नगर्ने 

आईएफजे निर्देशिकाले विशिष्टरूपमा पत्रकार तथा सञ्चारकर्मीसँग देहायका विषयमा अपिल गर्दछः 

बालबालिकाहरूको यौन आकर्षक तस्बीरको प्रयोग नगर्ने । 

यसो भन्नाले हामीले बालबालिका तथा किशोर–किशोरीहरूलाई यौनमा रुचि राख्ने वा यौन आकर्षण बढाउने ढंगबाट प्रस्तुत नगर्ने भन्ने बुझ्नु पर्दछ ।  

नेपालमा विशेषरूपमा यस सन्दर्भमा चनाखो हुनु आवश्यक छ जहाँ सुन्दरी प्रतियोगिता फस्टाउँदै आएका छन् भने युवा प्रतिस्पर्धीहरू बढ्दै गइरहेका छन् । एक फोटोग्राफरले कुनै पनि अवस्थामा बालबालिका तथा किशोर–किशोरीहरूको तस्बीरले यौन आकर्षण नगर्ने विशेषताको सम्झना गर्नुपर्दछ ।
 
बालबालिका तथा किशोर–किशोरीहरूको तस्बीर जसमा उनीहरू यौनका विषयमा परिपक्व भएको चित्रण गरिएका हुन्छन् यसले उनीहरूको गोपनीयता भंग गरिरहेको हुन्छ, भविष्यको सम्भावना घटाइरहेको हुन्छ र वयस्कहरूले बालबालिकाहरू यौनमा परिपक्व भएको भान गर्दछन् ।  

५. परम्परागत गलत प्रयोग हटाउने 

अंग्रेजीमा ‘स्टेरियोटाइप’ अभिव्यक्ति भनिने पदावली जो आपत्तिजनक छन्, त्यसको प्रयोगबाट पत्रकारले मुक्त हुनु आवश्यक छ । पुरातनरूपमा हाम्रो मनस्थितिमा रहिआएका विशेष प्रकार जस्तै ‘विचरा बालबालिका, चकचके केटो, मात्तेको केटा वा खराब केटी’ आदि ।  

यस किसिमको अभिव्यक्तिले स्रोता वा पाठकलाई बालबालिका तथा किशोर–किशोरीलाई विशिष्ट व्यक्तित्व नभई अपमानजनक वर्गीकरण गर्दछ, जसले उनीहरूप्रति आम जनधारणा पूर्वाग्रही बन्न पुग्छ ।  

तस्बीर वा फिल्म खिच्दा पत्रकार वा फोटोग्राफरले के सामग्री प्रकाशन गर्न लागेको, समाजका विद्यमान स्टेरियोटाइपमा रोक लगाउने उद्देश्यका साथ लिइरहेको तस्बीरले कतै त्यसैलाई बढावा पो दिइरहेको छ कि भनी ध्यान दिनुपर्छ ।  

बालबालिका तथा किशोर–किशोरीलाई एक व्यक्तिको रूपमा प्रस्तुत गरिनुपर्ने कुरालाई ध्यानमा राख्नुपर्छ । फेरिपनि सोही प्रश्न राख्दा हुन्छ, ‘के मेरा यस किसिमका तस्बीर सार्वजनिक भएमा लज्जित हुनेथिएँ ?’ यदि उत्तर ‘हो’ भने अर्कै विकल्पको खोजी गर्नुपर्छ ।  

६. अतिसयोक्ति वा अतिरञ्जित नगर्ने 

आईएफजे निर्देशिकाले सबै पत्रकार र सञ्चारकर्मीमा यस प्रकारको माग राख्दछः 

स्टेरियोटाइप र अतिरञ्जित प्रयोगबाट बालबालिकासम्बन्धी पत्रकारिताका सामग्रीलाई प्रोत्साहन गर्न हुँदैन । अतिसयोक्तिको प्रयोग गर्नाले स्रोताहरूमा विभिन्न भावनाको उत्पन्न गराउँछ । यी भावनामा दंग, रिस, त्रास वा घृणा पर्नसक्छन् । यी भावनालाई हिंसात्मक, अन्याय, खतरनाक अवस्था वा शारीरिक विरूप तस्बीर देखाई उत्पन्न गराउन सकिन्छ ।  

तथापि पत्रकारितामा अतिरञ्जित अभिव्यक्तिको प्रयोग गर्नाले मानिसहरूलाई सोच्नभन्दा पनि महसुस गर्नतिर लगाउँछ । मनोरञ्जन उद्योग जस्तै फिल्म, टेलिभिजन कार्यक्रम आदिमा अतिसयोक्तिले दैनिक भोजनसरह स्थान पाएको छ । यसको प्रवृत्ति नै यस्तो भएकाले जायज हुनसक्छ तर पत्रकारिता वा समाचारकक्षमा यसको कुनै स्थान छैन ।  

यसरी नै बालबालिका तथा किशोर–किशोरीहरूको तस्बीर वा भिडियो लिनका निम्ति अतिसयोक्तिको कुनै आवश्यकता हुँदैन ।

 ९. नीतिगत द्विविधा 

आजको छरितो कामको वातावरण र सञ्चार माध्यमका बीच स्रोताका निम्ति व्यावसायिक प्रतिस्पर्धाका कारण हरेक पत्रकार वा सञ्चारकर्मीले ठूलो महत्व भएको समाचार संकलन गर्नुपर्ने बाध्यता सृजना भएको छ । यसका लागि सञ्चारकर्मीहरू प्रोत्साहित छन् ।  

पत्रकार तथा सञ्चारकर्मीहरू प्रोत्साहनको दबाबमा परेका छन् भन्नु उपयुक्त हुन्छ । किनकि साथीसंगीका बीच प्रतिस्पर्धा, बढुवाको चाहना, गुणस्तरीय कथा, तस्बीर वा फिल्मआदि निर्भय भई प्रकाशन गर्ने व्यक्ति बन्नका निम्ति प्रतिस्पर्धा भइरहेको हुन्छ ।  

बालबालिका तथा किशोर–किशोरीहरूको अधिकारको सम्मान गर्दै पत्रकार वा सञ्चारकर्मीले अन्यको कथासँग कसरी प्रतिस्पर्धा गर्नसक्छन् ?  
तल नेपाली पत्रकार र सञ्चारकर्मीहरूले कार्यको सिलसिलामा खेप्नुपर्ने नीतिगत द्विविधाका केही उदाहरण उल्लेख गरिएका छन्ः 
 
१. प्रेस सम्मेलनमा प्रहरीले दुई जना १६ वर्षीय बालकलाई लागू औषधीका साथ उनीहरूकै घरबाट गिरफ्तार गरी प्रस्तुत गरेको छ । प्रहरीका अनुसार उनीहरूले लागू औषध बेचविखनको नियत लिई आफ्ना साथमा राखेको बताएको छ । ती केटाहरूले आफ्ना अनुहार छोपिरहेका छन् । प्रहरीले बताएअनुसार उनीहरूको बुवा भारतमा कामका दौरान एड्सका कारण बितेका थिए । (नेपालगञ्ज) पत्रकारले यसको समाचार र तस्बीर कसरी प्रस्तुत गर्नुपर्दछ ? 

२. चितवनकी एक १४ वर्षीया चेपाङ्ग बालिकाले आफ्नो ४३ वर्षीय श्रीमान्को बच्चालाई जन्म दिएकी छन् । आफ्ना आमाबुवा बितेपछि उनले श्रीमतीको हेरचाह गर्ने गर्दथे । आफ्नो बच्चा खेलाउँदै गरेकी ती केटी लाजले मुस्कुराउँदै छिन् । श्रीमान् पृष्ठभूमिमा उभिरहेका छन् । (चितवन) 
पत्रकारले कसरी यसको समाचार बनाउँदा राम्रो हुन्छ ? समाचार प्रदान गर्दा ती बालिकाको आत्मसम्मान र अधिकारको सुरक्षा गर्ने किसिमले कस्तो तस्बीरको प्रयोग गर्नुपर्दछ ।  

३. एक ८ वर्षीया बालिकालाई घरधनीले बलात्कार गर्दछ जो अहिले फरार रहेको छ । ती बालिका आफ्नी आमाको साथमा प्रहरी कार्यालयमा रिपोर्ट गर्न आएकी छन् । आमाको बयान टिप्ने क्रममा प्रहरी समाचार संकलन गर्ने पत्रकार पनि साथमा रहेका छन् । (सुनसरी)  यस विषयमा कसरी समाचार बनाउनु पर्छ र कस्तो र कसको तस्बीर लिनुपर्दछ ?  

४. काठमाडौंमा घरेलु काममा लगाइएकी १६ वर्षीया बालिका प्रहरी कार्यालयमा गई पछिल्ला दुई वर्षदेखि शोषणमा परेको र भोकले मर्न लागेको बयान दिन्छिन् । उनी एक सरकारी अधिकारीको घरमा बसेकी रहिछन् र घरधनी प्रहरी कार्यालयमा उपस्थित भई केटीले झुटो बोलेको बताउँछन् । पुष्टिका निम्ति उनले एक छिमेकीलाई पनि साथमा लिएर आएका छन् ।  रिपोर्टरले कसको कुरालाई साँचो भनी मान्यता दिने ? पत्रकारले कसरी सत्य तथ्यसम्म पुग्ने ?  

५. एक बाबुले पारिवारिक झगडा शान्त नभए आत्महत्या गर्ने धम्की दिएका छन् । उनकी छोरीले पनि यसै गर्ने धम्की दिएकी रहिछन् । छोरीले पैत्रिक सम्पत्ति पाउँ भनी माग राखेपछि घरझगडा सुरु भएको हो । छोरीलाई कसैले उक्साएको जस्तो भान हुन्छ तर नेपाली समाजमा छोरीहरूलाई स्वतः माइतीको सम्पत्तिको अधिकार छैन—यस कथामा लुकेका कुरा कसरी बाहिर ल्याउने ? (बाँके) सञ्चारले कसलाई केन्द्रित गर्ने ? छोरीको विषयले महत्वको समाचार बन्नसक्छ र के यसो गर्नु नीतिगत हुन्छ ?
  
६. एक उद्योग सञ्चालकले न्यूनतम उमेरको उल्लंघन गरेर बालश्रम गराउँदै आएका छन् । श्रम ऐनअनुसार कानुनी कारबाही हुने कुरा पत्रकारले सञ्चालकलाई बताएपश्चात् उनीहरूलाई काममा नराख्न मञ्जुर भएका छन् र पत्रकारलाई समाचार नछापिदिन भनेका छन्, यसका लागि उनले पत्रकारलाई रकम दिने तत्परता पनि देखाएका छन् । (झापा) पत्रकारसँग यसरी हस्तक्षेप गर्ने अधिकार हुन्छ ? के यस विषयलाई प्रहरीको हातमा सुम्पिनु उत्तम हुन्छ ?  

७. घरबारबिहीन बालबालिकालाई आश्रय दिइरहेकी एक महिलालाई प्रहरीले दुव्र्यवहार गरेको र केहीलाई घरायसी कामका निम्ति अन्यत्र पठाइरहेको बताएको छ । प्रहरीले ती महिलालाई गिरफ्तार गरेको छ तर मानिसको एक समूहले ती महिलाको चरित्र ठिक भएको, उनी दयालु भएको र उनलाई फसाइएको दाबी गरिरहेको छ । प्रेस सम्मेलनमा ठूला आवाज आइरहेका छन् र एकजनाले भन्छन्– किन बालबालिकालाई केही पनि सोधिंदैन ? (काठमाडौँ) पत्रकारले यस विषयलाई कसरी अगाडि बढाउनु पर्छ ? उनले कसरी सत्य पत्ता लगाई नीतिगत रूपमा समाचार सम्प्रेषण गर्नुपर्दछ ?  

८. तराई क्षेत्रमा एक १५ वर्षीया बालक र १३ वर्षीया बालिकाबीच विवाह हुनगइरहेको कुरा एक पत्रकारले सुन्दछन् । पत्रकारले उनीहरूका अभिभावकसँग कुराकानी गर्दा यसले बालबालिकाको भविष्य राम्रो हुने र परम्परादेखि यस्तै नै चलिरहेको बताउँछन् । (पर्सा) पत्रकारले अब के गर्नुपर्छ ? भोलिको पत्रिकामा काठमाडौंमा बिक्ने गरी तस्बीरका साथ उनले कसरी गुणस्तरीय समाचार लेख्दालेख्दै किशोर–किशोरीहरूको हित पनि गर्नसकछन् ?
 
९. एक ९ वर्षीया र ११ वर्षीया दिदीबहिनी आफ्नी आमाले आत्महत्या गरेको कारणले टुहुरा हुनपुगेका छन् । उनको श्रीमान्ले अर्को केटी लिएर भारत लागेको कारणले उनले आत्महत्या गरेकी रहिछन् । श्रीमान् मेकानिकका रूपमा काम गदथे र श्रीमती घरायसी काम गर्दथिन् । अहिले बच्चाहरू पीडामा 
रहेका छन् । (डडेलधुरा)  पत्रकारले यी दिदीबहिनीको आत्मसम्मान र प्रतिष्ठाको ख्याल गर्दै कसरी समाचार प्रस्तुत गर्नसक्छन् ? 

१०. खोटाङका एक पितालाई उनको १८ वर्षे छोराले सम्पत्तिका निम्ति हत्या गरिदिएका छन् । पत्रकारले त्यस घटनामा पिताले रक्सी खाएको तथ्य फेला पारेका छन् । आमाका अनुसार पहिलो आक्रमण उनकै श्रीमान्ले गरेका थिए र बचाउमा छोराले प्रहार गर्दा पिताको मृत्यु भएको हो ।  यसका आधारमा अवश्य नै चाखलाग्दो समाचार बनाउनसकिन्छछ तर रिपोर्टिङको क्रममा पत्रकारले यस विषयमा के कुरामा ध्यान दिनुपर्दछ ?  

१०. भविष्यको दृष्टि 

प्रस्तुत निर्देशिकाको निर्माण के ठिक हो र के गलत हो भनी जनाउन गरिएको होइन । एक पत्रकार वा सञ्चारकर्मीको दायित्व र चुनौती भनेको आफ्नो काममा दक्ष हुनुको साथसाथै सधैं बालबालिका तथा किशोर–किशोरीहरूको हितमा सोच्नु नै हो । उनीहरूले नैतिक इमान्दारीका साथा पारदर्शी भई कार्य गर्नुपर्छ ।  

अगाडि उल्लेख गरिएजस्तै धमिलो दृश्यबाट सत्य–तत्थ पहिचान गर्नु पत्रकारको चुनौती हो । पत्रकारको विकल्पमा सेता वा कालो वा सही वा गलत पक्ष ‘डिजिटल फम’ मा प्रकट हुँदैन । त्यसैले यस निर्देशिकाले पत्रकार वा सञ्चारकर्मीले गल्ती नै नगर्ने सुनिश्चित गर्न सक्दैन ।  

बालबालिका तथा किशोर–किशोरीहरूलाई नोक्सान नपग्ने वा सञ्चारले अपमान नपुर्‍याउने सुनिश्चित गर्ने प्रमुख जिम्मेवारी सञ्चार गृहको हो । सबै सञ्चार गृहमा कुन अवस्थामा बालबालिकाको तस्बीर र अन्तर्वार्ता लिने भनी स्पष्ट निर्देशिका र प्रणाली हुनुपर्दछ । अभिभावक र हेरचाह गर्नेको स्वीकृति लिनुपर्ने आवश्यकताका सम्बन्धमा गम्भीर हुन र विधि पु¥याएर समाचार संकलन गर्ने प्रक्रियामा अभ्यस्त रहन सक्नुपर्छ ।  

यसका अतिरिक्त सञ्चार माध्यमले विवादास्पद र कठिन विषय समाधानको विधि र नियम बनाउनुपर्छ । सञ्चार गृहहरूले निर्णयका निम्ति जिम्मेवार कर्मचारीको नामकरण गर्नु मात्र पर्याप्त हुँदैन । कुनै द्विविधाको अवस्थामा पेशागत निर्णयमा आउनका निम्ति प्रक्रियाको पनि स्थापना गर्नुपर्दछ ।
 
यसमा सञ्चार माध्यमका कर्मचारी वा संस्थाको मात्र जिम्मेवारी हुँदैन, सामूहिक जिम्मेवारी हुन्छ । यदि परिणामका लागि कार्य गर्ने दबाब रहन्छ भनेपनि हरेक पत्रकार र सञ्चारकर्मीहरूले नीतिगत रूपमा नै यस प्रकारको निर्देशिका पाउनु आवश्यक छ ।  

‘म दबावमा थिएँ वा मलाई उसले अह्राएको हो’ जस्तो कुरा गरेर बालबालिका वा किशोर–किशोरीका समाचार प्रकाशन गरेर नोक्सान पु¥याउने कार्य मान्य हुँदैन ।  
हरेक पत्रकार र सञ्चारकर्मीले यो आचार संहिता अवलम्बन गर्नुपर्छ जसले मानव जाति, उसभित्रका कमजोर र दुर्बल समुदायको हित तथा सुरक्षा प्रदान गर्दछ ।  
सरकारको जिम्मेवारी  अन्तर्राष्ट्रिय बालअधिकार महासन्धिको पक्ष राष्ट्र भएका कारण नेपाल सरकारले यसका नियम र नीति लागु गर्नु आवश्यक हुन्छ जसले सञ्चार क्षेत्रलाई बालअधिकार र उनीहरूको हितका लागि काम गर्न र उनीहरूप्रति सम्मान भाव देखाउन अभिप्रेरित गर्दछ ।
 
बालअधिकार महासन्धिका धारा १२, १३, १६ र १७ ले सरकारलाई मुलुकका सञ्चार माध्यमले बालबालिकाप्रति एक व्यक्ति सरहको व्यवहार गर्न लगाउने वातावरण तयार पार्न आदेश दिएको छ । महासन्धिले बालबालिकाको आवाज बाहिर ल्याउन र सूचना स्वतन्त्रताको प्रत्याभूति गर्न, विचार राख्न पाउने र प्रस्तुत गर्ने अधिकार दिलाउन तथा सूचनामा पहुँचको सुनिश्चितता गर्न लगाउँछ ।  

नेपाल सरकारलाई उच्च तहमा प्रोत्साहन गर्नका लागि पनि वकालतको खाँचो पर्दछ । विशेष गरी सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार गृह तथा पत्रकारहरूका निम्ति विशेष निर्देशिका तयार पार्नुपर्दछ । निर्देशिका बालअधिकार सुनिश्चित भएका अन्य मुलुकका अन्तर्राष्ट्रिय निर्देशिकासँग मेलखाने खालको हुनुपर्दछ ।  
सम्पूर्ण पत्रकार र सञ्चार संस्थाहरूले बालअधिकार तथा किशोर–किशोरीहरूका अधिकारप्रति पूर्ण सचेतनाका साथ प्रवद्र्धन तथा सम्मानका लागि अभ्यासरत रहनुपर्दछ ।  

प्रस्तुत निर्देशिका तयार गर्न उपयोग गरिएका स्रोत–सामग्री 

१. बालबालिकाका विषयमा समाचार संकलन गर्नका निम्ति अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)ले तयार पारेको निर्देशिका 

२. बालअधिकारका निम्ति राष्ट्रसंघले जारी गरेको अन्तर्राष्ट्रिय महासन्धि (युएनसिआरसि) 

३. बालबालिकाका विषयमा समाचार संकलनका लागि युनिसेफको निर्देशिका 

४. युरोपियन कमिसनको सहयोगमा आइएफजेले तयार पारेको ‘अधिकारमा बालबालिका’ 

५. नेपाल सञ्चार माध्यम निर्देशिका, नेपाल प्रेस इन्सटिच्युट, ब्रिटिस राजदूतावास र क्यालेडोनीया मिडिया 

६. नेपालमा सञ्चार माध्यमको विकास मूल्यांकन, युनेस्को र नेपाल प्रेस इन्सटिच्युट