केन्द्रीय तथ्यांक विभाग र युनिसेफ बीच नेपाल बहुसूचक सर्वेक्षणको छैठौं चरणको (MICS-6) सम्झौता ।

सर्वेक्षणको स्थलगत तथ्यांक संकलन कार्य २०७५ माघ देखि सञ्चालन

04 अक्टोबर 2018
MICS 2016 signing
UNICEF Nepal/2018/PDulal

काठमाडौं, ५ असोज २०७५:  केन्द्रीय तथ्यांक विभाग र युनिसेफ बीच नेपाल बहुसूचक सर्वेक्षणको छैठौं चरणको (MICS-6) सर्वेक्षण गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त सर्वेक्षणको स्थलगत तथ्यांक संकलन कार्य २०७५ माघ देखि सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।  

बहुसूचक सर्वेक्षण (MICS) युनिसेफद्वारा विकास गरिएको एक अन्तर्राष्ट्रिय घरपरिवार सर्वेक्षण कार्यक्रम हो । यो सर्वेक्षण महिला तथा बालबालिकाको अवस्था सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने सबैभन्दा बृहत स्रोतहरुमध्येको एक हो । यस सर्वेक्षणबाट संकलित जानकारीले सामान्यतः मानवीय विकास र विशेष गरी बालबालिका तथा महिलाहरूको स्थितिलाई अनुगमन गर्नका लागि आवश्यक तथ्याङ्कीय रिक्तता पूर्ति गर्नमा सहयोग गर्दछ ।

विगतमा २८ सुचकहरुबाट शुरु भएको यस सर्वेक्षणमा हालका वर्षहरुमा परिवर्तित समयको आवश्यकता अनुसार परिमार्जन गरिदै छैठौं संस्करणमा महिला तथा बालबालिका सम्बन्धी २०० वटा सुचकहरु समावेश गरिएको छ । महिला तथा बालबालिकाको अवस्थाको अनुगमनका लागि सुचना र तथ्यको मुख्य श्रोत मानिने यस सर्वेक्षणका नतिजाहरुलाई दिगो विकासका लक्ष्यहरु (क्म्न्क) का साथै महिला तथा बालबालिकाको अवस्था सुधार्न विभिन्न समयमा गरिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुको प्रगति मापन गर्न पनि उपयोगी हुनेछ ।

“यस छैठौं चरणको सर्वेक्षणले नेपालका महिला तथा बालबालिकाहरुको स्थिति सम्बन्धमा महत्वपूर्ण सुचना दिने छ जसवाट बहुआयामिक गरिबी सूचकांक २०१९ तयार गर्नका साथ दिगो विकासका लक्ष्यहरुको प्रगति मापन गर्न सहयोग हुनेछ,” केन्द्रिय तथ्यांक विभागका निमित्त महानिर्देशक श्री नेविनलाल श्रेष्ठ ज्यूले भन्नुभयो । “देशले दिगोे विकासका लक्ष्यहरु हासिल गर्नका लागि निश्चित समयको अन्तरालमा नियमित रुपमा सूचकांकहरुको मापन गर्नुपर्ने हुन्छ । यो सर्वेक्षण राष्ट्रिय तथा प्रादेशिक तहमा प्राप्त हुने लक्ष्यहरु सम्बन्धी सूचकहरुको प्रमुख श्रोत रहेको छ । ” 

नेपालमा हालसम्म यस प्रकारका तीन सर्वेक्षणहरु (सन् २०००, २०१०/११, र २०१४) भैसकेका छन् । युनिसेफको वित्तिय तथा प्राविधिक सहयोगमा यो सर्वेक्षण २०७५ माघ देखि २०७६ असारसम्ममा सञ्चालन गरिनेछ । यस सर्वेक्षणमा देशभरका ५१२ नमुना एकाईहरु रहनेछन् जस अन्तर्गत १२,८०० घरधुरीहरु सम्मिलित गरिनेछन् । यस सर्वेक्षणबाट प्राप्त नतिजाहरु हरेक प्रदेशका शहरी तथा ग्रामिण भेग गरी दुई भागमा विभाजन गरी प्रकाशन गरिनेछ ।  यसका साथै यस सर्वेक्षणलाई लिङ्ग, भौगोलिक क्षेत्र, शिक्षा, पारिवारिक स्तर तथा अन्य विशेषतासँग सम्बन्धित खण्डिकृत गरेर पनि प्रकाशन गरिने छ ।

नेपालमा पहिलो पटक यस सर्वेक्षणमा बालबालिकाको कार्यात्मक क्षमता सम्बन्धी एक खण्ड पनि समावेश गरिएको छ । युनिसेफ र वासिङ्गटन समूहद्वारा संयुक्त रुपमा विकसित गरिएको यस खण्डमा निश्चित गतिविधिहरु सम्पन्न गर्नकालागि २ देखि ४ र ५ देखि १७ वर्षका बालबालिकाहरुले भोगेका समस्याहरुबारे प्रश्नहरु समावेश रहेका छन्  । यस प्रकारको तथ्यांक संकलन गर्नुका निम्न उद्देश्यहरु रहेका छन् ः कार्यात्मक सीमा भएका बालबालिकाको पहिचान गर्नु र उक्त तथ्यांकलाई शिक्षा, सामाजिक तथा पारिवारिक जीवनमा उनीहरुको सहभागिताको तहसंग तुलना गर्नु, कुन हदसम्म बालबालिका समाजमा रहेका छन् भनेर मापन गर्नु, र अपांगता भएका बालबालिकाको अवस्था बारे सुचना संकलन गर्नु । यसका अतिरिक्त यस सर्वेक्षणले नमूना छनौटमा परेका घर धुरीहरुबाट उनीहरुले प्रयोग गरिरहेका खानेपानीको गुणस्तर (भ्अयष् िपरिक्षण) मापन गर्ने कार्य पनि गर्दछ । पखाला, टाईफाइड र हैजा जस्ता खानेपानीबाट सर्ने रोगहरु न्युनीकरण गर्नका लागि खानेपानीको गुणस्तरमा सुधार ल्याउन चाल्नुपर्ने कदमहरुको निक्र्योल गर्न यस सर्वेक्षणले जानकारी प्रदान गर्नेछ । 

“यो महत्वपूर्ण सर्वेक्षण गर्नका लागि केन्द्रीय तथ्यांक विभागसंग पुनस् एक पटक सहकार्य गर्न पाउँदा युनिसेफ ह िर्षत छ,” युनिसेफका उप प्रतिनिधि डा रौनक खानले भन्नुभयो । “नेपालका महिला तथा बालबालिकाको अवस्था बारे विस्तृत सुचनाबाट हामी लाभान्वित भएका छौं र हाम्रा प्राथमिकताका क्षेत्रहरु निर्धारण गर्नका लागि असमानता रहेका क्षेत्रहरु पहिचान गर्न पनि हामीलाई यसले सक्षम बनाएको छ । नीति निर्माण देखि प्रगतिको अभिलेख राख्न, र अन्तोगत्वा हरेक बालबालिकाको जीवन सुधार गर्नका लागि यस महत्वपूर्ण तथ्यांक हाम्रो कार्यको आधार बन्नेछ ।”
 

मिडिया सम्पर्कहरू

तानिया धाख्वा
प्रमुख, सञ्चार शाखा
युनिसेफ नेपाल
सम्पर्क: 977-9801244524
इमेल: tdhakhwa@unicef.org
कृष्ण तुलाधर / सुरेश बस्न्यात
निर्देशक, लैगिंक तथा सामाजिक तथ्यांक शाखा
केन्दीय तथ्यांक विभाग
सम्पर्क: +977-1-4245946
सम्पर्क: +977-1-4245913

युनिसेफ को बारेमा 

युनिसेफले आफ्ना सम्पूर्ण गतिविधि बालबालिकाको अधिकार सुनिश्चित गर्न र कल्याणकारी सेवा उपलव्ध गराउन केन्द्रित गर्दछ । यसले आफ्ना साझेदारसँग मिलेर १९० वटा देश र स्थानमा प्रतिवद्धतालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको छ । सर्वाधिक जोखिममा रहेका र पिछडिएका बालबालिकामा पहुँच बनाउन विशेष प्रयास गर्दै यसले सबै क्षेत्रका बालबालिकाका निम्ति काम गर्दछ ।

थप जानकारीको लागी:  www.unicef.org

युनिसेफ नेपाललाई फेसबुकट्वीटरमाइंन्‍स्‍टाग्राम फलो गर्नुहोस् ।