04 अक्टोबर 2018

केन्द्रीय तथ्यांक विभाग र युनिसेफ बीच नेपाल बहुसूचक सर्वेक्षणको छैठौं चरणको (MICS-6) सम्झौता ।

काठमाडौं, ५ असोज २०७५: केन्द्रीय तथ्यांक विभाग र युनिसेफ बीच नेपाल बहुसूचक सर्वेक्षणको छैठौं चरणको (MICS-6) सर्वेक्षण गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सर्वेक्षणको स्थलगत तथ्यांक संकलन कार्य २०७५ माघ देखि सञ्चालन गर्ने कार्यक्रम रहेको छ । बहुसूचक सर्वेक्षण (MICS) युनिसेफद्वारा विकास गरिएको एक अन्तर्राष्ट्र...