के बालबालिकालाई विद्यालय पठाउन सकिन्छ?
अभिभावकका लागि रूजुसूची
अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय पठाउने निर्णय लिँदा उनीहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी के-कस्ता कुराहरूलाई ध्यान दिन जरुरी छ?
✅ स्थानीय तहमा कोरोना संक्रमण नियन्त्रणमा छ ।
✅ स्थानीय तहले सम्बन्धित सरोकारवालासँग छलफल गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।
✅ विद्यालय आइसोलेसन वा क्वारेन्टीनमा प्रयोग भएको भए निर्मलीकरण तथा सरसफाइ पूर्ण रूपमा भइसकेको छ ।
✅ विद्यालयमा आउनेहरुका लागि तापक्रम लिने व्यवस्था गरिएको छ ।
✅ पर्याप्त प्रकाश र हावा आवत जावत गर्न सक्ने कक्षाकोठाको व्यवस्था छ ।
✅ स्वास्थ्य तथा सरसफाइका लागि साबुन पानी, सेनिटाइजर तथा नियमित सरसफाइको व्यवस्था गरिएको छ ।
✅ अनिवार्य मास्कको प्रयोगको व्यवस्था सहित, विपन्न बालबालिकालाई मास्क वितरणको व्यवस्था छ ।
✅ बालबालिका बीच कम्तीमा १ मिटरको भौतिक दुरी कायम गर्ने व्यवस्था मिलाइएको छ ।
✅ बालबालिका, शिक्षक तथा विद्यालयका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता देखिने ठाँउमा टाँसिएको छ ।
✅ विद्यालय सम्बन्धित कसैमा कोभिड-१९का लक्षणहरूसँग मिल्दा जुल्दा लक्षणहरू देखा परेमा वा बिरामी परेमा आवश्यक उपचारका साथै, आइसोलेसनमा राख्ने तथा स्थानीय तह, अभिभावक तथा घरपरिवारलाई जानकारी गराउने व्यवस्था छ ।
✅ बालबालिकाका लागि मनोसामाजिक परामर्शको व्यवस्था छ ।