#MaChhuNi: भाइबर स्टिकर डिजाइन प्रतियोगिता
परिवार तथा साथीहरूका लागि माया र सहयोगको सन्देश तयार पार्न हामीलाई सघाउनुहोस्!
- English
- नेपाली
हाम्रा लागि प्रियजनहरूसँग सम्पर्कमा रहँदै एक अर्काको मानसिक स्वस्थताको लागि सहयोग गर्नु पर्ने यस्तो महत्वपूर्ण अवस्था यसअघि कहिल्यै पनि आएको थिएन ।
इच्छुक १३-२४ वर्षसम्मका युवालाई #MaChhuNi शीर्षकसँग सम्बन्धित भाइबर स्टिकर तयार पार्ने प्रतियोगितामा आफ्ना डिजाइन पठाउन युनिसेफ र भाइबर आव्हान गर्दछन्। आफ्ना प्रियजनको हालखबर कसरी सोध्नुहुन्थ्यो? जस्तो सुकै परिस्थिति आइपरे पनि उहाँहरूलाई सहयोग गर्नको लागि तपाईं तयार रहेको कुरा कसरी स्मरण गराउनुहुन्थ्यो ? यी सबै भावना व्यक्त गर्ने आफ्ना डिजाइनहरू हामीलाई पठाउनुहोस् !
उत्कृष्ट डिजाइन पठाउने सहभागीले युनिसेफको तर्फबाट उपहार प्राप्त गर्नुका साथै उहाँहरूको डिजाइन भाइबरका सबै प्रयोगकर्ताले सेयर गर्न मिल्ने स्टिकरको रूपमा परिणत गरिनेछ!
सहभागी हुन आवश्यक योग्यता:
-
सबै सहभागीहरू १३ देखि २४ वर्ष उमेरको हुनुपर्नेछ।
-
१८ वर्ष भन्दा कम उमेरका सहभागीले प्रतियोगितामा सहभागी हुनको लागि अभिभावकको स्वीकृति लिनुपर्नेछ।
-
सहभागी हुन इच्छुक व्यक्तिहरू भाइबरमा अथवा फेसबुकमा रहेको U-Report Nepal मा U-Reporter को रूपमा दर्ता भएको हुनुपर्नेछ। यो लिंकमार्फत भाइबर U-Report र यो लिंकमार्फत फेसबुक U-Report मा जानुहोस् र आफ्नो नाम दर्ता गर्नको लागि 'join' टाइप गरेर send गर्नुहोस् । सहभागीले आवेदनमा उल्लेख गरेको नाम र उमेर U-Report मा दर्ता गर्दा उल्लेख गरिएको नाम र उमेरसँग मिल्नुपर्नेछ, यदि मिलेन भने प्रतियोगितामा सहभागी गराईनेछैन।
डिजाइन कसरी पठाउने ?
-
सहभागीहरूले यो फारममा आफ्नो पुरा विवरण भर्नुपर्नेछ ।
-
सहभागीहरूले यो सहमति फारम भर्नुपर्नेछ (१८ वर्ष भन्दा कम उमेरका सहभागीको हकमा फारममा अभिभावकको हस्ताक्षर अनिवार्य छ) ।
-
पेश गरिएका फाइल - अक्षर सहितको स्टिकर स्केच - कम्तीमा १२८० X ७२० रिजोलुसनको हुनुपर्नेछ (png, jpg, jpeg, tiff, psd, ai फाइलमा पठाउन सकिनेछ) ।
-
डिजाइनमा प्रयोग गरिएको भाषा नेपाली हुनुपर्नेछ।
-
एक जना सहभागीले एउटा मात्र डिजाइन पठाउन सकिनेछ। सक्कल प्रति मात्रै स्वीकृत गरिनेछ, अन्य व्यक्तिले गरेको कामको नक्कल गरेको/ढिला पठाएको/अपुरो डिजाइन स्वीकृत गरिनेछैन।
-
[email protected] मा इमेल गरी २०७८ असार ६ गते (१० जुन २०२१) भित्र पठाउनु पर्ने सामग्री:
क. डिजाइनको फाईल
ख. हस्ताक्षर गरिएको सहमति फारम
ग. U-Report मा नाम दर्ता भएको विवरणको स्क्रिन शट (screenshot)
मैले डिजाइन पठाएपछि के हुन्छ ?
प्राप्त डिजाइनहरूको मुल्यांकन निर्णायक मण्डलले गर्नेछ र उत्कृष्ट १६-१८ वटा डिजाइनलाई दोस्रो चरणको मुल्यांकनको लागि छानिनेछ।
छनोट भएका डिजाइनलाई कलाकारद्वारा स्टिकर डिजाइनमा परिणत गरिनेछ।
विजेताहरूले प्रमाण पत्र तथा पुरस्कार* प्राप्त गर्नुका साथै युनिसेफको वेबसाइट र सामाजिक सन्जालको पृष्ठमा विजयी डिजाइनहरू प्रकाशित गरिनेछ।
सबै स्टिकरलाई सबै प्रयोगकर्ताले डाउनलोड तथा सेयर गर्न मिल्ने गरि भाइबरको #MaChhuNi प्याकमा समावेश गरिनुका साथै युनिसेफ र भाइबर मार्फत प्रवर्द्धन गरिनेछ।
सहभागीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी आयोजना गरिने नि:शुल्क सेसनमा सहभागी हुन आमन्त्रण गरिनेछ।
*सबै पुरस्कार अपरिवर्तनीय हुनुका साथै अन्य व्यक्तिमा सार्न मिल्ने छैन र फिर्ता पनि हुने छैनन्। पुरस्कारको सट्टामा (पुरै वा आंशिक) नगद वा ब्यालेन्स उपलब्ध गराइनेछैन।
दायित्व तथा अनुमति
प्रतिस्पर्धाको लागि प्राप्त सम्पूर्ण सामग्री (सन्देश तथा डिजाइन) मा युनिसेफ नेपालको सर्वाधिकार रहनेछ।
उत्कृष्ट डिजाइनको छनोट गरी सर्ट लिस्ट तयार पार्ने तथा विजेता बन्न सफल डिजाइनलाई स्टिकर सन्देशको रूपमा तयार पार्ने अधिकार युनिसेफ नेपालमा निहित रहनेछ। प्रतिस्पर्धाको मर्म एवं सान्दर्भिकताको आधारमा विजेता स्टिकरको चयन गरिनेछ।
प्रतिस्पर्धासँग सम्बन्धित कुनै पनि जिज्ञासा वा प्रश्न भएमा [email protected] मा ईमेल पठाउन सकिनेछ।