मानसिक स्वास्थ्य महत्वपूर्ण छ र हामीलाई तपाईंको आवश्यकता छ !

"मानसिक स्वास्थ्य महत्वपूर्ण छ" भन्ने विषयमा  लघु चलचित्र (भिडियो) प्रतिस्पर्धामा सहभागिताको लागि युनिसेफ र ब्रिटिश काउन्सिल संयुक्त रूपमा आव्हान गर्दछन्

युनिसेफ र ब्रिटिश काउन्सिल
10 अक्टोबर 2020
This image shows a poster of the Mental Health Matters Youth Film Grants 2020
UNICEF Nepal

यसै पनि युवा अवस्था सजिलो समय हैन,  तर यो कोरोना भाइरसको समय त झनै अप्ठ्यारो छ।  विद्यालयहरू बन्द रहेका र अन्य कार्यक्रमहरू पनि रद्द भैरहेको अहिलेको समयमा विश्व भरिका युवाहरूले आफ्नो जीवनको असाध्यै महत्वपूर्ण क्षणहरूबाट वन्चित भैरहेका छन्, साथै कक्षामा उपस्थित हुने र साथीहरुसँग कुराकानी गर्ने जस्ता दैनिक क्रियाकलाप समेत गर्न पाइरहेका छैनन्।   

यद्यपि, मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरूसँग जुधिरहेका युवाले यसप्रकारका चुनौतीहरू अझ बढी सामना गर्नु परिरहेको छ।  मानसिक स्वास्थ्य सम्बन्धी समाजमा व्याप्त कलङ्क तथा अन्धविश्वाससँगै कोभिड-१९ र यसले निम्त्याएको निषेधको अवस्थाले गर्दा युवाहरूलाई थप मौनता तर्फ धकेल्नुका साथै आवश्यक सहयोगबाट समेत वन्चित गराएको छ। जीवनभरिमा हुन सक्ने मानसिक अस्वस्थता मध्ये आधा जसो समस्याहरू १४ वर्षको उमेर अगावै देखिन शुरू हुने, र समयमै पहिचान तथा उपचार गरेमा गम्भीर अवस्थामा पुग्नबाट रोक्न सकिने भएता पनि नेपालका बालबलिका विज्ञहरूको सहयोगबाट वन्चित हुँदै मानसिक समस्या भोगिरहेका छन्।  

अहिलेको यो कठिन समयमा हामी सबै यो संकटको कारणले गर्दा जोडिएको कुरा भुल्नुहुँदैन। यो नयाँ परिस्थितिले निम्त्याएको चुनौती तथा तनावसँग हामी कसरी अभ्यस्त भइरहेका छौं ?आफुले भोगिरहेको तनावको बारेमा खुलेर बताउनको लागि संघर्ष गरिरहेका व्यक्तिहरूलाई हामीले कसरी माया र सहयोग प्रदान गर्दै उनीहरूको आवाज बन्न सक्छौं ? 

 "मानसिक स्वास्थ्य महत्वपूर्ण छ" भन्ने विषयमा  लघु चलचित्र (भिडियो) प्रतिस्पर्धामा सहभागिताको लागि युनिसेफ र ब्रिटिश काउन्सिल संयुक्त रूपमा आव्हान गर्दछन्।  

२४ वर्ष भन्दा कम उमेरका इच्छुक नेपाली लघु चलचित्र निर्माताहरूले  उक्त विषयमा सत्य घटनामा आधारित वा काल्पनिक लघु चलचित्र निर्माणका लागि आफ्नो अवधारणा  तथा  यस अघि आफुले निर्माण गरेका लघु चलचित्रको नमुना समेत पठाउनु पर्नेछ।  छानिएका/सर्वोत्कृष्ट ३ जना आवेदकलाई सामाजिक दुरी तथा सुरक्षाका अन्य उपायहरू अपनाउँदै घरमै बसी आफ्नो लघु चलचित्र तयार गर्नको लागि ५०,००० रूपैंयाँका दरले नगद अनुदानको साथै आवश्यक मार्गनिर्देशन प्रदान गरिनेछ।     

आवेदन पठाउने अन्तिम मिति :२०७७ कार्तिक १५ गते (३१ अक्टोबर, २०२०)

 

योग्यताको लागि मापदण्ड :

- आवेदकको उमेर २४ वर्ष वा सो भन्दा कम हुनुपर्नेछ। 

- यदि आवेदकको उमेर १८ वर्ष भन्दा कम छ भने सहभागिताको लागि अभिभावकको स्वीकृति लिनुपर्नेछ (थप जानकारीको लागि unicefnepal@gmail.com मा ई -मेल गर्नुहोला)।  

-आवेदकले यो फारम पूर्ण रूपमा भर्नुपर्नेछ। 

 

प्राय सोधिने प्रश्नहरू:  

कसले सहभागिता जनाउन सक्छन् ?  
२०५३ असोज २४ गते वा त्यस भन्दापछि जन्मेका र  नेपालभित्र बसोबास गर्ने  बालबालिका तथा युवाहरू ।

आवेदन कसरी बुझाउने
तल दिइएको फारममा आफ्नो विवरण तथा निर्माण गर्न खोजेको लघु चलचित्रको अवधारणा भर्नुहोस् र यसअघि तपाईंले निर्माण गर्नुभएका कामको फाइल वा लिङ्क  unicefnepal@gmail.com मार्फत हामीलाई  इमेल गर्नुहोस्।  

आवेदन पठाउने अन्तिम मिति कहिले हो
मिति २०७७ कार्तिक १५ गते नेपाली समयअनुसार रातको ११:५९ बजे भित्र आवेदन पठाइसक्नुपर्नेछ।  

एक जनाले कति वटा लघु चलचित्रको लागि अवधारणा पठाउन सकिन्छ
प्रति व्यक्ति एउटा मात्रै अवधारणा पठाउन सकिन्छ।  

लघु चलचित्र कुन भाषामा निर्माण गर्नु पर्नेछ
नेपाली, मैथिली तथा अंग्रेजी भाषामा लघु चलचित्र निर्माण गर्नको लागि आवधरणा पठाउन सकिन्छ।  अवधारणा नेपाली वा अंग्रेजी भाषामा पेश गर्न सकिन्छ।  

छनोट हुन सफल वटा अवधारणाको घोषणा कहिले हुनेछ ? 
विजेताको घोषणा २०७७ मङ्सिर ५ गते (२० नोभेम्बर २०२०) अन्तर्राष्ट्रिय बाल दिवसका दिन गरिनेछ।  

कस्ता प्रकारका अवधारणा पेश गर्न सकिन्छ
वृत्तचित्र देखि लिएर काल्पनिक कथा, र कठपुतलीको बारेमा समेत अवधारणा प्रस्तुत गर्न सक्नुहुन्छ। कृपया याद राख्नुहोला, हाल कोभिड-१९ को प्रभाव कायमै रहेकोले  लघु चलचित्रको निर्माण तपाईंको घर भित्र बसोबास गर्ने व्यक्तिहरू मात्रै संलग्न भएर सोही घर/निवास भित्रै सम्पन्न गर्नुपर्नेछ।  

हामीले अवधारणा तयार पार्ने लघु चलचित्रको लम्बाई कति हुनेछ ?
२ देखि ५ मिनेट  ।

मैले पेश गरेकको आवेदनको अवस्थाको बारेमा जानकारीको लागि अनुरोध गर्न सक्छु ? 
सक्नुहुन्न। हामीलाई फोन वा ई-मेल नगर्नुहोला। छनोट हुन सफल हुनुभयो भने मात्रै हामी तपाईंलाई सम्पर्क गर्नेछौं। 

माथि उल्लेखित प्रश्नोत्तरमा नसमेटिएका तपाईंका केही जिज्ञासा छन् भने unicefnepal@gmail.com मा ई-मेल पठाउनुहोला।  टेलिफोन मार्फत प्राप्त हुने जिज्ञासा सम्बोधन गर्न हामी असमर्थ छौं।