जलवायु कार्यमा युवाहरूको संलग्नता!
मानवद्वारा भइरहेको पृथ्वीको विनाशबाट बचाउनका लागि आवश्यक कार्य गर्नु हाम्रो नै उत्तरदायित्व हो।
- English
- नेपाली
जलवायु परिवर्तन के हो?
जलवायु परिवर्तन भन्नाले विश्वव्यापी रुपमा तापमान र मौसमको स्वरुपमा लामो अन्तरालमा आउने परिवर्तनलाई बुझाउँछ । जलवायु प्राकृतिक रुपमा नै परिवर्तनशील छ तर हालको जलवायु परिवर्तन, विश्वव्यापी तापमानमा वृद्धिका कारण भएको हो। यसको मुख्य कारक मानवीय गतिविधि हुन् जसले वायुमण्डलको संरचनामा बद्लाव ल्याएको छ।
भूमण्डलीय उष्मीकरण (Global warming) भनेको धेरै वर्षमा अभिलेख गरिएको पृथ्वीको तापमानमा भएको वृद्धि हो।
जलवायु परिवर्तनले हामीलाई कसरी असर गर्छ?
पृथ्वीको तापमान गत १५० बर्षमा मानव गतिविधिका कारण १ डिग्रीले बढेको छ। पृथ्वीको वायुमण्डलका केही ग्याँसहरू जस्तै हरितगृह ग्याँसहरू ( कार्बनडाइअक्साइड, मीथेन आदि ) ले ताप पृथ्वीबाट बाहिर निस्कन रोक्दछ। यी ग्याँसहरू प्राकृतिक रूपमा नै वायुमण्डलमा हुन्छन् र पृथ्वीलाई स्थिर तापक्रममा राख्दछन् यद्यपि मानविय क्रियाकलापहरू - जस्तै जीवाश्म ईन्धनहरू (पेट्रोल, डिजल) जलाउनु, सवारी साधनहरू चलाउनु, खाद्यान्न उत्पादन, वन विनाश तथा अत्यधिक खपत- ले वातावरणमा अधिक मात्रामा हरितगृह ग्यास उत्सर्जित गर्दछ जसले प्राकृतिक चक्रलाई नै परिवर्तन गरी पृथ्वीलाई तातो बनाइ राखेको छ।
जलवायु परिवर्तनले समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणाली (Ecosystem) लाई असर गर्न सक्छ। यसले जटिल तथा खतरनाक मौसमका घटनाहरू, जैविक विविधतामा ह्रास, स्वास्थ्य जोखिम बढाउने, र मानिस विस्थापित हुनुपर्ने सम्मको स्थिती निम्त्याउन सक्दछ।
जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व हो!
हाम्रा गतिविधिले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तनमा योगदान पुर्याएको कारणले हाम्रो वातावरणले कष्ट भोग्नुपरेको छ । समुद्र, भूमि, हावा, बोटबिरुवा, जनावरहरू तथा सूर्यबाट आउने उर्जा, सबैले एक अर्कालाई प्रभाव पार्छन्। पृथ्वीको जलवायु र पारिस्थितिक प्रणालीहरू - हामी सहित - एउटा ठूलो, जडान गरिएको प्रणाली जस्ता कार्यहरू गर्दछन्, जसको हामीले ख्याल राख्नु आवश्यक छ।
तर हामी सबैले कार्बन उत्सर्जनलाई काम गरेर (न्यूनीकरण भन्ने भनिन्छ) र दिगो जीवन-शैलीलाई अपनाई तथा प्रसार गरेर जलवायु परिवर्तनको सामना गर्न मद्दत गर्न सक्छौं।
यद्यपि यी कार्यहरूले सबै जलवायुका जोखिमहरूलाई रोक्न सक्दैन, तसर्थ यही कारणले सरकारहरूबाट प्रतिबद्धता र नियमहरू पनि आवश्यक छ।
तपाईको कार्बन पदचिह्न के हो?
कार्बन पदचिह्न ( carbon footprint) हाम्रो कार्यहरूबाट उत्पन्न भएको हरितगृह ग्याँसहरू (जस्तै; कार्बन डाइअक्साइड र मिथेन) को मात्रा हो।
विश्वव्यापी रूपमा, व्यक्तिगत औसत कार्बन फुटप्रिन्ट करिब ४ टनको रहेको छ। विश्व तापमानमा २ डिग्री सेल्सियसको वृद्धि हुनबाट रोक्न हामीले सन् २०५० सम्ममा प्रतिवर्ष औसत विश्वव्यापी कार्बन फुटप्रिन्ट २ टन भन्दा कम गर्नुपर्छ।
तपाईंको व्यक्तिगत कार्बन फुटप्रिन्टहरू एक रातमै कम हुँदैन। तर आफ्नो जीवन-शैलीमा साना परिवर्तनहरू गरेर र हाम्रा साथीहरू तथा परिवारसँग ज्ञान बाँढेर, हामी ठूलो भिन्नताको शुरूवात गर्न सक्दछौं।
आफ्नो फोहोर आँफै सम्हाल्दै: The 3 R’s
तीन आर सिद्धान्त - कम प्रयोग, पुनः प्रयोग र पुनः चक्र (Reduce, Reuse and Recycle) गर्नुहोस्।
हामीले दैनिक उत्पादन गर्ने फोहोरको मात्रा घटाउनका लागि स्रोत तथा संसाधनहरूको सचेत तथा उचित उपयोगलाई बढावा दिन महत्त्वपूर्ण छ। यसको मतलव अत्यधिक मात्रा वा एक-पटक मात्रै प्रयोगमा आउने सामाग्रीहरू खरीद नगर्नु हो।
🍀कम प्रयोग: हामीले वास्तवमै चाहिने भन्दा बढी सामाग्री उपभोग गर्नु हुँदैन। यसका साथै, हामीले एक-पटक मात्रै प्रयोगमा आई खेर जाने सामाग्रीको उत्पादन संख्या घटाउनु पर्दछ।
🍀पुन: प्रयोग: पुनः प्रयोग गर्नु भनेको सामाग्रीहरूलाई फ्याँक्नु अघि फेरि उही वा अर्को प्रयोजनको लागि प्रयोगमा ल्याउनु हो। यसो गर्दा हाम्रो फोहोरको मात्रा कम हुन जान्छ।
🍀पुनः चक्र: प्रयोग गरिएको सामग्रीलाई प्रशोधन गरी नयाँ काम गर्न सक्ने उत्पादनहरूमा परिवर्तन गरी प्रयोग गर्ने तरिका पुनः चक्रियकरण (Recycling) हो।
केहि विचारहरू
यदि तपाइँ वास्तवमै पृथ्वीको ख्याल राख्नुहुन्छ र केहि गर्न चाहनुहुन्छ भने, हाम्रो पृथ्वीलाई सुरक्षित राख्न मद्दत गर्न सक्ने केहि साधारण उपायहरू अपनाउन सक्नु हुनेछ!
याद राख्नुहोस्, यसबारेमा तपाईंलाई जानकारी भए पश्चात, तपाई पछाडी फर्किन पाउनुहुने छैन। ज्ञान नै शक्ति हो!
तपाईं आफ्नो कार्बन पदचिह्न कसरी कम गर्न सक्नुहुन्छ?
कार्बन पदचिह्न कम गर्नको लागि अनुसरण गर्न सकिने धेरै उपायहरू छन्, हामीले तपाईंको लागि केही मार्गहरू सूचीबद्ध गरेका छौँ। कृपया तपाइले यसबारे कसरी अगाडि बढ्नुहुनेछ, भनि लेख्नुहोस्। एउटा उदाहरण तपाईका लागि तल दिइएको छ।
✅ यातायात
उदाहरणहरू:
क) हवाई उडान कम गर्ने;
ख) पेट्रोल तथा डिजलको गाडी भन्दा विद्धुतिय गाडीको प्रयोग गर्ने;
ग) सम्भव भएसम्म सार्वजनिक यातायातको प्रयोग गरेर अथवा लिफ्ट मागेर;
घ) पैदल यात्रा वा साइकलको प्रयोग
✅ फोहोर व्यवस्थापन
✅ खानपीनको बानी
✅ खरीद गर्ने बानी र आफ्नो खरीद शक्ति
✅ स्वच्छ ऊर्जा
सोच्नुपर्ने प्रश्नहरू
- तपाईं आफ्ना कस्ता बानी छोड्न इच्छुक हुनुहुन्छ? र कुन वातावरण मैत्री अभ्यासहरू अपनाउन इच्छुक हुनुहुन्छ?
- यदि जलवायु १९९० देखि २०२१ का बीचमा परिवर्तन भयो भने, यसको प्रभाव अपरिवर्तनीय हुन कति समय लाग्छ?
- तपाई आफ्नो स्थानिय समुदायमा कस्ता निती तथा अभ्यासमा परिवर्तन गर्न सक्नुहुन्छ
- एक उपभोक्ताको रूपमा, तपाई यस पश्चात कस्ता प्याकेजिंग, खाना, अथवा कपडाका सामानहरू खरीद गर्नुहुने छ वा छैन?
स्रोतहरू
सिफारिश गरिएको केही पुस्तकहरू:
१. द सिक्स्त एक्सटिङ्गसन, एलिजाबेथ कोल्बर्ट - The Sixth Extinction, Elizabeth Kolbert
२. द हिडन लाइफ अफ ट्रिज, पीटर वोहलेबे - The Hidden Life of Trees, Peter Wohlleben
३. द नेचर अफ नेचर, एनरिक साला - The Nature of Nature, Enric Sala
४. वाइल्डिंग, इसाबेला ट्री - Wildling, Isabella Tree
५. लिइभ सस्टेनेबल्लि नाउ! - कार्ल कोप्लान - Live sustainably now!, Karl Coplan
सिफारिश गरिएको केही भिडियोहरू:
१.Our planet series
२.A Life on our Planet: David Attenborough
३.Seaspiracy
४.The Game Changers
५.Rotten
सिफारिश गरिएको केही वेबपेजहरू
१. पृथ्वी दिवस गृहपृष्ट (Earth Day homepage)
३. युवा जलवायु कार्यकर्ताहरूका लागि टुलकिट | युनिसेफ (Toolkit for young climate activists | UNICEF)
#ClimateWarrior बन्नुहोस्!
हरित वातावरण बनाउन तपाईंले गर्न सक्ने कार्यहरू