Nepal among the first countries in Asia to receive COVID-19 vaccines from COVAX Facility
The COVID-19 vaccines delivered by COVAX will contribute to the Government of Nepal’s efforts to vaccinate some of the most vulnerable people across Nepal
- Available in:
- English
- नेपाली
KATHMANDU, 7 March 2021 – Today, Nepal received its first consignment of COVID-19 vaccine doses shipped through the COVAX Facility, a partnership between CEPI, Gavi, UNICEF and WHO, made possible through generous donor support from governments, international organizations, foundations and the private sector. The delivery of COVAX-procured vaccines to Nepal is part of a historic step towards ensuring equitable distribution of COVID-19 vaccines globally, in what will be the largest vaccine procurement and supply operation in history.
The goal of the COVAX Facility is to supply Nepal with enough doses to vaccinate 20% of the population depending on funding availability. Under the first COVAX allocation, the COVAX Facility will deliver 1.92 million vaccine doses to Nepal by the end of May 2021, in support of the Government of Nepal’s nation-wide vaccination campaign.
Today, the first COVAX shipment of 348,000 doses of AstraZeneca ‘Covishield’ vaccines manufactured by the Serum Institute of India (SII), together with 350,000 syringes and 3500 vaccine safety boxes arrived in Kathmandu before being distributed to provinces and municipalities across the country. COVAX-supported vaccines provide a critical contribution to the Government of Nepal’s National Deployment and Vaccination Plan (NDVP) target to vaccinate roughly 22 million people, among them refugees, migrant returnees and other migrant populations. With the generous contribution of the Government of India, Nepal was able to commence the vaccination campaign and to date, 429,705 people have been vaccinated.
The COVAX Facility is generously funded by partner governments, including the Governments of Australia, Finland, France, Germany, Japan, Korea, Norway, Qatar, Saudi Arabia, Switzerland, the United Kingdom, the United States and the European Union as well as foundations and corporations
The arrival of the COVAX supplied vaccines will boost Nepal’s vaccination efforts as it coincides with the launch of the second phase of the vaccination campaign which targets those who are most vulnerable to developing severe illness from COVID-19 including the elderly and people with comorbidities. The second phase will also target teachers, as part of the expanded group of frontline workers.
Ongoing public health measures to prevent the transmission of COVID-19 will continue to be critical alongside vaccination. This includes adhering to testing and quarantine measures, mask wearing, hand hygiene, and physical distancing of at least two meters.
Representatives of the COVAX technical and funding partners joined the Minister of Health and Population, His Excellency Hridayesh Tripathi, in welcoming the global COVAX contribution to Nepal’s COVID-19 vaccination efforts at Tribhuvan International Airport in Kathmandu.
Development partners congratulated Nepal for being among the first countries in the world to have launched COVID-19 vaccination efforts in January 2021. They reiterated their solidarity with Nepal, as exemplified by the arrival of the first COVAX vaccine contribution.
Nepal’s development partners are committed to working with Nepal through the pandemic recovery period to ensure that no one is left behind. Supporting the vaccination of everyone living in Nepal through COVAX will go a long way to restoring normalcy, preventing the loss of social and economic gains made and paving the way for socio-economic recovery.
Please see list of COVAX donor partners and pledges at: https://www.gavi.org/sites/default/files/covid/covax/COVAX-AMC-Donors-Table.pdf
कोभ्याक्सको बारेमा
कोभिड-१९ सम्बन्धी साधनहरूको विकासमा तीव्रता (एसिटि एक्सिलेरेटर)को खोप विभागको रुपमा रहेको कोभ्याक्समा सिईपिआई, गावी र विश्व स्वास्थ्य संगठन सह-अध्यक्षमा रहेका छन् र यसले विकसित तथा विकासशील देशमा रहेका खोप उत्पादक, युनिसेफ, विश्व बैंक तथा अन्य सरोकारवालाहरूसँग सहकार्य गर्दछ। उच्च तथा न्यून दुबै आय रहेका विश्वभरिकै देशहरूलाई सहज रूपमा कोभिड-१९ को खोप उपलब्ध हुने कुरा सुनिश्चित गर्नको लागि सरकारहरू तथा खोप उत्पादकहरूसँग सहकार्य गरिरहेको यो एक मात्र विश्वव्यापी सहकार्य हो।
कोभ्याक्स फसिलिटीमा आवद्व देशहरूको लागि तीनवटा सुरक्षित एवं प्रभावकारी खोपको विकासमा सहयोग गर्ने लक्ष्यका साथ थुप्रै सम्भावित उत्पादकहरूसँग अनुसन्धान तथा विकास साझेदारीका लागि लगानी गरिरहेको सिईपिआईले कोभ्याक्सको खोप अनुसन्धान तथा विकास कार्यको नेतृत्व गरिरेहको छ, र यसैको एक हिस्साको रूपमा सिईपिआईले कोभ्याक्स फसिलिटीको लागि १ अर्ब भन्दा बढी खोपको मात्रा अस्वीकार गर्नुपर्ने अवस्था आएमा अस्वीकार गर्न सक्ने अधिकार थुप्रै सम्भावित उत्पादकहरूसँगको सम्झौतामा सुरक्षित गर्नुका साथै खोपको उत्पादनसँग सम्बन्धित रणनीतिक लगानीहरू गरेको छ - उत्पादकका सन्जालको प्रयोग गरि कोभ्याक्स खोप उत्पादन गर्ने क्षमता सुरक्षित गर्ने र २ अर्ब मात्रा खोप राख्न आवश्यक पर्ने सिसाका भाँडाहरू सुरक्षित गर्ने। यसकै साथै सिईपिआईले सम्भावित खोप उत्पादकको आगामी पुस्तामा लगानी गरिरहेको छ, जसले भविष्यमा पनि कोभिड-१९ लाई नियन्त्रणमा राख्नको लागि विश्वलाई सहयोग गर्नेछ।
गावी कोभ्याक्सको लागि खोप खरिद तथा आपूर्तिमा केन्द्रित रहेको छ : कोभ्याक्स फसिलिटी र गावी कोभ्याक्स एएमसीको डिजाइन, कार्यान्वयन तथा सन्चालन, एवं खोप प्राप्ति एवं ढुवानीका लागि सम्बन्धित देशहरूको तयारी सम्बन्धमा त्यहाँका सरकारका साथै अभियानका साझेदार युनिसेफ र विश्व स्वास्थ्य संगठनसंग पनि सहकार्य। विश्व स्वास्थ्य संगठनले तय गरेको वितरण खाका अनरुप कोभ्याक्समा आवद्व सबै १९० वटा देशलाई निष्पक्ष र न्यायोचित रूपमा कोभिड-१९ को खोप वितरण हुने सुनिश्चित गर्नको लागि विश्व व्यापी रूपमा एकतृत गरिएको खरिद संयन्त्रको रूपमा कोभ्याक्स फसिलीटि कार्यरत छ। सहभागी देशहरूको खरिद शक्तिलाई एकीकृत गर्दै सम्भावित खोप उत्पादकलाई ठुलो मात्रामा खरिद गर्ने ग्यारेन्टी प्रदान गर्दै खोपको न्यायोचित वितरण गर्नेछ। न्यून र मध्यम आय भएका ९२ वटा देशलाई कोभ्याक्स फसिलिटीमा आवद्व हुन सहयोग गर्ने वित्तीय संयन्त्रको रूपमा रहेको कोभ्याक्स एएमसीले ती देशहरुको लागि दातृ समुदायको सहयोगमा खरिद गरिएको सुरक्षित एवं प्रभावकारी खोप उपलब्ध गराउनेछ। गावीले कोभ्याक्स एएमसीका लागि आर्थिक सहयोग संकलन गर्नुका साथै खोपको खरिद तथा सम्बन्धित साझेदार र देशलाई तयारी र जटिल बन्दोबस्तीमा सहयोग गर्नका लागि कोल्ड चेन उपकरण, प्राविधिक सहयोग, सुई, सवारी तथा अन्य पक्षमा सहायता उपलब्ध गराउन युनिसेफलाई सघाइरहेको छ। कोभ्याक्स एएमसीमा आवद्व तथा अन्य देशलाई खोप उपलब्ध गराउनको लागि युनिसेफ र पान अमेरिकी स्वास्थ संगठन (पिएएचओ)ले कोभ्याक्सका लागि खरिद संयोजकको रूपमा काम गर्नेछन्।
कोभ्याक्समा विश्व स्वास्थ्य संगठनको पनि थुप्रै भूमिका रहेको छ : यसले खोप नीति, नियमन, सुरक्षा, अध्ययन तथा विकास, बाँडफाँड र सम्बन्धित देशको तयारी र खोप ढुवानी लगायत पक्षमा व्यावहारिक मार्गनिर्देशन प्रदान गर्दछ भने यसकै अन्तर्गत रहेको विज्ञहरू सम्मिलित रणनीतिक सल्लाहकार समूह (एसएजिइ)ले खोप कार्यक्रम सम्बन्धमा प्रमाणमा आधारित सुझावहरू प्रदान गर्दछ। विश्व स्वास्थ्य संगठनले सन्चालन गरिरहेको आपतकालीन प्रयोगका लागि सुचीकरण (इयूएल)/पुर्व-योग्यता कार्यक्रमले सदस्य राष्ट्रहरूमा एकै किसिमको पुनरावलोकन तथा अनुमति प्रक्रिया सन्चालन हुने सुनिश्चित गर्नुका साथै खोपको सुरक्षा अनुगमन कार्यमा विश्वव्यापी समन्वय र सदस्य राष्ट्रलाई सहयोग गर्छ। यसले कोभिड-१९ खोपको लागि लक्षित उत्पादन विवरण तयार गरेको छ र अनुसन्धान र विकास कार्यका लागि प्राविधिक रूपमा सहयोग प्रदान गर्छ। देशहरूले खोप प्राप्त गर्ने र आफना नागरिकलाई प्रदान गर्ने तयारी गरिरहँदा युनिसेफसँगको सहकार्यमा विश्व स्वास्थ्य संगठनले नेतृत्व गरिरहेको छ। देशहरूको तयारी तथा खोप वितरण (सिआरडी) कार्यमा खोप प्रयोगको लागि योजना र प्रयोग सम्बन्धमा साधन प्रदान, मार्गनिर्देशन, अनुगमन तथा आधारभूत प्राविधिक सहयोग सम्बन्धमा विश्वव्यापी, क्षेत्रीय तथा देशगत रुपमा कार्यरत गावी एवं अन्य थुप्रै साझेदारहरू संलग्न रहेका छन्। कोभ्याक्स साझेदारहरुसँगै विश्व स्वास्थ्य संगठन पनि आवधिक जोखिम वहन तथा दायित्व सम्बन्धमा त्रुटि रहित क्षतिपुर्ति योजना तयार गर्ने कार्यमा संलग्न रहेको छ।
विश्वकै ठुलो खोप खरिदकर्ताको रूपमा आफ्नो अनुभवको भरपुर उपयोग गर्दै कोभिड-१९ खोप खरिदका साथै ढुवानी, बन्दोबस्ती तथा भण्डारणका लागि उत्पादक तथा साझेदारहरुसँग सहकार्य गरिरहेको छ। युनिसेफले अहिले नै झन्डै १०० वटा देशमा नियमित खोप कार्यक्रम तथा प्रकोपको समयमा प्रयोगको लागि हरेक वर्ष २ अर्ब मात्रा खोप खरिद गर्दछ। पिएएचओ चलायमान कोष (रिभोल्विंग फन्ड) सँगको सहकार्यमा युनिसेफले कोभ्याक्सको लागि खोप खरिद तथा आपूर्तिको पहलको नेतृत्व गरिरहेको छ। साथै, विश्व भरिका देशहरू उपयुक्त कोल्ड चेनको व्यवस्था तथा खोप लगाईदिने स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम प्रदान गरि खोप प्राप्तिको लागि तयारी अवस्थामा रहने कुरा सुनिश्चित गर्नको लागि युनिसेफ, गावी र विश्व स्वास्थ्य संगठनले अनवरत रूपमा काम गरिरहेका छन्। विश्वभरि नै खोप प्रतिको मानिसहरूको विश्वास बढाउन, खोप प्रति निर्धक्क हुन सहयोगी हुने सन्चार सामग्रीको प्रकाशन/प्रशारण तथा गलत सूचनाको पहिचान गरि तिनलाई सम्बोधन गर्ने कार्यहरूको नेतृत्व युनिसेफले गरिरहेको छ।
सिईपिआईको बारेमा
भविष्यमा आउन सक्ने प्रकोप/महामारीलाई रोक्नको लागि खोप विकास गर्ने उद्देश्यले सन् २०१७ मा डाभोसमा शुरूवात गरिएको सिईपिआई सार्वजनिक, निजी, परोपकारी तथा नागरिक समाजका संस्थाको एउटा सृजनशील साझेदारीको रूपमा सक्रिय छ। कोभिड-१९ को उत्पत्ति सम्बन्धमा विश्व स्वास्थ्य संगठनसँग निकट रहेर समन्वय गरेको सिईपिआईले नोवल कोरोना भाइरस विरुद्व खोप विकास गर्नको लागि ११ वटा साझेदारीको पहल गरेको छ, र ति कार्यक्रमहरूले सिईपिआई तथा अन्य नयाँ साझेदारीबाट प्राप्त सहयोग प्राप्त गर्दै तीव्र प्रतिकार्यमा महत्वपूर्ण योगदान गरिरहेका छन्।
कोभिड-१९ देखा पर्नु अघि इबोला भाइरस, लास्सा भाइरस, मिडल इस्ट रेस्पिरेटरि भाइरस, निपा भाइरस, रिफ्ट भ्याली फिवर तथा चिकुनगुन्या भाइरस सम्बन्धी कार्यहरूमा प्राथमिकता साथ सक्रिय रहेको सिईपिआईले अपरिचित किटाणु (डिसिज एक्स) को सम्बन्धमा तीव्र खोप तथा रोग प्रतिरोधात्मक क्षमता विकासमा उपयोगी हुने प्रविधिमा समेत लगानी गरेको छ।
खोप सहकार्यको रूपमा क्रियाशील गावीको बारेमा
खोपका लागि सहकार्यको रूपमा क्रियाशील गावी एक सार्वजनिक-निजी साझेदारी हो । यसले विश्वकै केहि प्राणघातक रोगहरू विरुद्व विश्वभरि रहेका मध्ये झन्डै आधा बालबालिकालाई खोप लगाउन सहयोग गर्दछ । २००० स्थापना भए यता गावीले एउटा पुरै पुस्ता अर्थात् ८२ करोड २० लाख बालबालिकालाई खोप लगाउन सहयोग गरेको छ, जसको फलस्वरूप १ करोड ४० लाख बालबालिकालाई मृत्यु हुनबाट जोगाउनुका साथै निम्न आय भएका ७३ वटा देशमा बल मृत्यु दरलाई आधामा झरेको छ। इबोला, हैजा, मेनिनजाइटिस तथा यल्लो फिवर जस्ता रोग विरुद्व स्वास्थ्य प्रणालीहरूलाई सहयोग गर्नुका साथै विश्व भर आवश्यक खोपका लागि आर्थिक सहयोग प्रदान गरेर महत्वपूर्ण भूमिका खेल्छ। २ दशक सम्मको प्रगति पछि अब गावी आगामी पुस्ता लाई सुरक्षित तुल्याउने कुरामा केन्द्रित हुँदै खोप लगाउन छुटेका बालबालिकासम्म पुग्ने, नवीनतम वित्तीय उपायहरुका साथै ड्रोन तथा बायोमेट्रिक्स जस्ता प्रविधिको उच्चतम प्रयोग गर्दै लाखौँ जीवन बचाउने, प्रकोप लाई अन्य देशसम्म फैलिन नपाउँदै नियन्त्रणमा लिने र आत्मनिर्भर हुनको लागि देशहरूलाई सहयोग गर्ने कार्य गर्नेछ। थप जानकारीको लागि www.gavi.org हेर्न तथा Facebook र Twitter मा जोडिन सक्नुहुन्छ।
खोपका लागि गरिएको यस सहकार्यले विकासशील देश र दातृ सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफ, विश्व बैंक, खोप उत्पादन उद्योग, प्राविधिक निकाय, नागरिक समाज, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन र निजी क्षेत्रका अन्य साझेदारहरुलाई एकै ठाउँमा ल्याएको छ। गावीलाई आर्थिक सहयोग प्रदान गर्ने दातृ सरकार तथा अन्य मुख्य संस्थाहरूको पुरा सूची यहाँ हेर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनको बारेमा
विश्व स्वास्थ्य संगठनले संयुक्त राष्ट्र संघीय प्रणाली भित्र जनस्वास्थ्यको सवालमा विश्वव्यापी नेतृत्व प्रदान गर्दछ सन १९४८ मा स्थापित भएको डब्लुएचओले छ वटा महादेशका १९४ सदस्य राष्ट्रहरुलाई १५० वटा भन्दा कार्यालयहरुबाट स्वास्थ्यको प्रवर्दन गर्न, संसार सुरक्षित राख्न र जोखिममा रहेकाहरुका लागि काम गर्दछ सन २०१९-२०२३ सम्मको लक्ष्य भनेको विश्व्यापी स्वास्थ्य सेवा थप एक अर्ब मानिसको पहुँच सुनिश्चित गर्नु, स्वास्थ्य आपतकालबाट थप एक अर्ब मानिसहरूलाई बचाउनु र थप एक अर्ब मानिसहरुलाई अझ राम्रो स्वास्थ्य र जीवनयापन प्रदान गर्नु हो ।
कोभिड-१९ सम्बन्धी ताजा जानकारी तथा कोरोना भाइरसबाट सुरक्षित रहनको लागि जन स्वास्थ्य सुझावको लागि www.who.int मा हेर्नुहोस् वा Twitter, Facebook, Instagram, LinkedIn, TikTok, Pinterest, Snapchat, YouTube मा WHO लाई फलो गर्नुहोस्।
युनिसेफको बारेमा
युनिसेफले विश्वकै सबै भन्दा वन्चितिकरणमा परेका बालबालिकाहरूसम्म पुग्नको लागि विश्वकै चुनौती पुर्ण क्षेत्रहरुमा काम गर्दछ । १९० भन्दा बढी देशहरु तथा भुभागहरुमा हामीले हरेक मानिसको लागि राम्रो संसार बनाउनको लागि हरेक बालबालिकाको लागि सबै ठाउँमा काम गर्छौं । युनिसेफ तथा बालबालिकाको लागि यसले गर्ने कार्यको बारेमा थप जानकारीको लागि www.unicef.org मा जानुहोस्।
कोभिड-१९ सम्बन्धी थप जानकारीको लागि : www.unicef.org/coronavirus
कोभिड-१९ खोप सम्बन्धी युनिसेफले गरिरहेका कामको बारेमा जानकारीको लागि यहाँ हेर्नुहोस् ।
नियमित खोप सेवा सम्बन्धी युनिसेफले गर्ने कामको बारेमा जानकारीको लागि यहाँ हेर्नुहोस् ।
Twitter र Facebook मा हामीलाई फलो गर्नुहोस् ।
एसिटि एक्सिलेरेटरको बारेमा
कोभिड-१९ को परीक्षण, उपचार तथा खोपकाको विकास, उत्पादन तथा समुचित पहुँचलाई तीव्रता दिनको लागि गठन गरिएको अभूतपूर्व सहकार्यको रुपमा रहेको कोभिड-१९ सम्बन्धी साधनमा पहुँचमा तीव्रता दिने एक्सिलेरेटरको स्थापना मार्च २०२० मा जी२० का नेताहरूले गरेको आव्हान अनुरूप भएको हो र यसको शुरूवात विश्व स्वास्थ्य संगठन, युरोपेली आयोग, फ्रान्स तथा बिल एण्ड मेलिन्डा फाउन्डेशनद्वारा संयुक्त रूपमा अप्रिल २०२० मा गरिएको हो।
यो आफैंमा कुनै निर्णयकर्ता निकाय वा कुनै नयाँ संस्था होईन तर महामारी अन्त्य गर्नको लागि क्रियाशील संस्थाहरू बीचको सहकार्यलाई यसले तीव्रता प्रदान गर्दछ। परीक्षण, उपचार तथा खोपको तीव्र विकास, समुचित वितरण र व्यापक वितरण मार्फत यथाशीघ्र महामारीको अन्त्य गर्दै तत्कालको लागि स्वास्थ्य प्रणालीलाई बचाउन तथा समाज र अर्थतन्त्रको पुनर्स्थापना गर्ने लक्ष्य सहित मुख्य सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउनको लागि तयार पारिएको यो एउटा सहकार्य खाका हो। विश्वका जटिल स्वास्थ्य चुनौतीसँग लडिरहेका प्रमुख स्वास्थ्य संगठनहरूका अनुभवबाट ज्ञान निर्माण गर्दछ जसले सहकार्य गरेर नै कोभिड-१९ का विरुद्व नयाँ एवं महत्वकांक्षी नतिजा हासिल गर्न सक्छन्। कोभिड-१९ लाई परास्त गर्न आवश्यक पर्ने अभूतपूर्व साझेदारी एवं सहकार्य गर्नको लागि आवश्यक सबै साधनहरूमा सबै मानिसहरूको पहुँच सुनिश्चित गर्ने साझा प्रतिवद्वता यसका सदस्य राष्ट्रहरूले व्यक्त गरेका छन्।
यसले मुख्य रूपमा ४ वटा क्षेत्रमा काम गर्दछ : परीक्षण, उपचार, खोप तथा स्वास्थ्य प्रणाली लाई जोड्ने कडि। यी सबै सँग अन्तर सम्बन्धित विषय भने पहुँच तथा वितरण सम्बन्धी कार्य हो।