07/08/2020
नेपाल वहुसूचक सर्वेक्षण २०७५/७६ को मुख्य सूचकहरूको नतिजा सार्वजनिक
https://www.unicef.org/nepal/ne/प्रेस-विज्ञप्ति/नेपाल-वहुसूचक-सर्वेक्षण-२०७५७६-को-मुख्य-सूचकहरूको-नतिजा-सार्वजनिक
आज २०७७ साल आषाढ २४ गते बुधबार, केन्द्रीय तथ्याङ्क विभागद्वारा सञ्चालित नेपाल वहुसूचक सर्वेक्षण, २०७५/७६ (Nepal Multiple Indicator Cluster Survey-NMICS 2019) को मुख्य सूचकहरूको नतिजा सार्वजनिक गरिएको छ ।  नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरु…, मुख्य नतिजाहरु, :,  , बाल मृत्यु, बि.सं. २०७१ सालमा प्रति १००० जीवित जन्मेका शिशुहरुमध्ये १ वर्ष उमेर नपुग्दै ३३ जना शिशु मृत्यु भएको थियो भन्ने हालको सर्वेक्षण (२०७६) अनुसार सो घटेर २५ जनामा झरेको छ।सोही अवधिमा ५ वर्षमुनिका बालबाललिकाको मृत्युदर पनि प्रति १००० जीवित जन्मेका बालबालिकामध्ये ५ वर्ष उमेर नपुग्दै ३८ जना बाल मृत्युबाट घटेर २८ जनामा झरेको छ।त्यसै गरी प्रति १००० जीवित…, विद्युत तथा टेलिफोनमा पहुँच, ८९.९ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ भने प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश (९८.९ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेश (४४.६ प्रतिशत) रहेको छ। नेपालमा ९६.२ प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोवाइल फोन) सुविधाको पहुँच रहेको छ भने प्रदेशगत आधार अनुसार सबैभन्दा धेरै बागमती प्रदेश (९८.० प्रतिशत) र  सबैभन्दा…, आमसञ्चार र सूचना सञ्चार प्रविधिमा पहुँच, १५-४९ वर्ष उमेर समूहका महिलाहरुले हप्तामा कम्तीमा एकपटक तीनवटै प्रकारका आमसञ्चार पत्रपत्रिका पढ्ने, रेडिया सुन्ने र टेलिभिजन हेर्ने गरेको ११.० प्रतिशतले पाइयो भने सोही उमेर समूहका १२.९ प्रतिशत पुरुषले गर्ने गरेको देखिन्छ। प्रत्येक दुई जनामध्ये एक जना (५१.१ प्रतिशत) घरपरिवारसँग इन्टरनेटको पहुँचमा कुनै उपकरणको माध्यमद्वारा प्रयोग गरेको पाइयो। १५-४९…, सुर्तीजन्य र मदिराजन्य पदार्थको सेवन, नेपालमा ६.१ प्रतिशत तथा ४५.२ प्रतिशत क्रमशः १५-४९ वर्ष उमेर समूहका महिलाहरु तथा पुरुषहरुले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो। ५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक पूरा चुरोट सेवन गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका ९.१ प्रतिशत महिलाहरुले कम्तीमा एक पटक एक महिनाको कुनै दिनमा…, प्रजजन् तथा मातृत्व स्वास्थ्य, कूल प्रजजन दर प्रति महिला (१५-४९) वर्ष उमेर समूहले २.० जीवित बच्चा जन्माएका पाइयो। १५-१९ वर्ष उमेर समूहको किशोरीको प्रजजन् दर प्रति १००० किशोरीहरुले ६३ जीवित बच्चा जन्माएका पाइयो भने ६ जना महिलामध्ये १ जना (१३.८ प्रतिशत), २०-२४ वर्ष उमेर समूहका महिलाहरुले १८ वर्षअगाडि नै जीवित बच्चा जन्माउने गरेको पाइयो। १५-४९ वर्ष उमेर समूहका हालै विवाहित…, बाल स्वास्थ्य, ,, पोषण तथा विकास, सर्वेक्षणको पाँच वर्ष अवधिमा ५ वर्षमुनिका बालबालिकाहरुको पोषण स्थितिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरु (लिखुरे), उमेर अनुसार उचाई कम भएका बालबालिकाहरु (पुड्को) बि.सं.२०७१ मा क्रमशः ३०.१ प्रतिशत र ३७.५ प्रतिशतबाट घटेर बि.सं.२०७६ मा क्रमशः २४.३ प्रतिशत र ३१.५ प्रतिशत भएको पाइएको छ। त्यसै गरी उचाई अनुसार…, शिक्षा, प्राथमिक विद्यालय (१-५ कक्षा) मा ५.६ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६-८ कक्षा) मा ४.३ प्रतिशत र माध्यमिक विद्यालय (९-१२) मा १५.१ प्रतिशत विद्यालय बाहिर रहेको बालबालिका देखिन्छ। प्राथमिक विद्यालय (१-५ कक्षा) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरु ३९.८ प्रतिशत रहेको पाइयो। प्राथमिक विद्यालय (१-५ कक्षा) मा ८१.८ प्रतिशत, निम्न माध्यमिक…, हिंसा तथा शोषणको सुरक्षा, ५ वर्षमुनिका बालबालिकाका आमा/स्याहारसुसार गर्ने व्यक्तिहरुमध्ये ८०.० प्रतिशतले नेपालमा जन्मदर्ता कसरी गर्ने भन्ने थाहा भएको पाइयो। त्यसैगरी, ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता ७७.२ प्रतिशत रहेको पाइयो। प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी (८९.१ प्रतिशत) ५ वर्षमुनिका बालबालिकाहरुको जन्मदर्ता सुदूरपश्चिम प्रदेशमा रहेको थियो भने सबैभन्दा कम (७०.८…, खानेपानी तथा सरसफा, इ, नेपालको कूल जनसंख्याको ९७.१ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानी स्रोत प्रयोग गरेको देखिन्छ। पानीको गुणस्तर परिक्षण गर्दा ८५.१ प्रतिशत घरपरिवार सदस्यहरुले पिउने पानीमा E-coli को जीवाणु ->=1cfu/100ml_ पाइयो। नेपालको कूल जनसंख्याको ९३.८ प्रतिशतले सुधारिएको चर्पीहरुको प्रयोग गरेको र ७९.२ प्रतिशतले सुधारिएको चर्पीहरु परिवारका सदस्यहरु वाहेक…, स्वास्थ्य, बी, मा, १५-१९ वर्ष उमेर समूहका महिला (५.८ प्रतिशत) तथा पुरुष (५.२ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो। त्यसै गरी ५-१७ वर्ष उमेर समूहका बालबालिका (४.४ प्रतिशत) तथा ५ वर्षमुनि बालबालिका (३.७ प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइयो।  , जीवन सन्तुष्टि, १५-४९ वर्ष उमेर समूहका महिलाहरु (६२.४ प्रतिशत) तथा सोही उमेर समूहका पुरुषहरु (६४.७ प्रतिश)ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरेका पाइयो। त्यसै गरी १५-२४ वर्ष उमेर समूहका युवतीहरु (६८.० प्रतिशत) तथा सोही उमेर समूहका युवाहरु (६९.६ प्रतिश) ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरिएको पाइयो। १५-४९ वर्ष उमेर समूहका महिला (४५.४ प्रतिशत) तथा…, बहुसूचक सर्वेक्षण महिला , बालबालिका तथा घरपरिवार सम्बन्धी तथ्याङ्क उपलब्ध गराउने विभिन्न स्रोतहरुमध्ये एक बृहत् तथ्याङ्कीय स्रोत हो । यो सर्वेक्षण संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) बाट विकसित गरिएको अन्तर्राष्ट्रियस्तरको घरपरिवार सर्वेक्षण (Multiple Indicator Cluster Survey - MICS) विधि अपनाइ सञ्चालन गरिएको हो ।,   This image shows MICS enumerator Mahesh Bikram Bohara conducting a survey with girl child Mamita Pari in Bajura District in Nepal’s far-west UNICEF Nepal/2019/MNepal MICS enumerator Mahesh Bikram Bohara (left) conducting a survey with local student Mamita Pari (right) in Bajura District in Nepal’s far-west.
07/12/2019
विपद्को बेला बालसुरक्षा
https://www.unicef.org/nepal/ne/कथा/विपद्को-बेला-बालसुरक्षा
विभिन्न प्रकारका प्राकृतिक विपद् कहिले आउँछन् भन्ने कुरा कसैलाई पनि थाहा हुन्न । यस्तो स्थितिमा बालबालिका र गर्भवती महिला बढी प्रभावित हुन्छन् । त्यसैले विपद्को अवस्थामा गर्भवती महिला र बालबालिकाको विशेष स्याहार संरक्षण गर्नुपर्दछ । बालबालिकालाई विपद्को सामना गर्न तयार पार्न र विपद्को बेला उनिहरूको विशेष स्याहार संरक्षण गर्न केहि तरीका…, थप सुझाव, गर्भवती महिला र प्रारम्भिक उमेरका बालबालिकालाई कहिले पनि एक्लै छाड्नु हुँदैन । उनीहरूलाई भरपर्दो वयस्क स्याहारकर्ता संग वा बालस्याहार वा बालविकास केन्द्रमा राख्नु पर्दछ । त्यस भन्दा अगाडि आफ्नो र शिशुको नाम, ठेगाना र फोन नम्बर लेखिएको परिचय कार्ड बालबालिकाका नाडी वा गोलीगाँठामा बाँधी दिनुपर्दछ । बालबालिका कुरा गर्न थालेपछि आमाबाबुको र आफ्नो नाम,…
05/31/2019
अनुशासनको नाममा हुने दण्डसजायबाट बालबालिकाको संरक्षण
https://www.unicef.org/nepal/ne/कथा/अनुशासनको-नाममा-हुने-दण्डसजायबाट-बालबालिकाको-संरक्षण
बालबाlलकाको कुनै व्यवहार सुधार्ने वा सिकाउने नाममा उनीहरूलाई कुटपीट गर्ने, शारीरिक कष्ट दिने वा मानसकि आघात पर्ने गरी होच्याउने, तर्साउने, अपमान गर्ने वा गज्यिाउने जस्ता अनुशासनको नाममा हुने दण्डसजाय अन्तर्गत पर्दछन्।, अनुशासनको नाममा निम्न दण्डसजाय प्रचलनमा रहेको पाइन्छ:, शारीरिक दण्डसजाय, : साना बालबालिकालाई चुप लगाउन हल्लाउने, बालबालिकालाई हातमा, गालामा वा शरीरको अन्य भागमा हात वा लट्ठी, कोर्रा, पेटी, जुत्ता, डस्टर जस्ता वस्तुले पिट्ने, झटारो हान्ने, लात्तीले हिर्काउने, चिमोट्ने, उचालेर पछार्ने, समातेर झकझकाउने, तातो बस्तुले डाम्ने, आगोले पोल्ने, तातो पानी खन्याउने, कुखुरो बनाउने, कक्षा बाहिर उभ्याइदिने, साथीलाई पिट्न लगाउने, कान…, मानसिक दण्डसजाय:, आँखा तरेर हेर्ने, ठूलो स्वरले हप्काउने, अपमानित गर्ने, शौचालय वा एकान्तमा थुन्ने, गाली गर्ने, अरूसँग दाँजेर होच्याउने, गिज्याउने, कमजोर वा नजान्ने भनी हतोत्साहित गर्ने, आदि ।, बालबालिकालाई के कस्ता ठाउँमा अनुशासनको नाममा दण्डसजाय हुने गर्दछ ?, बालबालिकालाई घर, विद्यालय, दिवा स्याहार केन्द्र, बालगृहहरू, खेल्ने स्थान तथा सार्वजनिक स्थलहरूमा समेत अनुशासन कायम गर्ने नाममा शारीरिक तथा मानसिक दण्डसजाय हुने गर्दछ।, सामान्य दण्डसजायले बालबालिकालाई असर गर्छ र ?, दण्डसजायबाट बालबालिकाको शारीरिक, बौद्धिक तथा मानसिक विकासमा तत्कालीन र दीर्घकालीन रूपमा नकारात्मक असरहरू देखा पर्दछन्। आवेशमा आएको बेलामा आफू उपर उचित नियन्त्रण नहुने हुनाले थोरै बल प्रयोग गर्ने उद्देश्य भए पनि गम्भीर चोटपटक लाग्ने, बालबालिकाको अङ्गभङ्ग हुने र कतिपय अवस्थामा मृत्यु समेत हुने खतरा रहन्छ। साना बालबालिकालाई चुप लगाउन हल्लाउँदा…, दण्डसजाय नदिएमा बालबालिका अनुशासनहीन हुँदैनन् र ?, कतिपय मानिसहरूलाई बालबालिकालाई डर नदेखाई माया मात्र दिएर हुर्काएमा उनीहरूअनुशासनहीन हुन्छन् र भनेको टेर्दैनन् भन्ने लाग्दछ। वास्तवमा भन्नु पर्दा अनुशासन र दण्डसजायको कुनै सम्बन्ध छैन। वास्तविक अनुशासन बल प्रयोग गरेर हासिल हुँदैन। दण्डसजायको माध्यमबाट क्षणिक रूपमा बालबालिकालाई कुनै व्यवहार गर्न बाध्य पार्न सकिएला तर यसबाट उनीहरूको भित्री स्वभावमा…, हामी पनि दण्डसजाय भोगेर नै यहाँ सम्म पुग्न सफल भयौं त, होइन र?, कुनै पनि व्यक्तिको सफलताको सम्भाव्यता सजिलै मापन गर्न सकिँदैन। दण्डसजाय नभोगेको भए आजको सफलता हासिल गरिँदैनथ्यो भन्ने तर्क गरिन्छ भने दण्डसजाय नभोगेको भए अझ सफल भइन्थ्यो भनेर पन ितर्क गर्न सकिन्छ। विभिन्न अध्ययनले पुष्टि गरे अनुसार डर, त्रास र हिंसाको वातावरणले मानिसको आत्मविश्वास तथा मस्तिष्कको विकासमा नकारात्मक असर पार्ने हुनाले दण्डसजायको कारण…, यस विषयमा के कस्तो कानुनी व्यवस्था छ ?, कुनै वयस्क व्यक्तिले अर्को वयस्क व्यक्तिलाई कुटपिट वा गाली गरेमा गैरकानुनी कार्य ठहर्छ, तर बालबालिकालाई कुटपिट वा गाली गरेमा अनुशासनमा राखेको भनी छुट दिइनु न्यायसङ्गत हुन सक्दैन। बालबालिकालाई वयस्कको तुलनामा थप संरक्षण आवश्यक पर्दछ, तसर्थ कुटपिट तथा गाली बेइज्जती सम्बन्धी कानुनको संरक्षणबाट बालबालिका वञ्चित गरिनु हुँदैन। नेपालको संविधानको धारा ३९…, आफ्नो बालबालिकालाई जे जसरी हुन्छ अनुशासित गराउन पाउनु अभिभावकको अधिकार होइन र ?, मानवको रूपमा बालबालिकाको आफ्नै पहिचान हुने भएकोले उनीहरूलाई कसैको व्यक्तिगत सम्पत्तिको रूपमा व्यवहार गरिनु हुँदैन। बालबालिकाको सर्वोत्तम हित हुने गरी पालनपोषण गर्नु अभिभावकको दायित्व हो। सबै प्रकारका हिंसा, दुर्व्यवहार तथा उपेक्षाबाट संरक्षण पाउनु बालबालिकाको अधिकार भएकोले अभिभावकले बालबालिकाको सो अधिकार हनन हुने गरी व्यवहार गर्नु हुँदैन।…, बालबालिकालाई दण्डसजाय दएिर हुर्काउने त हाम्रो परम्परा नै हो, आफ्नो परम्परा अनुसार गर्न पनि नपाउनु ?, विगतमा बालमनोविज्ञान र बालविकासको ज्ञानको कमीको कारण दण्डसजायले अनुशासन कायम हुन्छ भन्ने गलत बुझाइ स्थापित भयो। हामीले विज्ञान र प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा धेरै परिवर्तन अवलम्बन गरिसकेका छौं। सोही विज्ञानको एउटा हाँगाले दण्डसजायले अनुशासन कायम हुँदैन र बालबालिकालाई झन् हानी गर्छ भन्ने सन्देश दिन्छ भने हामीले हाम्रो बुझाई र व्यवहारलाई…, बालबालिकालाई दण्डसजाय नदिईकन पनि अनुशासित गराउन सकिन्छ र ?, दण्डसजाय दिइनाले बालबालिका र अभिभावकको सम्बन्धमा नकारात्मक असर पर्दछ। हामीलाई थाहा भएकै कुरा हो, जुन व्यक्तिसँग हाम्रो राम्रो सम्बन्ध छ, हामीले ती व्यक्तिबाट सहयोग प्राप्त गर्दछौं। त्यसै गरी बालबालिकासँग पनि सकारात्मक सम्बन्ध कायम गर्न सकेमा बालबालिकाले अभिभावकको सुझाव तथा आग्रहलाई पालना गर्दछन् र अनुशासन कायम गर्न झन् मद्दत पुग्दछ। दण्दसजाय नदिई…, दण्डसजाय नदिई बालबालिकालाई कसरी अनुशासित हुन सिकाउन सकिन्छ त ?, वास्तविक अनुशासन (स्व: अनुशासन) हिंसा प्रयोग नगरी मात्र कायम गर्न सकिन्छ। बालबालिकाको उमेर र परिस्थिति अनुसार सकारात्मक अनुशासनका फरक फरक माध्यमहरू हुन्छन्। सामान्यतयास् सकारात्मक अनुशासन कायम राख्नको लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछ: तत्कालको लागि आफ्नो सजिलो नसोचेर बालबालिकाले के सिक्नु पर्दछ, उनीहरूको कस्तो व्यवहार हुन पर्दछ र के गर्दा…, दण्डसजायले झन् हानी गर्छ त भनियो, तर रिस उठेको बेला, थकाई लागेको बेला, हतार भएको बेला सकारात्मक अनुशासन कहाँ सम्भव छ र ?, यदि तपाइलाई समस्या परेको छ, रिस उठेको छ वा हतार भएको छ र बालबालिकालाई गाली गर्ने वा पिट्ने सोच आएको छ भने याद गर्नुहोस् त्यो बेला बालबालिकालाई महत्त्वपूर्ण सीप सिकाउने अवसर पन िहो। बालबालिकाले कुनै दिन त्यस्तै अवस्थाको सामना गर्नु परेमा उनीहरूले पनि हिंसा गरुन् भन्ने चाहनु हुन्छ वा संयमित भएर व्यवहार गरुन् भन्ने चाहनु हुन्छरु बालबालिकाले अभिभावकको…
05/30/2019
नवजात शिशुको आवश्यकताहरू के हुन् ?
https://www.unicef.org/nepal/ne/कथा/नवजात-शिशुको-आवश्यकताहरू-के-हुन्
जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ । नवजात शिशु र आमा दुबैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसुति केन्द्र/अस्पतालमा दक्ष प्रसुतिकर्मीद्धारा  प्रसुति गराउनु पर्दछ । नेपाल सरकारले तोकेका यस्ता प्रसुति संस्थामा निशुल्क प्रसुति गराउने व्यवस्थाका साथै, सुत्केरी महिलालाई यातायात खर्चसमेत…, पूर्ण थोप तालिका हेर्नुको लागि यहाँ क्लिक गर्नुहोस् ।, शिशुले स्तनपान गर्न र आमाको स्नेह पाउने हक भएकोले आमाले सो जिम्मेबारी पूरा गर्नु पर्दछ । स्तनपान गराउँदा र पर्याप्त स्याहार तथा सहयोग पाउँदा आमाको शारीरिक र मानसिक स्वास्थ्य लाभ पनि हुन्छ र जन्मान्तरमा सहयोग पुग्छ । वजन कम (२.५ किलोभन्दा कम) वा शीताङ्ग भएको शिशुलाई विशेष प्रकारले न्यानो राख्नुपर्छ वजन कम (२.५ किलोभन्दा कम) वा शीताङ्ग भएको शिशुलाई…, सुत्केरी र नवजात शिशुको स्याहारमा परिवारको भूमिका, यस समयमा सुत्केरी आमालाई श्रीमान् र परिवारको समर्थन र सहयोगको अवश्यकता पर्दछ । नवजात शिशुलाई स्तनपान गराउनुको लागि घरमा उचित वातावरण सुनिश्चित गर्नु पर्दछ। सुत्केरी र नवजात शिशुका लागि सुरक्षित सफा ओड्ने ओछ्यान र मलमल जस्तै नरमकपडा वा पूरानो सफा कपडाको व्यवस्था गर्नुपर्दछ । सुत्केरीआमाको घाउ तथा पाठेघरलाई निको गर्न र पहिलेको अवस्थामा आउन दिनको…